काभ्रेका अजित मिजारका परिवारलाई न्याय दिन कांग्रेसको माग
धवल शम्शेरलाई प्रवक्ता श्रेष्ठको जबाफ- राप्रपाको वैधानिकता धेरै बाँकी छ
सामान्य घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
लिङ्देनलाई ज्ञानेन्द्रको चुनौती- युवालाई नेतृत्व छाड्नुस् नत्र महाधिवेशन हार्नु हुन्छ
रोल्पामा जिप ६०० मिटर तल खस्दा तीन जनाको मृत्यु
भन्सार छलेको आशंकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लियो ७७४ वटा गाडी
सार्वजनिक लेखा समितिको बैठक स्थगित

२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक स्थगित गरिएको समिति सभापति भरतबहादुर खड्काले जानकारी दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला जिल्लामा चुनाव हुँदै गरेको र रास्वपाका सांसदहरू समितिमा अनुपस्थित हुने अवस्थाका कारण बैठक स्थगित गरिएको जनाइएको छ ।
‘कोरम नपुग्ने अवस्थामा बैठक नराखौं भनेर स्थगित गरिएको हो’ सभापति खड्काले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
एमालेको राष्ट्रिय कार्यशाला आज सकिँदै

२१ जेठ, काठमाडौं । नेकपा एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज सकिँदै छ । आज अन्तिम दिन समूह नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ ।
समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी गर्दै पार्टीका तर्फबाट दिशानिर्देश हुने गरी सम्बोधन गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
महासचिव पोखरेलको सम्बोधनपछि समसामयिक प्रस्तावहरू पारित गर्दै कार्यशाला सम्पन्न हुने छ ।
एमाले ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ हिजोदेखि बबरमहलको कार्की ब्यांक्वेटमा सुरु भएको थियो । कार्यशालाको उदघाटन अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सगरमाथा क्षेत्रमा बेपत्ता गाइड दावा शेर्पा ६ दिनपछि भेटिए, उपचारका लागि काठमाडौं ल्याइँदै

News Summary
Generated by OK AI. Editorially reviewed.
- सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता ओखलढुङ्गाका पर्वतारोहण गाइड दावा शेर्पा २१ जेठको बिहान खुम्बु आइसफल क्षेत्रमा जीवितै फेला परेका छन् ।
- जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका शेर्पालाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि काठमाडौं पठाइएको छ ।
- उनलाई एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक पेम्बा शेर्पाको निजी खर्चमा परिचालित टोलीले हिउँमा घिस्रिँदै गरेको अवस्थामा फेला पारेको हो ।
२१ जेठ, काठमाडौं । सगरमाथा क्षेत्रमा बेपत्ता ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा ६ दिनपछि फेला परेका छन् । खोजी टोलीले आज बिहान उनलाई खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो ।
उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध थिए । उनको खोजीमा खटिएका एटके एक्सपिडिसनका एमडी पेम्बा शेर्पाका अनुसार हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा दावालाई फेला पारिएको हो ।
उनलाई अल्टिच्युड एयरको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौं ल्याइँदैछ । फेसबुकमा सार्वजनिक दावाका तस्वीरहरुमा उनका हातका औंलामा घाउ भएको देखिन्छ ।
दावा यही जेठ १५ गते तेस्रो शिविर आसपासबाट सम्पर्कविहीन भएका थिए । उनको खोजीमा एटके एक्सपिडिसनका एमडी शेर्पाले आफ्नै खर्चमा अल्टिच्युड एयरको हेलिकोप्टरसहितको टोली परिचालन गरेका थिए । आज उनलाई फेला पारेर आधार शिविर हुँदै उपचारका लागि काठमाडौं ल्याइँदै छ ।
दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहणमा गएका थिए । फर्किने क्रममा सम्पर्कविहीन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय






