काभ्रेपलाञ्चोक
+977-9863403002
१३ श्रावण २०८३ बुधबार

भिडियो

Auto Added by WPeMatico

pawan thapa 2
भिडियो, युट्युब, विशेष, साहित्य

जो निरन्तर युट्युबबाट साहित्यलाई चलायमान बनाइरहेका छन्



उनलाई भ्युजसँग खासै मतलब छैन । उनी त्यसै भन्छन् । उनलाई मतलब छ त – लगातार भिडियो बनाइरहनूमा । र, उनले यो काम पनि गरिरहेकै छन् ।

पवन थापा । उनी साहित्यलाई लिएर बडो गम्भीर छन् । आफू खुब पढ्छन् । अरूलाई पनि पढ्न हौस्याइरहेका हुन्छन् । यही कामलाई फरक मोड दिन उनले भिजुअल माध्यममा काम गरिरहेका छन् ।

‘नेपाली कविता’ नामको उनको युट्युब च्यानल छ । यसमा त्यति धेरै सब्सक्राइबर छैनन् । तर, यसमा अपलोड गरिएका भिडियोहरू भने एउटा साहित्यप्रेमीका लागि खुराक समान छन् । यहाँ नेपालीदेखि भारतीय, मैथिली, भोजपुरीसम्मका भाषामा भिडियोहरू राखिएका छन् ।

हो, ती सब काम एक्लै गरिरहेका छन् तर पवनलाई भ्युजसँग केही मतलब छैन । उनी बस् बनाइरहन्छन् भिडियो । हालिरहन्छन् साहित्यिक खुराक। मान्छेले हेरुन् नहेरुन् – उनलाई बाल् !

000

२०८० जेठ तिर पवनको हातमा क्यामेरा थियो । त्यसबाट केही गर्न सकिन्छ कि भन्ने उनलाई लागिरहेको थियो । ठ्याक्कै के गर्ने उनीसँग ठोस विचार थिएन ।

त्यस्तैमा एक दिन त्रिभुवन विश्वविद्यालय, काठमाडौंको अंग्रेजी केन्द्रीय विभागका पूर्व सहप्राध्यापक तथा लेखक सञ्जीव उप्रेतीसँग उनको भेट भयो । र, ख्यालख्यालमै उनले सञ्जीवको भिडियो लिए । त्यसबेला सञ्जीवलाई उनले लक्ष्मी प्रसाद देवकोटाको पागल शीर्षकको कविता वाचन अनुरोध गरेका थिए

एक कविको कविता अर्को कोही सर्जकले वाचन गर्ने विचार पृथक लाग्यो उनलाई । त्यसपछि उसैगरी अन्य भिडियोहरू पनि उनले बनाउँदै गए ।

कल्पना ढकाल, गोविन्द छन्त्याल, राजेन्द्र महर्जन, सुकन्या वाइबा, नारायाण ढकाल, बुद्धि सागर, दिया मास्के, कैलाश राई, विजय बराल, विप्लव प्रतीक, कुमार नगरकोटी, कुन्ता शर्मा लायतका अनेकौं सर्जकहरूसँग उनले भिडियो बनाइरहे।

त्यसपछि उनी नेपाली भाषामा मात्र सीमित भएनन् ।

नेपाली सर्जकहरूभन्दा पनि बाहिर निस्किए । हिन्दी साहित्यमा कलम चलाउने यातिश कुमार, केदार मिश्रा, इम्तियाम वफा, धीरेन्द्र पेर्मषी, हलधर नाग लगायतका सर्जकहरूको पनि भिडियो बनाइसकेका छन् ।

उनी कविता वाचनमा मात्र सीमित रहेनन् ।

पठन संस्कृतिलाई सहयोग पुर्‍याउने उदेश्यले ‘के पढ्ने ? किन पढ्ने ?’ भन्ने सिरिज चलाउन थाले । यसमा विभिन्न सर्जकहरूसँग उनले त्यही दुई प्रश्नको सेरोफेरोमा रहेर भिडियो बनाउँछन् । यसले चाहे नवपाठक होस् अथवा जो कोही उसलाई पठनमा पक्कै सहज हुने सुनाउँछन् ।

यो सिरिजमा कर्मा तामाङ, सुबिन भट्टराई, मानुषी यमी भट्टराई, सुजित मैनाली लगायतका भिडियो छ । अहिले यो सिरिजको ३० भन्दा धेरै भाग बनाइसकेका छन् ।

त्यस्तै रङ्गमञ्च र साहित्य, संगीत र साहित्य, सिनेमा र साहित्य जस्ता सिरिज पनि यो च्यानलमा पवनले चलारहेका छन् । पवनको विचारमा साहित्य रङ्गमञ्च, संगीत र सिनेमाभन्दा टाढा हुन सक्दैन । यी सिरिजहरूमा शिशिर उप्रेती, मनोज पण्डित, नवीन सुब्बा, सुनिल पोखरेल, घिमिरे युवराज, झुमा लिम्बू लगायत फिचर्ड छन् ।

