काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार

विशेष

Auto Added by WPeMatico

WhatsApp Image 2026 06 20 at 230327
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप २०२६, फुटबल, विशेष

ब्रोबी र गाक्पो चम्कँदा नेदरल्यान्ड्सको शानदार जित

ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल गरेपछि नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।
  • नेदरल्यान्ड्सको जितमा ब्रायन ब्रोबी र कोडी गाक्पोले दुई-दुई गोल तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे ।
  • यो जितसँगै दुई खेलबाट ४ अङ्क जोड्दै नेदरल्यान्ड्स समूह ‘एफ’ को शीर्ष स्थानमा उक्लिएको छ ।

६ असार, काठमाडौं । ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।

समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।

पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समुह एफ को दोस्रो स्थानमा छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो खेलमा ट्युनिसियामाथि शानदार जित हात पारेको स्वीडेनले नेदरल्यान्ड्सलाई टक्कर दिने अपेक्षा थियो । तर सुरुमै दुई गोल बेहोरेपछि स्वीडेन दबाबमा परेको थियो ।

बल पोसेसनमामा जम्मा दुई प्रतिशतले पछि परेपनि स्वीडेनले डच भन्दा धेरै सट अन टार्गेटमा हानेको थियो । तर फिनिसिङ भने चुस्त रहन सकेन ।

यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।

यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।

पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरे ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे ।

गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको गोलमा गोल गर्दे नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।

चार गोलले पछि परेपनि स्वीडेनले फर्कने प्रयास गरेको थियो । स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका थिए ।

तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५-१ बनाए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा जापान विरुद्ध दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा  २-२ को बराबरीमा रोकिएको थियो । स्वीडेनमाथि प्रभावशाली जितले डच टोली नकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ ।

अर्कोतर्फ पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले नै पराजित गरेको स्वीडेन भने नेदरल्यान्ड्ससँग सोही स्कोरमा पराजित हुँदे पहिलो हार बेहोरेको छ ।

समूह एफ अन्तर्गत आइतबार बिहान जापान र ट्युनिसियाबीच खेल हुनेछ । उक्त खेलपछि नकआउट चरण पुग्न कुन टोलीलाई कस्तो समिकरण चाहिन्छ थाहा हुनेछ ।

Adblock test (Why?)

WhatsApp Image 2026 06 20 at 023656
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप, फिफा विश्वकप २०२६, फुटबल, विशेष

लगातार दोस्रो जितसँगै अमेरिका नकआउट चरणमा प्रवेश

यस जितसँगै अमेरिका कम्तिमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अर्को चरणमा पुग्ने निश्चित भएकाे हाे ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अमेरिकाले फिफा विश्वकप–२०२६ को समूह ‘डी’ अन्तर्गत सिएटलमा भएको खेलमा अस्ट्रेलियालाई २–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ ।
  • यस जितसँगै ६ अंक जोडेको अमेरिका नकआउट चरण नजिक पुगेको छ भने अस्ट्रेलियाको दुई खेलबाट ३ अंक रहेको छ ।
  • अमेरिकाका लागि एलेक्स फ्रिम्यानले एक गोल गरे भने खेलको ११औं मिनेटमा अस्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसले आत्मघाती गोल गरेका थिए ।

६ असार, काठमाडौं । अमेरिकाले फिफा विश्वकप २०२६ मा लगातार दोस्रो जित निकाल्दै नकआउट चरण प्रवेश गरेकाे छ ।

सिएटल स्टेडियममा भएको खेलमा अष्ट्रेलियालाई २–० ले पराजित गर्दे अमेरिका नकआउट नकआउट चरण प्रवेश गरेकाे हाे ।

यस जितपछि अमेरिका कम्तिमा उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा नकआउट चरणमा पुग्ने निश्चित भएको हो ।

समूह ‘डी’ मा रहेको अमेरिकाले २ खेलबाट ६ अंक जोडेको छ । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।

पहिलो हारपछि अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ । पाराग्वे र टर्की अंकविहीन छन् ।

शनिबार बिहान हुने खेलमा पाराग्वेले टर्किएसँग हार टारेमा अमेरिका शीर्ष दुईमा रहेर नकआउट चरणमा पुग्ने पक्का हुनेछ ।

अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गर्दा एक गोल उपहार पायो ।

अमेरिकाले अष्ट्रेलियाका डिफेन्डर क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो ।

खेलको ११औं मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले अष्ट्रेलियाको डिबक्सभित्र क्रस गराएका थिए ।

त्यसपछि अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर मिल्यो ।

४३औं मिनेटमा एलेक्स फ्रीम्यानले गोल गर्दा अमेरिकाले अग्रतालाई दोब्बर बनायो । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन ।

अष्ट्रेलियाले पहिलो हाफको तुलनामा दोस्रो हाफमा राम्रो प्रदर्शन गरेपनि गोल निकाल्न सकेन ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप २०२६, फुटबल, विशेष

ब्राजिललाई जित आवश्यक, स्कटल्यान्ड र मोरक्को शीर्ष स्थानको दौडमा

पहिलो खेलमा मोरक्कोसँग बराबरी खेल्दै अंक बाँडेको ब्राजिललाई हाइटीसँग खेल्दा लयमा फर्कने चुनौती छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको दोस्रो खेलमा शनिबार ब्राजिलले हाइटीको सामना गर्दै छ ।
  • पहिलो खेलमा बेन्चमा रहेका ब्राजिलका खेलाडी नेमारले हाइटीविरुद्धको दोस्रो खेल पनि गुमाउने भएका छन् ।
  • यसै समूहको अर्को खेलमा शनिबार नै अपराजित टोलीहरू स्कटल्यान्ड र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ ।

५ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत ब्राजिलले आफ्नो दोस्रो खेलमा शनिबार हाइटीसँग खेल्दैछ । पहिलो खेलमा मोरक्कोसँग बराबरी खेलेको ब्राजिलका लागि लयमा फर्कने चुनौती हुनेछ र जित आवश्यक छ ।

पाँचपटकको च्याम्पियन ब्राजिल र हाइटबीचको खेल फिलाडेल्फिया स्टेडियममा नेपाली समयअनुसार बिहान ६:१५ बजे सुरु हुनेछ ।

त्यसअघि यसे समूहको अर्को खेलमा स्कटल्यान्ड र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा अपराजित दुवै टोली लय कायम राख्ने दाउमा छन् ।

सर्वाधिक ५ पटक विश्वकप जितिसकेको ब्राजिललाई यस पटक पनि उपाधिको दाबेदारको रुपमा हेरिएपनि पहिलो खेलमा अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन ।

मोरक्को विरुद्ध पहिले पछि परेको ब्राजिलका लागि भिनिसियस जुनियरले बराबरी गोल फर्काएका थिए र अंक बाँडेको थियो ।

