काभ्रेपलाञ्चोक
+977-9863403002
१९ जेष्ठ २०८३ मंगलवार

भोटेकोशी हेली रिसोर्ट

Auto Added by WPeMatico

४० लाख धरौटी नबुझाउँदा कारागार चलान भए भोटेकोशी हेली रिसोर्ट सञ्चालक प्रधान
बिजनेस विशेष, भोटेकोशी हेली रिसोर्ट, मेन स्टोरी, विजनेश होम

४० लाख धरौटी नबुझाउँदा कारागार चलान भए भोटेकोशी हेली रिसोर्ट सञ्चालक प्रधान



News Summary

Generated by OK AI. Editorially reviewed.

  • बैंकिङ कसुरमा पक्राउ परेका भोटेकोशी हेली रिसोर्टका सञ्चालक सुवास प्रधान अदालतले मागेको ४० लाख रुपैयाँ धरौटी बुझाउन नसकी कारागार चलान भएका छन् ।
  • रिसोर्टका पूर्वअध्यक्ष चिनबहादुर रानाभाटलाई सेयरबापत दिएको ७ करोड रुपैयाँको चेक नसाटिएपछि उनकै जाहेरीका आधारमा प्रधान पक्राउ परेका हुन् ।
  • ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडको जग्गा र संरचना लिलामी प्रक्रिया अगाडि बढाएको छ ।

१९ जेठ, पोखरा । बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतले माग गरेको ४० लाख रुपैयाँ धरौटी नबुझाउँदा भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका सञ्चालक सुवास प्रधान कारागार चलान भएका छन् ।

प्रधानलाई जेठ ३ गते काठमाडौंमा पक्राउ गरी कास्की ल्याएर अनुसन्धानपछि मुद्दा दायर गरिएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश देवकुमार गिरीको इजलासले प्रधानसँग ४० लाख रुपैयाँ धरौटी माग गरेको थियो ।

अदालतले जेठ १३ गते धरौटीमा रिहा गर्न माग गरेकोमा नबुझाएपछि कारागार चलान भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।

२०८२ माघ २३ गते बैंकिङ कसुरमा पक्राउ परी कास्की जिल्ला अदालतबाट जिम्मा जमानीमा छुटेका प्रधान फेरि जेठ ३ गते समातिएका थिए । रिसोर्टका पूर्वअध्यक्षसमेत रहेका चिनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधान पक्राउ परेका हुन् ।

रिसोर्टका प्रमुख शेयरधनी चिनबहादुरलाई ७ करोड रुपैयाँको चेक दिएर प्रधानले शेयर किनेका थिए । चिनबहादुरले आफू प्रमुख शेयरधनी बनेर समीर कुमार नेपाल (मोरङ), छिरिङ शेर्पा (सिन्धुपाल्चोक) र सुवास प्रधान (नुवाकोट) मिलेर रिसोर्ट सञ्चालन गरेका थिए ।

सुरुमा चिनबहादुर, समीर र छिरिङ मिलेर २०७८ सालबाट रिसोर्ट सञ्चालन गरेका थिए । पछि रिसोर्टमा सुवासको प्रवेश भएको थियो ।

सुवासले रिसोर्ट आफूले सञ्चालन गर्ने भन्दै अर्का व्यवसायी दिपेन्द्र अग्रवाललाई भित्राउँदै चिनबहादुरको शेयर किनेको बताइएको थियो । तर, चेकको रकम खातामा जम्मा गर्न नसक्दा र धरौटीबापतको रकमसमेत नतिर्दा प्रधान कारागार चलान भएका हुन्  ।

अहिले रिसोर्ट सञ्चालनका लागि लिइएको ऋण तिर्न नसकेपछि नेपाल बैंक लिमिटेडले लिलामी प्रक्रिया अगाडि बढाएको छ । गोरखापत्र दैनिकमा जेठ १ गते शुक्रबार सार्वजनिक सूचना जारी गर्दै लिलामी गर्ने प्रक्रिया अघि बढाइएको हो । बैंकको कर्जा असुली विभागले जारी गरेको सूचना अनुसार साविक मार्मिङ–१ मा रहेको कुल २७ रोपनी ६ आना जग्गा र त्यसमा बनेको रिसोर्टका संरचना लिलामी प्रक्रियासमेत सुरु गरिएको छ ।

लिलामी प्रक्रिया २०८३ असार ५ गते बिहान ११ बजे काठमाडौं बैंकिङ अफिसमा हुने तय गरिएको छ । चीनबहादुरका अनुसार करिब ७० करोडको लगानीमा क्यासिनोसहित चार तारेस्तरको रिसोर्ट सञ्चालनमा ल्याइएको छ । भोटेकोशी छेउमै करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा छ ।

तर, लिलामी भन्दा अगाडि नै चिनबहादुरकै जाहेरीका आधारमा प्रधान पक्राउ परेका हुन् ।

प्रमुख शेयरधनी रहेका चिनबहादुरको शेयर प्रधानलाई हस्तान्तरण गर्ने सहमतिअनुसार ७ करोड रुपैयाँको चेक लिएका थिए । चिनबहादुरले सुवासको नाममा शेयर हस्तान्तरण गरिदिएको बताउँछन् । तर उनले पाउनुपर्ने रकम भने नपाएपछि बैंकिङ कसुरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए ।

पहिलो पटक २०८२ पुस २० गते २ करोड ५० लाख रुपैयाँको बिगो दाबी गर्दै जाहेरी दिएपछि माघ २३ गते प्रधान पक्राउ परेका थिए । तर, जिल्ला अदालत कास्कीले त्यसको भोलिपल्टै अधिवक्ता जयराम श्रेष्ठको जिम्मा जमानीमा छाडेका थिए ।

जिम्मा जमानीमा थुनाभन्दा बाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश गरेको भए पनि त्यसयता प्रधान प्रहरीको सम्पर्कमै आएनन् । रिसोर्ट शेयर हस्तान्तरण गरेर दुई वटा चेकबाट ७ करोड रुपैयाँ लिएका चिनबहादुरले २०८२ चैत १७ गते ३ करोड ५० लाख रुपैयाँ बिगो दाबी गर्दै फेरि बैंकिङ कसुरमा जाहेरी दिएका थिए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ
बिजनेस, भोटेकोशी हेली रिसोर्ट, राष्ट्रिय समाचार, सुवास प्रधान

रिसोर्टको शेयर लिएर पैसा नदिएको कसुरमा भोटेकोशी हेली रिसोर्टका सञ्चालक फेरि पक्राउ

भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडका पूर्वअध्यक्ष पोखराका चीनबहादुर रानाभाटको जाहेरीका आधारमा प्रधानलाई पक्राउ गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिए ।
Scroll to Top