काभ्रेपलाञ्चोक
+977-9863403002
१८ श्रावण २०८३ सोमबार

विजनेश होम

Auto Added by WPeMatico

banana 2 6
उद्योग/वाणिज्य, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, विजनेश-फिचर

केरा, आँप, एभोकाडो र धनियाँपछि बदाम आयातमा रोक

News Summary

Generated by OK AI. Editorially reviewed.

  • सरकारले आयातित कृषि उपज मार्फत नेपालमा भित्रिन सक्ने विनाशकारी रोग र किरा नियन्त्रण गर्न जैविक सुरक्षाका लागि कडा मापदण्ड लागु गरेको छ ।
  • प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले तोकेका फाइटोस्यानिटरी मापदण्ड पूरा नगरेका कारण भारतबाट आउने बदामका कन्साइन्मेन्टहरू सीमामै रोकिएका छन् ।
  • कृषि विज्ञहरूले बदाम लगायतका कृषि बालीमा आत्मनिर्भर हुन र स्वदेशमै उत्पादन बढाउन संघीय सरकारले पकेट क्षेत्र घोषणा गरी विशेष कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् ।

१ साउन, काठमाडौं । विदेशी भूमिमा उत्पत्ति भएका विनाशकारी रोग वा किरा आयातित कृषि उपज मार्फत नेपाल भित्रिए भने के होला ? विज्ञ भन्छन्– ‘यसले नेपाली कृषि र जैविक विविधतामा अकल्पनीय विपत्ति ल्याउन सक्छ ।’

नेपालको आफ्नै विशिष्ट पारिस्थितिक प्रणाली छ । जब कुनै विदेशी मिचाहा किरा नेपालको नयाँ र अनुकूल वातावरणमा आइपुग्छ, त्यसलाई खाएर सन्तुलनमा राख्ने ‘प्राकृतिक सिकारी’ यहाँ हुँदैनन् । जसका कारण त्यस्ता किराले असीमित खाना पाउँछन् र तीव्र रूपमा फैलिएर किसानको खेतदेखि भण्डारणसम्मका रैथाने बालीनाली सखाप पार्छन् ।

अर्बौंको कृषि लगानी डुब्ने र देशमा गम्भीर खाद्य संकट निम्तिने यस्तै अकल्पनीय जोखिम मध्यनजर गर्दै सरकारले ‘जैविक सुरक्षा’  मा कडा कदम चालेको छ ।

नेपालको कृषि प्रणाली र जैविक विविधतालाई वाह्य रोग तथा हानिकारक किरा सङ्क्रमणबाट सुरक्षित राख्न सरकारले आयातित कृषि उपजमाथि सूक्ष्म निगरानी र सर्त लागु गरेको छ ।

जैविक सुरक्षाका लागि केरा, आँप, धनियाँ र एभोकाडो जस्ता कृषि वस्तु आयातमा कडाइ गरिसकेको कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले पछिल्लो समय भारतबाट आयात हुने काँचो बोक्रासहित बदाम (मुङफली), त्यसको दाना र बिउमा कडा प्रवेश सर्त लागु गरेको छ ।

२२ असारदेखि लागु भएको यस नयाँ मापदण्ड पूरा गर्न नसकेका कारण अहिले भारतीय बदाम बोकेका मालवाहक गाडी (कन्साइन्मेन्ट) नेपाल प्रवेश गर्न नसकेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले जानकारी दिए ।

केन्द्रले जारी गरेको परिपत्र अनुसार भारतबाट आउने प्रत्येक बदामको कन्साइन्मेन्टले नेपालले तोकेका जैविक सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्ड अनिवार्य पूरा गरेको हुनुपर्ने छ ।

यस व्यवस्था अनुसार भारतको राष्ट्रिय बिरुवा संरक्षण संगठनले जारी गर्ने ‘फाइटोस्यानिटरी प्रमाणपत्र’ मा नेपालले तोकेका प्रतिबन्धित जीवबाट उक्त बदाम मुक्त रहेको भनी थप प्रमाणित गरिएको हुनुपर्छ ।

