जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो ।
सांसद दंगालले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई मध्यरातमा ‘आतङ्ककारीलाई जस्तो गरी’ गिरफ्तार गरिएको भन्दै सरकारको नियतमाथि प्रश्न उठाए ।
१८ चैत, काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकको बयान सुरु भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा आजबाट लेखकको बयान सुरु भएको हो । मंगलबार दिउँसोदेखि उनको बयान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । लेखकमाथि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप भएको थियो । भदौ २३ र २४ […]
रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।
रमेश लेखककी पत्नी यशोदा लेखकले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाइपछि न्यायाधीश कुमार रेग्मीको इजलासले गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन पेश गर्न आदेश दिएको हो ।