प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home)
२१ फागुन, सल्यान । सल्यानमा क्रियापुत्री बसेका परिवारका सदस्यले पनि मतदान गरेका छन् । जिल्लाको बागचौर नगरपालिका ३ स्थित विजय प्राथमिक विद्यालय मतदान केन्द्रमा बिहीबार उनीहरूले मतदान गरेका हुन् । ६ दिनअघि दैलेखमा भएको सवारी दुर्घटनामा २७ वर्षीय हरिलाल भण्डारीको मृत्यु भएपछि परिवारका सदस्य अहिले क्रिया बसिरहेका छन् । सोही क्रममा मृतकका भाइ रेशम भण्डारीले […]
कन्चनपुर, राष्ट्रिय समाचार
कञ्चनपुरमा ४२ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा सदस्य चयनका लागि जारी मतदानका क्रममा कञ्चनपुरमा ४२ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा चुनाव २०८२, मतदान, विशेष
भक्तपुर क्याम्पस केन्द्रमा सेना-प्रहरीले खसाले समानुपातिक मत (तस्वीरहरू)
यो मतदान केन्द्रको सुरक्षाका लागि खटिएका नेपाली सेना तथा नेपाल प्रहरी लगायतले समेत समानुपातिकतर्फ मतदान गरेका छन् ।
डडेल्धुरा, डडेल्धुरा मतदान अपडेट, प्रदेश समाचार, राष्ट्रिय समाचार, सुदूरपश्चिम
डडेल्धुरामा अहिलेसम्म ३३ हजारभन्दा बढी मत खस्यो
डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा हालसम्म ३३ हजारभन्दा बढी मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो दुई बजेसम्म कुल ३३ हजार १ सय १५ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार २ सय २३ र पुरुष मतदाताको संख्या १५ हजार ८ सय ९२ रहेको छ । जिल्लामा कुल ९३ हजार […]
बर्दिया, राष्ट्रिय समाचार, लुम्बिनी
बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान
२१ फागुन, बर्दिया । प्रतिनिधिसभा निर्वाचनको क्रममा बर्दियामा २ बजेसम्म ४३ प्रतिशत मतदान भएको छ । दिउँसो २ बजेसम्म कुल मतदातामध्य बर्दिया जिल्लामा ४३ प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए। बर्दिया जिल्लामा पुरुष १ लाख ५९ हजार ३८७, महिला १ लाख ६३ हजार ८७३ र अन्य ६ जना गरी ३ लाख […]
प्रमुख समाचार (Home), हुम्ला
हुम्लामा मतपेटिका नै गुम्बामा लैजान माग गरेपछि विवाद
यहाँको हल्जी गुम्बामा रहेका केही मतदाताका लागि गुम्बामै मतपेटिका लैजानुपर्ने माग राखेपछि विवाद बढेको हो ।
प्रमुख समाचार (Home), प्रशंसा
कन्टेन्ट क्रियटर प्रशंसा सुवेदीले मतदानपछि भनिन्, ‘पछिल्लो भन्दा भिन्न महुसस भयो’
जेनजी पुस्ताकी कन्टेन्ट क्रियटर प्रशंसा सुवेदीले मतदान गरेकी छिन् । उनले म्याग्दी १ निर्वाचन क्षेत्रमार्फत मतदान गरेकी छिन् । दोस्रो पटक निर्वाचनमा भाग लिएकी सुवेदीले मतदान गर्दा यसपाली केही भिन्न महसुस भएको लेखेकी छिन् । ‘…मेरो मन भारी थियो, मतदान केन्द्रमा उभिएर म चिन्तित र नर्भस थिएँ, तर साथै आशावादी पनि’ उनले लेखेकी छिन्, ‘मलाई […]
धादिङ, राष्ट्रिय समाचार
धादिङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खस्यो
२१ फागुन, धादिङ । धादिङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको छ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जारी मतदानमा दिउँसो २ बजेसम्म करिब ३२ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लाभर रहेका मतदान केन्द्रहरूमा बिहानदेखि नै मतदाताको उपस्थिति क्रमश: बढ्दै गएको छ । बिहानको समयमा तुलनात्मक रूपमा कम देखिएको […]
ईन्द्रबहादुर बानियाँ, प्रतिनिधिसभा निर्वाचन, राष्ट्रिय समाचार
बागमतीका मुख्यमन्त्री भन्छन्- निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ
हेटौँडा उपमहानगरपालिका-१८ स्थित दमनचौर मतदान केन्द्रमा मतदान गर्दै मुख्यमन्त्री बानियाँले स्वच्छ र निष्पक्ष निर्वाचन लोकतन्त्रका लागि सधैँ आवश्यक हुने बताएका हुन् ।
चितवन, मतदान, राष्ट्रिय समाचार
चितवनमा ६ घण्टामा ४० प्रतिशत मतदान
२१ फागुन, चितवन । चितवनमा ६ घण्टाको अवधिमा ४० प्रतिशत मत खसेको छ । दिउँसो साढे १ बजेसम्म जिल्लाका तीनवटै क्षेत्रमा ४०/४० प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका १६२ मतदानस्थलका ४९४ मतदान केन्द्रमा मतदान जारी छ ।

