केन्जोले सजिएको तिम्बुङ (तस्वीरहरू)

News Summary
Generated by OK AI. Editorially reviewed.
- पाँचथर र ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरीमा पिरामिड आकारको केन्जो फूल फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।
- समुद्री सतहबाट तीन हजार तीन सय ३५ मिटर उचाइमा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको केन्द्रका रूपमा चर्चित बन्दै गएको छ ।
- स्थानीय पर्यटन व्यवसायी अमिर राईका अनुसार पर्यटकको आगमनसँगै यहाँका होमस्टेहरू व्यस्त बनेका छन् र पदयात्रीका लागि यो क्षेत्र उत्कृष्ट गन्तव्यका रूपमा विकसित भएको छ ।
३२ असार, पाँचथर । पाँचथर–ताप्लेजुङको सीमामा अवस्थित तिम्बुङ पोखरी यतिबेला फेरि पर्यटकको प्रतीक्षामा छ । वर्षायामसँगै यहाँको पहिचान बनेको पिरामिड आकारको केन्जो फूल्न थालेपछि हिमाली गन्तव्य तिम्बुङले नयाँ जीवन पाएको छ ।
हरिया डाँडाकाँडा, चिसो हावा, खुला खर्क र हिमाली जीवनशैलीले सजिएको यो क्षेत्र अहिले प्रकृतिप्रेमीका लागि अनुपम आकर्षण बनेको छ ।
समुद्री सतहबाट करिब तीन हजार तीन सय ३५ मिटर उचाइमा रहेको तिम्बुङ पोखरी पुग्ने जो–कोहीलाई प्रकृतिले खुलेर स्वागत गर्छ । चारैतिर फैलिएका हरिया पहाड, कुहिरोले छोप्दै–उघार्दै गर्ने दृश्य, खुला लेकाली खर्क र बीचमा शान्त फैलिएको पोखरीले यहाँ पुग्ने यात्रुलाई केहीबेर समय नै रोकिएजस्तो अनुभूति गराउँछ ।
यतिबेला तिम्बुङ क्षेत्रको अर्को विशेष आकर्षण हो केन्जो फूल । पिरामिडजस्तो आकार भएका यी फूलले डाँडाकाँडा रंगिन बनाइदिएका छन् । यही फूल फुल्न थालेसँगै तिम्बुङ घुम्ने मुख्य सिजन पनि सुरु हुन्छ ।
स्थानीय पर्यटन व्यवसायी अमिर राईका अनुसार नेपालका विभिन्न जिल्ला तथा भारतको सिक्किमबाट पर्यटक आउने गरेका छन् ।

पर्यटकको चहलपहल बढेसँगै स्थानीयले सञ्चालन गरेका होमस्टेहरू पनि व्यस्त बन्न थालेका छन् । उनका अनुसार पछिल्ला वर्षहरूमा तिम्बुङको लोकप्रियता बढ्दै गएको छ र प्रत्येक वर्ष नयाँ पर्यटक थपिने क्रम जारी छ ।
तिम्बुङ केवल प्राकृतिक सौन्दर्यका लागि मात्र प्रसिद्ध छैन, धार्मिक आस्थाको केन्द्र पनि हो । स्थानीय समुदायले पोखरीमा पूजा–आराधना गर्ने परम्परा आज पनि कायम छ । दर्शनार्थीले चढाएका सिक्का पोखरीको स्वच्छ पानीमा टल्किरहेका देख्न सकिन्छ ।
धार्मिक विश्वास र प्राकृतिक सौन्दर्यको यो संगमले तिम्बुङलाई अझ विशेष बनाएको छ ।
पोखरी वरिपरि चरिरहेका याक, चौँरी र भेँडाका बथानले हिमाली जीवनशैलीको झल्को दिन्छन् । बादल/कुहिरोले ढाकेका डाँडा, खुला चरन क्षेत्र र चिसो हिमाली हावाले यहाँको वातावरणलाई अझ जीवन्त बनाउँछन् । प्रकृतिको काखमा केही समय बिताउन चाहनेका लागि तिम्बुङ साँच्चै खुला संग्रहालयजस्तै लाग्छ ।

तिम्बुङ पुग्न पनि त्यति कठिन पनि छैन । झापाको बिर्तामोड वा पाँचथरको फिदिमबाट कालीखोलासम्म सडकमार्ग हुँदै पुग्न सकिन्छ । त्यसपछि दुई दिनको पदयात्राले तिम्बुङ पोखरी पुर्याउँछ ।
यात्राका क्रममा ग्रामीण जीवन, जंगल, खोला र हिमाली भेगको प्राकृतिक सौन्दर्यले यात्रा आफैंमा एउटा स्मरणीय अनुभव बनाइदिन्छ ।
सामान्यतया साउनदेखि कात्तिक र फागुनदेखि चैतसम्म तिम्बुङ भ्रमणका मुख्य सिजन मानिन्छन् । तर पछिल्ला वर्षहरूमा अन्य महिनामा पनि पर्यटकको आगमन बढ्दै गएको छ ।
पूर्वी नेपालको यो हिमाली गन्तव्य अहिले साहसिक पदयात्रा, प्रकृतिप्रेम र स्थानीय संस्कृति एकै ठाउँमा अनुभव गर्न चाहनेहरूका लागि उत्कृष्ट रोजाइ बन्दै गएको छ ।
यदि शहरको भीडभाडबाट केही दिन टाढा रहेर हिमाली शान्ति, हरियाली र प्रकृतिको अनुपम सौन्दर्य महसुस गर्ने चाहना भएकाहरुलाई केन्जोले ढाकिएको तिम्बुङ पोखरी उपयुक्त गन्तव्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ

सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले काम गर्न पाउँछ ?

News Summary
Generated by OK AI. Editorially reviewed.
- सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगको काम रोक्न शुक्रबार अन्तरिम आदेश दिएको छ ।
- अदालतले विवरण बुझाउन बाध्य नपार्न र कुनै पनि कारबाहीका लागि सिफारिस नगर्न सरकारलाई निर्देशन दिएको छ ।
- आयोग गठनको संवैधानिक वैधता र क्षेत्राधिकारबारे गम्भीर प्रश्न उठेपछि अदालतले एमिकस क्युरीसमेत झिकाउने निर्णय गरेको छ ।
२८ असार, काठमाडौं । बालेन शाह नेतृत्वको सरकार बनेलगत्तै गठन भएको सम्पत्ति जाँचबुझ आयोगले सम्पत्ति विवरण संकलनको काम अन्तिम चरणमा पुर्याउँदै सर्वोच्च अदालतले काम रोक्नु भनी अन्तरिम आदेश दियो ।
भ्रष्टाचारको अनुसन्धान गर्ने अख्तियार छँदाछँदै समानान्तर प्रकृतिमा अर्को निकाय गठन गर्न मिल्ने कि नमिल्ने ? अनि सर्वोच्च अदालतको पूर्वन्यायाधीशले आयोगको अध्यक्षमा नियुक्ति लिन संविधान र कानुन अनुकूल हुने वा नहुने भन्ने प्रश्न गम्भीर एवं जटिल संवैधानिक र कानुनी प्रश्नमा रूपान्तरित भएको छ ।
सर्वोच्चले शुक्रबार जारी गरेको आदेश, त्यसमा उल्लेखित प्रश्न र विगतका नजिरहरू, अनि आदेशका बारेमा देखिएका अन्योललाई समेटेर अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले तयार पारेको जिज्ञासा र जवाफ :
सम्पत्ति जाँचबुझबारे सर्वोच्च अदालतले शुक्रबार के आदेश दिएको हो ?
गत चैतको दोस्रो साता बालेन शाहको नेतृत्वमा बनेको सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार, सम्पत्ति छानबिन आयोग गठन गरेको हो ।
उक्त आयोगले २०४८ सालपछि सार्वजनिक पदमा बसेका र सहसचिव स्तर वा त्यो भन्दा माथिका बहालवाला र पूर्व सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको थियो ।
मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि अनुसन्धान र अभियोजन गर्ने संवैधानिक अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदाहुँदै त्यसको क्षेत्राधिकार नै अतिक्रमण हुने गरी अर्को समानान्तर आयोग गठन गरेको भन्दै अधिवक्ता डा. प्रेमराज सिलवाल र मानबहादुर लामिछानेले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दर्ता गरेका थिए ।
सर्वोच्च अदालतले शुक्रबार रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म सम्पत्ति जाँचबुझ आयोगको काम यथास्थितिमा राख्नु भनी अन्तरिम आदेश दिएको थियो ।
न्यायाधीशहरू टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेशमा तीनवटा काम नगर्नु भनेको थियो ।
पहिलो, कसैलाई पनि सम्पत्ति विवरण पेश गर्न बाध्य नपार्नु भनेको छ ।
दोस्रो, पेश हुन आएको सम्पत्ति विवरणमाथि छानबिन गर्ने काम यथास्थितिमा राख्नु भनेको छ ।
र तेस्रो, कसैमाथि पनि कुनै किसिमको कानुनी कारबाहीका लागि सिफारिस नगर्नु नगराउनु भनेको छ । छानबिन आयोगका नाममा समेत जारी भएको अन्तरिम आदेशमा सर्वोच्च अदालतले ‘कसैलाई र कसैमाथि’ भन्ने शब्दावली बारम्बार प्रयोग गरेको छ ।
सर्वोच्च अदालतले किन अन्तरिम आदेश जारी गरेको हो ? अन्तरिम आदेश जारी हुनुका आधारहरू के–के हुन् ?
