चितवन २, विशेष
यस अघि यो क्षेत्रमा ठूलो मतान्तरले रवि लामिछाने विजयी भएका थिए ।
रास्वपा, विशेष
काठमाडौं–२ मा पनि रास्वपाकै उम्मेदवारको सुरुवाती अग्रता
२२ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर २ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ । शंखरापुर नगरपालिका वडा नम्बर १ को गन्दा रास्वपाका उम्मेदवार सुनिल केसीले अग्रता लिएका हुन् । उनको ४२४ मत छ । त्यस्तै, एमालेका मणिराम फूयाँलले २३६ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसका कविर शर्माले १८९ मत […]
काठमाडौं-५, विशेष
काठमाडौं–५ मा पनि रास्वपाकै सुरुवाती अग्रता, ईश्वर पोखरेल धेरै पछि
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा पनि रास्वपाकै उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका उम्मेदवार सस्मित पोखरेलले १४२४ मतसहित सुरुवाती अग्रता लिएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेल छन् । उनले ४१२ मत प्राप्त गरेका छन् । तेस्रोमा एमाले छ । एमालेका उम्मेदवार ईश्वर पोखरेलले २८५ मत प्राप्त गरेका छन् […]
काठमाडौं-१, विशेष
काठमाडौं–१ : मतान्तर बढाउँदै रञ्जु दर्शना
यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।
झापा ५, निर्वाचन, विशेष
झापा-५ मा पनि सुरु भयो मतगणना
२१ फागुन, झापा । झापा क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ । सर्वाधिक चासो रहेको यो क्षेत्रमा सर्वदलीय बैठकमा सहमति भएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको हो । भावी प्रधानमन्त्रीको रूपमा अघि सरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार भएका कारण यो क्षेत्र बढी […]
चितवन ३, रास्वपा, विशेष
चितवन ३ मा पनि सुरु भयो मतगणना
२२ फागुन, काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ । माडी नगरपालिका वडा नम्बर ९, ६ र ५ बाट चितवन ३ को मतगणना सुरु भएको हो । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोबिता गौतम, नेपाली कम्युनिस्ट पार्टीबाट रेणु दाहाल, नेकपा एमालेका शंकरराज थपलिया, नेपाली कांग्रेसबाट टेकप्रसाद गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट […]
काठमाडौं-१, विशेष
काठमाडौं-१ : रास्वपाकी रञ्जु दर्शनाको अग्रता
२२ फागुन, काठमाडौ । काठमाडौं १ मा पनि रास्वपाले शुरुवाती अग्रता लिएको छ । रास्वपाका रञ्जु दर्शनाले १६५८ मतसहित शुरुवाती अग्रता लिएकी हुन् । नेपाली कांग्रेसका प्रबल थापाले ९२९, राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् । यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।
काठमाडौं ४, रास्वपा, विशेष
काठमाडौं–४ मा रास्वपाको सुरुवाती अग्रता, एमाले दोस्रो
२१ फागुन, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले ८६२ मत ल्याएर अग्रता कायम गरेका हुन् । बुढानिलकण्ठ नगरपालिका १ को मतगणना गर्दा दोस्रो स्थानमा एमालेका उम्मेदवार राजन भट्टराई छन् । उनले २७३ मत ल्याएका छन् । त्यस्तै, नेपाली कांग्रेसका […]
कास्की-३, राष्ट्रिय समाचार
कास्की–३ मा सुरु भयो मतगणना
कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ । […]
राष्ट्रिय समाचार, स्याङ्जा
स्याङ्जा–१ मा मतगणना सुरु
२२ फागुन, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । स्याङ्जाको हरिनास गाउँपालिका वडा ७ बाट मतगणना सुरु गरिएको हो । स्याङ्जा–१ मा ७१ हजार ३ सय ५० मत खसेको बताइएको छ । यद्यपि मुख्य निर्वाचन अधिकृतको कार्यालयले खसेको मतको तथ्यांक सार्वजनिक गरेको छैन । मतपेटिकामा भएको मत गन्ने बताइएको छ […]

