काठमाडौंको माइतीघर क्षेत्र जलमग्न

News Summary
Generated by OK AI. Editorially reviewed.
- अविरल वर्षाका कारण काठमाडौंको माइतीघर क्षेत्र जलमग्न हुँदा सवारी आवागमन र सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
- ढल व्यवस्थापन कमजोर हुँदा सडकमा जमेको पानीले यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरी र महानगरले सवारी साधन निकाल्ने कार्य गरिरहेका छन्।
- सम्बन्धित निकायले जलमग्न क्षेत्रमा सावधानी अपनाउन र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
३ असार, काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।
सडकमा पानीको सतह बढेपछि केही सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। पैदल यात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन्। सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको छ । डुबानमा परेका सावरीसाधनलाइ ट्राफिक प्रहरी र महानगरको सहयोगमा बाहिर निकाल्ने काम भइरहेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
काठमाडौंको माइतीघर क्षेत्र जलमग्न

News Summary
Generated by OK AI. Editorially reviewed.
- अविरल वर्षाका कारण काठमाडौंको माइतीघर क्षेत्र जलमग्न हुँदा सवारी आवागमन र सर्वसाधारणको दैनिकी प्रभावित भएको छ।
- ढल व्यवस्थापन कमजोर हुँदा सडकमा जमेको पानीले यातायात अवरुद्ध भएपछि ट्राफिक प्रहरी र महानगरले सवारी साधन निकाल्ने कार्य गरिरहेका छन्।
- सम्बन्धित निकायले जलमग्न क्षेत्रमा सावधानी अपनाउन र आवश्यकता अनुसार वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
३ असार, काठमाडौं । अविरल वर्षापछि काठमाडौंको माइतीघर क्षेत्र जलमग्न भएको छ। आइतबार सडकमा पानी जम्दा सवारी साधनको आवागमन प्रभावित भएको छ भने सर्वसाधारणलाई आवतजावत गर्न कठिनाइ भएको छ।
सडकमा पानीको सतह बढेपछि केही सवारी साधन सुस्त गतिमा सञ्चालन भएका छन्। पैदल यात्रुहरूले समेत पानी छिचोल्दै यात्रा गर्न बाध्य भएका छन्। सम्बन्धित निकायले वर्षाका कारण जलमग्न भएका क्षेत्रमा सावधानी अपनाउन तथा आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न भएको छ । ढल व्यवस्थापन राम्रो नभएका कारण माइतीघर क्षेत्र डुबानमा पर्ने गरेको छ । डुबानमा परेका सावरीसाधनलाइ ट्राफिक प्रहरी र महानगरको सहयोगमा बाहिर निकाल्ने काम भइरहेको महानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
रास्वपा महामन्त्रीमा क–कसले गरे दाबी ?

११ असार, काठमाडौं । रास्वपाको महामन्त्री पदमा बलियो प्रतिस्पर्धा हुने भएको छ ।
केन्द्रीय सदस्यको पूर्ण परिणाम सार्वजनिक भइनसक्दै आधा दर्जन बढी नेताहरुले महामन्त्री पदमा दावी गरेका छन् ।
विपिन आचार्य, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, मनिष झा, रञ्जु दर्शना, सागर ढकाल, प्रमोद न्यौपाने, गणेश कार्की लगायतले महामन्त्री पदमा दाबी गरेका छन् ।
बुर्लाकोटी निवर्तमान महामन्त्री हुन् । आचार्य निर्वतमान सहमहामन्त्री र झा प्रवक्ता हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
मृत्युको नजिकबाट फर्किएर विश्वकपमा गोल गर्ने जिमिनेज

News Summary
Generated by OK AI. Editorially reviewed.
- मेक्सिकन स्ट्राइकर राउल जिमिनेजले दक्षिण अफ्रिकाविरुद्ध फिफा विश्वकपको उद्घाटन खेलमा गोल गर्दै ३५ वर्षको उमेरमा पहिलो विश्वकप गोल गरे ।
- सन् २०२० मा खप्पर भाँचिने गम्भीर चोट व्यहोरेका जिमिनेजले विशेष सुरक्षात्मक हेडब्यान्ड लगाएर मैदान फर्कँदै ऐतिहासिक पुनरागमन गरे ।
- यो गोलसँगै उनी ४६ गोलसहित मेक्सिकोका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा उक्लिए ।
विश्वकपको उद्घाटन खेल चलिरहेको थियो । मेक्सिको सिटीको ऐतिहासिक एज्टेका स्टेडियममा ८० हजारभन्दा बढी समर्थकको गर्जन गुञ्जिरहेको थियो ।
घरेलु टोली मेक्सिको दक्षिण अफ्रिकाविरुद्ध १–० ले अगाडि थियो ।
खेलको ६७औँ मिनेटमा रोबर्टो अल्भाराडोले दायाँ किनाराबाट क्रस गरे । पेनाल्टी क्षेत्रमा राउल जिमिनेज उफ्रिए । उनको शक्तिशाली हेडर जालीभित्र पुग्यो ।
गोल । स्टेडियम विस्फोट भएझैँ गर्यो ।
तर, त्यसपछि देखिएको दृश्य केवल फुटबलको उत्सव थिएन । भावुक क्षण पनि बन्यो ।
जिमिनेजले दुवै हात फैलाए । आकाशतर्फ औँला उठाए । र, केही सेकेन्डमै उनका आँखा रसाए । टोलीका साथीहरू उनलाई अँगाल्न दौडिरहेका थिए, तर उनी भने भावनामा डुबेका थिए ।
भावुक हुँदै उनका आँखाबाट आँसु झर्न थाले ।
प्रतियोगिताको नवौँ मिनेटमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका जुलियन किन्योनेसले भने, …हामीले उनलाई विशेष रूपमा बधाई दियौं, किनभने उनले टोलीका लागि धेरै योगदान दिएका छन् । राष्ट्रिय टोलीको हिस्सा हुनु हाम्रो गर्व हो, र उनले राष्ट्रिय टोलीका लागि आफ्नो गोल संख्या अझै बढाइरहेका छन् भन्ने कुरा साँच्चै अद्भुत छ ।’
पाँच वर्षअघि मृत्युको मुखबाट फर्किएका खेलाडीका लागि त्यो गोल एउटा साधारण गोल थिएन । त्यो जीवनले दिएको दोस्रो अवसरको प्रमाण थियो ।
आँसुमा मिसिएको सम्झना
गोल गरेपछि जिमिनेजले आकाशतर्फ हेरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले त्यसलाई केही महिनाअघि निधन भएका उनका बुबाप्रतिको सम्मानका रूपमा व्याख्या गरे ।
स्पेनिस सञ्चारमाध्यमहरूले यसलाई विश्वकपको सबैभन्दा भावुक क्षणमध्ये एक भनेका छन् ।
विश्वकपअघि नै जिमिनेजले आफ्नो बुबाको निधनले आफूलाई गहिरो असर पारेको बताएका थिए ।
उनले एक अन्तर्वार्तामा बुबा आफूले हासिल गरेको सफलताप्रति गर्व गर्ने विश्वास व्यक्त गरेका थिए । त्यसैले, दक्षिण अफ्रिकाविरुद्धको गोल केवल मेक्सिकोको दोस्रो गोल थिएन । त्यो एउटा छोराले आफ्ना दिवंगत बुबालाई समर्पण गरेको क्षण पनि थियो ।
जब एक ठक्करले सबै कुरा बदलिदियो…………..
आज विश्वकपमा गोल गरिरहेका जिमिनेजलाई हेर्दा विश्वास गर्न गाह्रो लाग्छ, एक समय उनको जीवन नै जोखिममा परेको थियो ।
सन् २०२० को नोभेम्बर २९ मा इंग्लिस प्रिमियर लिगअन्तर्गत वल्भ्स र आर्सनलबीचको खेल चलिरहेको थियो । खेलको सुरुवाती मिनेटमै कर्नरको क्रममा जिमिनेज र आर्सनलका डिफेन्डर डेभिड लुइजबीच टाउको ठोक्कियो ।
ठक्कर अत्यन्त जोडको थियो ।
जिमिनेज मैदानमै बेहोस भए । चिकित्सकहरू तत्काल मैदानमा पुगे । उनलाई अक्सिजन दिइयो । स्टेडियमभरि सन्नाटा छायो । टेलिभिजन हेर्ने लाखौँ समर्थक स्तब्ध बने । कसैले पनि त्यो दृश्य सजिलै बिर्सन सकेनन् ।
पछि परीक्षण गर्दा उनको खप्पर भाँचिएको पुष्टि भयो । तत्काल शल्यक्रिया गर्नुपर्ने भयो । त्यतिबेला चिकित्सकहरूका लागि पहिलो प्राथमिकता फुटबल होइन, उनको जीवन बचाउनु थियो ।
उनको परिवार, साथीभाइ र समर्थकले त्यतिबेला एउटै प्रश्न गरिरहेका थिए, के राउल जिमिनेज फेरि सामान्य जीवनमा फर्किन सक्नेछन् ?
लामो पुनस्र्थापनाको कठिन यात्रा
शल्यक्रियापछि जिमिनेजले महिनौँ अस्पताल र पुनस्र्थापना केन्द्रमा बिताए ।
उनी लामो समयसम्म अन्य खेलाडीसँग प्रशिक्षण लिन पाएनन् । चिकित्सकहरूले अत्यन्त सावधानी अपनाउन सुझाव दिएका थिए । चोटको प्रभाव केवल शारीरिक थिएन, मानसिक रूपमा पनि त्यो समय चुनौतीपूर्ण थियो ।
एक स्ट्राइकरका लागि हेडिङ खेलको महत्वपूर्ण हिस्सा हो । तर टाउकोमै गम्भीर चोट भोगिसकेपछि फेरि त्यही परिस्थितिमा आत्मविश्वासका साथ उभिनु सजिलो थिएन ।
विश्व फुटबलमा धेरै खेलाडी यस्ता चोट निको पारेर फर्किएका छन्, तर जिमिनेजको अवस्था फरक थियो । उनको करियरमात्र होइन, जीवन नै जोखिममा परेको थियो ।
यही कारण अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनको पुनरागमनलाई …फुटबलको सबैभन्दा प्रेरणादायी कमब्याकमध्ये एकÚ भनेर वर्णन गरेका छन् ।
हेडब्यान्डभित्र लुकेको संघर्ष
दुर्घटनापछि मैदानमा फर्किँदा जिमिनेजले विशेष सुरक्षात्मक हेडब्यान्ड लगाउन थाले । आज पनि उनी त्यही हेडब्यान्डसहित खेल्छन् ।
त्यो केवल सुरक्षा उपकरण मात्र होइन, उनले पार गरेको कठिन यात्राको सम्झना पनि हो । सन् २०२० को भीषण चोटपछि एक समय उनको फुटबल करियर नै समाप्त हुन सक्ने आशंका गरिएको थियो। फेरि व्यावसायिक फुटबल खेल्न सक्ने कि नसक्ने भन्ने प्रश्नसमेत उठेको थियो ।
तर आज विश्वकपको मञ्चमा उभिएका जिमिनेजले त्यो अनिश्चिततालाई पछाडि छोडिसकेका छन् । त्यसैले, उनको टाउकोमा बाँधिएको हेडब्यान्डले केवल चोटबाट सुरक्षा मात्र गर्दैन, जीवनको सबैभन्दा कठिन परीक्षामाथि प्राप्त गरेको विजयलाई पनि सम्झाइरहन्छ ।
वुल्भ्समा चम्किएको करियर
जिमिनेजको युरोपेली यात्रा निकै उतारचढावपूर्ण रह्यो ।
मेक्सिकोको क्लब अमेरिका हुँदै उनी एट्लेटिको म्याड्रिड पुगे । त्यहाँबाट बेन्फिकामा गए । तर उनको करियरले वास्तविक उचाइ भने वुल्भ्समा पुगेर लियो ।
सन् २०१८ मा वुल्भ्स पुगेपछि उनले लगातार गोल गर्न थाले । प्रिमियर लिगका डिफेन्डरहरूलाई समस्यामा पार्ने उनको क्षमता, हेडिङ र बल नियन्त्रणका कारण उनी टोलीका मुख्य खेलाडी बने ।
सन् २०१९–२० मा उनी करियरकै उत्कृष्ट लयमा थिए । त्यही समयमा आएको दुर्घटनाले उनको यात्रालाई रोकिदियो ।
विश्वकपमा विशेष क्षण
जिमिनेजले २०१४, २०१८ र २०२२ विश्वकप खेलेका थिए । तर ती विश्वकपहरूमा उनी प्रायः बेन्चबाट मैदान प्रवेश गर्ने खेलाडी थिए ।
वास्तवमा, दक्षिण अफ्रिकाविरुद्धको खेल नै उनको पहिलो विश्वकप सुरुआती खेल थियो । ३५ वर्षको उमेरमा आएर मात्र उनले पहिलो पटक पहिलो रोजाईँमा विश्वकपमा खेल्ने अवसर पाए ।
धेरै खेलाडीका लागि ३५ वर्ष करियरको अन्त्यतिरको समय मानिन्छ ।
तर जिमिनेजका लागि यही उमेरमा विश्वकपको सबैभन्दा विशेष क्षण आयो ।
इतिहासमा दर्ज भएको गोल
जिमिनेजका लागि दक्षिण अफ्रिकाविरुद्धको त्यो गोल केवल राष्ट्रिय टोलीका लागि गरेको ४६औँ गोल मात्र थिएन । २०१४, २०१८ र २०२२ का तीन विश्वकपमा गोल गर्न नसकेका उनले चौथो प्रयासमा विश्वकपको मञ्चमा पहिलो पटक जाली चुमाए ।
३५ वर्षको उमेरमा आएको त्यो गोलले वर्षौंको प्रतीक्षा अन्त्य ग¥यो ।
एक समय गम्भीर टाउको चोटका कारण करियर नै समाप्त हुन सक्ने अवस्थाबाट गुज्रिएका जिमिनेजका लागि त्यो क्षण व्यक्तिगत विजय पनि थियो । त्यसै, गोलसँगै उनी ४६ गोलसहित मेक्सिकोका सर्वाधिक गोलकर्ता सूचीमा संयुक्त दोस्रो स्थानमा पुगे ।
गोल गरेपछि भावुक बनेका जिमिनेजको तस्बिर र प्रतिक्रिया विश्वभरका सञ्चारमाध्यममा प्रमुखताका साथ प्रकाशित भए । मृत्युको मुखबाट फर्किएर विश्वकपमा पहिलो गोल गर्ने उनको यात्राले धेरै समर्थकलाई भावुक बनायो र उद्घाटन खेलको स्मरणीय क्षणमध्ये एकका रूपमा स्थान बनायो ।
मेक्सिकोको जितभन्दा बढी चर्चा जिमिनेजको
मेक्सिकोको जितभन्दा पनि धेरै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जिमिनेजको व्यक्तिगत यात्रालाई प्राथमिकता दिए ।
बीबीसीले उनको गोललाई …एक समय असम्भवजस्तो देखिएको क्षण भनेर वर्णन गर्यो । विश्वकपमा गोल गरेपछि आँसु झारेका जिमिनेजको तस्बीर धेरै अन्तर्राष्ट्रिय पत्रपत्रिकाको मुख्य समाचार बन्यो ।
स्पेनिस पत्रिका एल पाइसले उनको गोललाई …फुटबलिङ रिडेम्प्सन अर्थात् फुटबलमार्फत पुनस्र्थापना प्राप्त गरेको क्षण भनेको छ ।
सामाजिक सञ्जालमा हजारौँ समर्थकले उनको संघर्षको चर्चा गर्दै उनलाई …साँचो लडाकुको संज्ञा दिएका छन् ।
अझै बाँकी छ यात्रा…….
दक्षिण अफ्रिकाविरुद्धको जितसँगै मेक्सिकोले घरेलु विश्वकपमा विजयी सुरुवात गरेको छ । टोलीको लक्ष्य अब समूह चरण पार गरेर धेरै टाढासम्म पुग्नेछ ।
जिमिनेजका लागि पनि यो अन्तिम अध्याय होइन । ३५ वर्षको उमेरमा उनी अझै राष्ट्रिय टोलीका महत्वपूर्ण खेलाडीमध्ये एक छन् ।
विश्वकपमा थप गोल गर्ने अवसर उनीसँग अझै छ ।
तर भविष्यमा जे भए पनि एज्टेका स्टेडियममा २०२६ जुन ११ मा भएको त्यो क्षण मेक्सिकन फुटबलको स्मृतिमा लामो समयसम्म जीवित रहनेछ ।
किनभने त्यो दिन राउल जिमिनेजले केवल गोल गरेका थिएनन् । उनले संसारलाई स्मरण गराएका थिए, कहिलेकाहीँ जीवनले सबै ढोका बन्द गरेजस्तो देखिए पनि, दृढता र विश्वासले एउटा नयाँ ढोका खोल्न सक्छ । र, त्यो ढोकाबाट छिरेपछि मानिस फेरि एकपटक इतिहास लेख्न सक्षम हुन्छ ।
गुल्मीमा पुनर्योगपछि एसईईमा २ जना विद्यार्थीले पाए ४ जीपीए

२९ जेठ, गुल्मी । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को पुनर्योग (रि–टोटलिङ) नतिजापछि गुल्मीमा थप दुई जना विद्यार्थीले ४ जीपीए पाएका छन् ।
पुनर्योगपछि तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयका विशाल बिक र विश्वास थापाले ४ जीपीए प्राप्त गरेका हुन् ।
यससँगै जिल्लाका रेम्बो इङ्ग्लिस बोर्डिङ स्कुलबाट २ जना, महेन्द्र माध्यमिक विद्यालयबाट १ जना, रिडी माध्यमिक विद्यालयबाट १ जना, रेसुङ्गा माध्यमिक विद्यालयबाट १ जना, शारदा माध्यमिक विद्यालयबाट १ जना विद्यार्थीले पनि ४ जीपीए हासिल गरेका छन् । विद्यालयहरूले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई बधाई तथा आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
पुनर्योगबाट नतिजा सुधार भएसँगै विद्यार्थी, अभिभावक तथा विद्यालय परिवारमा खुसी छाएको छ । उत्कृष्ट नतिजाले विद्यालयहरूको शैक्षिक गुणस्तर तथा विद्यार्थीको मेहनतलाई थप पुष्टि गरेको सरोकारवालाहरूले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सरकारको नयाँ निर्देशन : असार ७ भित्र संगठन सर्वेक्षण सक्नू, नयाँ दरबन्दी र कम्प्युटर अपरेटर नथप्नू

News Summary
Generated by OK AI. Editorially reviewed.
- सरकारले प्रशासनिक खर्च कटौती गर्न १८ वटा मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण आगामी २०८३ असार ७ भित्र सक्न निर्देशन दिएको छ ।
- नयाँ निर्देशिकाअनुसार मन्त्रालय र केन्द्रीय निकायहरूमा कम्प्युटर अपरेटर तथा राजपत्र अनंकित पदको नयाँ दरबन्दी सिर्जना गर्न रोक लगाइएको छ ।
- सर्वेक्षण अवधिभर रिक्त दरबन्दीमा नयाँ पदपूर्ति नगरिने र बढी भएका कर्मचारीलाई ‘पुल दरबन्दी’ मा राखी व्यवस्थापन गरिने व्यवस्था गरिएको छ ।
२२ जेठ, काठमाडौं । नेपाल सरकारले प्रशासनिक खर्च कटौती गर्ने र सेवा प्रवाहलाई चुस्त बनाउने उद्देश्यसहित १८ वटा मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओ एण्ड एम) सर्वेक्षण आगामी २०८३ असार ७ गतेभित्र सम्पन्न गर्न सबै मन्त्रालयहरूलाई निर्देशन दिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १२ जेठमा सबै मन्त्रालयलाई परिपत्र गर्दै मन्त्रिपरिषद्बाट जेठ ५ गते स्वीकृत ‘संगठन तथा व्यवस्थापन सर्वेक्षणसम्बन्धी मार्गदर्शक सिद्धान्त’ पठाएर सोही बमोजिम गर्न आदेश दिएको हो।
३० माघ २०८२ मा बसेको मन्त्रिपरिषद् निर्णयअनुसार मन्त्रालयहरूको पुनर्संरचना गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालय कायम गरिएको थियो। मन्त्रालयहरूको संख्या घटाउनुको मुख्य उद्देश्य सरकारी संरचनाहरूलाई छरितो, मितव्ययी र प्रविधिमैत्री बनाई सार्वजनिक खर्चमा कटौती गर्नु रहेको सरकारले स्पष्ट पारेको छ।
मार्गदर्शक सिद्धान्तका मुख्य व्यवस्थाहरू के के छन् ?
मन्त्रालयहरूले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा पालना गर्नुपर्ने विषयहरू मार्गदर्शक सिद्धान्तमा उल्लेख छन् ।
परिपत्र अनुसार, सबै मन्त्रालयहरूको व्यापक रूपमा संगठन तथा व्यवस्थापन सर्वेक्षण कार्य अगाडि बढाइएकाले हाललाई नेपाल सरकारका विभिन्न सेवाका रिक्त दरबन्दीमा स्थायी पदपूर्ति नगर्न भनिएको छ। तर, पदपूर्ति प्रक्रिया प्रारम्भ भइसकेको हकमा भने बाधा नपर्ने व्यवस्था गरिएको छ।
दरबन्दी भन्दा बढी हुने कर्मचारीलाई सम्बन्धित मन्त्रालयले ‘पुल दरबन्दी’ कायम गरी राख्ने र उनीहरूको दक्षता, अनुभव र रुचिका आधारमा रिक्त स्थानमा क्रमशः मिलान गर्दै जाने व्यवस्था गर्न निर्देशन दिइएको छ ।
कुनै पनि दरबन्दी सिर्जना गर्नुअघि शून्यबाट सोची कार्यबोझ विश्लेषण गरेर मात्र संगठन निर्माण तथा दरबन्दी सिर्जना गर्न पनि भनिएको छ। त्यस्तै, मन्त्रालय तथा केन्द्रीय निकायका सचिवको सचिवालयमा १ जना अधिकृतस्तरको निजी सहायक र १ जना कार्यालय सहयोगीसहित बढीमा २ जना मात्र कर्मचारी रहने व्यवस्था गर्न भनिएको छ ।
मन्त्रालयको महाशाखा प्रमुखका लागि कुनै पनि पदको निजी सहायकको दरबन्दी नराख्न निर्देशन दियएको छ।
नयाँ भर्ना गर्दा आधारभूत कम्प्युटर सीप परीक्षण अनिवार्य भइसकेको सन्दर्भमा भविष्यमा ‘कम्प्युटर अपरेटर’ पदको दरबन्दी सिर्जना नगर्न पनि भनिएको छ । मन्त्रालय र केन्द्रीय स्तरका निकायहरूमा राजपत्र अनंकित (सुब्बा, खरिदार आदि) कुनै पनि नयाँ दरबन्दी सिर्जना नगर्न पनि निर्देशन दिइएको छ ।
कर्मचारीको वृत्ति विकास र बढुवालाई मात्र ध्यान दिई अनावश्यक महाशाखा, शाखा तथा दरबन्दी सिर्जना नगर्न पत्राचार गरिएको छ । नेपालको संविधानबमोजिम प्रदेश र स्थानीय तहको क्षेत्राधिकारमा रहेका कार्यहरूमा दोहोरोपना हुने गरी संघीय मन्त्रालयहरूमा अनावश्यक संरचना र दरबन्दी सिर्जना नगर्न पनि निर्देशन दिइएको छ ।
बहुसीपयुक्त जनशक्ति रहने वा एउटा कर्मचारीले एकभन्दा बढी भूमिका निर्वाह गर्न सक्ने गरी लचिलो संरचना दरबन्दी बनाउन पनि भनिएको छ।
मार्गदर्शक सिद्धान्तमा ई-अफिस र स्वचालित कार्यप्रवाह (अटोमेसन) बाट सेवा सञ्चालन भइरहेको सन्दर्भलाई मध्यनजर गर्दै न्यूनतम कर्मचारीबाट अधिकतम कार्यसम्पादन हुने गरी दरबन्दीलाई उपयुक्त आकारमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
उक्त मार्गदर्शक सिद्धान्त तयार गर्न विभिन्न ५ वटा मन्त्रालयका सचिवहरूले सिफारिस गरेका थिए। सिफारिस गर्ने पदाधिकारीहरूमा प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्की, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव चन्द्रकला पौडेल, कानुन मन्त्रालयका सचिव पराश्वर ढुङ्गाना र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
एमालेको राष्ट्रिय कार्यशाला आज सकिँदै

२१ जेठ, काठमाडौं । नेकपा एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज सकिँदै छ । आज अन्तिम दिन समूह नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी गर्दै पार्टीका तर्फबाट दिशानिर्देश हुने गरी सम्बोधन गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला सम्पन्न हुने छ ।
एमाले ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ हिजोदेखि बबरमहलको कार्की ब्यांक्वेटमा सुरु भएको थियो । कार्यशालाको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सँगै राखेर पनि बच्चालाई ‘विस्थापन’ त गरिरहनुभएको छैन ?

धेरै आमाबाबुलाई रिसाएको वा झर्को मानिरहेको सानो बच्चालाई शान्त पार्न फोन वा ट्याब्लेट दिनु सबैभन्दा सजिलो उपाय लाग्न सक्छ। तर, अमेरिकाको युसी अर्भिन विश्वविद्यालयले गरेको एक अध्ययनले यसबाट बालबालिकाको सेल्फ कन्ट्रोल अर्थात् आत्मनियन्त्रणमा नराम्रो असर पर्न सक्ने देखाएको छ।
अर्भिनसहित छवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको टोलीले २१० वटा परिवारका ९ महिनादेखि ३० महिनासम्मका बालबालिकामाथि अध्ययन गरेको थियो। अनुसन्धान प्रमुख स्टेफनी एम. रिचका अनुसार, ‘बालबालिकाले बारम्बार मोबाइल र ट्याब्लेटको प्रयोग गर्नाले भविष्यमा उनीहरूमा व्यवहारसम्बन्धी समस्याहरू पैदा हुन सक्छन्।’
जब बच्चाहरू रुन्छन् वा हैरान पार्छन्, तब उनीहरूलाई फकाउनु, उनीहरूसँग कुराकानी गर्नु र संवाद गर्नुको साटो उनीहरूलाई स्क्रिन (मोबाइल/टिभी) मा अल्झाइन्छ। अनुसन्धानकर्ताहरू यसलाई विस्थापन भन्छन्। यसले कालान्तरमा अझ ठूला समस्याहरू निम्त्याउन सक्छ।
बच्चा सँगै छन् तर स्क्रिनका कारण सँगै नभएको अवस्थालाई अनुसन्धानकर्ताहरूले विस्थापनको संज्ञा दिएका हुन् ।
चिकित्सकहरूका अनुसार, बालबालिकामा बढ्दो स्क्रिन टाइमका असरहरू अनेकौं हुन्छन् । ध्यान केन्द्रित गर्न नसक्ने, पढाइमा पछि पर्ने, निद्रामा समस्या देखिने, हिंसाप्रति संवेदनशीलतामा कमी हुने, मोटोपन बढ्ने, आँखामा दबाब पर्ने जस्ता समस्या प्रमुख चुनौती हुन् ।
रिल्स र फास्ट-फरवार्डको लत
चिकित्सकहरूले मोबाइल, रिल्स र छोटा भिडियोहरू हेर्ने बालबालिकामा ध्यानको कमी, चिडचिडापन, कुराकानीबाट भाग्ने र पढाइमा रुचि कम हुने जस्ता समस्या तीव्र रूपमा बढिरहेका बताएका छन् ।
लामा भिडियोलाई ‘फास्ट-फरवार्ड’ गरेर हेर्ने बानी उनीहरूको व्यवहार बदलिँदै गइरहेको छ । यही कारणले गर्दा जब उनीहरूले कसैको कुरा पूरा सुन्नुपर्ने हुन्छ, तब उनीहरू छिट्टै झर्को मान्छन् ।
चिकित्सकहरूका अनुसार, अभिभावकले उमेर र आवश्यकताको आधारमा बालबालिकाको स्क्रिन टाइम (मोबाइल/टिभी हेर्ने समय) तय गर्नुपर्छ ।
सकारात्मक उदाहरण प्रस्तुत गर्न आफैँले पनि स्क्रिनको प्रयोग सीमित गर्नु नै यस समस्याबाट जुध्ने प्रभावकारी उपाय हो । बालबालिकासँग सँगै बसेर कुराकानी गर्ने र अफलाइन समय अर्थात् मोबाइलविनाको समय बिताउन जोड दिन पनि चिकित्सकहरू सुझाउँछन् ।
यसअघि, प्रख्यात अमेरिकी स्वास्थ्य संस्था जोन्स हप्किन्स मेडिसिनले बालबालिका र किशोरकिशोरीमा पर्ने स्क्रिन टाइमको असरबारे गरेको विस्तृत अध्ययनले यसले मानसिक र शारीरिक दुवै रूपमा गम्भीर असर पुर्याइरहेको देखाएको थियो ।
जोन्स हप्किन्स अल चिल्ड्रेन्स हस्पिटलकी मनोविज्ञान निर्देशक डा. जेनिफर काट्जेन्स्टाइनका अनुसार अत्यधिक स्क्रिन टाइमले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पार्छ। सामाजिक सञ्जालमा अरूको जीवनशैली देखेर आफूलाई कमजोर ठान्ने (हीनताभास) र यसले एन्जाइटी तथा डिप्रेसन बढाउने जोखिम उच्च हुन्छ।
घन्टौँसम्म ओछ्यान वा भुइँमा निहुरिएर ग्याजेट चलाउँदा ढाड र घाँटीको हड्डीमा दबाब पर्छ। विज्ञहरूका अनुसार यस्तो खराब पोस्चर (बसाइ) ले भविष्यमा घाँटीको बाथ जस्ता दीर्घकालीन र निको नहुने समस्या निम्त्याउन सक्छ।
जोन्स हप्किन्सका विज्ञहरू बालबालिकाको स्क्रिन टाइम दैनिक २ घण्टा वा सोभन्दा कममा सीमित गर्न सुझाव दिएका थिए ।
खाना खाँदा, गृहकार्य गर्दा र सुत्नुभन्दा कम्तीमा एक घण्टाअघि बालबालिकालाई स्क्रिनबाट पूर्ण रूपमा टाढा राख्नुपर्ने उनीहरूको सुझाव थियो ।
(एजेन्सीहरूको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
काठमाडौं उपत्यकामा भारी वर्षा, ठाउँ–ठाउँमा डुबान (तस्वीरहरू)

१४ जेठ, काठमाडौं । काठमाडौंमा अहिले साँझ परेको भारी वर्षाले विभिन्न क्षेत्रमा डुबान भएका छन् ।
एकाएक परेको वर्षाले ठाउँ–ठाउँमा केहीबेर अवरुद्ध हुनपुगे । परेको जसले आवत–जावत प्रभावित बनेको छ ।
करिब डेढ घण्टा जति परेको पानीले उपत्यकाको जनजीवन प्रभावित समेत पारेको छ ।
तस्वीरहरू :





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
२९ जना सहसचिवको सरुवा (सूचीसहित)

News Summary
Generated by OK AI. Editorially reviewed.
- सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट २९ जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको छ।
१२ जेठ, काठमाडौं । सरकारले २९ जना सहसचिवहरूको सरुवा गरेको छ ।
हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठक विभिन्न २९ जना सहसचिवहरूको सरुवा गरेको हो ।
कसको कहाँ सरुवा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय





