६ जेठ, काठमाडौं । नेकपा (एमाले) का सांसद गुरु बरालले वर्तमान सरकारको कार्यशैली अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद बरालले सरकारका पछिल्ला गतिविधिले लोकतन्त्रको हुर्मत लिने काम गरेको टिप्पणी पनि गरे । सांसद बरालले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको शृङ्खला र पदासीनका गतिविधिहरूले देशमा अधिनायकवाद हाबी हुन खोजेको […]
६ जेठ, काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्र राईले सरकार विधि र लोकतान्त्रिक मूल्य विपरीत चलेको आरोप लगाएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद राईले सरकार बहुमतको दम्भ देखाएर शासन सञ्चालन गरिरहेको आरोप लगाए । राष्ट्रिय स्वतन्त्र पार्टी समाज र जनताको सेवाबाट नभई गैरराजनीतिक ढंगले आएको टिप्पणी पनि उनको थियो । […]
६ जेठ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री बालेन शाहले संसद बैठकलाई सम्बोधन गर्ने कार्यतालिका तय भइनसकेको बताएका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीले प्रधानमन्त्रीले संसदलाई सम्बोधनबारे प्रश्न गरेका थिए । सो प्रश्नको जवाफका क्रममा उनले भने, ‘प्रधानमन्त्रीज्यूको तालिका भनेर आउनेभन्दा पनि तयारी अनुसार आउँछ । सरकारले संसदमा […]
६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामा सरकारले न्यायालयको स्थापित वरियता हतारो गरेको टिप्पणी गरेका छन् । बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद पुनले सरकारले न्यायालयको ८० वर्षको इतिहासमा पहिलोपटक वरियता क्रम मिचेर चौथो वरियतामा रहेका न्यायाधीशलाई प्रधानन्यायाधीश बनाएर न्यायालयमा राजनीति छिराएको आरोप लगाए । विगतमा […]
६ जेठ, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–५ नेप्का गाउँमा आएको बाढीपहिरोले क्षतिग्रस्त क्षेत्रमा प्रहरी पुगेको छ । प्रहरी चौकी मेल्छामबाट ६ घण्टापछि प्रहरी पुगेको हो । प्रहरी पुगेपछि गोठ भत्किएर पुरिएको भेडाबाखा निकाल्ने काम सुरू भएको चंखेली गाउँपालिका–५ का रामचन्द्र तामाङले जानकारी दिए । गएराति एक्कासी असिना पानीले गाउँको खेतीयोग्य जमिन क्षतविक्षत बनाएको तामाङले गुनासो […]
६ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले विदेशमा रहेका राजनीतिक नेता तथा व्यवसायीहरूलाई पलायनको बाटो छोडेर स्वदेश फर्कन आह्वान गरेका छन् । बुधबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष ठाकुरले मुलुकमा नयाँ राजनीतिक परिस्थितिको विकास भइरहेकाले अब बाहिर बस्नुपर्ने अवस्था नरहेको बताए । बैठकमा आफ्नो धारणा राख्दै […]