चन्द्रनहर, प्रमुख समाचार (Home), सुकुमवासी पहिचान
सप्तकोशी नगरपालिकाको फत्तेपुरस्थित चन्द्र नहरको हेडबाँधमा सरोकारवालाहरूको बैठक बसेर अतिक्रमित जग्गा खाली गराउने तयारीबारे छलफल भएको हो ।
प्रमुख समाचार (Home), सडक दुर्घटना
धनुषामा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, एक घाइते
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
अनलाइन शिक्षा, अन्तर्राष्ट्रिय समाचार, अमेरिका, च्याट जिपिटी, मेन स्टोरी
च्याट जिपिटीले यसरी सिध्यायो सबैभन्दा ठूलो अनलाइन शिक्षा कम्पनी
आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि तथा एआई टूलहरूको व्यापक विस्तारसँगै विश्वका कैयौं ठूला कम्पनीहरू समेत संकटमा परेका छन् । यसको ताजा उदाहरण अमेरिकाको चर्चित शैक्षिक प्रविधि (एडटेक) कम्पनी चेग हो । कुनै समय अरबौं डलरको यो कम्पनी अहिले झण्डै टाट पल्टिने अवस्थामा छ । र, यसको मुख्य कारण चाहीँ एआई नै बनेको छ । अमेरिकामा केही वर्षअघिसम्म […]
राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
खाली गराइयो गैरीगाउँको सुकुमवासी बस्ती, सिनामंगलमा पनि डोजर चलाइँदै
१२ काठमाडौं । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुमबासी बस्ती अहिले खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो । उक्त टोली अहिले सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ । नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान आज बिहानदेखि तीव्र बनाइएको हो । आज दिउँसोदेखि […]
गर्भवती मृत्यु प्रकरण, नेपाल मेडिकल काउन्सिल, बुटवल, राष्ट्रिय समाचार
गर्भवती मृत्यु प्रकरण : दुई क्लिनिक सिल, डा. रुपाखेती निलम्बित
मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताए ।
गैरीगाउँ, राष्ट्रिय समाचार, सुकुमवासी बस्ती
डोजर चलेपछि यस्तो देखियो गैरीगाउँको सुकुमवासी बस्ती (तस्वीरहरू)
बस्ती भत्काउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ ।
अन्य
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
दिउँसोको वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई मध्यनजर गर्दै सुरक्षा निकायले आवागमन बन्द गराएको छ।
अन्य
युएईविरूद्ध नेपाल ३७ रनले विजयी
आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिपक्षीय सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ।
पाल्पा, प्रमुख समाचार (Home)
पाल्पामा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु
१२ वैशाख, पाल्पा । पाल्पामा एक जना पुरुषको डुबेर मृत्यु भएको छ । रामपुर नगरपालिका–३ कीर्तिपुरस्थित निस्दि खोलामा पौडी खेल्ने क्रममा सोही नगरपालिका–१ बैदा बस्ने ३९ वर्षीय खिम बहादुर खाण्डको मृत्यु भएको हो । केन्द्रीय समाचार कक्षका अनुसार, उनको शनिबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
मेन स्टोरी, राहदानी
धनकुटामा पनि सेवाग्राहीको घरघरमै राहदानी पुर्याउन सुरु
१२ वैशाख, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले सेवाग्राहीको राहदानी घरघरमै पुर्याउने व्यवस्था सुरु गरेको छ । जिल्ला प्रशासनले जिल्ला हुलाक कार्यालयसँग सम्झौता गरी तोकिएको शुल्क लिएर सेवाग्राहीको घरमै राहदानी पुर्याउने व्यवस्था गरेको हो । सरकारको शासकीय सुधार कार्यक्रम अन्तर्गत सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने कार्यक्रम अन्तर्गत यो कार्यक्रम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी […]