नेपालको संविधानको धारा २३९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी व्यवस्था छ । त्यही धाराको उपधारा (१)मा संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानुनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारीमाथि अख्तियारले भ्रष्टाचारमा अनुसन्धान गर्न नसक्ने उल्लेख छ ।
विशेष व्यवस्था अनुसार, महाभियोग लाग्ने सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्बाट पदमुक्त हुने उच्च र जिल्ला अदालतका न्यायाधीश अनि सैनिक ऐन बमोजिम कारबाहीमा पर्ने सैनिक अधिकारीहरूमाथि अख्तियारले अनुसन्धान गर्न पाउँदैन ।
तर छुट्टै व्यवस्था अनुसार, सम्बन्धित निकायबाट कारबाही भएमा उनीहरू पदमुक्त भएमा अख्तियारले अनुसन्धान गर्न पाउने व्यवस्था छ । कारबाही नभएका व्यक्तिहरूमाथि अवकाशपछि समेत अनुसन्धान गर्न मिल्ने देखिँदैन ।
अवकाशपछि समेत अख्तियारको अनुसन्धानको दायरामा नपर्ने पूर्वन्यायाधीश समेतका व्यक्तिहरूसँग सम्पत्ति विवरण मागेर उनीहरूमाथि छानबिन गर्दा ‘नेपालको संविधान र प्रचलित कानुनको प्रतिकूल भै अपुरणीय क्षति हुने अवस्था देखिने’ भन्दै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
२ वैशाख २०८३ मा जारी भएको सम्पत्ति छानबिन आयोग सम्बन्धी राजपत्रको खण्ड २(ख)मा बहालवाला न्यायाधीश, नेपाली सेना वा आयोगको कार्यक्षेत्रमा नपरेका अन्य कर्मचारी वा पदाधिकारीवारे उजुरी परेमा अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने व्यवस्था छ ।
त्यही खण्डको (ङ) मा सार्वजनिक जिम्मेवारीमा रहेका राजनीतिक पदाधिकारी र कर्मचारीमध्ये गैरकानुनी सम्पत्ति आर्जन गर्नसक्ने बढी सम्भावना भएका व्यक्तिहरूको पहिचान गरी छानबिनको दायरा निर्धारण गर्ने उल्लेख छ ।
त्यो व्यवस्था अनुसार आयोगले बहालवाला न्यायाधीश र सैनिक अधिकारीहरूको पहिचान गर्न र छानबिनको दायरा निर्धारण गर्न पाउँछ । सर्वोच्च अदालतले त्यही सूचना समेत संविधान र प्रचलित कानुनको प्रतिकूल हुनसक्ने भन्दै अन्तरिम आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतको आदेशले किन अन्योल र द्विविधा उत्पन्न गराएको हो ?
सर्वोच्च अदालतले शुक्रबार जारी गरेको अन्तरिम आदेशमा ‘कसैलाई र कसैमाथि’ पनि सम्पत्ति विवरण बुझाउन बाध्य नपार्नु, प्राप्त विवरणमाथि जाँचबुझ नगर्नु र जाँचबुझ गरेको भए कारवाहीको सिफारिस नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।
तर सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले अन्तरिम आदेश जारी भएको केहीबेरमै ‘कसैलाई पनि’ भनी उल्लेखित शब्दावलीले संविधानको धारा २३९ को व्यवस्थामा उल्लेखित व्यक्तिहरूलाई किटान गरेको बताए ।
‘आदेशमा नै धारा २३९ को प्रसंग र त्यसमा उल्लेखित व्यक्तिहरूलाई इंगित गरेर उनीहरूमाथि छानबिन नगर्नु भनी अन्तरिम आदेश भएको हो,’ प्रवक्ता कोइरालाले भने, ‘आदेशमा उल्लेखित शब्दावली धारा २३९ का पदाधिकारीहरूको हकमा मात्रै हो, सबैका लागि होइन ।’
प्रवक्ता कोइरालाको भनाइ अनुसार, अन्तरिम आदेशले पूर्वन्यायाधीशहरू, पूर्व संवैधानिक पदाधिकारी, नेपाली सेनाका अवकाशप्राप्त अधिकारीहरूलाई प्रभाव पार्नेछ अर्थात् उनीहरूलाई सम्पत्ति विवरण बुझाउन बाध्य पार्ने छैन । बहालवाला सैनिक अधिकारीहरूका बारेमा भने अन्तरिम आदेश स्पष्ट छैन ।
आदेशमा कसैलाई र कसैमाथि भन्ने शब्दावली प्रयोग भएकाले सबैको हकमा त्यो अन्तरिम आदेश कार्यान्वयन हुन्छ भन्ने कतिपय कानुन व्यवसायीहरूको दाबी छ । उनीहरूले सर्वोच्च अदालतका प्रवक्ताको भनाइभन्दा आदेशको व्यहोरा नै आधिकारिक र मान्य हुने दाबी गरेका छन् ।
वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई आयोगका बारेमा अन्तरिम आदेशको लेखाइ आफैंमा स्पष्ट भएको बताउँछन् । उनका अनुसार, ‘कसैलाई पनि बुझाउन बाध्य नपार्नु’ भन्ने भाषाले महाअभियोगबाट पदमुक्त हुने पदाधिकारी मात्र भन्ने बुझिँदैन ।
‘लेखिएको आदेशलाई अर्को सुनुवाइले अन्यथा नगरेसम्म, आदेश लेख्ने न्यायाधीश स्वयंले पनि ‘मेरो भावना वा आशय यस्तो थियो’ भन्न पाउने छुट हुँदैन’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तसर्थ, अर्को आदेश नआएसम्म कसैले पनि विवरण बुझाउनु नपर्ने भन्ने नै सहज, सरल र स्वाभाविक अर्थ लाग्दछ ।’
सर्वोच्च अदालतले आयोग गठनमा जटिल संवैधानिक तथा कानुनी आधार देख्नुका आधारहरू के हुन् ?