विशेषगरी लेसर मिलवर्म, मेडिटरेनियन फ्लोर मथ, ब्याक्टेरियल फ्रुट ब्लच (धब्बे रोग), ब्ल्याकआई काउपी मोजाइक भाइरस, काउपी माइल्ड मोटल भाइरस र पिनट स्ट्राइप भाइरस जस्ता विनाशकारी रोगकिराबाट पूर्णरूपमा मुक्त रहेको अतिरिक्त घोषणा अनिवार्य गरिएको छ ।

यसका साथै आयातपूर्व मिथाइल ब्रोमाइडद्वारा ३२ ग्राम प्रतिघनमिटरका दरले २४ घण्टासम्म न्यूनतम २१ डिग्री सेल्सियस तापक्रममा फ्युमिगेसन (विषादी प्रयोग गरी किरा मार्ने काम) गरिएको हुनुपर्ने र प्रयोगशाला परीक्षण प्रतिवेदन सहित प्याकेजिङ सफा हुनुपर्ने सर्त राखिएको छ ।

‘आवश्यक अतिरिक्त घोषणा र कागजात उपलब्ध गराउन नसकेका कारण भारतबाट नेपालतर्फ पठाइएका बदामका कन्साइन्मेन्टहरू सीमामै रोकिएका छन्,’ वरिष्ठ बाली संरक्षण अधिकृत पौडेलले अनलाइनखबरसँग भने, ‘नेपालले तोकेका सम्पूर्ण फाइटोस्यानिटरी मापदण्ड पूरा गरी प्रमाण सहित आउने कन्साइन्मेन्टलाई मात्र छोडपुर्जी दिइने छ ।’

उनले नियम पूरा नगर्नेलाई कुनै हालतमा प्रवेश अनुमति नदिइने स्पष्ट पारेका छन् । भारतमा उत्पादन हुने बदाममा यस्ता रोगकिरा रेकर्डमा रहेको उनको भनाइ छ ।

सरकारले कृषि उपजमा यसरी कडाइ गरेको यो नै पहिलो घटना भने होइन । २०७२ सालको राजपत्रमै यस्तो व्यवस्था भए पनि यसको प्रभावकारी कार्यान्वयन अहिले आएरमात्र हुन थालेको हो ।

१७ मंसिर २०८१ को क्वारेन्टिन समितिको निर्णयानुसार कुनै वस्तुको प्रवेश अनुमति जारी गर्दा उक्त वस्तुसँग सम्बन्धित भई नेपाल प्रवेश गर्न सक्ने जोखिमयुक्त शत्रुजीव कुन हो भन्ने पत्ता लगाई प्रवेश अनुमतिपत्रमा अनिवार्य उल्लेख गर्नुपर्ने र उक्त शत्रुजीवको उपस्थिति नरहेको प्रमाण स्वरूप फाइटोस्यानिटरी प्रमाणपत्र मार्फत ग्यारेन्टी माग्नुपर्ने व्यवस्था गरिएको छ । जसलाई आयातको राष्ट्रिय सर्त वा इन्ट्री कन्डिसन समेत भनिन्छ ।

समितिको निर्णय कार्यान्वयन गरी मुलुकको जैविक विविधता अक्षुण्ण राख्न नागरिक बडापत्र अनुसार आयात गरिने वस्तुको जोखिम विश्लेषण गरी राष्ट्रिय आायातको सर्त निर्धारण गर्नुपर्ने छ ।

‘त्यस्तो सर्त तयार गर्न नागरिक बडापत्रले माग गरे अनुसार कुनै वस्तु वा निर्यातक राष्ट्रमा त्यससम्बन्धी नियमन नगरिएको शत्रुजीवको राष्ट्रिय सूची अध्ययन गरी तत्कालका लागि राष्ट्रिय आयात सर्त तयार गरी  आयात अनुमतिपत्र जारी गर्न सकिन्छ,’ उनले भने, ‘बदाममा यही भएको हो, यो कडाइ विदेशी किरा र रोगहरूको प्रवेश रोक्न गरिएको वैज्ञानिक जोखिम विश्लेषणका आधारमा तय गरिएको हो ।’

कति आयात हुन्छ भारतबाट बदाम ?

