काभ्रेपलाञ्चोक
+977-9863403002
२१ जेष्ठ २०८३ बिहीबार

मनोरञ्जन

‘झिम झिम’ गीतमा बियोन्डसँग निशाको रोमान्स
मनोरञ्जन

‘झिम झिम’ गीतमा बियोन्डसँग निशाको रोमान्स

काठमाडौँ । गायक तथा सर्जक बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक भएको छ । शनिबार काठमाडौँमा आयोजित कार्यक्रमबिच गीत तथा भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा शब्द गायक बियोन्डकै रहेको छ, भने संगीत ब्रिजेश श्रेष्ठले दिएका छन् । आधुनिक स्वाद र रोमान्टिक प्रस्तुतिको सम्मिश्रण रहेको ‘झिम झिम’ले प्रेम, अनुभूति र समकालीन युवापुस्ताको भावनालाई आकर्षक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ ।

गीतको भिडियो पी माधवले निर्देशन गरेका छन् । दीपिका तामाङको कोरियोग्राफी रहेको भिडियोमा बियोन्ड स्वयं र मोडल निशा श्रेष्ठको अभिनय देख्न सकिन्छ । भिडियोका डिओपी विवेक मगर हुन् भने सम्पादन सोवित मगरले गरेका छन् ।

कार्यक्रममा बोल्दै बियोन्डले नेपाली संगीत क्षेत्रमा फरक स्वादको काम गर्ने प्रयास निरन्तर जारी रहने बताए । त्यसैको निरन्तरताका लागि यो नयाँ गीत ल्याएको उनको भनाई छ । 

Adblock test (Why?)

लालीबजारले उठाएका प्रश्नहरू
मनोरञ्जन

लालीबजारले उठाएका प्रश्नहरू

हालै प्रदर्शनमा आएको नेपाली चलचित्र लालीबजारले केवल मनोरञ्जनको माध्यमका रूपमा होइन, नेपालमा अझै पनि जिउँदो रहेको संरचनागत विभेद र बहिष्करणमाथि गम्भीर बहस प्रारम्भ गराएको छ । विशेषगरी बर्दियालगायत पश्चिम नेपालका वादी समुदायका महिलाहरूले भोग्दै आएको ऐतिहासिक उत्पीडनलाई चलचित्रले आफ्नो मूल विषय बनाएको छ । 

चलचित्रले एउटा असहज तर अत्यावश्यक प्रश्न उठाउँछ– के नेपालको समावेशी नीति र आरक्षण प्रणाली वास्तवमै सबैभन्दा पछाडि परेका समुदायसम्म पुगेको छ ?

नेपालमा आरक्षणको बहस प्रायः ‘समानता’को भाषामा हुन्छ । तर लालीबजारले हामीलाई सम्झाउँछ कि सबै महिलाहरूको सामाजिक यथार्थ समान छैन । काठमाडौंमा जन्मेकी, निजी विद्यालयमा पढेकी, सहरी पहुँच, सामाजिक सञ्जाल, अङ्ग्रेजी शिक्षा र आर्थिक संरचनागत लाभांश भोग गरेकी महिला र बर्दियाको वादी समुदायमा हुर्केकी महिलाको जीवन एउटै हुँदैन ।

त्यसो त दुवैलाई ‘महिला’ भनेर एउटै कोटीमा राखेर आरक्षण प्रदान गर्नु कानुनी रूपमा समान देखिए पनि सामाजिक रूपमा न्यायपूर्ण नहुन सक्छ । र, यहीँबाट ‘समानता’ र ‘समता’का बिच रहेको मूलभूत भिन्नता सुरु हुन्छ ।

वादी समुदाय लामो समयदेखि जातीय र लैङ्गिक विभेदको सिकार हुँदै आएका छन् । भूमिहीनता, गरिबी, शिक्षा अभाव र सामाजिक बहिष्करणले वादी महिलाहरूलाई पुस्तौँदेखि शोषणको जाँतोमा पिल्सिरहेको यथार्थलाई लालीबजारले पर्दामा उतार्ने प्रयास गरेको छ । 

चलचित्रले देखाएको पीडा कुनै काल्पनिक सामाजिक रूपक मात्र नभई नेपालको सामाजिक इतिहासको कटु वास्तविकता हो भन्ने सिनेमा हेर्ने सबैलाई महसुस हुन्छ । तर चलचित्रको महत्त्व केवल वादी समुदायको कथा देखाउनुमा सीमित छैन । 

यसको महत्त्वपूर्ण योगदान भनेको सिनेमाले समावेशी नीतिमाथि प्रश्न उठाउनु मात्र होइन, के सबै महिला एउटै सामाजिक हैसियत लिएर जन्मन्छन् भन्ने हो । त्यसभित्र पनि महिला दलितहरूको अवस्था के छ भन्नेबारे सिनेमाले सबैलाई झक–झकाउँछ । 

नेपालको संविधानले समावेशितालाई लोकतान्त्रिक गणतन्त्रको आधारभूत मूल्यका रूपमा स्वीकार गरेको छ । नेपालको संविधानको धारा १८ (३) ले राज्यलाई महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अन्य सीमान्तकृत समुदायको सशक्तीकरण तथा विकासका लागि विशेष व्यवस्था गर्न अनुमति दिएको छ । 

यी संवैधानिक प्रावधानहरू नेपालमा ऐतिहासिक रूपमा बहिष्कृत समुदायलाई राज्य संरचनामा प्रतिनिधित्व दिलाउन अत्यन्त आवश्यक थिए । तर आजको चुनौती प्रतिनिधित्वको मात्र होइन; प्रतिनिधित्व भित्र पनि न्याय कसरी सुनिश्चित गर्ने भन्ने हो । किनभने सबै समावेशी वर्गभित्र समान स्तरको बहिष्करण पाइँदैन । 

हाम्रो आरक्षण प्रणाली अहिले मुख्यतः फराकिला पहिचान समूहहरूमा आधारित छ । महिला, दलित, जनजाति, मधेसी आदि त्यसका झनै फराकिला झंगालाहरु हुन् । तर यस्तो प्रणालीभित्र आन्तरिक असमानता क्रमशः झाँगिँदै गएको पाइन्छ ।

उदाहरणका लागि सहरी, शिक्षित र तुलनात्मक रूपमा सम्पन्न परिवारबाट आएका व्यक्तिहरूले आरक्षणको अवसर बारम्बार उपयोग गर्न सक्छन्, जबकि दुर्गम भूगोल, चरम गरिबी र सामाजिक बहिष्करण भोगिरहेका समुदाय अझै प्रतिस्पर्धाको प्रारम्भिक चरणमै बाहिरिन्छन् । 

यसलाई नीतिगत भाषामा ‘एलिट क्याप्चर’ भनिन्छ । अर्थात् आरक्षणको लाभ सबैभन्दा सक्षम वा पहुँच भएका वर्गले बढी उपयोग गर्ने अवस्था । त्यसैले नेपालले अब ‘क्लस्टेर वेस्ट रिजर्भेसन’ वा ‘इन्टरसेक्सनल इन्क्लुजन’को अवधारणातर्फ गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ ।

क्लस्टर प्रणालीको अर्थ आरक्षण समाप्त गर्नु होइन बरु आरक्षणलाई झनै न्यायपूर्ण बनाउनु हो । यस प्रणालीअन्तर्गत व्यक्तिको पहिचान केवल महिला वा दलित भनेर मात्र निर्धारण गरिँदैन । त्यससँगै भूगोल, आर्थिक अवस्था, शैक्षिक पहुँच, जातीय विरासत, ग्रामीण–सहरी विभाजन र संरचनागत बहिष्करणको स्तरलाई समेत ध्यान दिन्छ । 

यसको अर्थ, काठमाडौँकी महिला र बर्दियाकी महिला एउटै प्रतिस्पर्धात्मक धरातलमा छैनन् भन्ने यथार्थलाई राज्यले औपचारिक रूपमा स्वीकार गर्नु हो । किनभने अवसरको समानता केवल कागजमा बराबरी दिएर स्थापित हुँदैन । यदि एक व्यक्तिसँग राम्रो विद्यालय, सामाजिक सञ्जाल, भाषा दक्षता र आर्थिक सुरक्षा छ भने उसले प्रतिस्पर्धामा स्वाभाविक लाभ प्राप्त गर्छ । 

