काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

न्यायाधीश

Auto Added by WPeMatico

unnamed 1
न्यायाधीश, प्रमुख समाचार (Home), श्रीकान्त पौडेल

कार्यदिन हप्तामा ५ दिन बनाउँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित बन्यो : न्यायाधीश पौडेल



News Summary

Generated by OK AI. Editorially reviewed.

  • सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले सातामा पाँच दिन मात्र अदालत सञ्चालन हुँदा मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् ।
  • कार्यबोझ बढ्दा ‘छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने’ अवस्था आएको भन्दै उनले मुद्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको स्वीकार गरेका छन् ।
  • अदालतले बार र महान्यायाधिवक्तासँग समन्वय गरी अग्राधिकार प्राप्त मुद्दाहरूको छिटो फर्स्योटका लागि नियमित छलफल गरिरहेको उनले उल्लेख गरेका छन् ।

१३ असार, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलले अदालतको कार्यदिन हप्तामा ५ दिन बनाइएपछि मुद्दाको नियमित कार्यतालिका प्रभावित भएको बताएका छन् ।

कार्यदिन कटौतीले मुद्दा व्यवस्थापनमा जटिलता थपिएको भन्दै उनले यसलाई सन्तुलनमा ल्याउन अदालत क्रियाशील रहेको उल्लेख गरेका हुन् । न्यायाधीश पौडेलले थुनुवा भएका मुद्दा, सार्वजनिक सरोकारका विवाद (पीआईएल) र मानाचामल जस्ता शिघ्र किनारा लगाउनुपर्ने ‘अग्राधिकार’ प्राप्त मुद्दाहरूको व्यवस्थापनमा कार्यबोझ बढेको स्वीकार गरे ।

‘अग्राधिकार प्राप्त मुद्दाका सम्बन्धमा वास्तवमै यहाँले सही कुरा उठाउनु भयो । हामी यस विषयमा उत्तिकै चिन्तित छौँ । थुनुवाको मुद्दा प्राथमिकता दिनुपर्ने मुद्दा हो । सार्वजनिक हितको रिट पनि उत्तिकै जरुरी छ । त्यसैगरी, खान–लाउन नपाएको मान्छेको मुद्दा पनि उत्तिकै महत्त्वपूर्ण छ । अब कुनलाई प्राथमिकता दिने ?,’ उनले भने, ‘अहिले फेरि छ दिनबाट पाँच दिन भएपछि हाम्रो कार्यतालिका नै बिग्रिएजस्तो स्थिति भइरहेको छ । त्यसकारण हाम्रो मुद्दा व्यवस्थापन समितिमा छलफल गरेर, बारसँग समन्वय गरेर, महान्यायाधिवक्तासँग पनि छलफल गरी सम्माननीयज्यू स्वयं बसेर ‘ल, यसो गरौँ’ भनेर नियमित रूपमा छलफल भइरहेको हुन्छ ।’

मुद्दाको प्रभावकारी व्यवस्थापनका लागि अदालतको मुद्दा व्यवस्थापन समिति, नेपाल बार एशोसिएशन, महान्यायाधिवक्ता र प्रधानन्यायाधीशबीच नियमित छलफल भइरहेको उनले जानकारी दिए ।

अत्यधिक कार्यबोझ र सिमित समयलाई संकेत गर्दै उहाँले छोटो लुगाले टाउको छोप्दा खुट्टा देखिने र खुट्टा छोप्दा टाउको देखिने जस्तै चुनौतीपूर्ण स्थिति भएको टिप्पणी गरे ।

