३१ वैशाख, काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार तयार नभएपछि नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलित भएको छ । महासंघले तय गरेको पूर्व निर्धारित शान्तिपूर्ण विरोधका कार्यक्रम अनुसार बिहीबार केन्द्रमा एसोसिएट सदस्य समन्वय समितिको तर्फबाट सडक विभाग र उर्जा, जलस्रोत तथा […]
प्रतिष्ठित दुई व्यवसायी रमेश शर्मा र पिताम्बर बडुलाई विनाकसुर, विना पक्राउ पुर्जी प्रहरी पठाएर बाटोबाटै उठाएका भौतिकमन्त्री लम्सालको टिमले अन्य तीन दर्जन व्यवसायीलाई पनि मन्त्रालय बोलाएर बयान लिएको व्यवसायीहरू बताउँछन् ।
१५ वैशाख, काठमाडौं । निर्माण व्यवसायीहरूले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका निर्माण सामग्रीहरूमा चर्को मूल्यवृद्धि भईरहेका बेला मंगलबार निर्माण व्यवसायीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री बालेन साहलाई ज्ञापनपत्र बुझाउँदै सो माग गरेका हुन् । निर्माण कार्य ठप्प हुनेगरी निर्माण सामग्रीहरुमा मूल्य वृद्धि भएकाले तत्काल […]
२८ चैत, धनगढी । निर्माण व्यवसायी संघ कैलालीले इन्धनजन्य सामग्री तथा निर्माण सामग्रीमा भइरहेको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग ठप्प हुने अवस्थामा पुगेको भन्दै उद्योगमा ‘आपतकाल’ घोषणा गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, पेट्रोल, मट्टितेल लगायत इन्धनजन्य सामग्रीमा पटक–पटक भइरहेको अप्रत्याशित मूल्यवृद्धिले निर्माण क्षेत्र […]