काभ्रेपलाञ्चोक
+977-9863403002
८ श्रावण २०८३ शुक्रबार

डोल्पा

Auto Added by WPeMatico

unnamed 1
जगदुल्ला जलविद्युत् आयोजना, डोल्पा, बिजनेस, राष्ट्रिय समाचार, सुरुङ निर्माण

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु



१८ असार, काठमाडौं । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताए । उनलेे आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोगले आयोजना सहज रूपमा अघि बढिरहेको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिइन् ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको नमूना परियोजनामध्ये एक हो।

कम्पनीले डोल्पामा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ। मुख्य आयोजनाको विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ।

आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको पूर्वाधार विकासमा पनि योगदान पुर्‍याएको दाबी गरिएको छ। कम्पनीले भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको जनाएको छ। सडक पहुँच विस्तारसँगै डोल्पाको यातायातमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले करिब ९ करोड ५० लाख रुपैयाँका दरले रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।

सरकारी निकायको बहुमत स्वामित्व रहने यस परियोजनामा ५१ प्रतिशत शेयर सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको तथा ४९ प्रतिशत सर्वसाधारणको रहनेछ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको राइट अफ वेभित्र पर्ने जग्गाधनीका लागि थप ३ प्रतिशत शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

परियोजनाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा जुटाइएको कम्पनीले जनाएको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
डोल्पा, प्रमुख समाचार (Home), यार्सा सकंलन

यार्सा संकलन गर्न विद्यार्थी पाटन लागेपछि डोल्पाका विद्यालय बन्द

डोल्पामा हरेक वर्ष जेठको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म १ महिना सम्म यार्सागुम्बा संकलन हुने गर्दछ
unnamed 1
उद्धार, डोल्पा, प्रमुख समाचार (Home)

डोल्पामा लेक लागेका बिरामीको हेलिकप्टरबाट उद्धार

७ जेठ,  डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिमारी परेका एकजनाको उद्धार गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने माथिल्लो डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका अन्दाजी ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ […]
unnamed 1
खानेपानी महसुल, डोल्पा, मेन स्टोरी, सरकारी कार्यालय

डोल्पामा सरकारी कार्यालयले नै तिरेनन् खानेपानी महसुल

२५ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा सरकारी कार्यालयहरुले समेत खानेपानीको महसुल नतिरेको पाइएको छ । जिल्ला सदरमुकाममा खानेपानी वितरण गर्दै आएको दुनै खानेपानी उपभोक्ता समितिले जिल्लाका सरकारी कार्यालयदेखि निजी तथा व्यवसायीक उपभोक्ताहरुले वर्षौंदेखि खानेपानीको महसुल नतिरेको जनाएको हो । उपभोक्ताले महसुल नतिर्दा खानेपानी व्यवस्थापनमा समस्या थपिएको दुनै खानेपानी उपभोक्ता समितिका सचिव हिक्मत शाहीले जानकारी […]
unnamed 1
जिप दुर्घटना, डोल्पा, राष्ट्रिय समाचार

डोल्पामा जिप दुर्घटना हुँदा १२ जना घाइते, तीनको अवस्था गम्भीर

ब्रेक फेल भएर जिप दुर्घटना भएको मुड्केचुला–१ का वडाध्यक्ष पवन बुढाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ ।
unnamed 1
डोल्पा, पानी, प्रमुख समाचार (Home), स्याउ

डोल्पामा असिनासहितको पानीले स्याउका बिरुवामा क्षति

१३ वैशाख, डोल्पा । हिमाली जिल्ला डोल्पामा असिनासँगै परेको पानीले स्याउको बिरुवामा क्षति पुर्‍याएको छ । शनिबार साँझको अविरल वर्षासँगै परेको असिनाले जिल्लाका विभिन्न ठाउँमा रहेका स्याउका बिरुवामा क्षति पुर्‍याएको हो । स्याउको राजधानीका रूपमा परिचित त्रिपुरासुन्दरी नगरपालिका–३ जिउँ, सुँ गाउँ ,४ को रंग गाउँ ठुलिभेरीको डाँगीवाडा, जुफाल, थाला लगायतका क्षेत्रमा असिनाले स्याउ खेतीमा क्षति […]
unnamed 1
डोल्पा, मेन स्टोरी

डोल्पाका दुई पालिकामा आइतबार पनि विद्यालय खुल्ने

७ वैशाख, डोल्पा । डोल्पाका दुई वटा स्थानीय तहले आइतबार पनि विद्यालय खोल्ने निर्णय गरेका छन् । सरकारले पेट्रोलियम पदार्थको आपूर्तीमा देखिएको समस्यालाई मध्यनजर गर्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तर, डोल्पाको ठूलीभेरी नगरपालिका र मुड्केचुला गाउँपालिकाले आइतबार पनि नियमित पठनपाठन जारी राख्ने जनाएका छन् । ठूलीभेरी नगरपालिकाका निमित्त प्रमुख […]
unnamed 1
डोल्पा, बाटोमै सुत्केरी, राष्ट्रिय समाचार, शिशुको मृत्यु

डोल्पामा एक आमा बाटोमै सुत्केरी, नवजात शिशुको मृत्यु

प्रमुख जिल्ला अधिकारी जुनु हमालले उद्धारका लागि हेलिकप्टरको बोलाउने प्रयास गरेपछि समयमै नपुग्दा शिशुको ज्यान जोगाउन नसकिएको बताइन् ।  
unnamed 1
डोल्पा, राष्ट्रिय समाचार

डोल्पाबाट एसईईमा ६७४ विद्यार्थी सहभागी हुँदै

हिमाली जिल्ला डोल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६७४ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
Scroll to Top