तेलहन बाली अन्तर्गत पर्ने यो बदाम गत आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउनदेखि जेठसम्म) मा नेपालमा अर्बौं रुपैयाँ बराबरको आयात भएको छ ।

भन्सार विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले २ अर्ब १६ करोड ९ लाख २२ हजार रुपैयाँ बराबरको बदाम खरिद गरेको छ ।

परिमाणका हिसाबले हेर्दा यो १ करोड ७० लाख ५१ हजार ८ सय ६४ किलो अर्थात् १७ हजार ५१ दशमलव ८६ टन हुन आउँछ ।

नेपालमा मुख्यतया तीन प्रकारका बदाम आयात हुने गरेका छन्, जसमा बदामको बिउ, बोक्रासहित काँचो बदाम र बोक्रा छोडाइएको दाना पर्दछन् ।

तथ्यांक केलाउँदा सबैभन्दा धेरै बोक्रा छोडाइएको बदामको दाना भित्रिएको देखिन्छ । यस अवधिमा मात्रै १ अर्ब ३४ करोड ३८ लाख ३६ हजार रुपैयाँ बराबरको ९० लाख ४४ हजार ३ सय ३३ किलो अर्थात् ९ हजार ४४ दशमलव ३३ टन बदामको दाना आयात भएको छ ।

यसैगरी दोस्रो धेरै आयात हुनेमा बोक्रासहित काँचो बदाम छ । यस अवधिमा ८१ करोड ६० लाख २२ हजार बराबरको ८० लाख १ सय ५१ किलो अर्थात् ८ हजार टन बोक्रासहित बदाम नेपाल भित्रिएको छ ।

यी दुई प्रकारका खाद्यान्न प्रयोजनका बदाम बाहेक कृषकले रोप्ने प्रयोजनका लागि बदामको बिउसमेत आयात भएको छ, जसको परिमाण ७ हजार ३ सय ८० किलो अर्थात् ७.३८ टन छ । यसका लागि १० लाख ६४ हजार रुपैयाँ बाहिरिएको छ ।

देशगत आयात अवस्था हेर्दा नेपालको बदाम बजारमा भारतीय उत्पादनको लगभग शतप्रतिशत एकाधिकार रहेको देखिन्छ ।

कुल आयातित १७ हजार ५१ दशमलव ८६ टन बदाममध्ये १७ हजार ५१ दशमलव १४ टन बदाम भारतबाट मात्रै आएको छ ।

भारतबाट भित्रिएको कुल १ करोड ७० लाख ५१ हजार १ सय ४७ किलो बदामको मूल्य मात्रै २ अर्ब १६ करोड ८ लाख ३१ हजार रुपैयाँ पर्न आउँछ । भारतबाट आयात भएको बदामलाई प्रकार अनुसार हेर्दा ७ हजार ३ सय ४५ किलो बिउ, ७९ लाख ९९ हजार ७ सय ४६ किलो बोक्रासहित बदाम र ९० लाख ४४ हजार ५६ किलो बदामको दाना छ ।

भारत बाहेक चीनबाट पनि निकै न्यून परिमाणमा बदाम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । चीनबाट जम्मा ८९ हजार रुपैयाँ बराबरको ७ सय १३ किलो टन बदाम भित्रिएको छ ।

जसमा ३५ किलो बिउ, ४ सय ३ किलो बोक्रासहित बदाम र २ सय ७५ किलो बदामको दाना समावेश छ । यी दुई देशबाहेक अन्य मुलुकबाट भएको आयात भने नगन्य अर्थात् सांकेतिक मात्रै छ । कतारबाट जम्मा १ किलो बोक्रासहित बदाम आयात भएको छ भने इजरायल, मलेसिया र थाइल्यान्डबाट क्रमश: १/१ किलो बोक्रा छोडाइएको बदामको दाना भित्रिएको छ ।

बदाममा आत्मनिर्भर बन्न सक्ने उच्च सम्भावना

स्वदेशमै उत्पादनको उच्च सम्भावना हुँदाहुँदै नीतिगत र व्यावसायिक फोकस नपुग्दा ठूलो परिमाणमा आयात भएको विज्ञले बताएका छन् ।

