काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

खेलकुद – Home

Auto Added by WPeMatico

रेकर्ड गर्ल सन्तोषी : १५०० मिटरमा पनि बनाइन् नयाँ कीर्तिमान
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, रेकर्ड गल, रेकर्ड गल सन्तोषी, सन्तोषी श्रेष्ठ

रेकर्ड गर्ल सन्तोषी : १५०० मिटरमा पनि बनाइन् नयाँ कीर्तिमान

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठले १५०० मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान ४ मिनेट २७:३५ सेकेण्डमा बनाएकी छिन्।
  • सन्तोषीले एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउँदै रेकर्ड गर्लको उपमा पाएकी छन्।
  • उनले भारतको झारखण्डमा आयोजित २९औं नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा प्रतिस्पर्धा गरेकी थिइन्।

९ जेठ, काठमाडौं । गोल्डेन गर्लको रुपमा चिनिँदै आएकी नेपालकी ओलम्पियन धावक सन्तोषी श्रेष्ठ पछिल्लो समय विभिन्न विधामा कीर्तिमानहरु तोड्दै रेकर्ड गर्लको रुपमा चिनिन थालेकी छन् ।

महिलातर्फ ओलम्पिकदेखि मध्यम दूरीमा कीर्तिमान बनाउँदै आएकी सन्तोषीले शनिबार १५०० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् ।

गोल्डेन गर्लको उपमा पाएकी सन्तोषीले भारतको झारखण्डमा आयोजित २९औं नेशनल सिनियर एथलेटिक्स फेडेरेसन कम्पिटिसन २०२६ मा महिला १५०० मिटरतर्फ शुक्रबार नयाँ कीर्तिमान कायम गरेकी हुन् ।

१५०० मिटरमा पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाउँदै उनी एकै वर्ष सात राष्ट्रिय कीर्तिमान बनाउने कीर्तिमानी धाविका बनेकी छन् ।

एथ्लेटिक्समा सामान्यतया लामो दुरी र मध्यम दुरीमा एकै सिजनमा कीर्तिमान बनाउनु दुर्लभ मानिन्छ । तर सन्तोषीले भने आफूलाई हरेक दूरीको दौडको लागि तयार पार्दै आएकी छन् ।

सन्तोषीले १५०० मिटर दुरी ४ मिनेट २७:३५ मिनेटमा पूरा गर्दै सरस्वती भट्टराईले सन् २०१६ मा ब्राजिलमा भएको रियो ओलम्पिकमा बनाएको कीर्तिमान तोडेकी हुन् । सरस्वतीले ४ मिनेट ३३:९४ मिनेटको कीर्तिमान बनाएकी थिइन् । सन्तोषीले ०६:५९ सेकेण्डले त्यो कीर्तिमान तोडेकी हुन् ।

एथलेटिक्स फेडेरेसन अफ इण्डियाको निमन्त्रणा र नेपाल एथलेटिक्स संघको सिफारिसमा सन्तोषीले यस प्रतियोगितामा प्रतिस्पर्धा गरेको सन्तोषीका दाजु केदार श्रेष्ठले जानकारी दिए ।

भारतको झारखण्डको राँचीस्थित बिर्स मुण्ड स्टडियममा शुक्रबार राति भएको उक्त उक्त स्पर्धामा सन्तोषी छैटौं भएकी थिइन् ।

यसअघि उनले २०८२ चैतको अन्तमा पोखरा खुल्ला एथलेटिक्स मिटमा महिला ३००० मिटरमा ३५ वर्षअघिको राष्ट्रिय कीर्तिमान तोड्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

त्यस्तै गत मंसिरमा स्पेनको भ्यालेन्सिया म्याराथनमा सन्तोषीले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भङ्ग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । उनले २ घण्टा ४० मिनेट २३ सेकेण्डमा म्याराथन (४२.२ कि.मि. पुरा गर्दै वि.सं. २०८२ कै बैशाखमा लण्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई भंग गरेकी थिइन् ।

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा हाफ म्याराथनको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । २०८० साल कात्तिकमा भारतको राँचीमा भएको साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिपमा ५ हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कांस्य पदक जित्दै दुई नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् ।

सन् २०१९ मा काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेकुदल (साग)मा सन्तोषीले नेपालका लागि एथलेटिक्सतर्फ स्वर्ण पदक जित्ने पहिलो नेपाली महिला खेलाडीको रुपमा इतिहास रचेकी थिइन् ।

त्यसबेला मिलिसेकेण्डले भारतीय धावकलाई पछि पार्दै ऐतिहासिक स्वर्ण जितेपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लको उपमाले चिनिन्छन् ।

Adblock test (Why?)

घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य
काभा महिला भलिबल, काभा महिला भलिबल च्याम्पियनसिप, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, महिला लभिबल, राष्ट्रिय समाचार

घरेलु कोर्ट र समर्थकले उत्साहित नेपाली टोली, भारतलाई फेरि हराउने लक्ष्य

नेपाली भलिबलप्रेमी दर्शक अहिले यही भलिबलको अन्तर्राष्ट्रिय मेला हेर्न प्रतिक्षारत छन् भने नेपाली महिला भलिबल टोली फेरि एकपटक आफ्नै दर्शकको अगाडि खेल्दै राम्रो नतिजा ल्याउने प्रयासमा हुनेछ ।
स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

स्काई क्रिकेटले सार्वजनिक गर्‍यो ‘नेपाल क्लाइम्बिङ क्रिकेट्स माउन्टेन’ डकुमेन्ट्री

नेपाली क्रिकेटले भोगेका जित, हार, सङ्घर्ष, अविस्मरणीय क्षण र लाखौँ समर्थकहरूको अटुट साथलाई यो डकुमेन्ट्रीमा समेटिएको छ ।
ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको फेरि तीन स्थान सुधार
अलराउन्डर दीपेन्द्रसिंह ऐरी, आईसीसी वरियता, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दीपेन्द्रसिंह ऐरी, राष्ट्रिय समाचार

ओडीआई अलराउन्डर वरियता : दीपेन्द्रको फेरि तीन स्थान सुधार

६ जेठ, काठमाडौं । नेपाली ओडीआई क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी ओडीआई अलराउन्डर वरियतामा फेरि ३ स्थान माथि उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र ३ स्थान सुधार गर्दै २५औं स्थानमा पुगेका हुन् । उनको रेटिङ अंक बढेर १५९ भएको छ । गत साता दीपेन्द्र ३१औं स्थानबाट […]
२२ वर्ष लामो प्रतीक्षापछि आर्सनललाई उपाधि, अबको नजर च्याम्पियन्स लिगमा
आर्सनल, इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

२२ वर्ष लामो प्रतीक्षापछि आर्सनललाई उपाधि, अबको नजर च्याम्पियन्स लिगमा

आर्सनलले पछिल्लो पटक सन् २००३-०४ को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो । त्यो बेला आर्सनलले कुनै पनि खेल नहारी उपाधि जितेको थियो ।
नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट
क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, प्रमुख समाचार (Home)

नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि मलेसिया ६७ रनमा अलआउट

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६७ रनमै अलआउट गरेको छ । टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गरेको मलेसियालाई नेपाली बलरहरुले उत्कृष्ट बलिङ गर्दै ६७ रनमै अलआउट गरेका हुन् । मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालकी पूजा महतोले ३, मनिषा उपाध्याय र रिया […]
लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
अमेरिका, आईसीसी लिग २, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, प्रमुख समाचार (Home), स्कटल्याण्ड

लिग-२ : स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै

६ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा स्कटल्याण्डले अमेरिकाविरुद्ध ब्याटिङ गर्दैछ । कीर्तिपुरस्थित रंगशालामा टस जितेर स्कटल्याण्डले पहिले ब्याटिङ गर्ने निर्णय गर्दै अमेरिकालाई बलिङको निम्तो दिएको हो । लिग-२ मा स्कटल्यान्ड शीर्ष स्थानमा रहेको छ । अमेरिका शीर्ष दुईमा रहेको छ । यी दुवै टोली आजको खेल जित्दै उपाधि होड […]
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
क्रिकेट, खेलकुद - Home, खेलकुद समाचार, नेपाली क्रिकेट, प्रमुख समाचार (Home)

मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै

६ जेठ, काठमाडौं । एसियन गेम्स छनोट र एसीसी प्रिमियर कपको तयारीका लागि भएको खेलमा घरेलु टोली मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दैछ । मलेसियाले टस जितेपछि ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएको हो । एसियन गेम्स छनोट मलेसियामै मे २३ देखि ३१ सम्म हुँदैछ । यस्तै प्रिमियर कप जुन १ देखि […]
लिग २ : नेपाली स्पीनर चम्केपछि १९४ रनमा समेटियो स्कटल्याण्ड, ललितले लिए ४ विकेट
आईसीसी लिग २, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, मेन स्टोरी

लिग २ : नेपाली स्पीनर चम्केपछि १९४ रनमा समेटियो स्कटल्याण्ड, ललितले लिए ४ विकेट

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सिरिजमा स्कटल्याण्डले नेपाललाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको स्कटल्याण्ड ३९ ओभर एक बलमा १९४ रनमा समेटियो । स्कटल्याण्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधि ७३ रन बनाए । उनले ४४ बलमा ६ छक्का र ६ चौका प्रहार गरे । माइकल […]
लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै
आईसीसी लिग २, क्रिकेट, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, राष्ट्रिय समाचार

लिग २ : आज नेपालले स्कटल्याण्डसँग खेल्दै

४ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । नेपाल, अमेरिका र स्कटल्याण्डबीचको जारी शृङ्खलामा हालसम्म तीन खेल सकिएका छन् । जसमध्ये स्कटल्याण्डले दुवै खेल जितेको छ । स्कटल्याण्डले पहिलो खेलमा नेपाललाई डकवर्थ लिइस (डीएलएस) […]
Scroll to Top