सर्वोच्च अदालतले विभिन्न छ वटा प्रश्नहरू अघि सार्दै आयोग गठनमा जटिल संवैधानिक तथा कानुनी आधार देखेको हो ।
पहिलो, भ्रष्टाचारको अनुसन्धानका लागि संविधानमा नै अख्तियारको व्यवस्था भएकोमा राजनीतिक पदाधिकारी र कर्मचारीको सम्पत्ति विवरण संकलन र जाँचबुझ गर्न छुट्टै सम्पत्ति छानबिन आयोग गठन गर्नुलाई संविधान र प्रचलित कानुन अनुकूल हुन्छ कि हुँदैन भनेको छ ।
दोस्रो, महाभियोग पारित भएर पदमुक्त हुने संवैधानिक पदाधिकारी र सर्वोच्चका न्यायाधीश, न्यायपरिषद्बाट पदमुक्त हुने उच्च र जिल्ला न्यायाधीश अनि सैनिक ऐन अनुसार कारबाही हुने व्यक्तिहरू समेत स्वत: अख्तियारको क्षेत्राधिकारमा पर्ने व्यवस्था रहेकोबारे प्रश्न उठाउँदै सर्वोच्च अदालतले भनेको छ, ‘(उनीहरूमाथि) जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गठित सम्पत्ति छानबिन आयोगले छानबिन र जाँचबुझ गर्ने कार्य संविधानसम्मत हो वा होइन ?’
सर्वोच्च अदालतले उठाएको तेस्रो प्रश्न नेपालको संविधानको धारा १३२ सँग सम्बन्धित छ । संविधानको धारा १३२ (२) मा ‘प्रधान न्यायाधीश वा सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्ति संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुने छैन’ भन्ने व्यवस्था छ । संविधानमा पूर्वप्रधानन्यायाधीश र सर्वोच्चका पूर्वन्यायाधीशहरू मानव अधिकार आयोगको अध्यक्ष र सदस्य पदहरूका लागि मात्रै योग्य हुने व्यवस्था छ ।
सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीलाई आयोगको अध्यक्षमा नियुक्ति गरेको हो । संयुक्त इजलासले ‘सर्वोच्चको न्यायाधीश भइसकेको व्यक्ति आयोगको अध्यक्षमा नियुक्त हुनु र कामकाज गर्नु संविधानसम्मत हुने हो कि होइन ?’ भनी प्रश्न गरेको हो ।
सर्वोच्च अदालतले छानबिन आयोगको अर्को कार्यादेशमा रहेको जिम्मेवारीलाई पनि संविधान अनुकूल एवं कानुनसम्मत हो कि होइन भनी चौथो प्रश्न गरेको छ ।
बहालवाला न्यायाधीश र सैनिक अधिकारी एवं कार्यक्षेत्रमा नपरेका अन्य पदाधिकारी वा कर्मचारीबारे उजुरी परे अनुसन्धानका लागि सम्बन्धित निकायमा लेखि पठाउने आयोगको कार्यादेश छ ।
सर्वोच्च अदालतले राजपत्रका प्रकाशित सूचनाको दफा २ (ख) संविधान र कानुनसम्मत हो कि होइन भन्ने प्रश्न उठाएको हो ।
नेपालको संविधानको धारा २८ मा उल्लेखित गोपनियताको हकमा व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्रचार र चरित्रसम्बन्धी विषय कानुन बमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था छ । वैयक्तिक गोपनीयता सम्बन्धि ऐन, २०७५ ले प्रत्येक व्यक्तिलाई सम्पत्ति सम्बन्धी विवरण गोप्य राख्न पाउने र व्यक्तिको मञ्जुरी बिना सार्वजनिक गर्न गराउन नहुने व्यवस्था समेत गरेको छ ।
सर्वोच्च अदालतले पाँचौं प्रश्न अघि सार्दै भनेको छ, ‘जाँचबुझ आयोगलाई प्राप्त कार्यादेश उक्त संवैधानिक व्यवस्था र कानुन अनुकूल देखिन्छ वा देखिँदैन ?’
