सभापति रवि लामिछानेले भोलि आइतबार दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेगरी सचिवालयको बैठक आह्वान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
३ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्लाई मर्यादित र सक्रिय ढंगले अगाडि बढाउनुपर्ने बताएका छन् । संसदीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद्को प्रमुख जिम्मेवारी आवश्यक कानुन निर्माण र परिमार्जन गर्नु रहेको बताए । उनले विवेकपूर्ण ढंगले सदन अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले सभामुखको भूमिका पनि […]
१ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नयाँ वर्ष खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन् । नयाँ वर्षा २०८३ को शुभकामना दिँदै सभापति लामिछानेले भनेका छन्, ‘ खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्त्ति मिलोस् ।’ सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई शुभकामना दिएका छन् ।
रवि लामिछाने विरुद्धको आरोपपत्र संशोधनको स्वीकृति दिने तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालको निर्णयमा जटिल कानुनी प्रश्न देख्नुमा सर्वोच्च अदालतले अघि सारेका आठवटा आधार ।
सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछाने विरुद्धको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयमा जटिल कानुनी प्रश्न देखिएको निष्कर्ष निकालेको छ । जटिल कानुनी प्रश्न समावेश भएको मुद्दा अब पूर्ण इजलासमा पेश हुनेछ ।
२७ चैत, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आफूले धोका नदिएको बताएका छन् । सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले राप्रपालाई धोका नदिएको बताउँदै बरू अन्य कैयौं सहकार्य बाँकी नै रहेको बताए । उपसभामुखमा आफूहरूलाई रास्वपाबाट धोका दिएको भन्दै राप्रपा सांसद शाहीले दु:खेसो गरेका थिए । त्यसबारे […]
२१ चैत, चैत । रास्वापाका सभापति रवि लामिछाने र राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको छ । लामिछानेको निवासमा भएको भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटका क्रममा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो । भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशाका विषयमा छलफल भएको […]
२० चैत, काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले संक्रमणकालीन न्याय र आम न्यायको सन्दर्भमा शहीद परिवारको पीडालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले न्यायको हतारो सबैभन्दा बढी आफ्ना सन्तान गुमाएका आमाहरूलाई रहेको बताएका हुन् । पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोध साँधेर पक्राउ गरियो भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले न्यायको […]