काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

कर्पोरेट

Auto Added by WPeMatico

पल्सर आरपीएम सम्पन्न, युवाको सिर्जनशीलता र साहसिक प्रतिभा प्रस्तुत
कर्पोरेट, पल्सर आरपीएम

पल्सर आरपीएम सम्पन्न, युवाको सिर्जनशीलता र साहसिक प्रतिभा प्रस्तुत



News Summary

Generated by OK AI. Editorially reviewed.

  • टोखास्थित स्केटर्स नेपालमा १६ जेठका दिन युवाहरूको प्रतिभा र साहसिक खेल प्रदर्शन गर्ने उद्देश्यले ‘पल्सर आरपीएम’ कार्यक्रम सम्पन्न भएको छ ।
  • कार्यक्रममा बी–बोइङ, स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन, र्‍याप ब्याटल र स्टन्ट राइडर रबिन श्रेष्ठको रोमाञ्चक मोटरसाइकल स्टन्ट मुख्य आकर्षण रहेका थिए ।
  • आयोजकका अनुसार यस कार्यक्रमले नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूलाई आफ्नो कला र क्षमता प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको छ ।

१८ जेठ, काठमाडौं । जेठ १६ गते टोखास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । युवा पुस्ताको ऊर्जा, सिर्जनशीलता र साहसिक प्रतिभालाई एकै थलोमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विधाका कलाकार तथा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा बी–बोइङ (ब्रेक डान्स), स्केटबोर्डिङ, बीएमएक्स प्रदर्शन तथा र्‍याप ब्याटलजस्ता आकर्षक प्रस्तुतिहरू समावेश थिए । यी गतिविधिमार्फत नेपालका उदीयमान तथा भूमिगत प्रतिभाहरूले आफ्नो कला र क्षमता प्रदर्शन गरेका थिए । कार्यक्रममा उपस्थित दर्शकहरूले उत्साहपूर्ण सहभागिता जनाउँदै भरपुर मनोरञ्जन लिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षणका रूपमा स्टन्ट राइडर रबिन श्रेष्ठले पल्सर एनएस २०० मा सवार हुँदै रोमाञ्चक स्टन्ट प्रदर्शन गरेका थिए । उनको साहसिक प्रस्तुति र उत्कृष्ट नियन्त्रण क्षमताले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । स्टन्ट प्रदर्शनका क्रममा देखाइएको कौशल, गति र सन्तुलनले कार्यक्रमलाई थप रौनकता दिएको थियो ।

पल्सर आरपीएम टेकओभर केवल मनोरञ्जनात्मक कार्यक्रम मात्र नभई गति, सिप, सिर्जनशीलता र आत्मविश्वासको उत्सवका रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

पल्सर समुदायले प्रतिनिधित्व गर्ने साहसी, ऊर्जाशील र सीमाभन्दा बाहिर सोच्ने संस्कृतिलाई कार्यक्रमले प्रभावकारी रूपमा प्रस्तुत गरेको थियो । एकै स्थानमा विविध कला, खेलकुद र सांगीतिक प्रस्तुतिहरूलाई समेट्दै सम्पन्न भएको ‘पल्सर आरपीएम’ ले युवा पुस्ताको उत्साह र प्रतिभालाई उजागर गर्नुका साथै सहभागीहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच कर्जा सम्झौता
कर्पोरेट, लक्ष्मी सनराइज बैंक

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच कर्जा सम्झौता



News Summary

Generated by OK AI. Editorially reviewed.

  • लक्ष्मी सनराइज बैंक र बेलायतको ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टबीच २ करोड ५० लाख अमेरिकी डलरको कर्जा सुविधा सम्झौता भएको छ ।
  • उक्त कर्जा लघु, साना तथा मझौला उद्यमको वित्तीय पहुँच विस्तार गर्न र ३० प्रतिशत महिला उद्यमीका लागि लक्षित गरिने छ ।
  • यस सहकार्यले रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र बैंकको वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास छ ।

१३ जेठ, काठमाडौं । बेलायतको विकास वित्त संस्था ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ।

महिला उद्यमलाई प्राथमिकता दिँदै नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले यो सम्झौता गरिएको बैंकले जनाएको छ । नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ।

तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत यस्ता व्यवसायले मात्र कर्जा सुविधा प्राप्त गरेका छन् ।

यस लगानीमार्फत बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ।

यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्‍याउने विश्वास गरिएको छ।

यस सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्‍याउनेछ ।

डलरभन्दा बढी परिचालन गरिसकेको छ। संस्थाको ६६ देशका १ हजार ६०० भन्दा बढी व्यवसायमा लगानी रहेको छ भने कुल खुद सम्पत्ति ९.८७ अर्ब पाउन्ड बराबर रहेको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


जगदम्बा होल्डिङ्सले भन्यो : कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ
कर्पोरेट, जगदम्बा होल्डिङ्स, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

जगदम्बा होल्डिङ्सले भन्यो : कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ

अध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा क्रममा पक्राउ परेपछि जगदम्बा होल्डिङ्सले भन्यो : अनुसन्धान जारी छ, अन्तिम न्यायिक निर्धारण भइसकेको छैन, त्यसैले हतारमा निष्कर्ष ननिकालिदिनुहोला
साउथवेस्टर्न स्कुल र एलसीसीआई क्वालिफिकेसन्सबीच साझेदारी
कर्पोरेट, साउथवेस्टर्न स्कुल

साउथवेस्टर्न स्कुल र एलसीसीआई क्वालिफिकेसन्सबीच साझेदारी

२६ फागुन, काठमाडौं । साउथवेस्टर्न स्कुल एलसीसीआई ग्लोबल क्वालिफिकेसन्ससँग साझेदारी गर्दै ‘अर्ली जिनियस स्कुल’ मा आबद्ध भएको छ । योसँगै स्कुलले अक्स्फोर्ड एडभान्टेजबाट सञ्चालित अर्ली जिनियस प्रोग्राम लागु गर्ने भएको छ । यो सहकार्यले गुणस्तरीय शिक्षा प्रदान गर्ने तथा बालबालिकाको समग्र विकासलाई प्राथमिकता दिने स्कुलको प्रतिबद्धतामा अर्को महत्त्वपूर्ण उपलब्धि थपेको छ । अर्ली जिनियस प्रोग्रामले […]
रिलायन्स स्पिनिङ मिल्सले मजदुरलाई बाँड्यो ६ करोड रुपैयाँ बोनस
कर्पोरेट, रिलायन्स स्पिनिङ मिल्स

रिलायन्स स्पिनिङ मिल्सले मजदुरलाई बाँड्यो ६ करोड रुपैयाँ बोनस

१९ फागुन, काठमाडौं । तीन दशक लामो यात्रामा पनि मजदुरको न बन्द–हड्ताल, न त कुनै असन्तुष्टिको आवाज र अवरोध । ‘मजदुरमैत्री’ उद्योगको पहिचान बनाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा आफ्ना कर्मचारीलाई ६ करोडभन्दा बढी रकम बोनस बाँडेर खुसी थपेको छ । कम्पनीका अनुसार गत आर्थिक वर्षमा कर्मचारीलाई ६९ दिन बराबरको ६ […]
मेटलाइफका ग्राहकलाई वात्सल्यमा आईभीएफ गराउँदा विशेष छुट
कर्पोरेट, वात्सल्य आईभीएफ

मेटलाइफका ग्राहकलाई वात्सल्यमा आईभीएफ गराउँदा विशेष छुट

१९ फागुन, काठमाडौं । विभिन्न किसिमका प्रजनन् र आईभीएफ सेवा प्रदान गर्दै आएको वात्सल्य नेचुरल आईभीएफ र मेटलाइफ नेपालबीच विशेष सम्झौता भएको छ । प्रजनन् तथा आईभीएफ सेवामा विशेष छुट प्रदान गर्ने उद्देश्यले भएको यस सम्झौताअन्तर्गत, मेटलाइफका बीमा ग्राहक र उनीहरूका एकाघरका परिवार सदस्यहरूले ‘वन बाई’ मेटलाइफ एपमा रहेको ‘डिजिटल लाइफ कार्ड मार्फत वात्सल्यका सेवाहरूमा […]
दरबारमार्गस्थित ‘द पार्क’ मा लालीको फ्ल्यागसिप स्टोर उद्घाटन
कर्पोरेट, बिजनेस प्रमुख, लालीको फ्ल्यागसिप स्टोर

दरबारमार्गस्थित ‘द पार्क’ मा लालीको फ्ल्यागसिप स्टोर उद्घाटन

१७ फागुन, काठमाडौं । नेपाली सौन्दर्य तथा केयर ब्रान्ड लालीले दरबारमार्गस्थित द पार्क मा आफ्नो फ्ल्यागसिप खुद्रा स्टोर औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। उद्घाटनसँगै गुणस्तरीय, स्थानीय स्रोतमा आधारित सौन्दर्य सामग्री बजारसम्म पुर्‍याउन स्टोरबाट महत्वपूर्ण योगदान पुग्ने लालीले जनाएको छ । ‘टच अफ नेपाल’ को अवधारणामा स्थापित लालीले परम्परागत हिमाली ज्ञान र आधुनिक कस्मेटिक मापदण्डलाई संयोजन […]
पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा
एनसेल सेन्टर, कर्पोरेट

पोखरा एनसेल सेन्टर पुनः सञ्चालनमा

१७ फागुन, काठमाडौं । एनसेलले पोखरामा आफ्नो सेन्टर पुनः सञ्चालनमा ल्याएको छ । सिर्जना चोक, पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेला तोडफोड भएपछि बन्द रहेको थियो। मर्मत सम्भार पश्चात पुनः सञ्चालनमा ल्याएर बिहीबार एक कार्यक्रममाझ सेन्टरको उद्घाटन गरिएको छ। एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतमले एनसेल सेन्टरको उद्घाटन […]
मेदान्त अस्पतालको सहकार्यमा सिटिजन्स बैंकका कर्मचारीलाई स्तन र प्रोस्टेट क्यान्सरबारे सचेतना
कर्पोरेट, मेदान्त अस्पताल, सिटिजन्स बैंक

मेदान्त अस्पतालको सहकार्यमा सिटिजन्स बैंकका कर्मचारीलाई स्तन र प्रोस्टेट क्यान्सरबारे सचेतना

१५ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले कर्मचारीको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन तथा प्रोस्टेट क्यान्सर सम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना गरेको

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
कर्पोरेट, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

१४ फागुन, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले ग्राहक, सेयरधनी,

Scroll to Top