२३ चैत, काठमाडौं । गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१७ पकनाजोल घर भएका ४० वर्षीय गुरुङलाई गएराति ठमेल क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको जानकारी दिए ।
काठमाडौं परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार ७६ जनामध्ये ७० जनालाई अभद्र व्यवहार, तीन जनालाई जुवा र तीन जनालाई लुटपाट कसुरमा अनुसन्धान भइरहेको छ ।
२१ चैत, काठमाडौं । युवा संघका नेता वकिल बम गुण्डागर्दी गरेको आरोपमा पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयले गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गर्ने क्रममा बम पनि परेका हुन् । उनी नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघमा सचिवालय सदस्य छन् । युवा संघको कार्यालय टिममा बसेर काम गरिरहेका उनी शुक्रबार राति पक्राउ परेका हुन् । […]
२१ चैत, काठमाडौं । प्रहरी गुण्डागर्दीविरुद्ध अपरेशन सुरु गरेको छ । नयाँ जनादेश अनुसार सरकार बनेपछि सक्रिय भएको प्रहरी गुण्डागर्दीविरुद्ध पनि अभियान चलाएको हो । अभियानको सुरु गरेसँग गुण्डागर्दीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर, काठमाडौंले गुण्डागर्दी गर्नेहरुलाई नियन्त्रणमा लिएका हुन् । अपराध अनुसन्धन कार्यालका एसएसपी सन्तोष खड्काले […]