बराबरीपछि हाल अंकतालिकामा ब्राजिल स्कटल्यान्डभन्दा दुई अंकले पछाडि छ ।

हाइटीविरुद्ध पनि सकारात्मक नतिजा नआउने हो भने स्कट्ल्यान्डसँगको अन्तिम खेल ब्राजिलका लागि दबाबमा रहनेछ ।

मोरक्कोसँगको बराबरीपछि मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले पहिलो रोजाईमा केही परिवर्तन ल्याउने अनुमान गर्न सकिन्छ । डिफेन्सिभ भेट्रानहरु ड्यानिलो र एलेक्स सान्ड्रोले मौका पाउने अपेक्षा गरिएको छ । त्यस्तै फाबिन्हो, लुइज हेनरिक र माथेयस कुन्ह्याले पनि सुरुवाती टिममा खेल्न सक्छन् । युवा फरवार्ड एन्ड्रिकले पनि खेल्ने सम्भावना छ ।

यस्तै ब्राजिलमो टिम घोषणा भएदेखि नै चर्चामा रहेका नेमार हाइटी विरुद्धको खेल पनि गुमाउने भएका छन् । यसअघि उनले मोरक्को विरुद्ध बेन्चमा रहेपनि खेल्न सकेनन् ।

आक्रमणमा भिनिसियस र राफिन्हाले आफ्नो स्थान कायम राख्ने अपेक्षा गरिएको छ । त्यस्तै ग्याब्रियल म्यागाल्हेसले डिफेन्सलाई निरन्तरता दिनेछन् ।

ब्राजिलले यो खेललाई आफ्नो गति निर्माण गर्ने र गोल अन्तर सुधार गर्ने अवसरको रुपमा हेर्नेछ ।

हाइटीलाई विश्वकपमा प्रतिनिधित्व गर्न पाउनुनै ठूलो उपलब्धि हो । १९७४ पछि विश्वकप खेलिरहेको हाइटीले स्कटल्यान्डसँग प्रेरणादायी प्रदर्शन गरेको थियो । यद्यपि टोलीले स्कटल्यान्डसँग १–० को साँघूरो हार बेहोर्यो ।

सेबास्टियन मिग्नेको टोलीले स्कटल्यान्डविरुद्ध दृढ संकल्प देखाएको थियो । आफ्नो विपक्षीलाई एउटै गोलमा सीमित राखेको हाइटीले यसैबाट आत्मविश्वास लिनेछ । यद्यपि ब्राजिलको चुनौती पूर्ण रुपमा फरक छ ।

दोस्रो चरणको पहिलो खेलमा यदी मोरक्कोले स्कटल्यान्डलाई हराउने हो भने हाइटी ब्राजिलविरुद्ध थप दबाबमा हुनेछ । यदि यसो हो भने ब्राजिलविरुद्धको हारले हाइटी प्रतियोगिताबाट बाहिरिनेछ । तर, प्रतियोगितामा अपसेट नतिजाहरु आइरहँदा हाइटी आफ्नो अनुशासित प्रदर्शन दिन तयार छ ।

हाइटीविरुद्ध ब्राजिले पछिल्ला भेटमा एकतर्फी राज गरेको छ । यी दुई अहिलेसम्म तीनपटक आमने सामने भएका छन् । तीनवटै खेलको नतिजा ब्राजिलको पक्षमा गएको छ । यसबीच सन् २०१६ कोपा अमेरिकामा ब्राजिलले हाइटीमाथि ७–१ को फराकिलो जित हासिल गरेको थियो । समग्रमा ब्राजिलले हाइटीविरुद्ध १७ गोल गरेको छ । हाइटीले १ गोल मात्र फर्काएको छ ।

स्कटल्यान्ड भर्सेस मोरक्को

समूह को अर्को स्कटल्यान्ड र मोरक्कोबीचको खेल एकदमै धेरै प्रतिस्पर्धात्मक हुने अनुमान गर्न सकिन्छ । यो खेल शनिबार बिहान पौने ३ बजे सुरु हुनेछ ।

मोरक्कोलाई पराजित गर्न सके स्कटल्यान्डले कम्तिमा दोस्रो स्थानमा रहेर नकआउटमा स्थान बनाउनेछ ।

चार वर्षअघि शानदार प्रदर्शन गर्दै कतारमा सेमिफाइनलसम्मको यात्रा तय गरेको मोरक्कोका लागि भने स्कटल्यान्ड विरुद्ध जित हासिल गरे नकआउट यात्रा सहज बन्न सक्छ ।

अन्तिम खेल हाइटीसँग भएकोले स्कटल्यान्ड विरुद्ध सकरात्मक नतिजा आए मोरक्कोका लागि समूह विजेता बन्ने अवसर समेत हुनेछ ।

महादेशीय र विश्वकप दुबैमा स्कटल्यान्डले अहिलेसम्म समूह चरण पार गर्न सकेको छैन । यसपाली स्कटल्यान्डलाई ऐतिहासिक अवसर छ । त्यो पनि शीर्ष दुईको हैसियतमा ।ब्राजिलविरुद्ध मोरक्कोले प्रभावशाली खेल प्रस्तुत गरेको थियो । एट्लास लायन्सले पोजेसनमा बलियो पकड बनाएको थियो । मोरक्को वास्तवमै १–१ को बराबरी भन्दा माथिको हकदार थियो ।

स्ट्राइकर इस्माइल साइबारीको गोलमा मोरक्कोले अग्रता लिएको थियो । क्रियटिभ प्रतिभाहरु ब्राहिम डियाज र नौसैर मजरौईले ब्राजिललाई सताइरहेको थियो । त्यस्तै कप्तान तथा राइटब्याक अक्राफ हकिमीले पनि आफनो प्रदर्शनबाट सबैको मन जिते ।

ब्राजिविरुद्धको खेलपछि सन् २०२२ को सेमिफाइनलिस्ट मोरक्को आफ्नो रणनीतिक अनुशासनका कारण यसपाली पनि सरप्राइज प्याकेज रहने अनुमान गर्न सकिन्छ ।

विश्वकपको इतिहासमा स्कटल्यान्ड र मोरक्को दोस्रो पटक आमने–सामने हुँदैछन् । पछिल्लोपटक यी दुई १९९८ फ्रान्स विश्वकपमा भेटेका थिए । जतिबेला मोरक्को ३–० ले विजयी भएको थियो । त्यो नै यी दुई टोलीबीच अहिलेसम्म भएको एक मात्र अन्तर्राष्ट्रिय खेल हो ।

ब्राजिलसँग खेलेकै प्रदर्शन दोहोर्याउने हो भने उत्तर अफ्रिकी राष्ट्र मोरक्कोले स्कटल्यान्डको चुनौती सहजै पन्छाउने अपेक्षा गर्न सकिन्छ । किनभने कागजमा पनि मोरक्को स्कटल्यान्डभन्दा बलियो छ ।

Adblock test (Why?)