त्यस्तै उनले सिमाना र साहित्य, क्यानभासमा सहित्य जस्ता सिरिज पनि चलाइरहेका छन् । तिनमा वेद रमण पाण्डे, अलका सरावगी लगायतका फिचर्ड छन् ।

पछिल्लो समयमा भने उनले कुनै पुस्तक अथवा विषयवस्तुमाथि दुई जना श्रष्ठाहरूको भलाकुसारी चलाइरहेका छन् ।

जस्तो, नारायण ढकाल र राजकुमार बानियाँले जगज्जनी उसको आमाको नाम होइन पुस्तकमाथि चर्चा गरेका छन् । श्रवण मुकारुङ र बिना थिङले आ-आफ्नो सिर्जना याम्बुनर र सलहमाथि चर्चा गरेका छन् ।

यसरी एउटा युट्युब च्यानल चलाएको भएता पनि विगत तीन वर्षदेखि यसमै काम गरिरहेका पवनको हकमा यो एउटा सामान्य च्यानलमा बढ्दा केही हो । उनी यसलाई एउटा परोपकार कामको रूपमा पनि लिएका छन् ।

‘काम धेरै देखिन्छ । तर, आय हुँदैन’ उनी भन्छन्, ‘तर यसमा काम गर्दा एक प्रकारको सुकुन मिल्छ ।’

हुन त उनलाई आयसँग खासै मतलब छैन । मतलब हुँदो हो त उनी भ्युज नै नआउने च्यानलमा सायदै काम गर्थे ।

अहिले उनी क्यामेरा बोकेर सहरका गल्लीगल्ली हिँडिरहेका छन् । उनी जुनै समय जसलाई पनि मुस्कानसाथ सहजै भन्न सक्छन्:

‘… जी, एउटा भिडियो बनाऔं न ।’




लेखक

सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
नेपाली सेना, भिडियो, राष्ट्रिय समाचार

निगुरो बेच्ने महिला र सेनाको भिडियो भाइरल, के हो वास्तविकता ?

अहिले सञ्जालमा भाइरल भएको यो भिडियोबारे नेपाली सेनाले भने फेब्रिकेटेड (बनावटी) भएको दाबी गरेको छ ।
unnamed 1
भिडियो, भूमिहीन सुकुमवासी, राष्ट्रिय समाचार, सुकुमवासी

माइतीघरबाट सुकुमवासीको प्रश्न – जग्गा सरकारको, जनता कसको ?

भूमिहीन सुकुमवासीले मंगलबारबाट भने देशव्यापी आन्दोलन थाल्ने बताएका छन् । प्रत्येक जिल्लामा निरन्तर आन्दोलन चल्ने राष्ट्रिय भूमि अधिकार मञ्चले जनाएको छ ।
unnamed 1
५०  प्रभावशाली महिला, अनलाइनखबर, भिडियो, राष्ट्रिय समाचार

अनलाइनखबर ‘५० प्रभावशाली महिला–२०८२’ को सूची सार्वजनिक (लाइभ)

यस सूचीमा नेपाली राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम र डायस्पोरा क्षेत्रका प्रतिनिधिमूलक ५० जना सङ्घर्षशील र कर्मशील महिलाहरू समेटिएका छन् ।
unnamed 1
कमल सुवेदी, भिडियो, राष्ट्रिय समाचार, संसद्‌मा नयाँ

कमल सुवेदी : शिक्षक बन्न चाहन्थे, सांसद बने

जित र हारबीचको अनुभवमा ठूलो अन्तर हुँदो रहेछ । हार्दा अवसर सीमित हुन्छन् । राज्यका निकायसम्म सहज पहुँच हुँदैन । तर जित्दा जिम्मेवारी अत्यन्त ठूलो हुन्छ । यसलाई जितभन्दा बढी जिम्मेवारीको रूपमा लिन्छु ।
unnamed 1
प्रतिनिधिसभा चुनाव २०८२, भिडियो, मधेश प्रदेश, राष्ट्रिय समाचार, शिव यादव, सिरहा-२

‘यसपटक मधेशमा ठेकेदारी प्रथा र गढ भत्कायौं’

‘मधेशका टोल–टोलमा ठेकेदारहरूले भोटको हिसाबकिताब गर्थे, यो टोल मेरो, यो तेरो भनेर,’ उनले भने, ‘तर यसपालि जनताले स्वतन्त्र रूपमा मत दिए । पुराना पार्टीहरूले पटक–पटक विश्वासघात गरेपछि जनतामा ठेकेदारी मानसिकता तोडिएको छ ।’
Scroll to Top