अन्तिममा छठौं प्रश्न उठाउँदै अघि सार्दै सर्वोच्च अदालतले भनेको छ, ‘सम्पत्ति छानबिन आयोगलाई दिइएको कार्यादेशले पदाधिकारी एवं राष्ट्रसेवकहरूको सम्पत्ति छानबिनमा संस्थागत विभेद गरेको देखिन्छ वा देखिँदैन ?’ संयुक्त इजलासले अन्तरिम आदेशमार्फत यी छ वटै प्रश्न अन्तिम सुनुवाइका बेलामा सम्बोधन हुनुपर्ने अपेक्षा समेत राखेको देखिन्छ ।
यो मुद्दामा आकर्षित हुनसक्ने भनी अघि सारिएका नजिरहरू कुन–कुन हुन् ?
सर्वोच्चले शुक्रबारको आदेशमा विभिन्न नजिरहरूको व्याख्या औंल्याउँदै न्यायिक सिद्धान्तको रोहमा व्याख्या र विश्लेषण गरी विवाद निरुपण हुनुपर्ने भनेको छ । आदेशमा उल्लेख भएका सबैजसो नियन्त्रणहरू विभिन्न शासनकालमा सक्रिय बनाइएका भ्रष्टाचार नियन्त्रण संयन्त्र र तिनका कामकारबाहीसँग सम्बन्धित छन् ।
सर्वोच्च अदालतले शाही आयोगको नजिर पनि अहिलेको सम्पत्ति जाँचबुझ आयोग गठनसँग सम्बन्धित हुने भनेको छ ।
राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा पूर्वप्रशासक भक्तबहादुर कोइरालाको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरुद्धको शाही आयोगले आफू मुद्दा अनुसन्धान गर्ने, अभियोजन गर्ने र फैसला गर्ने अधिकार पाएको थियो ।
सर्वोच्च अदालतको पाँच सदस्यीय विशेष इजलासले १ फागुन, २०६२ मा शाही आयोग खारेजीको फैसला गर्दै संविधानत: गठन भएको संवैधानिक आयोगको क्षेत्राधिकार उल्लंघन वा अतिक्रमण हुने गरी अर्को संयन्त्र गठन गर्दैमा त्यसले वैधता पाउन नसक्ने व्याख्या गरेको थियो ।
सर्वोच्चले अघि सारेको अर्को नजिर २०६२/६३ सालको जनआन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठिन रायमाझी आयोगका बारेमा हो । तत्कालीन न्यायाधीश अनुपराज शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय विशेष इजलासले असोज, २०६४ मा गरेको फैसलाले जाँचबुझ आयोगको कामकारबाही ‘तथ्य/विवरण पत्ता लगाउनुमा सीमित हुने’ भनी व्याख्या गरेको थियो ।
त्यतिबेला सर्वोच्च अदालतले जाँचबुझ आयोगको कामकारबाहीलाई कार्यकारिणी अन्तर्गतकै कामको रूपमा बुझ्नुपर्ने भन्दै त्यत्तिका भरमा विधायिकी र न्यायिक कामकारबाही विस्थापित हुन नसक्ने व्याख्या गरेको थियो ।
सम्पत्ति छानबिन आयोगको मुद्दामा सर्वोच्च अदालतले अघि सारेको तेस्रो नजिर बहालवाला न्यायाधीशमाथि अख्तियारले गरेको भ्रष्टाचारको अभियोजनसँग सम्बन्धित थियो । ललिता निवासको जग्गामा कानुनी राय दिएका उपसचिव विनोद गौतमपछि जिल्ला न्यायाधीश भए ।
अख्तियारले उनीमाथि गलत रायको आरोप लगाउदै भ्रष्टाचार मुद्दा दायर गर्यो । गौतमले दायर गरेको रिट निवेदनमा सर्वोच्च अदालतले विशेष अदालतमा चलिरहेको उनीविरुद्धको अभियोजन नै खारेज गरिदियो ।
त्यतिबेला सर्वोच्चको तीन सदस्यीय इजलासले न्यायाधीश हुनुपूर्वका काममा समेत बहालवाला न्यायाधीशमाथि भ्रष्टाचार मुद्दा नचल्ने व्याख्या गरेको थियो ।
त्यतिबेला सर्वोच्च अदालतले भनेको थियो, ‘यदि भ्रष्टाचार गरेको देखिन्छ, सबुद प्रमाण छ, हदम्यादले छेक्दैन भने अनुसन्धान सुरु गरेपछि संलग्न व्यक्तिमाथिको कारबाही न्याय परिषद्को क्षेत्राधिकार भित्रको देखिन्छ भने अख्तियारले कारबाही गर्न न्याय परिषद्लाई नै लेखी पठाउनुपर्ने ।’
सर्वोच्च अदालतको चौथो नजिर प्युठानका जिल्ला न्यायाधीश वीरेन्द्रकुमार कर्णमाथि चैत २०६१ सालमा गरिएको रंगेहात कारबाहीसँग सम्बन्धित हो ।
त्यतिबेला शाही आयोगको निर्देशनमा प्यूठानका प्रमुख जिल्ला अधिकारीले कर्णंमाथि २० हजार रुपैयाँ नगद सहित पक्राउ परेका थिए ।
सर्वोच्चको पूर्ण इजलासले न्यायाधीश कर्णमाथिको कारबाही प्रक्रिया, कार्यविधि र क्षेत्राधिकारसँग सम्बन्धित प्रश्न उठाएको हो । त्यतिबेला सर्वोच्च अदालतले आफ्नो फैसलामा भनेको थियो, ‘असंवैधानिक ठहर निकायले संविधान र कानुनविपरीत प्रशासकीय कर्मचारीलाई अधिकार प्रत्यायोजन गरी जिल्ला न्यायाधीशलाई कार्यकक्षमा खानतलासी लिई रकम बरामद भएको भनी उठान गरेको कारबाही स्वत: प्रभावशून्य हुने ।’
मुद्दाको प्रक्रिया अघि बढाउन सर्वोच्च अदालतले के–के भन्यो ?
