स्वास्थ्य सेवा विभाग, वीर अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका निकायहरूमा औषधि व्यवस्थापन र भण्डारणमा गम्भीर लापरबाही देखिएको छ ।
३१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका प्रमुख सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा अनुसन्धान केन्द्रहरूलाई आफ्नो स्वामित्वमा रहेको जग्गा र भौतिक पूर्वाधारको सुरक्षा तथा संरक्षण गर्न निर्देशन दिएको छ। मन्त्रालयको आन्तरिक प्रशासन शाखाले बुधबारको मन्त्रीस्तरीय निर्णयअनुसार २४ वटा प्रमुख अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई परिपत्र गर्दै जग्गा अतिक्रमण भएको पाइएमा तत्काल हटाउन निर्देशन […]
सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि अस्पताल व्यवस्थापनले कार्यतालिका मिलाउन नसक्दा नर्सहरू भने अझै पनि पुरानै कार्य दबाबमा काम गरिरहेका छन् । स्वास्थ्य सेवा २४ घण्टा चल्नुपर्ने भएकाले जनशक्ति व्यवस्थापन नगरी गरिएको नीति घोषणाले नर्सहरू खुसी छैनन् ।
आकस्मिक तथा अन्तरंग (इनडोर) सेवाहरू भने पहिलेझैँ २४ सै घण्टा सञ्चालनमा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दुई दिन बिदा भएपछि बिरामीको चाप घटाउन आकस्मिक कक्षको क्षमता विस्तार गर्ने मन्त्रालय योजना छ ।