१ वैशाख, काठमाडौं । श्रीमान्लाई भिडियो कलमार्फत ‘मर्न’ लागेको जानकारी गराएकी एक महिलालाई प्रहरीले सकुशल उद्धार गरेको छ । ललितपुरको महानगरपालिका–२७ सुनाकोठी बस्ने ४३ वर्षीया महिलाले गरेको फोन संवादबारे श्रीमान्ले प्रहरीलाई जानकारी गराएकी थिए । लगत्तै जिल्ला प्रहरी परिसर, ललितपुरको टोली खोजतलासमा खटिएको थियो । सो क्रममा ती महिलालाई सुनाकोठीको जंगलबाट फेला पारेको प्रहरीले जनाएको […]
कुल मतदातामध्ये झन्डै आधा हिस्सा ओगट्ने महिलालाई प्रत्यक्षतर्फ टिकट दिने मामिलामा भने दलहरूले सधैँ उपेक्षा गर्दै आएका छन् । २०१५ सालदेखि हालसम्मका ८ वटा आम निर्वाचनको तथ्यांकले पितृसत्तात्मक राजनीतिको ऐना देखाउँदै महिलालाई कसरी ‘ब्याकबेन्च’ मै सीमित राखिएको छ भन्ने तितो यथार्थ स्पष्ट हुन्छ ।