भारतसँग सीमा जोडिएका सबै क्षेत्रमा सतर्कता बढाइएको कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी विनोद घिमिरेले बताए । उनका अनुसार रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गर्न सक्ने आशंकामा सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको हो ।
हुम्लाको दुर्गम ताजाँकोट गाउँपालिका-३ स्थित बानादेव आधारभूत विद्यालयका २३ जना बालबालिकालाई सामाजिक विकास कार्यालयले विभिन्न शैक्षिक सामग्री उपलब्ध गराएको छ ।
मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद समेत रहेका पन्तले सडक विस्तार विवादका कारण वीरगञ्ज इतिहासकै एउटा कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै सडक विस्तारमा भइरहेको अन्योल चिरेर ठोस निर्णयमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
वडाध्यक्ष जीवछ यादवसहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेको थियो । त्यसक्रममा वीरेन्द्र साहले विरोध जनाएपछि उनलाई कुटपिट गर्दै रुखमा बाँधेर त्यहाँ बनेका संरचना डोजरले भत्काइएको भनिएकाे छ ।
नेपाल प्रहरीको ‘साइबर ब्युरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्न पत्रसँगै उत्तरसमेत सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
२९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त भएका छन् । उनलाई सभामुख डोलप्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गरेका हुन् । पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ ।
२९ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको घरेलु सिरिजको पहिलो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनको साघुरो हार बेहोरेको छ । वर्षाका कारण डीएल मेथर्डअनुसार ३९ ओभरमा २२१ रनको लक्ष्य पाएको नेपालले ७ विकेट गुमाएर २१८ रन मात्र बनाउन सक्यो । गुल्सन झाले आक्रामक अर्धशतक प्रहार गरेपनि नेपाललाई जित दिलाउन सकेनन् । गुल्सन ३५ […]
कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो ।