काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

unnamed 1
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), संविधान संशोधन

लोकतन्त्र र समावेशितामा सम्झौता नगरी संविधान संशोधन गर्न सकिन्छ : गगन थापा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुशासन प्रवर्द्धनका लागि संविधान संशोधन आवश्यक रहेको बताएका छन् ।
  • उनले लोकतान्त्रिक मूल्य र मान्यतासँग सम्झौता नगरी समावेशिता सुदृढ बनाउने विषयमा कांग्रेसको पूर्ण समर्थन रहने स्पष्ट पारेका छन् ।
  • थापाले युवापुस्ता र नयाँ राजनीतिक दलले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीलगायत शासकीय स्वरूपका विषयमा खुला छलफल गर्न कांग्रेस तयार रहेको बताए ।

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासन प्रवर्द्धनका निम्ति संविधान संशोधन आवश्यक रहेको बताएका छन्।

पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले लोकतन्त्रका आधारभूत मूल्य र मान्यतामा कुनै पनि किसिमको सम्झौता मान्य नहुने प्रस्ट पारे ।

समावेशितालाई अझ व्यापक र सुदृढ बनाउने विषयमा हाम्रो पूर्ण समर्थन रहने तर यसलाई सङ्कुचित पार्ने वा नागरिकले प्राप्त गरेका अधिकारहरू कटौती गर्ने कार्य काँग्रेसलाई स्वीकार्य नहुने स्पष्ट पारे ।

संविधानका अन्य पक्षहरूमा भने छलफल र परिमार्जन गर्न सकिने उनको भनाइ छ ।

विशेष गरी शासकीय स्वरूपको विषयमा भइरहेका बहसहरूप्रति संकेत गर्दै उनले यसमा खुला छलफल गर्न कांग्रेस तयार रहेको जानकारी दिए ।

पछिल्लो समय सडक र विभिन्न राजनीतिक वृत्तमा चर्चामा रहेको ‘प्रत्यक्ष निर्वाचित कार्यकारी’ को मागका सन्दर्भमा उनले आफ्नो अनुभवका आधारमा यस विषयमा विमर्श गर्न सकिने बताए ।

थापाले भने, ‘सुशासनको दृष्टिकोणबाट पनि संविधान संशोधन आवश्यक छ । यस विषयमा नेपाली कांग्रेस स्पष्ट छ । लोकतन्त्र कमजोर बनाउने वा लोकतान्त्रिक मूल्यमा सम्झौता गर्ने कुनै पनि प्रस्ताव हामीलाई स्वीकार्य छैन । समावेशितालाई थप सुदृढ बनाउने विषय स्वीकार्य छ, तर त्यसलाई सङ्कुचित गर्ने वा नागरिकले प्राप्त गरेका अधिकार कटौती गर्ने कुरा स्वीकार्य हुन सक्दैन ।’

उनले अगाडि भने, ‘संविधान संशोधनको बहसले शासकीय स्वरूपको विषय पनि उठाउँछ । अहिले विशेषगरी युवापुस्तामाझ प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा बहस भइरहेको देखिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि समय–समयमा यो विषय उठाउँदै आएका छन् । यसबारे मेरो अनुभवका आधारमा पनि केही धारणा छन् ।’

थापाले नौजवान पुस्ता र नयाँ राजनीतिक शक्तिहरूले उठाउँदै आएका शासकीय स्वरूप परिवर्तनका मागहरूलाई सम्बोधन गर्दै राष्ट्रिय आवश्यकता र जनचाहनाअनुसार यी विषयमा साझा निष्कर्षमा पुग्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

नेपाली कांग्रेस, विशेष

बागमती कांग्रेसको विवाद मिलाउन महामन्त्री घिमिरे हेटौंडामा, संसदीय दलको बैठक बोलाइयो

२० असार, हेटौंडा । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर बागमती सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रको विवाद मिलाउन पार्टी नेतृत्व सक्रिय भएको छ ।

नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे शुक्रबार साँझ हेटौंडा आइसकेका छन् । उनले आज मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र बजेटमा असन्तुष्ट बहादुर लामासहितका सांसदहरुसँग छलफल गर्ने पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद सुरजचन्द्र लामिछानेले अनलाइनखबरलाई जानकारी दिए ।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका बानियाँले आज दलको बैठक बोलाएका छन् । दलको बैठक सुरु हुँदैछ । बजेटमा असन्तुष्ट बन्दै प्रदेशसभामा १६ असारबाट सुरु भएको बजेट माथिको छलफलमा अनुपस्थित भएका कांग्रेस सांसदहरु हेटौंडाबाट आउने क्रम जारी रहेको लामिछानेले बताए । कांग्रेसका ३६ जना सांसद छन् ।

आज ११ बजेदेखि प्रदेशसभा बैठक छ । सांसदहरुले उठाएका प्रश्नमा मन्त्रीहरुले जवाफ दिइसकेपछि बजेट पास गर्ने मुख्यमन्त्री बानियाँको तयारी छ ।

के थियो बजेट विवाद ?

