स्याङ्जा, धनुषा र दोलखा जिल्लामा मतदानका क्रममा देखा परेको विवाद टुंगिएको छैन । विवाद भएका क्षेत्रका निर्वाचन अधिकृतहरू निर्वाचन आयोगको निर्णय कुरेर बसेका छन् ।
२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वाधिक चासो रहेको यो क्षेत्रमा सर्वदलीय बैठकमा सहमति भएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको हो । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएका कारण यो क्षेत्र बढी […]
नेपालमा आज सफलतापूर्वक निर्वाचन सम्पन्न भएपश्चात विभिन्न देशले बधाई दिन थालेको छ । अहिलेसम्म नेपाललाई भारत, चीन, अमेरिका, स्विजरल्यान्ड, इजरालय लगायतका देशले बधाई दिइसकेको छ । निर्वाचन सम्पन्न भएपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवाले एक प्रेस नोट जारी गर्दै पछिल्लो असाधारण परिस्थितिबीच पनि सफलतापूर्वक निर्वाचन सम्पन्न गराएकामा प्रधानमन्त्री सुशीला कार्की, नेपाल सरकार, नेपाली जनता […]
छिटपुट बाहेक अधिकांश क्षेत्रमा शान्तपूर्वक मतदान भयो । अहिले मतपेटिका मतदानस्थलबाट मतगणना स्थलमा ल्याउने काम भइरहेको छ । यसपटक १६५ क्षेत्रमा निर्वाचन हुँदा केही क्षेत्र चर्चित रहे ।