राष्ट्रिय तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीका संयोजक तथा वरिष्ठ वैज्ञानिक डा. सुवास सुवेदीका अनुसार नेपालको माटो र हावापानी बदाम खेतीका लागि अत्यन्तै अनुकूल छ ।

‘हामी बदाम उत्पादनमा पूर्णरूपमा आत्मनिर्भर हुन सक्छौं,’ सुवेदी भन्छन्, ‘आत्मनिर्भर हुन सक्ने यस्ता बालीमा जोड दिन सक्यौं भने हाम्रो पैसा स्वदेशमै रहन्छ ।’

नेपालमा समग्र तेलहन बालीको तुलनामा बदाम खेतीको क्षेत्रफल निकै कम छ । डा. सुवेदीका अनुसार हाल नेपालभरि करिब ३ हजारदेखि ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र बदाम खेती हुने गरेको छ । जसबाट वार्षिक ४ हजार ५ सयदेखि ५ हजार टन बदाम उत्पादन भइरहेको छ ।

पछिल्लो समय मधेस प्रदेशका बारा, रौतहट र सर्लाहीमा यसको खेती बढी हुन थालेको छ । त्यस्तै पश्चिम नेपालको सुर्खेत, दाङ, कैलाली, कञ्चनपुर र डोटीका साथै पूर्वको मोरङ र झापामा पनि बदाम खेती हुने गरेको छ ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तेलबाली अनुसन्धान कार्यक्रमले बदामका राम्रा जात विकास गरेको छ । हालसम्म ८ वटा उन्नत जात सिफारिस भइसकेका उनले बताए ।

‘पछिल्लो समय हामीले नवलपुर बदाम–१ भन्ने जात सिफारिस गरेका छौं, जसको उत्पादन एकदमै राम्रो छ,’ वैज्ञानिक सुवेदीले भने, ‘राष्ट्रिय औसत उत्पादन प्रतिहेक्टर डेढ टनमात्र रहे पनि यो नयाँ जातले प्रतिहेक्टर २ देखि साढे २ टनसम्म उत्पादन दिन्छ ।’

उनका अनुसार बदाम खेतीका लागि पानी नजम्ने, अलिकति भिरालो र उच्च भूभाग भएको बलौटे माटो आवश्यक पर्छ । धान खेती गर्न नसकिने सुक्खा र उच्च जग्गा यसका लागि उपयुक्त हुन्छ । खेती गर्दा ३० कट्ठा (१ बिघा) मा करिब २ हजार ५ सय रुपैयाँको मात्र बिउ खर्च लाग्ने उनले जानकारी दिए ।

नार्कसँग किसानलाई आवश्यक पर्ने बदामको मूल बिउ पर्याप्त मात्रामा उपलब्ध छ । डा. सुवेदीका अनुसार अहिले पनि अनुसन्धान कार्यक्रमसँग करिब ३ टन मूल बिउ स्टकमा छ, जसबाट किसानले तीन वर्षसम्म लगातार उत्पादन लिन सक्छन् ।

तर, किसानले तोरीजस्तो बदामको बिउको धेरै माग नगरेको उनको भनाइ छ । ‘धान रोप्न नमिलेर बाँझो रहेका झापा लगायत उच्च जग्गामा खेती गर्न हामीले स्थानीय पालिकासँग मिलेर तालिम पनि दियौं । कृषक बिस्तारै आकर्षित हुँदै हुनुहुन्छ, तर जति मात्रामा व्यावसायिक हुनुपर्ने हो, त्यो अझै हुन सकेको छैन,’ उनले भने ।

पकेट क्षेत्र घोषणा गरौं

नेपालमा बदाम खेती लगाउने मुख्य सिजन जेठ १५ देखि असार मसान्तसम्म हो । तर, रुपन्देही जस्ता केही जिल्लामा फागुन–चैतमा पनि यसको खेती गर्न सकिन्छ ।

बदाम खेती प्रवर्द्धन गर्न सरकारी नीतिमै परिवर्तन आवश्यक रहेको डा. सुवेदीको तर्क छ ।

‘अहिले हामीसँग प्रविधि पनि छ, राम्रो उत्पादन दिने जात पनि छ र पर्याप्त बिउ पनि छ, अब यसलाई किसानको खेतसम्म कसरी पुर्‍याउने भन्ने मुख्य चुनौती हो,’ उनले भने, ‘यसका लागि संघीय सरकारको ससर्त अनुदान कार्यक्रम  मार्फत केही जिल्लामा बदाम खेती पकेट क्षेत्र घोषणा गरेर कार्यक्रम अघि बढाउने हो भने यसको राम्रो विकास गर्न सकिन्छ ।’

केरा, आँप, धनियाँ र एभोकाडो आयातमा पनि कडाइ  

यसअघि प्लान्ट क्वारेन्टिनले चीनबाट ल्याइएको धनियाँ र युगान्डाबाट ल्याइएको एभोकाडोमा बजार अनुगमन क्रममा गम्भीर प्रकृतिका रोगकिरा भेटिएपछि सरकारले यसैगरी सर्तहरू लागु गरेको थियो ।

भारतबाट आयात हुने केरामा पानामा रोग (टीआर–४) र आँपमा हानिकारक विषादी तथा किराको जोखिम देखिएपछि त्यसमा पनि कडाइ गरिएको छ ।

अधिकारीहरूका अनुसार आयातलाई सिधै प्रतिबन्ध लगाउने नभई पहिलो चरणमा लक्षित किरा परीक्षणका लागि कडा सर्त तोकिन्छ । यदि ती सर्त पूरा नगरी सामान ल्याइए वा परीक्षण क्रममा भन्सार बिन्दुमै ती किरा भेटिए भने त्यसपछिको कदम स्वरूप त्यस्ता वस्तु आयातमा पूर्णरूपमै प्रतिबन्ध लगाउने नीति सरकारले लिएको छ ।

बाहिर हेर्दा सीमानाकामा गरिएको यो कडाइ व्यापारीका लागि झन्झटिलो र व्यापार नियन्त्रण जस्तो देखिए पनि नेपालजस्तो कृषिप्रधान र जैविक विविधताले भरिपूर्ण देशका लागि जैविक सुरक्षा जीवनमरणको सवाल भएको कृषि विज्ञ बताउँछन् ।

विदेशी भूमिमा उत्पत्ति भएका रोग वा किरा आयातित कृषि उपज मार्फत नेपाल भित्रिँदा त्यसले निम्त्याउने विपत्ति अकल्पनीय हुन्छ ।

‘नेपालको आफ्नै विशिष्ट पारिस्थितिक प्रणाली छ, जब विदेशी किरा नेपालको नयाँ र अनुकूल वातावरणमा आइपुग्छन्, उनीहरूलाई खाएर प्राकृतिक रूपमै सन्तुलनमा राख्ने ‘प्राकृतिक सिकारी’ यहाँ हुँदैनन्,’ वरिष्ठ बाली संरक्षण अधिकृत पौडेल भन्छन्, ‘प्राकृतिक सन्तुलन अभावमा यस्ता मिचाहा प्रजातिले यहाँ असीमित खाना पाउँछन् र तीव्र रूपमा फैलिएर रैथाने बालीनालीमा ठूलो विनाश ल्याउँछन् ।’

यसका अतिरिक्त यस्ता हानिकारक किरा सर्वहारी प्रकृतिका हुन्छन् ।  एउटा बालीमा आश्रित किराले त्यो बाली नपाउँदा अर्को बाली खाने गर्छन् ।

यदि धनियाँ, एभोकाडो वा बदामका माध्यमबाट कुनै नयाँ किरा नेपाल भित्रियो र त्यो यहाँको वातावरणमा स्थापित भयो भने त्यसले त्यो विशिष्ट बालीमात्र नभई किसानको खेतमा भएका अन्य तरकारी, फलफूल वा गोदाममा भण्डारण गरिएका सम्पूर्ण अन्नबालीलाई नै सखाप पार्न सक्छ ।

एक पटक देशमा यस्ता रोग वा किरा फैलिसकेपछि तिनलाई निर्मूल पार्न लगभग असम्भव हुने पौडेल बताउँछन् । अर्बौं लगानी भएको कृषि क्षेत्रमा वाह्य रोगकिरा पसे किसानको लगानी डुब्नेमात्र नभई देशमै गम्भीर खाद्य संकट उत्पन्न हुन सक्छ ।

लेखक

ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

banana 2 5

banana 2 4

banana 2 3

banana 2 2

banana 2 1

banana 2

unnamed 1
अर्थनीति, कृषि र पशु विवरण, ताकेता, बिजनेस प्रमुख, विजनेश होम

ससर्त अनुदान प्रगति खोज्दै केन्द्र, कृषि र पशु विवरण बुझाउन स्थानीय तहलाई ताकेता

  • सरकारले स्थानीय तहलाई कृषिजन्य उत्पादन र उत्पादकत्व वृद्धिका लागि पठाइएको ससर्त वित्तीय अनुदानको प्रगति विवरण अनिवार्य बुझाउन निर्देशन दिएको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरिका सबै गाउँपालिका र नगरपालिकालाई तोकिएको ढाँचामा प्रगति प्रतिवेदन पठाउन परिपत्र जारी गरेको छ ।
  • स्थानीय तहले कृषि तथा पशुपन्छी विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम त्रैमासिक र वार्षिक प्रगति विवरण केन्द्रमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।

१ साउन, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा कृषिजन्य उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि प्रदेश र स्थानीय तहमा पठाएको ससर्त वित्तीय अनुदानको प्रगति विवरण अनिवार्य बुझाउन सबै गाउँपालिका र नगरपालिकालाई निर्देशन दिएको छ ।

संघीय सरकारबाट हस्तान्तरण भएका कार्यक्रम कार्यान्वयन व्यवस्थित, पारदर्शी, प्रभावकारी, अनुमानयोग्य र प्रतिफलमुखी बनाउने उद्देश्यले सरकारले यस्तो विवरण मागेको हो ।

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय तह समन्वय शाखाले परिपत्र जारी गर्दै देशभरिका सबै स्थानीय तहलाई तोकिएको ढाँचामा प्रगति विवरण पठाउन निर्देशन दिएको छ ।

यसअघि कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको योजना तथा विकास सहायता समन्वय महाशाखाले संघीय मामिला मन्त्रालयलाई पत्राचार गर्दै स्थानीय तहबाट विवरण संकलन गरिदिन अनुरोध गरेको थियो ।

पत्रमा उल्लेख भए अनुसार कृषि विभाग र पशु सेवा विभाग मार्फत स्थानीय तहमा विभिन्न कार्यक्रम सञ्चालनमा छन् । ती कार्यक्रमको प्रगति मापन गर्न सरकारले निर्माण गरेका दुई छुट्टाछुट्टै कार्यविधि पूर्णपालना गर्न स्थानीय तहलाई स्मरण गराइएको छ ।

जसअनुसार स्थानीय तहले ‘प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरण भएको कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ को दफा ११ को उपदफा (२) (क) बमोजिम त्रैमासिक र वार्षिक प्रगति विवरण अनुसूची–५ को ढाँचामा तयार गरी केन्द्र र कृषि विभागमा पठाउनुपर्ने छ ।

त्यसैगरी पशुपन्छी र मत्स्यपालनतर्फको बजेट तथा कार्यक्रमका हकमा ‘प्रदेश तथा स्थानीय तहमा ससर्त वित्तीय हस्तान्तरण भएका पशुपन्छी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२’ को दफा १३ उपदफा (१) मा भएको व्यवस्था टेकेर विवरण मागिएको छ ।

मन्त्रालयले परिपत्रसँगै प्रगति प्रतिवेदनको निश्चित ढाँचासमेत उपलब्ध गराएको छ । त्यस अनुसार कार्यक्रमको नाम, वार्षिक विनियोजित बजेट, भौतिक लक्ष्य, हालसम्मको प्रगति, देखिएका समस्या र समाधानका उपाय समेत त्यसमा उल्लेख गरी पठाउनुपर्ने छ ।

Scroll to Top