बागमती सरकारले १ असारमा ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ । प्रदेशसभामा १६ असारदेखि बजेटमाथि छलफल चलिरहेको छ । तर, बागमतीका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामा पक्षधरका सांसद बजेटप्रति असन्तुष्टि जनाउँदै हेटौंडा नै आएनन् ।

असन्तुष्ट सांसदहरुले बजेट निर्देशिका ल्याएर त्यसको विपरीत बजेट विनियोजन भएको, वितरणमुखी बजेट ल्याएर आफ्नो निर्वाचन क्षेत्र केन्द्रित गरेको, जनअपेक्षाअनुसार बजेट नल्याएर मनलाग्दी गरेको, सन्तुलित बजेट नल्याएको, सुझाव कार्यान्वयन नगरेको, बजेटमा विचौलियाहरुको प्रभाव देखिएको विषयमा प्रश्न उठाएका हुन् ।

मुख्यमन्त्री बानियाँले अध्यादेश ल्याएर बजेट पास गर्ने अभिव्यक्ति दिएको, विपक्षी दलको सहयोगमा बजेट पास गर्ने भन्दै प्रदेशसभा बैठकमा अनुपस्थित भए कारबाहीको प्रक्रिया अगाडि बढाउनेलगायतका धम्की दिएको, दलका सांसदहरुसँग समन्वय नगरेको बारे असन्तुष्ट पक्षले पार्टी सभापति गगनकुमार थापालाई भेटेर जानकारी गराएका थिए ।

पार्टीभित्र विवाद देखिएपछि मुख्यमन्त्री बानियाँ गत बुधवार काठमाडौं पुगेका थिए । बिहीवार हेटौंडा फर्किएर उनी विवाद समाधानमा सक्रिय भएका थिए । बजेट लगत्तै दलको बैठक बोलाउन बहादुर पक्षले आग्रह गर्दा बानियाँले अस्वीकार गरेको नेता लामाले जानकारी दिए ।

बानियाँले दलको बैठक टार्दै असन्तुष्ट सांसदहरुको आवाज दबाउन खोजेपछि विवाद यहाँसम्म आइपुगेको सांसदहरु बताउँछन् । पार्टी सभापति थापाले बजेट विवाद देखिएपछि समन्वयका लागि महामन्त्री घिमिरेलाई हेटौंडा पठाएका हुन् ।

एक वर्षअघि बहादुर सिंह लामा नेतृत्वको सरकारले चालू आवको बजेट ल्याउँदा पनि कांग्रेसभित्र विवाद भएको थियो । उक्त विवाद मिलाउन तत्कालीन पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य राजन केसीलाई हेटौंडा पठाएका थिए ।

कांग्रेसभित्रको त्यो विवादले बहादुरलाई दलको नेताबाट हटाएर बानियाँ दलको नेता बन्दै २० साउन २०८२ मा मुख्यममन्त्री नियुक्त भएका थिए । बानियाँकै नेतृत्वमा ९ साउन ०८२ मा लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Gururaj Ghimire Nepali Congress Leader 3
नेपाली कांग्रेस, विशेष

एकताको पक्षमा शीर्ष नेता, सहमतिको सूत्र अझै अधुरो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपाली कांग्रेसका शीर्ष नेताहरूले आसन्न १५ औं महाधिवेशनलाई लक्षित गर्दै पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकतामा जोड दिएका छन्।
  • निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्न सबै पक्षलाई समेटेर एकताको वातावरण बनाउनुपर्ने धारणा राखेका छन्।
  • डा. शेखर कोइरालाले विधानका प्राविधिक जटिलता पन्छाउँदै पार्टीका राजनीतिक निर्णय र समन्वयका लागि छुट्टै राजनीतिक संयन्त्र गठन गर्न सकिने प्रस्ताव गरेका छन्।

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्रको शक्ति संघर्ष ‘नेतृत्वको विवाद’ भन्दा पनि महाधिवेशनअघि पार्टीलाई एकताबद्ध बनाउने विषयमा केन्द्रित हुन थालेको संस्थापन र इतर समूहबीच सार्वजनिक रूपमा एक–अर्काप्रति आरोप–प्रत्यारोप चलिरहे पनि शीर्ष नेताहरूबीच पार्टी विभाजनभन्दा पनि एकतामै जोड दिने साझा बुझाइ बनेको देखिन्छ । तर, एकताको सूत्र के हुने भन्ने विषय अझै टुंगोमा पुग्न भने सकेको छैन ।

पूर्णबहादुर खड्काको सन्देश : पहिले एकता

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक अवस्था, लोकतन्त्रमाथि देखिएका चुनौती र कांग्रेसको भूमिकालाई जोड्दै पार्टीभित्र तत्काल एकताको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

