परिसरका डिएसपी राजु अधिकारीले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ को अनुसूची ९ बमोजिमको जरुरी पक्राउ पुर्जी दिएका हुन् । संहिताको दफा ९(६)मा कुनै व्यक्ति पक्राउ नभएमा वा भाग्ने, उम्कने अनि प्रमाण, दसी वा सबूद नष्ट गर्ने कारण भएमा तत्कालै जरुरी पूर्जी जारी गरी पक्राउ गर्न सकिने उल्लेख छ ।
१३ चैत, काठमाडौं । नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए । साथै, नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ […]
१३ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा नयाँ सरकार गठन भएको छ । १५ सदस्यीय मन्त्रिपरिषद्को दोस्रो नम्बरमा डा स्वर्णिम वाग्ले छन् भने सुधन गुरुङको वरीयता तेस्रो नम्बरमा छ । वाग्ले अर्थमन्त्री हुन् भने गुरुङ गृहमन्त्री भएका छन् । वरीयताअनुसार मन्त्रिपरिषद् – बालेन्द्र शाह, प्रधानमन्त्री – स्वर्णिम वाग्ले, अर्थमन्त्री – सुधन […]