अर्कोतर्फ, राज्यको आधारभूत सेवाबाट समेत वञ्चित समुदायका व्यक्तिलाई ‘तिमीलाई पनि समान अवसर छ है’ भन्नु व्यवहारिक रूपमा न्यायपूर्ण होइन । त्यसैले आज नेपाललाई औपचारिक समानता भन्दा तात्त्विक समानता आवश्यक छ । 

सम्मानित सर्वोच्च अदालतले पनि आरक्षणलाई स्थिर र यान्त्रिक प्रणालीका रूपमा होइन, सामाजिक न्यायको साधनका रूपमा व्याख्या गरेको छ । विनय कुमार पंजियार विरुद्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबार रहेको उत्प्रेषणको रिट निवेदनमा सर्वोच्च अदालतले आरक्षणको उद्देश्य वास्तविक रूपमा पछाडि परेका समुदायलाई अवसर प्रदान गर्नु हो भनी स्पष्ट पारेको थियो । 

सम्मानित अदालतले आरक्षण केवल स्थायी विशेषाधिकार नभई ऐतिहासिक विभेदको सुधारात्मक उपाय भएको व्याख्या गरेको थियो । यसको अर्थ, आरक्षण प्रणाली समयानुकूल समीक्षा, तथ्यमा आधारित पुनर्संरचना र वास्तविक बहिष्करणको मूल्याङ्कनसँग जोडिनुपर्छ भन्ने हो । आरक्षणको उद्देश्य केवल सङ्ख्यात्मक प्रतिनिधित्व होइन; न्यायपूर्ण पहुँच सुनिश्चित गर्नु हो । 

नेपालमा पछिल्ला वर्षहरूमा महिलाको प्रतिनिधित्वमा उल्लेखनीय वृद्धि भएको विषयमा दुई मत छैन । संसद्, निजामती सेवा, सञ्चार, विश्वविद्यालय र गैरसरकारी क्षेत्रमा महिलाको उपस्थिति बढेकै देखिन्छ । तर यी अवसरको लाभ कसले बढी पाइरहेका छन् त ? 

धेरैजसो अवस्थामा सहरी, शिक्षित र तुलनात्मक रूपमा सम्पन्न वर्गका महिलाहरूले राज्यको समावेशी नीतिबाट बढी लाभ उठाइरहेका देखिन्छन् । यसको अर्थ उनीहरूले लैङ्गिक विभेद भोगेका छैनन् भन्ने पक्कै होइन । तर सबै महिलाले समान स्तरको बहिष्करण भोगेका छन् भन्ने दाबी पनि सही होइन । 

बर्दियाकी वादी महिलाले केवल लैङ्गिक विभेद मात्र होइन; जातीय बहिष्करण, गरिबी, सामाजिक दमन र संस्थागत बेवास्ता पनि भोग्छिन् । त्यसैले समावेशिताको बहस अब वर्णनात्मक प्रतिनिधित्व होइन सारभूत प्रतिनिधित्वतर्फ जान आवश्यक देखिन्छ । आरक्षण प्रणालीमा सुधार दीर्घकालीन वैधानिकता र नैतिक विश्वसनीयता जोगाउने उपाय हो ।

यस आलोकमा लालीबजारको शक्ति यसको कथामा नभई यसले राज्यलाई सोधेको प्रश्नमा छ । काठमाडौँकी महिला र बर्दियाकी महिला दुवै संविधानको संरक्षणभित्र पर्छन् । तर न्यायको अर्थ उनीहरूलाई एउटै सामाजिक अवस्थाबाट आएको मान्नु पक्कै होइन । न्यायको अर्थ उनीहरूको फरक यथार्थलाई स्वीकार गरेर अवसरको पुनर्वितरण गर्नु हो । र, त्यो नै वास्तविक समावेशी न्याय हो ।

Adblock test (Why?)

सरकारले चलचित्रदेखि फोटोग्राफी उत्पादनसम्मलाई उद्योगको रुपमा विकास गर्ने
चलचित्र, मनोरञ्जन, राष्ट्रिय समाचार

सरकारले चलचित्रदेखि फोटोग्राफी उत्पादनसम्मलाई उद्योगको रुपमा विकास गर्ने

सरकारले चलचित्र, वृत्तचित्र, फोटोग्राफी र डिजिटल सामग्री उत्पादनलाई उद्योगको रुपमा विकास गरिने जनाएको छ ।
के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?
नेपाली चलचित्र, प्रमुख समाचार (Home), मनोरञ्जन, मनोरञ्जन एप, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मनोरञ्जन होम

के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?

