नेपाली कांग्रेस, राष्ट्रिय समाचार
सर्वोच्च अदालतले कांग्रेसको कानुनी विवाद टुङ्ग्याए पनि राजनीतिक खटपट भने कायमै छ । संस्थापन पक्षले मेलमिलापका लागि सक्रिय पहल नगरेको भन्दै असन्तुष्ट पक्षले १५ वैशाखमा भेला बोलाएको छ ।
राष्ट्रिय समाचार, सुकुमवासी
मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बस्ती (तस्वीरहरु)
सरकारले अल्टिमेटम दिएपछि उनीहरु आफैं बस्ती खाली गर्न थालेका छन् ।
अन्य
यसरी भत्काइँदैछ थापाथलीको सुकुम्बासी बस्ती, हेर्नुस् ड्रोनभ्यूमा
थापाथलीको सुकुम्बासी बस्ती खाली गरेपछि त्यहाँका मानिसहरूलाई सुरूमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगिनेछ।
अन्य
सुकुम्बासी बस्तीमा अघि-अघि प्रहरी, पछि-पछि डोजर
शनिबार बिहान करिब ९ बजेदेखि सुकुम्बासी बस्तीका संरचना भत्काउन डोजर परिचालन गरिएको छ।
किस्ट बैंक, प्रमुख समाचार (Home)
किस्ट बैंक घोटाला प्रकरण : ठमेल शाखाका टेलर हेड पक्राउ
१२ वैशाख, काठमाडौं । तत्कालीन किस्ट बैंक घोटाला प्रकरणका एक फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा किस्ट बैंकको ठमेल शाखाका टेलर हेड ४८ वर्षीय रोहतिलाल श्रेष्ठ छन् । काठमाडौंको साङ्ला बस्ने उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तत्कालीन किस्ट बैंकका कर्मचारीले बैंकको नक्कली कागजात, छाप, नक्कली कर्मचारीदेखि सुरक्षागार्ड समेत […]
प्रमुख समाचार (Home), सुकुमवासी
सुकुमवासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ
१२ वैशाख, काठमाडौं । राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिवसहित तीन जना पक्राउ परेका छन् । महासचिव आर्यन कुँवरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । कुँवरसँगै मोर्चाका सल्लाहाकार दानबहादुर कामी र दिनेश सुनार पक्राउ गरेका हुन् । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष्ण खड्काले बताए । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी परिसर […]
थापाथली, मेन स्टोरी, सुकुमवासी बस्ती
Live Updates: थापाथली सुकुमवासी बस्तीमा के भइरहेछ ?
बस्तीमा पुगेका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुमवासीहरूका सरसामान आफैँ बोकेर सुरक्षित स्थानमा सार्न मद्दत गरिरहेका छन्।
ई-बिडिङ ह्याक, प्रमुख समाचार (Home)
ई-बिडिङ ह्याक प्रकरणमा थप एक जना पक्राउ, १० पुग्यो संख्या
१२ वैशाख, काठमाडौं । ई–बिडिङको सिस्टम ह्याक प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चपुर निर्माण सेवा प्रालिका ३२ वर्षीय अमृत बोहरा छन् । काठमाडौंको टोखा नगरपालिका–४ बानियाटार बस्दै आएका बोहरालाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हो । उनी पक्राउ परेसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । यसअघि राप्रपाका […]
नेपाल वायु सेवा निगम, प्रमुख समाचार (Home)
नेपाल वायुसेवा निगममा ४ सञ्चालक माग, मन्त्री भन्छन् : अब्बललाई अवसर
१२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगमको रिक्त सञ्चालक सदस्य पदपूर्तिका लागि खुला प्रतिस्पर्धाबाट दरखास्त आह्वान गरेको छ। मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै ४ जना सञ्चालक सदस्यका लागि योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो। मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार नेपाल वायुसेवा निगम ऐन, २०१९ को दफा ४ को उपदफा ९१० बमोजिम […]
राष्ट्रिय समाचार, सशस्त्र प्रहरी
सशस्त्रका ७ अधिकृत एसएसपी बढुवाका लागि सिफारिस
१२ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलका सात एसपी (उपरीक्षक) एसएसपी –बरिष्ठ उपरीक्षक) बढुवाका लागि सिफारिस भएका छन् । ६ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस भएपछि रिक्त ६ एसएसपी र पहिल्यै रिक्त १ एसएसपी गरी ७ एसएसपी पदमा बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिस सूची अनुसार पहिलो नम्बरमा दीपक कुमार थापा, दोस्रो नम्बरमा सुधीर […]

