काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

नेपाल विद्युत् प्राधिकरण

Auto Added by WPeMatico

prasaran line dhalkebar Loharpatti
अक्षमता, उर्जा, नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), बिजनेस विशेष, बिजुली खेर, विजनेश होम, विजनेश-फिचर

विद्युत् प्राधिकरणको अक्षमताले १ हजार मेगावाटभन्दा बढी बिजुली खेर



News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाल विद्युत् प्राधिकरणको प्रसारण पूर्वाधार अभाव र कमजोर व्यवस्थापनका कारण बर्खायाममा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गएको छ ।
  • स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपालका उपाध्यक्ष प्रकाश दुलालले प्राधिकरणको क्रेताको एकाधिकारले गर्दा निजी क्षेत्रका प्रवर्द्धकहरू मर्कामा परेको आरोप लगाएका छन् ।
  • ऊर्जा क्षेत्रको समस्या हल गर्न विद्युत् प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापारका रूपमा छुट्टाछुट्टै स्वायत्त कम्पनीमा पुनर्संरचना गर्नुपर्ने माग उठेको छ ।

२८ असार, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको अक्षमताका कारण मुलुकमा उत्पादित १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको छ ।

प्राधिकरणले प्रसारण पूर्वाधार अभाव तथा खपतभन्दा बढी उत्पादन भइरहेको भन्दै १ हजार मेगावाटभन्दा बढी विद्युत् आयोजनाहरूबाट नकिनेको हो ।

नेपालमा जलविद्युत् जडित क्षमता बढ्दै गए पनि उत्पादित विद्युत्को उचित व्यवस्थापन हुन नसक्दा बर्खायाममा निजी क्षेत्रका प्रवर्द्धकहरूले ठूलो नोक्सानी बेहोर्नुपरिरहेको हो ।

अहिले उत्पादन हुन सक्ने सबै विद्युत् प्रणालीमा जोड्न नसक्ने भएपछि विद्युत् प्राधिकरण आफैं र आफ्ना सब्सिडियरी कम्पनीले उत्पादन गरेको विद्युत्लाई प्राथमिकता दिएर लिने गरेको छ । निजी क्षेत्रका उत्पादकको विद्युत् खपतका आधारमा मात्रै उत्पादन गर्न भन्ने गरेको छ ।

प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सबस्टेसन क्षमता नपुगेको, ग्रिडमा समस्या आएको तथा मागभन्दा बढी विद्युत् उत्पादन भएको भन्दै निजी क्षेत्रका जलविद्युत् आयोजनालाई उत्पादन घटाउन निर्देशन दिन थालेको हो ।

प्राधिकरणले ‘कन्टिन्जेन्सी’ मा रहेका जलविद्युत् आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको ऊर्जा उत्पादकहरूले बताएका छन् ।

प्राधिकरणले प्रसारण लाइन वा सबस्टेसन अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई कन्टिन्जेन्सी (आपतकालीन) मा राख्ने गरेको छ ।

बिजुली खपत कम र उत्पादन बढी हुने तथा प्रसारण लाइन र सबस्टेसन क्षमता नपुग्ने भएकाले बर्सेनि वर्षायाममा प्राधिकरणले आपतकालीन अवस्था भन्दै आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) उपाध्यक्ष प्रकाश दुलालले नेपालको ऊर्जा बजारमा विद्युत् प्राधिकरणको ‘क्रेताको एकाधिकार’ रहेको र यसले गर्दा निजी क्षेत्र मारमा परेको बताएका छन् ।

इप्पानका अनुसार हाल ३० भन्दा बढी आयोजना कन्टिन्जेन्सीमा छन् । प्राधिकरणले प्रसारण क्षमता र सबस्टेसन क्षमता हेरेर विभिन्न ठाउँका आयोजनालाई उत्पादन घटाउन निर्देशन दिएको छ ।

