१३ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ स्थित धौलागिरी हिमाल आरोहणका क्रममा लडेर घाइते भएका एक आरोहीको दुई दिनपछि सकुशल उद्धार गरिएको छ । आठ हजार एक सय ६७ मिटर अग्लो धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा शुक्रबार बिहान चुचुरो नजिकबाट चिप्लीएर करिब चार सय मिटर तल खस्दा सङ्खुवासभाको मकालु गाउँपालिका–२ का २१ वर्षीय […]
१३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले तीन तहको सरकारबीच अधिकार बाँडफाँड हुन नसक्दा संघीयता बदनाम हुँदै गएको टिप्पणी गरेका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रवक्ता चालिसेले तीन तहको अधिकार स्पष्ट बनाई संघीयताको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने पनि बताए । संघीयता खर्चिलो, महँगो र अव्यवहारिक नभई उचित व्यवस्थापनमा ध्यान दिन […]
१३ वैशाख, काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले स्थानीय सरकारले लिने अव्यावहारिक कर र सुकुमवासी समस्या समाधानमा देखिएको ढिलासुस्तीप्रति चासो व्यक्त गरेका छन् । पराजुलीले संघीय सरकारको कृषि नीतिसँग नबाझिने गरी स्थानीय तहले कर प्रणाली बनाउनुपर्नेमा जोड दिएका हुन् । आइतबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले स्थानीय तहलाई स्रोत व्यवस्थापन आवश्यक भएपनि त्यो प्रभावकारी र […]
१३ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा असिनासँगै परेको पानीले स्याउको बिरुवामा क्षति पुर्याएको छ । शनिबार साँझको अविरल वर्षासँगै परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा रहेका स्याउका बिरुवामा क्षति पुर्याएको हो । स्याउको राजधानीका रूपमा परिचित त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ, सुँ गाउँ ,४ को रंग गाउँ ठुलिभेरीको डाँगीवाडा, जुफाल, थाला लगायतका क्षेत्रमा असिनाले स्याउ खेतीमा क्षति […]
१३ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा लोकप्रियतावादीहरूको उदय भएको बताएका छन् । १७३औं विश्व मजदुर दिवसका सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा गरेको अर्न्तक्रियामा पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा रास्वपाको जन्मभएको बताएका हुन् । […]
१३ वैशाख, काठमाडौं । रास्वपाका सांसद टेकबहादुर शाक्यले मुलुकमा विगत ३५ वर्षदेखिको व्याप्त बेथितिलाई सुधार्ने गतिमा रास्वपा अघि बढिरहेको बताएका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघको ८औँ वार्षिक साधारणसभामा शाक्यले पुराना दलहरूले देशमा सिर्जना गरेको बेथितिलाई दुई तिहाइ बहुमत नजिकको सरकारले हटाउन चाहिरहेको बताए । उनले मुलुकमा सुशासन स्थापना गराउन सरकार र संसदबाट महत्वपूर्ण भूमिका […]
१३ वैशाख, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले कुनै पनि विधेयक सम्बन्धित पक्षसँग छलफल नगरी अघि नबढने बताएका छन् । साना तथा मझौला व्यवसायीहरूको संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले कुनै पनि विधेयक सरोकारवालाहरूसँग छलफल गरेर मात्रै अघि बढाउने प्रणालीको बलजफती सुरुवात गर्न आफूहरू सफल भएको बताएका हुन् […]