पार्टीका तर्फबाट पछिल्लो समय संवादको वातावरण तयार गर्न खटिएका महामन्त्री गुरूराज घिमिरेसँगको संवादमा उनले पार्टी एकजुट हुन सकेमात्रै राजनीतिक चुनौतीसँग जुध्न सकिने जिकिर गरेका छन् ।

निवर्तमान कार्यवाहक सभापति खड्कालाई भेट्न महामन्त्री घिमिरे आइतबार गल्फुटारस्थित निवास पुगेका थिए । दुई नेताबीच झण्डै तीन घण्टासम्म छलफल भएको थियो ।

महामन्त्री घिमिरेले भेटमा देशको वर्तमान राजनीतिक अवस्था, कांग्रेसभित्रको परिस्थिति, विगतको निर्वाचन परिणाम, नेताहरूबीचका मतभेद र आगामी महाधिवेशनसम्मका विषयमा विस्तृत कुराकानी भएको जानकारी दिए ।

गुरुराज घिमिरे

नेता खड्काको मुख्य जोड पार्टी एकतामै रहेको घिमिरेको भनाइ छ । ‘अहिले कांग्रेस एकजुट हुन सके देश र लोकतन्त्रले सामना गरिरहेका चुनौतीसँग जुध्न धेरै सहज हुन्छ,’ खड्काको भनाइ उद्धृत गर्दै महामन्त्री घिमिरेले भने, ‘पार्टीको शक्ति, आत्मविश्वास र कार्यकर्ताको मनोबल पनि त्यसैबाट बढ्छ ।’

नेता खड्काले पार्टी एकजुट बनाउनका लागि विशेष महाधिवेशनपछि जिम्मेवारीबाट बाहिर रहेका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नुपर्ने बताएको घिमिरेले दाबी गरे ।

‘विशेष महाधिवेशनबाट बाहिर रहेका १४ औं महाधिवेशनका साथीहरूलाई केन्द्रीय समितिमा मनोनयन गर्ने बित्तिकै एउटा वातावरण बन्छ,’ खड्काले घिमिरेसँग भने, ‘विभिन्न समितिहरूमा पनि समावेश गराएपछि महाधिवेशनका लागि विश्वसनीय वातावरण बन्छ । सबै साथीहरू १५ औं महाधिवेशनमा सहभागी हुने वातावरण बन्छ ।’

गत पुसमा सम्पन्न विशेष महाधिवेशनको आधिकारिकता र वैधानिकताका विषयमा सर्वोच्च अदालतले निर्णय गरिसकेपछि नेतृत्वको विषयमा कुनै विवाद नरहेको निवर्तमान कार्यवाहक सभापति खड्काको भनाइ थियो ।

‘आधिकारिकता र वैधानिकताका विषयमा अदालतले निर्णय गरिसकेपछि नेतृत्वको विषयमा विवादै रहेन,’ खड्काको भनाइ थियो, ‘त्यसैले नेतृत्वको विषयमा विगतमा भएका विरोध, असहमति केही पनि बाँकी छैनन् ।’

उनले अदालतबाट नेतृत्वको वैधानिकताको प्रश्न टुंगिसकेको भन्दै सभापति गगन थापाले सबै पक्षलाई समेट्न राजनीतिक पहल गर्नुपर्नेमा जोड दिएको महामन्त्री घिमिरेले बताए ।

सात बुँदाभन्दा अगाडि बढेको माग

संस्थापन पक्षले इतर समूहलाई पठाएको सातबुँदे प्रस्तावमा विशेष महाधिवेशनको विपक्षमा उभिएका मध्येबाट निश्चित संख्यामा नेताहरूलाई समायोजन गर्ने उल्लेख छ ।

तर, इतर समूहको पछिल्लो माग भने त्यसभन्दा धेरै अगाडि पुगेको छ । १४ औं महाधिवेशनमा निर्वाचित र विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिलाई ‘मर्ज’ गर्नुपर्ने इतर समूहको अडान छ ।

विशेष महाधिवेशनमा नसमेटिएका निवर्तमान केन्द्रीय कार्यसमितिका झण्डै १११ जनालाई कुनै न कुनै रूपमा पार्टीको नेतृत्व संरचनामा समेट्नुपर्ने माग इतर समूहको रहेको महामन्त्री घिमिरेले बताए ।

‘मैले प्रस्तावित सातबुँदेमा उल्लेख भएको कुरामा थप कुरा के हो भनेर पूर्णबहादुर दाइलाई सोधेँ,’ घिमिरेले भने, ‘१४ औं महाधिवेशनका बाँकी रहेका साथीहरूलाई केन्द्रीय समितिमा समावेश गराउनु पर्ने, भूमिकामा ल्याउनुपर्ने र विभिन्न समितिहरूमा प्रतिनिधित्व गराउनु पर्ने कुरा गर्नुभयो ।’

महामन्त्री घिमिरेले आइतबार नै इतर समूहका अर्का नेता कृष्णप्रसाद सिटौलासँग पनि पार्टीमा देखिएको विवादबारे छलफल गरेका थिए । सिटौला निवासमै भएको छलफलमा क्रियाशील सदस्यता अद्यावधिकको विषयलाई अनिवार्य गर्न नहुने विषय उठेको थियो ।

‘सिटौला दाइले क्रियाशील सदस्यता नवीकरणको विषयलाई पनि उठाउनुभयो,’ महामन्त्री घिमिरेले भने, ‘उहाँले नवीकरण गरिसकेकालाई अद्यावधिकको नाममा प्रक्रियाबाट बाहिर राख्न नहुने कुरा गर्नुभयो ।’

उनका अनुसार सदस्यता अद्यावधिक नगरेकालाई पनि समेट्दै १४औं महाधिवेशनका नेताहरूलाई केन्द्रीय कार्यसमिति र अन्य संरचनामा समावेश गरे समस्या समाधान हुने सिटौलाको धारणा थियो ।

‘नवीकरण भएकालाई प्रक्रियाबाट बाहिर राख्नु भएन । अद्यावधिक गराउनेले गराइसके, अधिकांशले गराएकै छन् । अद्यावधिक नगराएकालाई पनि यसमा सामेल गराएर १४ औं महाधिवेशनका साथीहरूलाई केन्द्रीय समितिमा ल्याएर, समितिहरूमा समावेश गराएपछि सबै कुरा मिल्छ,’ सिटौलाको भनाइ उद्धृत गर्दै उनले भने ।

छलफलका क्रममा नेता सिटौलाले पार्टी एकजुटको बनाउनका लागि सभापति थापा आफै अग्रसर हुनुपर्नेमा पनि जोड दिए । ‘नेतृत्वको विषयमा विवाद छैन । तर, यो काम सभापति स्वयम्ले आफ्नो अग्रसरतामा गर्नुपर्छ भन्ने कृष्ण दाइको कुरा देखियो,’ महामन्त्रीले भने ।

नेताद्वय खड्का र सिटौलासँगको छलफल अघि महामन्त्री घिमिरेले विराटनगरमा अर्का नेता डा. शेखर कोइरालासँग पनि भेट गरेका थिए । भेटका क्रममा कोइरालाको धारणा पनि नेता सिटौलाको जस्तै रहेको उनले बताए ।

‘शेखर दाइले पनि सभापति लगायतको केन्द्रीय समितिका पदाधिकारीको टिम सबै लाग्नुपर्छ । जोइन्टली लाग्नुपर्छ, सभापति स्वयं लाग्नुपर्छ भन्नुभयो,’ उनले भने । महामन्त्री घिमिरे र नेता कोइरालाबीच १२ असारमा विराटनगरस्थित कोइराला निवासमा भेट भएको थियो ।

भेटका क्रममा उनले महामन्त्री घिमिरेसँग सभापति थापासँग दोस्रो पटक भेटघाट हुन नसकेको गुनासोसमेत गरेका थिए । ‘सभापतिले मलाई भेटेपछि अर्को भेट हुन सकेको छैन । सभापतिसँग भेटेपछि र पार्टीको आधिकारिक टोलीसँग छलफल भएपछि पार्टीमा देखिएको विवाद समाधान गर्न सक्छौं । जटिल छैन,’ कोइरालाले महामन्त्रीसँग भनेका थिए ।

आसन्न स्थानीय तह र प्रदेशसभा निर्वाचनका लागि पार्टीको आन्तरिक एकता बलियो हुनु अपरिहार्य रहेको नेता कोइरालाको भनाइ थियो ।

भेटपछि महामन्त्री घिमिरेले वार्ताका क्रममा नेता कोइरालाले हतार नगरी पर्याप्त छलफल गरेर विवाद टुंग्याउनुपर्ने र सबै पक्ष महाधिवेशनमा सहभागी हुने वातावरण बनाउनुपर्नेमा जोड दिएको प्रतिक्रिया अनलाइनखबरलाई दिएका थिए ।

विधानले रोकेको बाटो 

निवर्तमान कार्यवाहक सभापति खड्काले भनेअनुसार हाल बाहिर रहेका नेताहरू सबैलाई केन्द्रीय कार्यसमितिमा ल्याउन पार्टीको विधानले अनुमति दिँदैन ।

इतर समूहको माग पूर्णरूपमा सम्बोधन गर्न कांग्रेसको विधान बाधक देखिन्छ । तर, नेता खड्का भने विधानका व्यवधानभन्दा पनि एकतालाई केन्द्रमा राखेर गम्भीर हुनुपर्ने पक्षमा देखिन्छन् ।

सभापति थापाले चाहे अहिलेको संरचनाभित्रै सहज बहुमतका आधारमा पार्टी एकताको प्रक्रिया अघि बढाउन सक्नेमा उनी विश्वस्त रहेको घिमिरेको भनाइ छ । अहिलेको संक्रमणकालीन अवस्थालाई अवसरका रूपमा लिएर विधानका प्राविधिक विवादभन्दा पनि पार्टी एकतालाई प्राथमिकता दिनुपर्ने खड्काको सुझाव थियो ।

‘पूर्णबहादुर दाइ सभापतिप्रति आशावादी देखिनुहुन्छ । सभापतिले चाहनु भयो भने यो कुरा गर्न सक्नु हुन्छ भन्ने कुरा उहाँको छ,’ महामन्त्री घिमिरेले भने, ‘अहिलेको ट्रान्जिसन फेजमा हामीले अरु हर्डलहरू, विधानका अरु–अरु समस्याभन्दा पनि कसरी एकता हुन्छ भन्ने विषयमा गम्भीर हुनुपर्छ भन्ने कुरा गर्नुभयो ।’

‘राजनीतिक संयन्त्र’ को विकल्प

नेता कोइरालाले इतर समूहको मागअनुसार केन्द्रीय कार्यसमितिमा समायोजन गर्दा विधान बाधक बन्ने अवस्था आए नयाँ ढंगले जान सकिने प्रस्ताव अघि सारेको महामन्त्री घिमिरेको भनाइ छ ।

‘मैले शेखर दाइलाई १४औं महाधिवेशनका १११ जनालाई ल्याउन त विधानले स्वीकृति दिँदैन भन्दा उहाँले त्यसो भए त्यो नगर भन्नुभयो,’ उनले भने ।

कोइरालाले सबैलाई केन्द्रीय कार्यसमितिमा ल्याउन नसकिने अवस्थामा महाधिवेशनसम्म पार्टीका राजनीतिक विषय, समन्वय र निर्णय प्रक्रियालाई सहजीकरण गर्ने छुट्टै राजनीतिक संयन्त्र (पोलिटिकल मेकानिजम) गठन गर्न सकिने प्रस्ताव गरेका छन् ।

‘महाधिवेशनसँग सम्बन्धित विषयहरू हेर्ने एउटा पोलिटिकल मेकानिजम (राजनीतिक संयन्त्र) बनाउन भन्नुभयो,’ घिमिरेले भने, ‘त्यसले महाधिवेशनसम्म पार्टीलाई केन्द्रीय समितिकै तर्फबाट दोहोर्‍याउने जिम्मेवारीसहितको एउटा संयन्त्र बनायो भने हुन्छ भन्ने भनाइ उहाँको रह्यो ।’

राजनीतिक संयन्त्रले केन्द्रीय कार्यसमितिको वैधानिक संरचना पनि नटुट्ने र असन्तुष्ट पक्षलाई पनि राजनीतिक रूपमा सहभागी गराउने कोइरालाको भनाइ छ ।

यद्यपि, घिमिरेका अनुसार नेता खड्काले नेतृत्व गरेको समूहको प्राथमिकता भने अझै पनि नियमित महाधिवेशन पक्षधर नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समेट्नु पर्ने नै देखिन्छ ।

कोइरालाको प्रस्तावमा खड्का समूह सहमत देखिन्छ भन्ने अनलाइनखबरको जिज्ञासामा उनले भने, ‘पूर्ण दाइले यसमा त्यो शेखरजीको कुरा हो भन्नुभयो । तर, १४ औंका सबै मान्छेलाई समावेश गर्दा नै सम्पूर्ण एकता हुन्छ भन्ने पूर्ण दाइहरूको कुरा छ ।’

फुटभन्दा सम्झौताको संकेत

नेताहरूबीच भएको पछिल्लो संवादले बाहिर चर्चा भएजस्तो तत्काल पार्टी विभाजनतर्फ शीर्ष नेतृत्व अघि बढिरहेको संकेत भने देखिँदैन । नेतात्रय खड्का, सिटौला र कोइरालाको पछिल्लो धारणा केही विषयमा भिन्न भए पनि पार्टीलाई एकताबद्ध बनाएर महाधिवेशनमा लैजाने उद्देश्यमा भने ठूलो मतभेद देखिँदैन ।

‘उहाँहरूका बीचमा कुराकानी बारम्बार भइरहेको र खासै कुरामा मत–मतान्तर नरहेको देखियो । बाहिर आएको जस्तो पार्टी फुटाउने, पार्टी फुट्ने भन्ने निर्णयमा पुगिसकेको जस्तो मलाई लागेन,’ घिमिरेले भने, ‘केही साथीहरू त्यो बाटो जानुपर्छ भनेर तयारीमा लागेको तर, मूलतः पूर्णबहादुर दाइको कुरा सुन्दा सबै नेताहरूले पार्टीलाई एक ढिक्का बनाउने कुरामै सबैलाई सहमत गराएको हो भन्ने बुझियो ।’

विशेष महाधिवेशनपछि चुलिएको विवाद साढे पाँच महिना पुगिसक्दा पनि कांग्रेस विवादमुक्त हुन सकेको छैन । आगामी असोजका लागि मिति तय गरिएको महाधिवेशन नजिकिँदै जाँदा पनि क्रियाशील सदस्यता अद्यावधिकको विषयमा दुई समूहबीच तीव्र विवाद छ ।

इतर समूहको गुनासो छ– संवाद सुरु हुन्छ, तर निष्कर्षमा पुग्दैन । इतर समूहका नेताहरूले महामन्त्री घिमिरेसँगको छलफलका क्रममा पार्टी एकजुट बनाउन नेतृत्वले ढिलाइ गरेको गुनासो गरेका छन् ।

‘कुराकानी सुरु गर्ने, त्यसलाई अगाडि नबढाउने, ढिलो गर्ने उहाँहरूको असन्तुष्टि थियो,’ घिमिरेले नेताहरूले आफूसँग गरेको गुनासोबारे सुनाउँदै भने । महाधिवेशनको कार्यतालिका अघि बढिसकेको र वडा अधिवेशनलगायतका प्रक्रिया सुरु हुन लागेकाले समय निकै सीमित रहेको नेताहरूको भनाइ छ ।

‘तपाईंहरू एजेन्डा दिनुहुन्छ, सातबुँदे भन्नु हुन्छ, चिठी पठाउनु हुन्छ । तर, त्यसलाई चाँडो अगाडि किन बढाउनु हुन्न ? कुराकानी चाँडो किन गर्नु हुन्न ? यसमा ढिलाइ किन गर्नुहुन्छ भन्ने असन्तुष्टी उहाँहरूको देखियो,’ घिमिरेले भने ।

उनले नेतात्रयसँगको संवादबारे सभापति थापा र महामन्त्री विश्वप्रकाश शर्मालाई ‘ब्रिफिङ’ गरेका छन् । उनले खड्का र सिटौलालाई भेटेको एक दिनपछि (सोमबार) सभापति र उपसभापतिलाई ‘ब्रिफिङ’ गरेका हुन् ।

‘आइतबार उहाँहरू (खड्का–सिटौला) लाई भेटे अनि मंगलबार सभापति र उपसभापतिलाई भेटेँ । भेट त भइरहन्छ हाम्रो,’ महामन्त्री घिमिरेले भने, ‘शेखर दाइ, पूर्णबहादुर दाइ र कृष्ण सिटौला दाइसँग भेटे र भएका कुरा उहाँहरूसँग गरेँ ।’

महामन्त्री घिमिरेका अनुसार सभापति थापाले पनि सबै नेतासँग संवाद गरेर सहमति खोज्ने प्रतिबद्धता जनाएका छन् । ‘सभापतिले म आफैं उहाँहरू तीन जनाबाहेक अरू नेताहरूसँग पनि कुरा गर्छु । सबैसँग कुरा गरेर अगाडि बढ्छु भन्नुभयो,’ उनले भने ।

उपसभापति शर्माले पनि कोइरालासहित अन्य नेतासँग छलफललाई तीव्र बनाउने बताएको घिमिरेले जानकारी दिए । ‘उपसभापतिजीले पनि शेखर दाइसँग मैले कुरा गर्न खोजेको, पाइराखेको छैन । फोनमात्र भयो, उहाँ काठमाडौं आउने बित्तिकै कुरा गर्छु । त्यसपछि अरु नेताहरूसँग सभापतिजी र म सल्लाह गरेरै अगाडि बढाउँछौं भन्नुभएको छ,’ उनले भने ।

विवादको निकास के हो ?

कांग्रेसको विवाद शक्ति सन्तुलन र सम्मानजनक सहभागिताको खोजीमा केन्द्रित भएको देखिन्छ । संस्थापन पक्षीय नेताहरू इतर समूहका सबै माग पूरा गरेर सहमति हुने सम्भावना कम रहेको बताउँछन् ।

तर, दुवै पक्षका अधिकांश माग सम्बोधन गर्ने ‘मिटिङ प्वाइन्ट’ भेटिए कांग्रेस महाधिवेशनअघि एकताको सन्देश दिन सफल हुन सक्ने अनुमान पनि नेताहरूको छ । के १४ औं महाधिवेशनबाट निर्वाचित भएका इतर समूहका नेताहरूलाई केन्द्रीय कार्यसमितिमा समायोजनको सम्भावना छ ?

महामन्त्री घिमिरे भन्छन्, ‘हामीले छलफल गरेका छौं । खोजी गर्दै छौं । अब मिटिङ प्वाइन्छ हुन्छ । उहाँहरूले भनेका सबै कुरालाई सम्बोधन गर्न नसकिए पनि अधिकांश कुरालाई सम्बोधन गरियो र त्यसमा उहाँहरू सहमत हुनुभयो भने त निकास आयो नि त ।’

लेखक

केशव सावद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

unnamed 1
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस स्स्थापनइतर समूहले युवा भेला गर्दै

३० जेठ, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहका युवा नेताहरूले भेला गर्दैछन् । उनीहरू कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गर्न लागेका हुन् ।

युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको आन्तरिक विवाद र विवाद समाधानका उपायबारे छलफल गर्न ‘बृहत युवा भेला’ आयोजना गरिएको जानकारी दिए । ‘यो बेला जाने कसरी त पार्टी ? पार्टी विभाजनको बाटोमा जाने कि पार्टीलाई एकतावद्ध बनाएर जाने ?,’ उनले भने, ‘यिनै विषयमा छलफल गर्न भेला बोलाएका हौं ।’

चाबहिलस्थित नवदुर्गा पार्टी भेन्युमा दिउँसो २ बजे सुरू हुने भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका युवाको सहभागिता रहने बताइएको छ । नेता शाहीका अनुसार भेलाका लागि पाँच वटा एजेन्डा प्रस्ताव गरिएको छ ।

प्रस्तावित एजेन्डाहरू :

१. फर्जी विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने ।

२.भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने ।

३. क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने ।

४. आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने ।

५. पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्ता (जेनजी) लाई हस्तान्तरण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Deuba Arzu 1
आरजु राणा देउवा, देउवा दम्पती, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेरबहादुर देउवा

तीन नेताको घर खानतलासी हुने, पक्राउ पुर्जी हामीलाई मात्रै ?

१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले उस्तै परिस्थितिबाट गुज्रिएका तीन दलका प्रमुख नेताहरूमध्ये आफूलाई मात्रै पक्राउ र धरपकडको प्रयासबाट भेदभाव गरिएको आरोप लगाएका छन् ।

जिल्ला अदालत काठमाडौंबाट आफू र पत्नी डा. आरजु देउवा राणाविरुद्ध पक्राउ अनुमति पुर्जी जारी भएको थाहा पाएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका थिए ।

उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा उस्तै प्रकृतिको घटनामा अरु दुई जनालाई केही नगरिएको तर आफू भेदभावमा परेको जिकिर गरेका हुन् ।

देउवाको दावी अनुसार, सुशीला कार्की नेतृत्वको सरकार बनेपछि ६ असोज, २०८२ मा भक्तपुरस्थित केपी ओली र ललितपुरको खुमलटारमा रहेको पुष्पकमल दाहालको घरमा खानतलासी लिई मुचुल्का समेत खडा गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनमा आफूहरू तीन जना विरुद्ध कुनै कुरा उल्लेख नभएको तर आफूलाई मात्रै पक्राउ गरिएको भन्दै देउवाले अदालतमा निवेदन दिएका हुन् ।

‘हाम्रा विरुद्ध पक्राउ पुर्जी माग गरेजस्तो अनुसन्धान अधिकृतले प्रचण्ड वा केपी ओली विरुद्ध कुनै पक्राउ पुर्जी माग वा जारी गरेको देखिएको छैन’ देउवा परिवारले सर्वोच्चमा पेश गरेको निवेदनमा भनिएको छ, ‘यसरी अनुसन्धानको क्रममा असमान रूपमा भेदभावपूर्ण व्यवहार गर्ने विभागको कार्य संविधानको धारा १८ को प्रतिकूल छ ।’

हाम्रोमा के नै भेटियो र ?

जेनजी आन्दोलनका दौरान आन्दोलनकारीहरूको आगजनीले बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको घर ध्वस्त भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले घरका कुरुवा रामबहादुर देउवालाई सूचना दिई घरको खानतलासी गरेको थियो ।

देउवा दम्पतीको दाबी अनुसार, त्यसरी घर खानतलासी गर्दा जलेका फलाम र आल्मुनियमको टुक्रा बाहेक अरू भेटिएन । थुपारिएका सामानहरू खोलेर हेर्दा पनि बहुमूल्य धातु, नगद र त्यसको जलेको अंश भेटिएको थिएन । घरको कम्पाउण्डमा जलेका पाँचवटा गाडी र दुईवटा मोटरसाइकलका अवशेष भेटिएका थिए ।

आफ्नो मात्रै नभई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी ओलीको घरमा समेत नगद जलेको भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन भएको तर समितिले केही उल्लेख नगर्दा पनि आफूहरूमाथि मात्रै धरपकड गर्न खोजिएको भन्दै देउवा परिवारले त्यसलाई भेदभावपूर्ण व्यवहार भनेको हो ।

ठूलो मात्रामा नगद सहित पक्राउ परेका विदेश र स्रोत विनाको सम्पत्ति थुपारेका कैयौंमाथि हिरासतमा नराखी अनुसन्धान भएको भन्दै देउवा दम्पतीले अनुसन्धानको प्रक्रियामा प्रश्न उठाएका थिए ।

आफूलाई आरजु राणा देउवा नभनी ‘शेरबहादुर देउवाकी पत्नी’ भनेको भरमा पक्राउ गर्न खोजिएको भन्दै आरजु राणा देउवाले पक्राउ अनुमति जारी गर्ने जिल्ला अदालतको आदेशलाई ‘आँखा चिम्लिएर पक्राउ अनुमति प्रदान गर्ने प्रवृत्तिले संविधानप्रदत्त हकमा आघात पुगेको’ दाबी गरेकी हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं विभागलाई प्राविधिक रूपमा सहयोग गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका केही प्रहरी अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलन गरिरहेको दाबी गरेका छन् । तीमध्ये एक अनुसन्धान अधिकारीको दाबीमा ‘देउवा परिवारको नाममा केही अचल सम्पत्ति भेटिएपछि थप प्रक्रिया अघि बढेको हो ।’

पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । उनीहरूको दाबीमा त्यो बाहेक अरू शंकास्पद कारोबारहरू भेटिएको हो ।

‘….त्यसैले फर्किन सकेनौं’

२३ र २४ भदौको घटनापछि आफूहरूलाई ठूलो शारीरिक र मनोवैज्ञानिक आघात परेको भन्दै देउवा दम्पतीले त्यसको केही समयपछि अध्यागमन विभागलाई जानकारी गराएर आफूहरू सिंगापुर पुगेको बताएका छन् ।

कतिपय व्यक्तिहरूले आफ्नो घरबाट स्वदेशी र विदेशी रकम जलेको भनी भ्रम फैलाएको भन्दै देउवा दम्पतीले त्यसलाई झुट भनेका छन् । उनीहरूका अनुसार, बूढानीलकण्ठस्थित घरमा पानी जम्मा गर्ने प्रयोजनका लागि बनाइएको तर प्रयोग नभएको ट्यांकी थियो ।

त्यसलाई समेत जमिनमुनि सम्पत्ति लुकाउने सेफ राखिएको भनी गलत प्रचार गरिएको भन्दै उनीहरूले त्यसैको आधारमा आफूहरूमाथि अनुसन्धान गर्न खोजिएको दाबी गरेका छन् ।

अहिले हङकङमा रहेको र उपचारपछि स्वास्थ्य र मनोवैज्ञानिक अवस्था सुधार भएर नेपाल फर्किन तयार रहेको अवस्थामा फेरि पक्राउको त्रास फैलाउन खोजिएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

औषधि उपचारपछि आफूहरू नेपाल फर्किन तयार रहेको अवस्थामा केही हितैषीले ‘तपाईंहरूलाई एयरपोर्टबाटै गिरफ्तार गर्ने तयारी छ’ भनेर सूचित गरिएको देउवा परिवारको दाबी छ ।

राजनीतिक प्रतिशोधका लागि प्रधानमन्त्री बालेन शाहले धरपकड गर्न खोजेको भन्दै उनीहरूले सर्वोच्चमा भनेका छन्, ‘सरकारले…..अपमानजनक प्रदर्शन गरी तुष्टि लिने भएको हुनाले विचार गरेर मात्र आउनुहोस् भनी खबर गरेको हुनाले हामी आश्चर्यमा परेका थियौं ।’

२०५९ सालमा पनि आफूहरूको सम्पत्ति छानबिन भए पनि त्यतिबेला केही नभेटिएको भन्दै देउवा परिवारले अहिले पनि आफूहरू विरुद्ध कुनै प्रमाण नभेटिएको जिकिर गरेका छन् ।

आफूहरू भाग्ने सम्भावना नभएको, कुनै प्रमाण लोप गर्ने अवस्था नभएको र अनुसन्धानमा बाधा समेत नगर्ने भन्दै देउवा परिवारले त्यस्तो अवस्थामा पक्राउ गर्न आवश्यक नभएको जिकिर गरेका हुन् ।

शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा रहेका शेरबहादुर देउवा पटकपटक सत्तामा पुगेका छन् ।

२०७० सालको दशकपछि कांग्रेसको राजनीतिमा डा. आरजु देउवाको पनि बढोत्तरी भएको छ, उनी पटकपटक संसद्‍मा पुगेकी छन् ।

राजनीति बाहेक अरू पेशामा नभएका देउवा दम्पतीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप सहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । तर अहिलेसम्म उनीहरूमाथि अनुसन्धान हुनसकेको छैन ।

विभागले बूढानीलकण्ठको जग्गा र त्यहाँको घरको भग्नावशेषमाथि समेत अनुसन्धान गरिरहेको छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनको सचिवालयले दाबी गर्दै आएको छ ।

उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनमा आफूहरूलाई पक्राउ नहुने अवस्थाको सुनिश्चित गरी नेपाल फर्किने वातावरण बनाउन, बूढानीलकण्ठस्थित घरको भग्नावशेष सफा गर्न नरोक्न आदेश जारी हुनुपर्ने माग गरेका थिए ।

निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारलाई पक्राउ नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

देउवा परिवारमाथि अनुसन्धान हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको तर सरकारले जारी गरेको अध्यादेशको व्यवस्था अनुसार अब भने सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था थियो ।

सर्वोच्च अदालतले त्यही अवस्था औंल्याउँदै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारमाथि धरपकड नगर्नु भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

Scroll to Top