‘उखानै छ नि–‘छोटो लुगा माथि टाउकोतिर छोप्दा तल देखिने, तल छोप्दा माथि देखिने ।’ अहिले हाम्रो अवस्था पनि त्यस्तै भइरहेको हो । हाम्रो कार्यबोझ धेरै छ । त्यसलाई व्यवस्थित रूपमा व्यवस्थापन गर्न सकियो भने समस्या नहोला,’ उनले भने, ‘तर अदालतले अग्राधिकार प्राप्त मुद्दालाई कसरी प्राथमिकता दिने, पुराना मुद्दा कसरी छिटो फर्स्योट गर्ने भन्ने विषयमा यहाँहरू जत्तिकै हामी पनि चिन्तित छौँ भन्ने कुरा म निवेदन गर्न चाहन्छु ।’





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
न्यायाधीश, राष्ट्रिय समाचार, सर्वोच्च

सर्वोच्चका न्यायाधीशको द्वन्द्व छताछुल्ल

कामु प्रधानन्यायाधीशको लिखित आदेश र त्यसलगत्तै न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरू कार्यकक्ष छाडेर हिंडेको घटनाले मुलुकको न्यायिक वृत्त सोमबार दिनभर तरंगित भइरह्यो ।
unnamed 1
न्यायाधीश, प्रतिनिधिसभा, राष्ट्रिय समाचार, संवैधानिक प्रावधान

संवैधानिक प्रावधान विपरीत प्रतिनिधिसभा बैठकमा उठ्यो न्यायाधीशका काममाथि प्रश्न  

नेपालको कुनै अदालतमा विचाराधीन मुद्दाहरूका सम्बन्धमा न्याय निरूपणमा प्रतिकूल असर पार्ने विषय तथा न्यायाधीशले कर्तव्य पालनको सिलसिलामा गरेको न्यायिक कार्यको सम्बन्धमा संघीय संसद्को कुनै सदनमा छलफल गरिने छैन :  धारा १०५ नेपालको संविधान
unnamed 1
न्यायाधीश, राष्ट्रिय समाचार, रास्वपा

न्यायाधीशबारे रास्वपाले गरेको टिप्पणीमा कांग्रेसको आपत्ति

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले गरेको प्रश्नबारे बुधबार कांग्रेसका सचेतक निश्कल राईले आपत्ति जनाएका हुन् ।
unnamed 1
न्यायाधीश, राजीनामा, राष्ट्रिय समाचार, सर्वोच्च अदालत

सर्वोच्चका असन्तुष्ट तीन न्यायाधीशले राजीनामा नदिने

स्रोतले भन्यो, ‘राजीनामा दिएर हिंड्दा पदबाट हटाउन चाहनेलाई नै सहज हुने भएकाले पनि त्यसतर्फ लाग्नुहुन्न भन्ने कुरा आयो ।’
unnamed 1
न्यायाधीश, प्रमुख समाचार (Home)

न्यायाधीशको गुनासो : मिडिया ट्रायलले न्याय सम्पादन प्रभावित भयो

१२ वैशाख, विराटनगर । सर्वोच्च अदालतकी न्यायाधीश सारङ्गा सुवेदीले न्यायालयको निर्णयकाविरुद्धमा मिडिया ट्रायल हुने गरेको बताएकी छन् । अदालतको आदेश वा फैसला आफ्नो विपक्षमा आउनासाथ मिडियामा पहुँच हुने पक्षले जथाभाबी समाचार सम्प्रेषण गर्ने गरेको उनको भनाइ थियो । ‘अदालतले आदेश गर्‍यो, अनि त्यो जसको अगेन्स्टमा हामीले आदेश फैसला गर्‍यो, उसको चाहिँ मिडियामा पहुँच हुन्छ, अनि […]
unnamed 1
न्यायाधीश, न्यायालय सुधार, राष्ट्रिय समाचार, सपना प्रधान मल्ल

न्यायाधीशहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेका छन् : सपना प्रधान मल्ल

२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले आफूहरू न्यायालय सुधारको बाटोमा हिँडिरहेको बताएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवस र महिला न्यायाधीश दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । न्यायाधीश मल्लले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पनि न्यायपालिकालाई साँच्चिकै एउटा जीवित र समावेशी संस्थाकै रूपमा उठाउने प्रयास गरिरहेको […]
Scroll to Top