१० वैशाख, बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति निधन भएको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथका अनुसार २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए । गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले समाजसेवी समेत रहनुभएका वडाध्यक्ष विष्टको निधनमा गाउँपालिकाले एकदिन शोक बिदा […]
सल्यानको विद्युत वितरण केन्द्रबाट तीन थान मिटर बक्स पाउन कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्का राति अबेरसम्म धर्नामा बस्नु पर्यो । उनी झोलाको सिरानी राखेर भुईंमै सुते ।