मर्स्याङ्दी करिडोर प्रसारण लाइन अभावका कारण दोर्दी–१, माथिल्लो दोर्दी ‘ए’, चेपे खोला, दोर्दी खोला, सुपर दोर्दी, न्यादी खोला लगायत आयोजना कन्टिन्जेन्सीमा रहेको इप्पानले जनाएको छ ।

हाल नेपालको आन्तरिक उपभोग र भारत र बंगलादेश निर्यात समेत गरी अधिकतम विद्युत् खपत करिब ३ हजार २ सय मेगावाट छ । राष्ट्रिय ग्रिडमा जडित क्षमता करिब ४ हजार ४ सय मेगावाट पुगेको छ । तर, अहिले झन्डै ९ सयदेखि १ हजार मेगावाट बिजुली खेर जाने अवस्था रहेको उपाध्यक्ष दुलालको भनाइ छ ।

उत्पादित विद्युत् किन्ने निकाय प्राधिकरण मात्रै भएकाले अहिलेको समस्या देखिएको दुलाल बताउँछन् ।

‘अर्थशास्त्रको सिद्धान्त अनुसार जहाँ बहुउत्पादक र एकल क्रेता हुन्छ, त्यहाँ बजारमा क्रेताको पूर्ण नियन्त्रण अर्थात् डिक्टेटरसिप चल्छ,’ दुलालले भने, ‘नेपालमा विद्युत् उत्पादन गर्ने निजी क्षेत्रका थुप्रै प्रवर्द्धक छन् तर किन्ने निकाय प्राधिकरण मात्रै हो, यसले गर्दा प्राधिकरणले चाहेको खण्डमा निजी क्षेत्रको विद्युत् प्रवाह रोक्न सक्छ र प्रवर्द्धकहरू मर्कामा पर्छन् ।’

खपतका आधारमा विद्युत् आपूर्ति हुने गरेको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । ‘सिस्टमलाई स्थिरता प्रदान गर्न अब बिजुली उत्पादन घटाउन लगाउनु त निरन्तरको प्रक्रिया हो,’ उनले भने, ‘कुनै बेला बढ्ने, कुनै बेला घट्ने भएकाले प्राधिकरणले उत्पादन घटाऊ भनेर निर्देशन दिँदैन ।’

विद्युत् माग र खपत व्यवस्थापन गर्न कुनै बेला बढाउने र कुनै बेला घटाउने कुरा सामान्यतया हुने गरेको बताए ।

सम्झौताका छिद्र र ‘टेक एन्ड पे’ बाध्यता

विद्युत् खरिद सम्झौता (पीपीए) मा ‘टेक अर पे’ (नलिए पनि पैसा तिर्नुपर्ने) प्रावधान भए पनि कनेक्सन एग्रिमेन्ट (प्रसारण लाइन सम्झौता) मा रहेका विभिन्न सर्तका कारण प्रवर्द्धकहरूले क्षतिपूर्ति पाउन नसकेको दुलालको दाबी छ ।

प्राधिकरणले क्रसबोर्डर प्रसारण लाइन (जस्तै, ढल्केबर–मुजफ्फरपुर, बुटवल–गोरखपुर आदि) र देशभित्रका आन्तरिक प्रसारण लाइनहरू समयमै निर्माण नगरेको बहानामा कन्टिन्जेन्सी (आपतकालीन) क्लज प्रयोग गरी टेक अर पेलाई व्यावहारिक रूपमा टेक एन्ड पे (लिए मात्र पैसा तिर्ने) मा परिणत गरिदिने गरेको छ ।

आन्तरिक प्रसारण लाइन कमजोरी र क्षमता अभावका कारण दोर्दी करिडोर लगायत धेरै आयोजनाको बिजुली कन्टिन्जेन्सीमा राखेर कटौती गर्ने गरिएको उनले बताए ।

विद्युत् प्राधिकरण आफैं उत्पादक, प्रसारणकर्ता, वितरक र प्रणाली सञ्जाल समेत हो । प्रणाली सञ्चालकका रूपमा प्राधिकरणले आपतकालीन अवस्थामा सुरक्षाका लागि वा प्रसारण लाइनमा समस्या आउँदा बिजुली बन्द गर्न निर्देशन दिन सक्ने अधिकार हुन्छ ।

तर, बजारमा माग नहुँदा वा आफ्ना आयोजना पूर्ण क्षमतामा चलाउनका लागि प्राधिकरणले प्राविधिक समस्या देखाएर निजी क्षेत्रको बिजुली बन्द गराउने गरेको दुलालको आरोप छ ।

‘प्राधिकरण आफैं उत्पादक र आफैं प्रणाली सञ्चालक हुँदा स्वार्थको टकराव हुन्छ,’ उनले भने, ‘प्रसारण र व्यापार गर्ने छुट्टै स्वतन्त्र निकाय भएको भए उसले प्राधिकरणको नाफा–घाटा नहेरी निजी क्षेत्रको बिजुलीलाई न्यायोचित स्थान दिने थियो ।’

पूर्वाधार कमजोरी र गुणस्तर प्रश्न

बर्खायाममा तराई क्षेत्रमा गर्मीका कारण पंखा र एसीको माग बढ्ने तथा एलपीजी ग्यासको विकल्पमा इन्डक्सन चुलो प्रयोग बढे पनि कम क्षमताका ट्रान्स्फर्मर, कमजोर कन्डक्टर र जीर्ण प्रसारण संरचनाका कारण घोषित–अघोषित लोडसेडिङ हुने गरेको छ ।

प्रवर्द्धकहरूले सबस्टेसनसम्म प्रसारण लाइन बनाए पनि त्यसभन्दा अगाडिको पूर्वाधार सुदृढ नहुँदा उत्पादित बिजुली खेर गइरहेको छ । साथै, विगतमा ट्रान्स्फर्मर खरिदमा भएका अनियमितता र कम गुणस्तरका कारण पनि ट्रान्स्फर्मरहरू पड्किने र बिजुली अवरुद्ध हुने समस्या दोहोरिएको उनको बुझाइ छ ।

ऊर्जा क्षेत्रको वर्तमान समस्या समाधानका लागि विद्युत् प्राधिकरणको पुनर्संरचना अनिवार्य रहेको दुलालको तर्क छ । प्राधिकरणलाई उत्पादन, प्रसारण, वितरण र व्यापार गरी अलग–अलग स्वायत्त कम्पनीमा रूपान्तरण नगरेसम्म यो समस्या हल नहुने उनको तर्क छ ।

‘जबसम्म व्यापार र प्रसारण लाइनको व्यवस्थापन तटस्थ निकायले गर्दैन, तबसम्म निजी क्षेत्रले उत्पादन गरेको बिजुलीको सुनिश्चितता हुँदैन,’ दुलालको जोड छ ।

यसका साथै विद्युत् नियमन आयोगजस्ता नियामक निकायलाई बलियो र सक्रिय बनाउनुपर्ने तथा निजी क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ ।




लेखक

कृष्णसिंह धामी

धामी अनलाइनखबरको बिजनेश ब्युरोका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), विद्युत् आपूर्ति

काठमाडौंको शंखमुल र बुद्धनगर क्षेत्रमा आज ५ घण्टा विद्युत् आपूर्ति बन्द हुने

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको शंखमुल फिडर अन्तर्गतका क्षेत्रमा आज दिउँसो चार घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । शंखमुल फिडर अन्तर्गतका दोभान पुल, श्रीनगर, मार्ग, बागमती बुद्ध बिहार, शंखमुल पुल एरिया, रोजबड स्कुल, भृगु मार्ग र रुद्रमति मार्ग क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने भएको हो । नेपाल विद्युत् प्राधिकरणले जारी गरेको सूचनामा […]
unnamed 1
ऊर्जा जडित क्षमता, नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), बिजनेस

नेपालको ऊर्जा जडित क्षमता चार हजार २९६ मेगावाट पुग्यो

नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका ऊर्जा उत्पादकहरूद्वारा उत्पादित विद्युत्का आधारमा उक्त क्षमता निर्धारण भएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
unnamed 1
नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय समाचार

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ नियुक्त

२३ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ नियुक्त भएका छन् । उनलाई ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार नियुक्त गरेका हुन् । उनी प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक थिए । यसअघि कार्यकारी निर्देशकमा हितेन्द्र देव शाक्य थिए । उनी सरकारले ल्याएकोसार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, […]
unnamed 1
नेपाल विद्युत् प्राधिकरण, प्रमुख समाचार (Home), विद्युत् महसुल

विद्युत् महसुल संकलनका लागि सेवाप्रदायक छनोट गर्दै प्राधिकरण

६ वैशाख, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संकलन प्रक्रियालाई थप सहज र सरल बनाउने उद्देश्यका साथ इच्छुक सेवा प्रदायकहरूसँग प्रस्ताव माग गरेको छ । महसुल संकलनका लागि आवश्यक सहजीकरणका लागि विद्युतीय माध्यमबाट काम गर्ने वा गराउने फर्मलाई प्रस्ताव पेस गर्नका लागि आग्रह गरेको हो । प्राधिकरणले सेवाप्रदायक संस्था दर्ता तथा नवीकरण भएको प्रमाणपत्र, […]
unnamed 1
आदेश अवज्ञा, उद्योग/वाणिज्य, उर्जा, डेडिकेटेड तथा ट्रंक लाइन, नेपाल विद्युत् प्राधिकरण, बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर, सर्वोच्च अदालत

‘डेडिकेटेड’ विवाद : सर्वोच्चको आदेश विपरीत किस्ता तिर्न प्राधिकरणको पत्राचार

चुनावपछि बनेको नयाँ सरकारका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बक्यौता असुल गर्न मौखिक निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरूलाई पत्र लेखेको स्रोतको दाबी छ ।
unnamed 1
नेपाल विद्युत् प्राधिकरण, प्रदेश समाचार, राष्ट्रिय समाचार

विद्युत् प्राधिकरण बैठक : थप आठ जेनजी शहीदका परिवारलाई रोजगारी दिने निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले छुट भएका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको हो ।
unnamed 1
नेपाल विद्युत् प्राधिकरण, राष्ट्रिय समाचार

प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले गर्‍यो नौ सय ट्रान्सफर्मर मर्मत

३० फागुन, बागमती । कर्मचारी अभावका बाबजुद मकवानपुरको हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय ‘वर्कसप’ले चालु आर्थिक वर्षको सात महिनामा नौ सय ट्रान्सफर्मर मर्मत गरेको छ । कार्यालय प्रमुख इन्जिनियर राजकुमार श्रेष्ठका अनुसार चालु आव २०८२/८३ को साउनदेखि हालसम्म वर्कसपमा विभिन्न जिल्लाबाट बिग्रिएर आएका ती ट्रान्सफर्मर मर्मत गरी फिर्ता पठाइएको हो । गत आव २०८१/८२ मा […]
unnamed 1
उर्जा, नेपाल विद्युत् प्राधिकरण, प्रस्ताव, बिजनेस विशेष, विजनेश होम, विद्युत् उपभोक्ता वर्गीकरण, विद्युत् नियमन आयोग

विद्युत् उपभोक्ता वर्गीकरण परिवर्तन प्रस्ताव, प्राधिकरणको आम्दानीमा पर्ने असरबारे विवरण माग

प्राधिकरणले ग्राहक वर्गीकरण नियमावली तथा कार्यक्रम अनुसार उपभोक्ताको वर्ग छुट्याइदिन अनुरोध गर्दै पत्राचार गरेको हो ।

Scroll to Top