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगबारे पेस भएका रिट निवेदनहरूमा गम्भीर संवैधानिक एवं कानुनी प्रश्नहरू सन्निहित रहेको भनेको छ ।
संविधानको धारा १३७(३) अनुसार, गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएका मुद्दाहरू प्रधानन्यायाधीशले संवैधानिक इजलासमा पठाउनसक्ने व्यवस्था छ ।
गम्भीर कानुनी व्याख्या समावेश भएका मुद्दाहरू भने न्याय प्रशासन ऐन २०७३ अनुसार, मुद्दाको विषयवस्तु र गम्भीरता हेरी तीन, पाँच वा त्यो भन्दाबढी न्यायाधीश भएको पूर्ण वा बृहत पूर्ण इजलासमा पेस हुनेछन् ।
सर्वोच्च अदालतले मुद्दाहरूमा गम्भीर एवं जटिल संवैधानिक एवं कानुनी प्रश्नहरू देखिएको भन्दै नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनबाट दुई/दुई जना एमिकस क्युरी (अदालतका सहयोगी) समेत मगाएको छ ।
एमिकस क्युरीहरूले विशेषज्ञता अनुसार आफ्नो दृष्टिकोण र राय व्यक्त गरेर इजलासलाई न्यायनिरुपणमा सघाउनेछन् । सर्वोच्चले सात दिनभित्र एमिकस क्युरी मगाउन आदेश दिँदै मुद्दालाई अग्राधिकार(विशेष प्राथमिकता) सहित १५ दिनभित्र पेशीमा राख्नु भनी आदेश गरेको हो ।
अन्तरिम आदेशबारे आयोग के भन्छ ?
सर्वोच्चको आदेशपछि के गर्ने भन्ने आयोग निष्कर्षमा पुगेका छैन । आयोगका अध्यक्ष राजेन्द्रकुमार भण्डारीले आदेशको पत्र आयोगमा आइसकेपछि मात्रै प्रतिक्रिया दिन उपयुक्त हुने बताउँछन् । ‘अहिले त हामीले सञ्चारमाध्यमहरुबाट मात्रै यस्तो आदेश भएछ भन्ने थाह पाएका हौं, त्यत्तिको भरमा प्रतिक्रिया दिन हतारो नगरौं’ उनी भन्छन्, ‘आयोगमा अदालतको पत्र र आदेश समेत आइसकेपछि मात्रै हामीले के कसो हो भनेर सल्लाह गर्नसक्छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
‘बल्ल पाएको किताब, त्यो पनि सबै भिज्यो’

News Summary
Generated by OK AI. Editorially reviewed.