६२ वर्षअघि नेपालको पहिलो स्वदेशी चलचित्र ‘आमा’ रिलिज भयो । यो तत्कालीन नेपाल सरकारले नै निर्माण गरेको फिल्म थियो- जसले नेपाली सिनेमाको औपचारिक जन्म दियो । त्यसयता सयौं फिल्म बने । पछिल्ला वर्षहरूमा औसत ८० देखि १०० फिल्म वार्षिक रूपमा निर्माण तथा रिलिज भइरहेका छन् । तर यो संख्या मात्र होइन- समस्या यो हो कि […]
बालेनको ‘आमनेपाली बुवा’ ले २४ घण्टामै १०लाख भ्यूज पार गर्‍यो, युट्युबमा चर्चा
बालेन शाह, मनोरञ्जन

बालेनको ‘आमनेपाली बुवा’ ले २४ घण्टामै १०लाख भ्यूज पार गर्‍यो, युट्युबमा चर्चा

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको स्वर र शब्दमा तयार गरिएको बालेनको आमनेपाली बुवा गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टाभित्रै १०

बालेनको युट्युब च्यानलबाट हट्नुको कारण के हो ‘फसायो लमीले’ गीत ?
नेपाली चलचित्र / मनोरञ्जन समाचार, बालेन शाह, मनोरञ्जन

बालेनको युट्युब च्यानलबाट हट्नुको कारण के हो ‘फसायो लमीले’ गीत ?

नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ को पहिलो गीत ‘फसायो लमीले’ अहिले दर्शक र चलचित्रप्रेमीबीच उल्लेखनीय रूपमा चर्चा बटुलिरहेको छ। लोकभाकामा तयार

किम कार्दशियनको स्वास्थ्य रिपोर्ट: ब्रेन एन्युरिज्म र तनावको असर
मनोरञ्जन, स्वास्थ्य

किम कार्दशियनको स्वास्थ्य रिपोर्ट: ब्रेन एन्युरिज्म र तनावको असर

प्रसिद्ध अमेरिकी स्टार किम कार्दशियनको स्वास्थ्य अपडेट: किमले आफ्नो स्वास्थ्य स्थिति, विशेष गरी ब्रेन एन्युरिज्म र तनावबारे खुलासा गरेकी छिन्।

लाउरे एकदेव तिहार गीत : देउसीभैलो हिपहप ट्रयाक रिलिज “भिडियो हेर्नुहोस्”
मनोरञ्जन

लाउरे एकदेव तिहार गीत : देउसीभैलो हिपहप ट्रयाक रिलिज “भिडियो हेर्नुहोस्”

लाउरे एकदेव तिहार गीत सार्वजनिक यापर आशिष राना ‘लाउरे’ र गायक एकदेव लिम्बुको सहकार्यमा नयाँ लाउरे एकदेव तिहार गीत सार्वजनिक

दीपकराज गिरी ले थानकोट प्रहरी चौकीको पुननिर्माणमा ५ लाख सहयोग
मनोरञ्जन, विशेष समाचार

दीपकराज गिरी ले थानकोट प्रहरी चौकीको पुननिर्माणमा ५ लाख सहयोग

दीपकराज गिरी को थानकोट प्रहरी चौकी सहयोगअभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले जेनजी आन्दोलनमा क्षतिग्रस्त थानकोट प्रहरी चौकीको पुननिर्माणका लागि

जेनजी आन्दोलनमा गुञ्जिएका गीत: ‘नेपाल हाँसेको’देखि ‘गाउँ गाउँबाट उठ’
जेन-जी आन्दोलन, बालेन शाह, मनोरञ्जन

जेनजी आन्दोलनमा गुञ्जिएका गीत: ‘नेपाल हाँसेको’देखि ‘गाउँ गाउँबाट उठ’

जेनजी आन्दोलनमा गुञ्जिएका गीत ले यसपटकको आन्दोलनलाई ऊर्जा र चेतना दियो। हरेक राजनीतिक आन्दोलनमा गीतसंगीतको भूमिका महत्वपूर्ण हुन्छ, किनभने यसले

Scroll to Top