WhatsApp Image 2026 06 19 at 10659 AM
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप, फिफा विश्वकप २०२६, फुटबल, विशेष

स्विट्जरल्यान्डको शानदार जित

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ ।
  • अमेरिकामा भएको खेलमा स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई तथा रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरे ।
  • यो जितसँगै ४ अंक जोडेको स्विट्जरल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

५ असार, काठमाडौं । स्विट्जरल्यान्डले फिफा विश्वकप–२०२६ मा पहिलो जित निकालेको छ ।

अमेरिकाको लस एन्जलसस्थित सोफाइ स्टेडियममा भएको खेलमा बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ ले पराजित गर्दै स्विट्जरल्यान्डले पहिलो जित दर्ता गरेको हो ।

स्विट्जरल्यान्डका लागि जोहान मान्जाम्बीले दुई, रुबेन वर्गास र ग्रानिट जाकाले एकएक गोल गरे ।

बोस्नियाका एर्मिन माहमिकले सान्त्वना गोल गरे । मान्जाम्बीले खेलको ७४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डलाई पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि ८०औं मिनेटमा बोस्निायाका तारिक मुहारेमोभिकले विपक्षी खेलाडीलाई लडाएपछि रातो कार्ड पाउँदै बाहिरिए । त्यसपछि स्विट्जरल्यान्ड खेलमा हाबी बन्यो ।


रुबेन वर्गासले ८४औं मिनेटमा गोल गर्दै स्विट्जरल्यान्डको अग्रता दोब्बर बनाए । जोहानले ९०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा टोलीको अग्रता तेब्बर बनाए ।

दोस्रो हाफको इन्जुरी समयमा एर्मिन माहमिकले गोल गर्दै बोस्नियालाई खेलमा फर्काउने कोशिस गरे । तर, अन्तिम समयमा डिबक्सभित्र स्विट्जरल्यान्डका खेलाडीलाई लडाएपछि पेनाल्टी पायो ।

उक्त पेनाल्टीको सदुपयोग गर्दै ग्रानिट जाकाले गोल गरे र स्विट्जरल्यान्ड ४–१ ले विजयी भयो ।

यो जितसँगै स्विट्जरल्यान्ड ४ अंक जोडेर समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अन्य ३ टोलीको समान एक अंक छ । यसअघि पहिलो खेलमा स्विट्जरल्यान्ड कतारसँग १–१ को बराबरीमा रोकिएको थियो ।

स्विट्जरल्यान्डसँग पराजित भएको बोस्निया एन्ड हर्जगोभिना आफ्नो पहिलो खेलमा क्यानडासँग १–१ को बराबरी खेलेको थियो । सोही समूहको क्यानडा र कतारबिचको खेल बिहान पौने ४ बजेबाट सुरु हुनेछ ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, खेलकुद - Home, पहिलाे राउन्ड, फिफा विश्वकप २०२६, भाेजिन्हा, लियाेनेल मेस्सी, विशेष

४८ टोलीले खेले पहिलो राउन्ड : मेस्सीको ह्याट्रिकदेखि केप भर्डेको प्रतिरोधको चर्चा  

पहिलो राउन्डमा २४ मध्ये ९ खेल बराबरीमा सकिएका छन् । जसमा केही कमजोर मानिएका टोलीले बलिया टोलीलाई रोक्न सफल भएका छन् । केही बलिया टोलीले भने आफ्नो प्रभुत्व कायमै राखेका छन् ।


४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ मा समूह चरणको पहिलो राउन्डका खेलहरू सकिएका छन् । अमेरिका, क्यानडा र मेक्सिकोमा जारी विश्वकपमा पहिलो राउन्डमा सहभागी ४८ देशले एकएक खेल खेलेका छन् ।

पहिलो राउन्डमा २४ मध्ये ९ खेल बराबरीमा सकिएका छन् । पहिलो खेलमा केही कमजोर मानिएका टोलीले बलिया टोलीलाई रोक्न सफल भएका छन् । केही बलिया टोलीले भने आफ्नो प्रभुत्व कायमै राखेका छन् ।

समूह ‘ए’ सहआयोजक मेक्सिको र दक्षिण कोरियाले समान तीन अंक जोड्दा दक्षिण अफ्रिका र चेक रिपब्लिक अंकविहीन छन् । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० र दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ ले पराजित गरे ।

समूह ‘बी’ का ४ वटै टोली बराबरीमा रोकिँदै समान एक–एक अंक जोडेका छन् । कतार र स्विट्जरल्यान्ड तथा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले समान १–१ को बराबरी खेलेका थिए ।

समूह ‘जी’ र ‘एच’ मा पनि ४ वटै टोलीले बराबरी खेले । समूह ‘जी’ मा बेल्जियम र इजिप्ट १–१ तथा इरान र न्यूजील्यान्ड २–२ को बराबरी खेल्दै समान १ अंक बाँडे ।

समूह ‘एच’ मा उरुग्वे र साउदी अरेबिया १–१ को बराबरी खेल्दा उपाधि दाबेदार स्पेन केप भर्डेसँग गोलरहित बराबरीमा रोकियो ।

समूह ‘सी’ मा स्कटल्याण्ड ३ अंक जोड्दै शीर्ष स्थानमा छ । स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्‍यो । १–१ को बराबरीमा रोकिएका मोरक्को र ब्राजिलले समान एक–एक अंक जोडेका छन् ।

आयोजक अमेरिका र अष्ट्रेलियाले समूह ‘डी’मा तीन अंक जोड्दा टर्की र पाराग्वे अंकविहीन छन् । अमेरिकाले पाराग्वेलाई ४–१ र अष्ट्रेलियाले टर्कीलाई २–० ले पराजित गर्‍यो ।

समूह ‘इ’ मा पहिले खेलमा जित निकाल्दै जर्मनी र आइभोरी कोस्टले तीन अंक जोडेका छन् । जर्मनीले कुरासाओमाथि ७–१ को प्रभावशाली जित निकाल्दा इक्वोडर आइभोरी कोष्टसँग १–० ले पराजित हुन पुग्यो ।

समूह ‘एफ’ मा स्विडेनले स्पष्ट जित निकाल्दा जापान र नेदरल्यान्ड्स बराबरीमा रोकिए । स्विडेनले ट्युनिसियालाई ५–१ को शानदार जित निकालेर ३ अंक जोड्यो, भने जापान र नेदरल्यान्ड्स २–२ को बराबरीमा रोकिँदा एक–एक अंक बाड्न बाध्य भए ।

नर्वे र फ्रान्सले समूह ‘आई’ मा शानदार सुरुवात गरे । साविक उपविजेता फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गर्दा नर्वेले इराकलाई ४–१ ले हरायो । नर्वे र फ्रान्सको समान तीन–तीन अंक हुँदा सेनेगल र इराक अंकविहीन छन् ।

समूह ‘जे’ मा साविक विजेता अर्जेन्टिना र अष्ट्रियाले प्रभावशाली जित निकाल्दै समान तीन–तीन अंक जोडे । अर्जेन्टिनाले अल्जेरियालाई ३–० र अष्ट्रियाले जोर्डनलाई ३–१ ले पराजित गरे ।

समूह ‘के’ मा कोलम्बियाले सुखद सुरुवात गर्दा पोर्चुगलको सुरुवात राम्रो हुन सकेन । कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गर्दा पोर्चुगल डीआर कंगोसँग १–१ मा रोकियो । समूह ‘एल’ मा इंग्ल्यान्ड र घानाले जित दर्ता गरे । इंग्ल्यान्डले क्रोएसियामाथि ४–२ को जित निकाल्दा पानामा घानासँग १–० ले स्तब्ध बन्यो ।

पहिलो राउन्डका खेलहरूमा अर्जेन्टिना कप्तान लियोनल मेस्सीको ह्याट्रिकदेखि केप भर्डेका गोलकिपर भोजिन्हाको चर्चा भयो । मेस्सीले पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक पूरा गरेका थिए ।

छैटौं विश्वकप खेल्दा मेस्सीले पहिलो ह्याट्रिक पूरा गरे । उनले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानमा समेत बराबरी गरे ।

केप भर्डेका भोजिन्हाले स्पेनलाई बराबरीमा रोक्न उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका कारण पहिलोपटक विश्वकप खेलेको केप भर्डेले उपाधि दाबेदार स्पेनलाई बराबरीमा रोक्न सफल भयो । फिफा वरियताको तेस्रो स्थानमा रहेको स्पेन ६४ औं स्थानमा रहेको केप भर्डेसँग बराबरीमा रोकिन पुग्यो ।

यस्तै, पहिलो खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पे, इंग्ल्यान्डका कप्तान ह्यारी केन र नर्वेका स्टार एर्लिङ हाल्यान्डको प्रदर्शनमा पनि शानदार रह्यो ।

एम्बाप्पले पहिलो खेलमा सेनेगलविरुद्ध २ गोल गर्दै फ्रान्सका लागि सर्वाधिक गोल गर्ने खेलाडी बने । केनले क्रोएसियाविरुद्ध महत्वपूर्ण २ गोल गर्दै इंग्ल्यान्डलाई ४–२ को शानदार जित दिलाए ।

हाल्यान्डको २ गोलमा नर्वेले ४–१ को उत्कृष्ट सुरुवात गर्‍यो । जर्मनीको ७–१ को जित पनि चर्चामा रह्यो ।

अनुभवी स्टाइकर क्रिस्टियानो रोनाल्डो र स्पेनी युवा स्टाइकर लामिन यामालसहित खेलाडीको विश्वकपमा सुरुवात राम्रो हुन सकेन । पोर्चुगल डीआर कंगोसँग बराबरीमा रोकिँदा रोनाल्डोले गोल गर्न सकेनन् । विश्वकपमा डेब्यु गरेका यामालले पनि पहिलो खेलमा चमत्कार गर्न सकेनन् । दोस्रो हाफमा मैदान छिरेका उनी टोलीका लागि गोल गर्न र जित दिलाउन सकेनन् ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप २०२६, फुटबल, विशेष

केनको दोस्रो गोलमा इंग्ल्यान्डलाई फेरि अग्रता

फिफा विश्वकपमा केनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् ।


३ असार, काठमाडौं । ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गरेपछि इंग्ल्यान्डले फिफा विश्वकप २०२६ अन्तर्गत क्रोएसिया विरुद्धको खेलमा फेरि अग्रता लिएको छ ।

डालास स्टेडियममा भइरहेको खेलमा केनले ४२औं मिनेटमा गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाए । डेक्लास लाइसको कर्नरमा केनले हेडमार्फत गोल गरेका हुन् ।

फिफा विश्वकपमा उनको यो दशौँ गोल हो । विश्वकपमा सर्वाधिक १० गोल गर्ने इंग्लिस खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । इंग्लयान्डका ग्यारी लिनेकरले १० गोल गरेका थिए ।

त्यअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता  दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरडोमिनिक  लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फिफा विश्वकप २०२६, फुटबल, विशेष

क्रोएसियाले फर्कायो बराबरी गोल

क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए । 


३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत इंग्ल्यान्ड विरुद्धको खेलमा क्रोएसियनले बराबरी गोल फर्काएको छ ।

डालास स्टेडियममा भइरहेको खेलमा क्रोएसियाका मार्टिन बाटुरिनाले ३६औं मिनेटमा बराबरि गोल फर्काए ।

पिटर सुसिकको ले-अफ पासमा बाटुरिनाले पेनाल्टी बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

त्यअघि कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता  दिलाएका थिए ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरडोमिनिक  लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

Adblock test (Why?)

unnamed 1
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फिफा विश्वकप २०२६, विशेष

केनको पेनाल्टी गोलमा इंग्ल्यान्डलाई अग्रता


३ असार, काठमाडौं । इंग्ल्यान्डले फिफा विश्वकप २०२६ को आफ्नो पहिलो खेलमा क्रोएसिया विरुद्ध पहिले अग्रता लिएको छ ।

कप्तान ह्यारी केनले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका हुन् ।

केनले सुरुमा प्रहार गरेको पेनाल्टी क्रोएसियाका गोलकिपरडोमिनिक  लिभाकोभिचले बचाएका थिए । तर केनले बल प्रहार गर्नुअघि नै लिभाकोभिक अगाडि बढेको देखिएपनि पुन: पेनाल्टी प्रहार गरिएको थियो । यस पटक केनले कुने गल्ती नगरी गोल गरे ।

क्रोएसियाका कप्तान लुका मोडरिकले नोनी मोदुएकेलाई फल गरेपछि इंग्ल्यान्डले पेनाल्टी पाएको थियो ।

विश्वकपमा केनको यो नवौँ गोल हो । फिफा विश्वकपमा इंग्ल्यान्डका लागि ग्यारी लिनेकरले सर्वाधिक १० गोल गरेका छन् । लिनेकरसँग बराबरी गर्न अब केन एक गोल मात्र टाढा छन् ।

Adblock test (Why?)

unnamed 1
पक्राउ, राहदानी छपाइ, विशेष

राहदानी छपाइमा अनियमितता प्रकरण : थप दुई जना पक्राउ



३ असार, काठमाडौं । राहदानी छपाइमा अनियमितता भएको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप दुई जनालाई पक्राउ गरेको हो । अख्तियार स्रोतका अनुसार पक्राउ पर्नेहरूमा जर्मनी कम्पनी मुहलबाउरका नेपाली प्रतिनिधि मनिन्द्रराज मल्ल, राहदनी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य छन् ।

उनीहरूविरुद्ध ३ दिन म्याद समेत थप भइसकेको छ ।

यसअघि अख्तियारले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई पक्राउ गरेको थियो । उनीहरूविरुद्ध ४ दिनको म्याद थप भएको थियो ।

योसँगै पक्राउ पर्नेको संख्या चार पुगेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


1986 World Cup scaled 1
खेलकुद - Home, खेलकुद प्रमुख, फिचर, फुटबल, म्याराडोना, विशेष

म्याराडोना : जसले विश्वकपलाई आफ्नै कथामा बदलिदिए

जुन १७, २०२६ मा अर्जेन्टिनाले समूह चरणको अर्को महत्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । विश्वकपको हरेक खेलसँगै अर्जेन्टिनी समर्थकहरूमा एउटा पुरानो भावना फेरि जाग्छ, १९८६ को एज्टेका, २०२२ को लुसेल र नयाँ पुस्ताले लेख्न खोजिरहेको अर्को इतिहास ।


२२ जुन १९८६ । मेक्सिको सिटीको आकाशमा टन्टलापूर घाम चर्किएको थियो ।

तर त्यो गर्मीले एज्टेका रंगशालाको उत्साहलाई रोक्न सकेको थिएन । समुद्री सतहबाट करिब दुई हजार मिटरको उचाइमा रहेको विशाल रंगशालामा एक लाखभन्दा बढी दर्शकहरू खचाखच भरिएका थिए ।

दर्शकदीर्घाको प्रत्येक सिट भरिएको थियो, प्रत्येक अनुहारमा प्रतीक्षा थियो, र प्रत्येक आँखा हरियो मैदानमा केन्द्रित थियो ।

त्यो विश्वकपको क्वार्टरफाइनल थियो । आमने-सामने थिए अर्जेन्टिना र इंग्ल्यान्ड ।

चार वर्षअघि मात्रै भएको फकल्याण्ड युद्धको घाउ अझै दुवै देशका मनमा ताजा थियो । त्यसैले, यो खेल केवल ९० मिनेटको फुटबल प्रतिस्पर्धा थिएन ।

यसमा राष्ट्रिय गौरव, इतिहास, पीडा र भावनाको भार मिसिएको थियो । मैदानमा २२ खेलाडी दौडिरहेका थिए, तर उनीहरूसँगै लाखौं मानिसका भावना पनि दौडिरहेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तनाव बढ्दै गइरहेको थियो । दर्शकहरू सास रोकेर अर्को क्षणको प्रतीक्षा गरिरहेका थिए ।

तर त्यस दिनको कथा केवल दुई राष्ट्रको प्रतिस्पर्धाको थिएन । त्यो दिन एउटा खेलाडी विश्व फुटबलको इतिहासमा अमिट छाप छोड्न तयार हुँदै थियो ।

उनको नाम थियो, डिएगो आर्मान्डो म्याराडोना ।

दोस्रो हाफ सुरु भएको केही मिनेट मात्र भएको थियो । स्कोर बराबरीमा थियो । मैदानमा दबाब बढिरहेको थियो । एउटा सानो गल्तीले खेलको दिशा बदल्न सक्थ्यो ।

त्यही बेला इंग्ल्यान्डका स्टिभ हजले क्लियर गर्न खोजेको बल अनियन्त्रित हुँदै आकाशतिर उचालियो । बल बिस्तारै पेनाल्टी क्षेत्रतर्फ झर्दै थियो । इंग्ल्यान्डका गोलकिपर पिटर

शिल्टन अगाडि बढे । म्याराडोना पनि तीव्र गतिमा बलतर्फ दौडिए । शिल्टन म्याराडोनाभन्दा झन्डै २० सेन्टिमिटर अग्ला थिए । सामान्य अवस्थामा त्यो बल गोलकिपरकै नियन्त्रणमा पुग्ने अपेक्षा गरिएको थियो ।

तर त्यसपछि जे भयो, त्यसले विश्व फुटबलको इतिहासलाई सदाका लागि दुई भागमा विभाजन गरिदियो ।

एक क्षणपछि बल जालीभित्र थियो ।

इंग्ल्यान्डका खेलाडीहरू विरोध गर्न रेफ्रीतिर दौडिए । उनीहरूको दाबी थियो, गोल हातले गरिएको थियो ।  रेफ्रीले गोल स्वीकृत गरिसकेका थिए ।

पछि म्याराडोनाले त्यसलाई ‘अलिकति म्याराडोनाको टाउको र अलिकति भगवानको हात’ भनेर व्याख्या गरे । त्यही क्षण इतिहासमा ‘ह्यान्ड अफ गड’ का नामले अमर बन्यो ।

वास्तविक चमत्कार अझै बाँकी थियो । चार मिनेटपछि म्याराडोनाले आफ्नै भाग नजिक बल पाए ।

उनको अगाडि इंग्ल्यान्डका खेलाडीहरू थिए । पछाडि एक लाखभन्दा बढी दर्शकको गर्जन । म्याराडोनाले बललाई खुट्टामा टाँसेझैँ अगाडि बढाए । पहिलो खेलाडीलाई छले ।

त्यसपछि दोस्रो । तेस्रो । चौथो । पाँचौँ । यो बेलासम्म मैदानको आधाभन्दा बढी दूरी पार भइसकेको थियो । बल अझै उनकै नियन्त्रणमा थियो । पेनाल्टी क्षेत्र नजिक पुगे ।

गोलकिपर शिल्टन अगाडि बढे । म्याराडोनाले उनलाई पनि छलेर बललाई जालीभित्र पठाइदिए ।

एज्टेका रंगशाला विस्फोट भएजस्तै भयो । अर्जेन्टिनी समर्थकहरूले आँसु झार्दै चिच्याए, ‘म्याराडोना ! म्याराडोना !’, कोही खुसीले उफ्रिए ।

एज्टेका रंगशाला विस्फोट भएजस्तै भयो । अर्जेन्टिनी समर्थकहरूले आँसु झार्दै चिच्याए, ‘म्याराडोना ! म्याराडोना !’, कोही खुसीले उफ्रिए ।

इङ्ल्यान्डका खेलाडीहरू स्तब्ध थिए । रेडियो कमेन्टेटर भिक्टर ह्युगो मोरालेस उत्साहित हुँदै कराए, ‘कुन ग्रहबाट आएका हुन्, यी खेलाडी ?’

खेल २–१ ले अर्जेन्टिनाले जित्यो ।

दुवै गोल म्याराडोनाले गरे । एउटा विवादित, अर्को अविश्वसनीय ।

तर त्यो खेलको प्रभाव स्कोरलाइनभन्दा धेरै ठूलो थियो । .त्यो दिन म्याराडोनाले मात्र एउटा क्वार्टरफाइनल जिताएनन् । उनले राष्ट्रलाई जिताए ।

त्यसभन्दा ठूलो कुरा, त्यसले डिएगो आर्मान्डो म्याराडोनालाई एउटा महान खेलाडीबाट अमर किंवदन्तीमा

रूपान्तरण गरिदियो ।

विश्वभरका समाचारपत्र, रेडियो र टेलिभिजनमा अब एउटै नाम गुञ्जिन थालेको थियो, म्याराडोना ।

‘गोल अफ द सेन्चुरी’

गति, सन्तुलन, साहस र कल्पनाशीलताको अद्भुत मिश्रण बनेको त्यो गोललाई धेरैले फुटबल कलाको उत्कृष्ट नमुना

माने । धेरै विश्लेषक र फुटबलकर्मीले इतिहासकै उत्कृष्ट गोलमध्ये एकको रूपमा व्याख्या गरे ।

सन् २००२ मा फिफाले समेत त्यस गोललाई ‘गोल अफ द सेन्चुरी’ को मान्यता दियो । तर त्यो सम्मान केवल शानदार गोलका कारण प्राप्त भएको थिएन ।

त्यो गोल विश्वकपको नकआउट चरणमा, ठूलो दबाबबीच, बलियो प्रतिद्वन्द्वीविरुद्ध गरिएको थियो । जहाँ गल्ती गर्ने कुनै ठाउँ थिएन । म्याराडोनाले त्यही क्षण आफ्नो जीवनकै

उत्कृष्ट प्रदर्शन दिए ।

त्यसैले, आज पनि ‘गोल अफ द सेन्चुरी’ भनिँदा धेरै समर्थकको आँखाअघि एउटै दृश्य आउँछ, निलो–सेतो जर्सीमा बल बोकेर दौडिरहेका म्याराडोना, एकपछि अर्को इंग्लिस खेलाडीलाई पछाडि पार्दै गोलतर्फ बढिरहेका म्याराडोना ।

खेलको भोलिपल्ट प्रकाशित धेरै अन्तर्राष्ट्रिय समाचारमा उनी नै मुख्य पात्र बने । केहीले उनलाई एक्लैले खेलको दिशा बदल्ने खेलाडी भने । केहीले उनको पहिलो गोलको

विवाद र दोस्रो गोलको प्रतिभाबीच तुलना गरे ।

त्योभन्दा पर विश्व फुटबल अचानक एउटै प्रश्न सोध्न थालेको थियो, ‘विश्वकपको सबैभन्दा ठूलो मञ्चमा एक्लैले खेलको कथा बदल्ने यो मानिस कहाँबाट आएका थिए ? आखिर

यस्तो खेलाडी को थिए ?’

एज्टेकामा इतिहास रचेको त्यो ९० मिनेटले केवल उनको प्रतिभालाई संसारसामु उजागर गरेको थिएन, त्यसले उनको जीवनकथालाई पनि विश्वव्यापी जिज्ञासाको विषय बनाइदिएको थियो ।

भिल्ला फियोरितोको गल्लीबाट सुरु भएको सपना

एज्टेकामा इतिहास रचिरहेको म्याराडोनाको कथा वास्तवमा मेक्सिकोमा सुरु भएको थिएन । त्यो कथा सुरु भएको थियो अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सको बाहिरी क्षेत्रमा रहेको गरिब बस्ती भिल्ला फियोरितोबाट ।

फिफाले म्याराडोनाबारे प्रकाशित एक सामग्रीमा भिल्ला फियोरितोलाई ‘खाल्डाखुल्डी, असमतल मैदान र पुराना फुटबलहरूले भरिएको भूमि’ भनेर वर्णन गरेको छ । त्यही वातावरणमा म्याराडोनाले लगभग स्वाभाविक रूपमा फुटबल खेल्न सिकेका थिए ।

३० अक्टोबर १९६० मा जन्मिएका म्याराडोना अभावबीच हुर्किए । पछि उनको बाल्यकालबारे लेखिएको एक सामग्रीमा स्पेनी पत्रिका इआइइन डिपेन्डिएन्टले भिल्ला

फियोरितोमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने वातावरणबीच उनको बाल्यकाल बितेको उल्लेख गरेको छ ।

त्यही बस्तीमा बस्ने म्याराडोनाको संसार फुटबल वरिपरि घुम्थ्यो । घरको आर्थिक अवस्था कमजोर थियो । तर फुटबलप्रतिको मोह भने असाधारण थियो ।

साथीहरू खेल सकिएपछि घर फर्किन्थे, म्याराडोना भने बलसँगै मैदानमै बसिरहन्थे । बस्तीका धुलाम्मे गल्ली र असमतल मैदान नै उनका पहिलो प्रशिक्षण केन्द्र बने ।

पछि फिफाले उनको खेलशैलीबारे प्रशंसा गर्दै भनेको छ, भिल्ला फियोरितोका ती असमतल मैदानहरूले नै उनलाई बलमाथि असाधारण नियन्त्रण र ड्रिब्लिङ क्षमता विकास गर्न मद्दत गरेका थिए ।

त्यतिबेला कसैले कल्पना गरेको थिएन, यही केटो एक दिन विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा उभिएर आफ्नै देशलाई विश्वकप दिलाउनेछ । तर म्याराडोनाको प्रतिभा अब भिल्ला फियोरितोको सीमाभित्र अट्ने अवस्थामा थिएन ।

चाँडै नै उनको जादुई बायाँ खुट्टाले अर्जेन्टिनाको युवा फुटबललाई नै चकित पार्न थालेको थियो ।

आठ वर्षको केटो जसलाई देखेर प्रशिक्षक नै अचम्मित भए

भिल्ला फियोरितोका धुलाम्मे गल्लीहरूमा म्याराडोनाको प्रतिभा धेरै समय लुकेर बस्न सकेन । सन् १९६९ तिर उनको जीवन बदल्ने एउटा भेट भयो । त्यो भेट थियो, युवा प्रशिक्षक फ्रान्सिस्को कोर्नेहोसँग ।

पछि अर्जेन्टिनी समाचार वेबसाइट इन्फोबेमा प्रकाशित संस्मरणमा कोर्नेहोले पहिलो पटक म्याराडोनालाई देखेको क्षण सम्झिएका छन् । उनका अनुसार सानो कदका ती

बालकले बललाई यति सहज रूपमा नियन्त्रण गरिरहेका थिए कि उनको वास्तविक उमेर पत्याउनै गाह्रो भएको थियो ।

कोर्नेहोका अनुसार म्याराडोनाले आफू आठ वर्षको भएको बताएपछि उनले ठट्टा गर्दै भनेका थिए, ‘यदि यो केटो साँच्चै आठ वर्षको हो भने म कार्लोस गार्डेल हुँ ।’

तर केही मिनेटमै उनले त्यो ठट्टा बिर्सिए । किनभने उनको अगाडि असाधारण प्रतिभा उभिएको थियो । कोर्नेहोले म्याराडोनालाई तत्कालै लोस सेबोलितास टोलीमा ल्याए,

जुन अर्जेन्टिनोस जुनियर्सको युवा टोली थियो । त्यहाँ पुगेपछि म्याराडोनाले केवल राम्रो खेलेनन्, उनी टोलीको आकर्षण बने ।

१५ वर्षको उमेरमा शीर्ष डिभिजनमा अवसर 

भिल्ला फियोरितोका धुलाम्मे गल्लीबाट सुरु भएको सपना अब अर्जेन्टिनाको ठूलो मञ्चतर्फ अघि बढिरहेको थियो ।

२० अक्टोबर १९७६ मा, आफ्नो १६औँ जन्मदिन आउन १० दिन बाँकी रहँदा, म्याराडोनाले अर्जेन्टिनोस जुनियर्सबाट अर्जेन्टिनाको शीर्ष डिभिजनमा डेब्यु गरे । पछि

म्याराडोनाले सम्झिए अनुसार प्रशिक्षकले मैदान छिर्नुअघि उनलाई भनेका थिए, ‘जाऊ, रमाइलो गर, र कसैसँग नडराऊ ।’

मैदानमा छिरेपछि उनले त्यही गरे । डेब्यु खेलमै उनले विपक्षी खेलाडीको खुट्टामाथिबाट बल उछालेर छलेका थिए । त्यो क्षणले दर्शकलाई चकित बनायो । अर्जेन्टिनाको

फुटबलले नयाँ प्रतिभा भेट्टाएको संकेत त्यही दिन मिलिसकेको थियो । डेब्यु खेलमै उनले विपक्षी खेलाडीमाथिबाट बल उछालेर छलेका थिए ।

त्यो क्षणले अर्जेन्टिनी फुटबलले एउटा असाधारण प्रतिभा भेट्टाएको संकेत दिएको थियो ।

किशोर उमेरमै म्याराडोनाको नाम अर्जेन्टिनाभर फैलिन थालेको थियो । उनका ड्रिब्लिङ, बलमाथिको नियन्त्रण र खेल पढ्ने क्षमता उमेरभन्दा धेरै परिपक्व देखिन्थ्यो ।

प्रतिभा जति चम्किँदै गइरहेको थियो, सपना पनि त्यति नै ठूलो हुँदै गइरहेको थियो, उनको ।

उनले एकपटक टेलिभिजन अन्तर्वार्तामा आफ्नो सबैभन्दा ठूलो इच्छा सुनाएका थिए, ‘म विश्वकप खेल्न चाहन्छु, अनि अर्जेन्टिनाका लागि विश्वकप जित्न चाहन्छु ।

लोस सेबोलितासमा लगातार उत्कृष्ट प्रदर्शन गरेपछि म्याराडोनाको नाम युवा फुटबलको सीमाभन्दा बाहिर फैलिन थाल्यो । प्रशिक्षकहरू, पत्रकारहरू र समर्थकहरू एउटै

प्रश्न सोध्न थालेका थिए, यो केटो वास्तवमै कति टाढासम्म जान सक्छ ?

उत्तर.. धेरै कुर्नु परेन ।

केही वर्षमा उनी देशकै सबैभन्दा चर्चित युवा खेलाडी बने । गोलहरू बढ्दै गए । समर्थकहरूको संख्या बढ्दै गयो र राष्ट्रिय टोलीको ढोका पनि खुल्यो । सँगसँगै बढ्दै गयो एउटा सपना, विश्वकप ।

केही वर्षमा उनी देशकै सबैभन्दा चर्चित युवा खेलाडी बने । गोलहरू बढ्दै गए । समर्थकहरूको संख्या बढ्दै गयो र राष्ट्रिय टोलीको ढोका पनि खुल्यो । सँगसँगै बढ्दै गयो एउटा सपना, विश्वकप ।

सन् १९७८ । विश्वकप अर्जेन्टिनामै हुँदै थियो । देश उत्साहले भरिएको थियो । १७ वर्षीय उनलाई धेरै समर्थकहरू विश्वकप टोलीमा हेर्न चाहन्थे । तर अन्तिम टोली घोषणा हुँदा उनको नाम थिएन ।

म्याराडोना विश्वकप खेल्ने सपनाबाट टाढा परे । तर त्यो असफलताले उनलाई रोक्न सकेन । उनी लागिपरिरहे, विश्वकपको स्वाद चाख्ने सपनाको बाटो खोज्दै । सन् १९७९ मा जापानमा भएको फिफा यू–२० विश्वकपमा उनले अर्जेन्टिनाको कप्तानी गर्दै टोलीलाई उपाधि दिलाए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएपछि संसारले पहिलोपटक म्याराडोनालाई भविष्यका विश्व सुपरस्टारका रूपमा हेर्न थाल्यो ।

विश्वभर चर्चा बढ्दै जाँदा युरोपका ठूला क्लबहरूको नजर पनि म्याराडोनामाथि पर्‍यो । स्पेन पुगेको केही समयमै उनी हेपाटाइटिसबाट ग्रस्त भए । त्यसपछि गम्भीर चोट लाग्यो ।

एक खेलमा विपक्षी खेलाडीको खतरनाक ट्याकलले उनको खुट्टा नै भाँचिदिएको थियो । मैदानबाहिर स्वास्थ्य समस्या । मैदानभित्र अपेक्षाको दबाब । म्याराडोनाले लगातार संघर्ष गर्नुपर्‍यो ।

१९८२ को विश्वकपमा पाइला

त्यही बीच सन् १९८२ को विश्वकप पनि आयो । पहिलोपटक सिनियर विश्वकप खेल्ने सपना पूरा भयो । तर प्रतियोगिता उनको अपेक्षाअनुसार रहेन । अर्जेन्टिना उपाधि रक्षा गर्न असफल भयो ।

म्याराडोना स्वयं पनि प्रतियोगिताको अन्तिम खेलमा रातो कार्ड खाएर बाहिरिए ।

उनका आलोचकहरू बढे । कतिपयले भने, ‘उनी प्रतिभाशाली त छन्, तर विश्वकप जिताउन सक्ने खेलाडी होइनन् ।’

म्याराडोनाले ती सबै कुरा सुने । र मनभित्र राखे ।  किनभने चार वर्षपछि उनीसँग सम्पूर्ण संसारलाई जवाफ दिने अवसर आउँदै थियो ।

त्यो अवसर थियो, मेक्सिको १९८६ ।

त्यही विश्वकप, जहाँ एज्टेकाको घाममुनि एउटा खेलाडीले इतिहासलाई आफ्नै खुट्टाले लेख्ने थियो । जब कप्तानले देशलाई काँधमा बोके । सन् १९८६ मा म्याराडोना केवल अर्जेन्टिनाको स्टार खेलाडी थिएनन् ।

उनी कप्तान थिए । उनी आशा थिए । उनी जिम्मेवारी थिए ।

मेक्सिको पुगेको अर्जेन्टिनी टोलीमा राम्रा खेलाडीहरू थिए, तर प्रतियोगिता अघि धेरै विश्लेषकहरूले अर्जेन्टिनालाई उपाधिको मुख्य दाबेदार मानेका थिएनन् ।

तर म्याराडोनाले प्रतियोगिता सुरु भएदेखि नै आफू फरक स्तरमा रहेको देखाउन थाले । समूह चरणमा उनले टोलीलाई अघि बढाए ।

इंग्ल्यान्डविरुद्धको क्वार्टरफाइनल हुँदैै सेमिफाइनलमा बेल्जियमविरुद्ध दुई शानदार गोल, फाइनलमा प्रतिद्वन्द्वी पश्चिम जर्मनीलाई हराइसके पछि उनी आफ्ना सहकर्मीहरूसँग खुसीले मैदानमा ढले ।