- सरकारले वैशाख १२ गते थापाथालीस्थित सुकुमवासी बस्ती खाली गराएर त्यहाँका बासिन्दालाई कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरेको थियो।
- गएराति कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न हुँदा सुकुमवासी बालबालिकाका नयाँ शैक्षिक सत्रका पुस्तक र कापि भिजेर नष्ट भएका छन्।
- बस्ती र होल्डिङ सेन्टर दुवै ठाउँबाट विस्थापित भएपछि सुकुमवासीहरू पुनः उचित बासस्थानको अभावमा अन्यौलमा परेका छन्।
२७ असार, काठमाडौं । नयाँ शैक्षिक सत्र सुरु हुने तरखर थियो । नयाँ कक्षा, नयाँ पुस्तक र नयाँ शिक्षक पाउने आशामा अन्यत्रजस्तै सुकुमवासी बस्तीका विद्यार्थी (बालबालिका) पनि थिए ।
एकाएक सरकारले वैशाख १२ गते बिहान झिसमिसेबाटै बस्ती उठाउन थाल्यो । कलिला बालबालिकालाई केही थाहा थिएन, के हुँदैछ भनेर ।
बाबु–आमा घरी प्रहरीसँग हारगुहार गरिरहेको देख्थे त घरी बँचेकुँचेका सामान जोगाउन लागिपरेको देख्थे ।
सोही दिन थापाथाली बस्तीमा केही कारुणिक दृश्य नदेखिएका होइनन् । बच्चालाई दूध खुवाइरहेकी आमादेखि आफ्ना कापिकिताब जोगाइरहेका बालबच्चासम्मको दृश्य भावुक थियो ।
सरकारले जबरजस्ती उनीहरूलाई उठायो, बस्ती खाली गर्यो । खोला किनारमा आउने बाढीबाट जोगाउन उचित व्यवस्थापन हुने भन्दै सरकारले उनीहरूको स्थानान्तरण गरिने बताएको थियो ।

बस्ती खाली भएपछि लगेर राखिएको होल्डिङ सेन्टरमा पनि सुकुमवासीलाई विपत्तिले छोडेन । गएराति एकाएक होल्डिङ सेन्टर डुब्यो । मध्यराति परिवारसँग बसेका सुकुमवासीको उठीबास भयो ।
सबैभन्दा भावुक दृश्य त, बस्तीका बालबालिकाले बल्लतल्ल पाएका किताबहरू असरल्ल भिजेको देखियो ।
सोही बस्तीमा भेटिएका एक बालकले अनलाइनखबरसँग निराश हुँदै सुनाए, ‘बल्लतल्ल किताब पाइएको थियो, त्यो पनि भिज्यो ।’
अहिले कीर्तिपुरस्थित होल्डिङ सेन्टर जलमग्न छ । सोही जलमग्न भएको ठाउँ बाहिर किताबहरू पनि असरल्ल भेटिन्छन् । केहीले तिनै किताब र कापि टिपेर सुकाइरहेका छन् । सरकार भने उनीहरूलाई अर्को ठाउँमा उचित व्यवस्थापन हुने बताइरहेको छ ।
यद्यपि रात पर्नै लाग्दा ती सुकुमवासी कहाँ बस्ने र के गर्ने भन्ने अन्यौलमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
चन्द्रनगरको योजना : नाढीमन ताल संरक्षण गर्दै यक्षदह बनाउने

२१ असार, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अवस्थित ऐतिहासिक तथा प्राकृतिक सम्पदा नाढीमन ताल संरक्षण र व्यवस्थापनका लागि गाउँपालिकाले प्रयास गर्दै आइरहेको छ ।
स्थानीयका अनुसार जैविक विविधता, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने यो तालसम्म पुग्न भिन्न सडक बनेका छन् । नाढीमन क्षेत्रका स्थानीय विन्देश्वर महत नाढीमन ताललाई जोड्ने सडकहरु व्यवस्थित भए ताल परिसर जिल्लाकै उत्कृष्ट पर्यटकीय स्थल बन्न सक्ने बताउँछन् ।
गाउँपालिकाले अझ पहल गरेर सडक निर्माणसँगै तालको सरसफाइ र सजावटमा ध्यान दिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘यो प्राकृतिक तालसम्म आउन धेरै मानिस लालहित छन् तर यसको उचित संरक्षणसँगै यहाँसम्म आउन सडकहरु ठीकठाक हुन जरुरी छ ।’
स्थानीय बासिन्दाले तालको संरक्षण, नियमित सरसफाइ तथा पर्यटकीय पूर्वाधार निर्माणमा ध्यान पुग्नुपर्ने बताएका छन् । तालको वरिपरि व्यवस्थित विश्रामस्थल, सूचना बोर्ड तथा हरियाली व्यवस्थापन गरिए आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने सम्भावना रहेको अर्का स्थानीय हरिराम सहनी बताउँछन् ।
सहनीका अनुसार नाढीमन तालको ऐतिहाँसिक अवस्थाबारे प्रचारप्रसार गर्न जरुरी रहेको उनले बताए । ‘तालबारे हामी अहिलेका पुस्ताले धेरै कुरा सुनेका छौं’, सहनीले भने ‘यो ताल भरत ताल भन्दा पनि राम्रो छ तर यसको संरक्षणमा जोड दिनुपर्छ ।’
उनले ताल संरक्षण गर्न पालिकाले गरेको प्रयास र पुराना बोट संचालनमा गरेको प्रयास पनि सराहनिय रहेको बताए । उनले सुरुमा ताललाई घेराबेरा गरेर थप अतिक्रमण हुन दिन नहुनेमा जोड दिए ।