फाइनलमा म्याराडोनाले गोल गरेनन्, तर उनले खेलभर प्रभावशाली भूमिका निभाए । बाल्यकाल देखिको सपनाले सार्थकता पाएको थियो ।

सन् १९८४ मा उनले बार्सिलोनाबाट इटालियन क्लब नापोलीमा ऐतिहासिक ट्रान्सफर गर्दै नयाँ अध्याय सुरु गरे । नापोलीमा उनको प्रभाव झन् बढ्यो ।

उनले क्लबलाई पहिलोपटक इटालियन लिग जिताए । त्यसपछि अर्को लिग उपाधि र युइएफए कप पनि दिलाए ।

नेपल्सका धेरै समर्थकका लागि म्याराडोना खेलाडीभन्दा बढी, शहरकै गौरव बने तर जति ठूलो सफलता बढ्यो, त्यति नै व्यक्तिगत संघर्ष पनि गहिरिँदै गयो ।

कोकिनको लतमा रुम्लिदैँ बिते दिन

सबै महान कथामा उज्यालोसँगै अँध्यारो पनि हुन्छ । म्याराडोनाको जीवनमा पनि त्यस्तै भयो । कहिल्यै नरोकिनेजस्तो देखिएको यात्रामा अब दरार देखिन थालेको थियो ।

लोकप्रियता बढ्दै जाँदा दबाब पनि बढ्यो । लोकप्रियता, दबाब र निरन्तर सार्वजनिक निगरानीबीच उनी कोकिनको लतमा फसे ।

सन् १९९१ मा डोपिङ परीक्षणमा असफल भएपछि उनी १५ महिनाका लागि प्रतिबन्धित भए । यो घटनाले उनको करियरमा ठूलो धक्का पुर्‍यायो ।

सन् १९९४ को विश्वकपमा पुनरागमन गरे पनि प्रतियोगिताकै क्रममा फेरि डोपिङ परीक्षणमा असफल भएपछि उनी विश्वकपबाट बाहिरिए ।

फुटबल छोडे, तर कथाबाट कहिल्यै बाहिरिएनन्‌

खेल जीवन समाप्त भएपछि पनि म्याराडोना चर्चाको केन्द्रमै रहे । कहिले प्रशिक्षकका रूपमा, कहिले टेलिभिजन व्यक्तित्वका रूपमा ।

उनी जहाँ गए पनि समाचार बने । किनभने म्याराडोना केवल पूर्व खेलाडी थिएनन् ।

उनी एउटा सांस्कृतिक घटना बनिसकेका थिए । अर्जेन्टिनामा धेरै समर्थकहरूले उनलाई राष्ट्रिय नायककै रूपमा हेर्थे । कतिपयका लागि उनी फुटबलरभन्दा ठूलो प्रतीक थिए ।

अर्जेन्टिना रोएको त्यो दिन

२५ नोभेम्बर २०२० ।

समाचार आयो, ‘डिएगो आर्मान्डो म्याराडोना अब रहेनन् ।’

६० वर्षको उमेरमा हृदयघात उनको निधन भयो । केही घण्टामै अर्जेन्टिना शोकमा डुब्यो ।

देशभर मानिसहरू सडकमा निस्किए । राष्ट्रपति भवनबाहिर हजारौँ मानिस जम्मा भए । समर्थकहरूले फूल चढाए । झण्डा फहराए । गीत गाए । र, आँसु बगाए ।

त्यो दिन केवल अर्जेन्टिनाले होइन, फुटबल संसारले आफ्नो एउटा युग गुमाएको महसुस गर्‍यो । तर म्याराडोना अझै हराएका छैनन् । आज म्याराडोना जीवित छैनन् । तर उनको कथा अझै बाँचेको छ ।

सन् २०२२ मा अर्जेन्टिनाले फेरि विश्वकप जित्दा धेरै समर्थकहरूले त्यो सफलतालाई म्याराडोनाको सम्झनासँग जोडे । कप्तानले लियोनेल  मेस्सीले उपाधि उचाल्दा धेरैलाई १९८६ को अर्को दृश्य सम्झना आयो ।

अब अर्को विश्वकपको अर्को अध्याय

फरक युग । फरक कप्तान । तर एउटै सपना । एउटै देश । एउटै भावनात्मक सम्बन्ध । अर्जेन्टिनाको राष्ट्रिय टोली मैदानमा उत्रिँदा उनको नाम अझै सुनिन्छ । स्टेडियमका पोस्टरमा उनको अनुहार अझै देखिन्छ ।

समर्थकका गीतमा उनको सम्झना अझै बाँच्छ । मेस्सीको पुस्ता पनि आफ्नो यात्राको अन्तिम मोडतिर बढिरहेको छ ।

तर अर्जेन्टिनाको विश्वकप यात्रा भने रोकिएको छैन । सन् २०२६ को विश्वकपमा पनि अर्जेन्टिना उपाधिको दाबेदार टोलीका रूपमा मैदानमा उत्रिएको छ ।

उत्तर अमेरिकामा भइरहेको प्रतियोगितामा अर्जेन्टिनाले फेरि एकपटक विश्व फुटबलको शिखर चुम्ने लक्ष्य राखेको छ ।

जुन १७, २०२६ मा अर्जेन्टिनाले समूह चरणको अर्को महत्वपूर्ण खेल खेल्ने तयारी गरिरहेको छ । विश्वकपको हरेक खेलसँगै अर्जेन्टिनी समर्थकहरूमा एउटा पुरानो भावना

फेरि जाग्छ, १९८६ को एज्टेका, २०२२ को लुसेल र नयाँ पुस्ताले लेख्न खोजिरहेको अर्को इतिहास ।

आज अर्जेन्टिनाको जर्सी लगाएर मैदानमा उत्रिने अधिकांश खेलाडीहरू म्याराडोना खेलिरहेको समय जन्मिएकासमेत थिएनन् । तर उनीहरू हुर्किँदा हेरेका कथा भने म्याराडोनाकै थिए ।

उनीहरूले सुनेका गोलहरू म्याराडोनाकै थिए । उनीहरूले सम्झेका विश्वकप क्षणहरू म्याराडोनाकै थिए । आज पनि जब अर्जेन्टिना विश्वकप खेल्न मैदानमा उत्रिन्छ, कतै न कतै त्यो कथा फेरि सुनिन थाल्छ ।

किनकि,  केही खेलाडीले ट्रफी जित्छन् । केही खेलाडीले कीर्तिमान बनाउँछन् । तर दुर्लभ खेलाडीहरू यस्ता हुन्छन्, जसले पुस्तौँसम्म एउटा देशको सपना बोकिरहन्छन् ।

डिएगो आर्मान्डो म्याराडोना त्यस्तै खेलाडी थिए ।

सायद त्यसैले, १९८६ को त्यो गर्मी अझै सकिएको छैन ।

Adblock test (Why?)

Scroll to Top