वर्षायाममा तालमा पानीको सतह बढ्ने र विभिन्न प्रजातिका चराचुरुङ्गी तथा जलचर देखिने गरेका छन् । वातावरण संरक्षणसँगै स्थानीय आयआर्जनमा समेत योगदान पुग्ने भएकाले तालको दीर्घकालीन संरक्षण आवश्यक रहेको अर्का स्थानीय कृष्णनन्दन मण्डल बताउँछन् ।
चन्द्रनगर गाउँपालिका निवासी पुराना राजनीतिज्ञ सत्यदेव सिंह दनुवार ऐतिहासिक नाढीमन तालको संरक्षणमा गाउँपालिकासँगै प्रदेश र संघीय सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिन्छन् । उनी गाउँपालिका एक्लैले ताल संरक्षण गरेको भए पनि प्रदेश र संघ सरकारले सहयोग नगरेकोप्रति दु:खी छन् ।
उनले नाढीमन र चन्द्रनगर गाउँबीच ऐतिहासिक सम्बन्ध रहेको बताए । ‘यहाँबाट निर्वाचित सांसदहरुले तालको संरक्षण र विकासका लागि पहल गरेको र बजेट राख्न इच्छा देखाएको पाइँदैन्’, उनले भने, ‘हामीले त विभिन्न सांसद, नेताहरुकहाँ कुरा राख्यौँ तर कसैले वास्ता गरेका छैनन् ।’
चन्द्रनगर गाउँपालिकाले पनि प्राकृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै आवश्यक योजना अघि बढाएको छ । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले नाढीमन ताललाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रयास गरिरहेको बताउँछन् ।
नाढीमन तालमा यक्षदह निर्माणदेखि बन्द भएका बोट संचालन, पर्खाल निर्माणगर्नेलगायतका काम गरिरहेको उनले बताए । ‘नाढीमन ताल केवल जलाशय मात्र नभई स्थानीय इतिहास, संस्कृति र वातावरणसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षणलाई लागि सबै पक्षसँग समन्वय गरिरहेकै छौं’, गाउँपालिका अध्यक्ष महतोले भने, ‘यस्तो ऐतिहाँसिक स्थलको संरक्षण गर्न हाम्रो तर्फबाट पनि हरसम्भव प्रयास गरिरहेकै छौं ।’
नेपाल सरकारले यसलाई देशका उत्कृष्ट १०० भ्रमण स्थलको सूचीमा राखेको छ । ऐतिहासिक नामकरण: वि.सं. १९७४/०७५ तिर राणा प्रधानमन्त्री चन्द्र शम्शेरले यो क्षेत्र बडाकाजी मरिचमान सिंह प्रधानलाई दिएका थिए । तिनै मरिचमान सिंहको नामबाट यसलाई नाढीमन भनिएको हो । कुनै समय यो ताल ५१ बिगाहा जमिनमा फैलिएको थियो । तर, अतिक्रमणका कारण अहिले यसको पानीको भाग खुम्चिएर करिब ३५ बिगाहामा सीमित भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
कांग्रेसको नयाँ सदस्यता वितरण समयावधि थप्ने तयारी

२० असार, काठमाडौं । नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको समयावधि थप्ने तयारी भएको छ ।
युवालाई लक्षित गरेर नयाँ सदस्यता वितरणका लागि जिल्लामा खटाइएका प्रतिनिधिहरूको मागअनुसार समयावधि थप्ने तयारी गरिएको हो ।
नयाँ सदस्यता वितरणका लागि खटाइएका प्रतिनिधिहरूले समय अपुग भएको बताएका कारण समयावधि थप हुने कांग्रेस स्रोतले जनाएको छ ।
सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक एवम् महामन्त्री प्रदीप पौडेलले पनि केन्द्रीय प्रतिनिधिहरूले समयावधि थप्नु पर्ने माग गरिएको बताए । ‘सदस्यता वितरण प्रक्रिया अलि लामो भएकाले सबैतिर नटुंगिएको अवस्था छ,’ उनले अनलाइनखबरसँग भने, ‘धेरै जिल्लाबाट समय थप गर्न माग भएको छ ।’
संयोजक पौडेलले समयावधि थपबारे समितिले निर्णय गर्न बाँकी रहेको पनि जानकारी दिए ।
यसअघि ३० जेठमा बसेको समितिको बैठकले क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य २० असारसम्मका लागि कायम गर्ने निर्णय गरेको थियो ।
समितिले नयाँ क्रियाशील सदस्यता वितरणको समयावधिभित्र इच्छुक क्रियाशीलको सदस्यता पनि अद्यावधिक गरिने बताएका थियो ।
कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत पाँच लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरूले अद्यावधिक गरेको जनाएको थियो ।
समितिले अद्यावधिक अभियानको अन्तिम दिन २८ जेठ राति विज्ञप्ति जारी गरेर अद्यावधिक सदस्यहरूको संख्या सार्वजनिक गरेको थियो ।
समितिले अन्य एक लाख ४९ हजार ३०९ जना क्रियाशील सदस्यहरूले पेश गरेको स्वयं अद्यावधिक फाराम डिजिटल प्रणालीमा प्रविष्ट भएर वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको पनि जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय