काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

प्रवास

Auto Added by WPeMatico

unnamed 1
प्रवास

अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन सुरु

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन अमेरिकाको कोलोराडोमा शनिवार सुरु भएको छ ।

सम्मेलनको उद्घाटन मदन पुरस्कार विजेता प्रमुख अतिथि डा.नवराज लम्साल, समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी, वर्तमान अध्यक्ष सर्वज्ञ वाग्ले र बोर्ड अफ ट्रस्टी सभापति पदम विश्वकर्माले संयुक्त रूपमा गरे ।

सम्मेलनको उद्घाटन गर्दै डा. लम्सालले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाली भाषी साहित्यकारहरुको अन्तर्राष्ट्रिय संसद्का रूपमा रहेका बताए ।

डा. लम्सालले नेपालको सीमानाभन्दा बाहिर रहेका स्रष्टाहरुले लेखिने साहित्यलाई अलग राखेर नेपाली भाषा र साहित्य अधुरो रहने बताए ।

सम्मेलनमा मदन पुरस्कार विजेता लम्साल, डा. निलम कार्की निहारिका, समालोचक महेश पौडेल र आचार्य राजनलाई सम्मान गरिएको थियो ।

अनेसासका अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षतामा सुरु भएको सम्मेलनको उद्घाटन सत्रमा सम्मेलन संयोजक अनेसास कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनेसासका महासचिव राजु सिटौला र कोषाध्यक्ष तारा अधिकारीले गरेका थिए ।

सोमबारसम्म चल्ने सम्मेलनमा ‘इतिहासमा आख्यान र आख्यानमा इतिहास’, नेपाली भाषा साहित्यको प्रवर्द्धनमा प्रवासी पत्रकारिताको भूमिका लगायत दर्जन बढी महत्त्वपूर्ण सेसन तथा छलफलमा विभिन्न साहित्यकार, लेखक, पत्रकारले नेपाली डायस्पोरामा फैलिँदो नेपाली साहित्यका विषयमा विमर्श पनि हुँदै छ ।

सम्मेलनमा सम्मेलनमा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साह, वरिष्ठ देउडा गायक नन्दकृष्ण जोशी, ख्यातिप्राप्त अङ्ग्रेजी साहित्यकार डा. ज्याकलिन केरबेक, रेड ओ लाफ्लिन, पत्रकारहरू राधेश्याम लेकाली, सुधीर शर्मा, बसन्त बस्नेत, बबिता बस्नेत, बिपुल पोखरेल, नारायण श्रेष्ठ, नेपाल अमेरिका पत्रकार समाज (नेजा) का अध्यक्ष सुरज भण्डारी लगायत नेपाल, अमेरिका, युरोप लगायतका देशबाट २०० जना साहित्यकार, लेखक, पत्रकार र संघ संस्थाका प्रतिनिधि सहभागी छन् ।

Adblock test (Why?)

unnamed 1
एसोसिएसन अफ नेपाली ओरिजिन, गैरआवासीय नेपाली, प्रवास, राष्ट्रिय समाचार

अमेरिकास्थित गैरआवासीय नेपालीको अपेक्षा- आउने पुस्तालाई जराप्रति गर्व गर्ने वातावरण बनोस्

अमेरिकाको ओहायोस्थित गैरआवासीय नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली मूलका नागरिकलाई विशेष डेस्कको व्यवस्था गरेकामा खुसी व्यक्त गरेका छन् ।
unnamed 1
पोर्चुगल, प्रवास, राष्ट्रिय समाचार

पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

एकातिर महँगो हवाई भाडा र कानुनी झन्झटले पोर्चुगलमा मृत्यु भएका नेपालीको शव हप्तौँसम्म अलपत्र पर्ने गरेको छ भने, अर्कोतिर शव फिर्तीका लागि उठाइने चन्दा अभियानहरू बाध्यात्मक बन्दै गएका छन्। पोर्चुगल सरकारले शव व्यवस्थापनका लागि दिने आर्थिक सुविधाबारे सही सूचनाको अभाव हुँदा मृतकका आश्रित परिवार राहत पाउनबाट वञ्चित भइरहेका छन्।
unnamed 1
पहिलो र दोश्रो विश्वयुद्ध, प्रमुख समाचार (Home), प्रवास, वीर गोर्खाली

पहिलो र दोश्रो विश्वयुद्धका वीर गोर्खालीको स्मरण गराउँदै हङकङमा ‘पुर्खा दिवस’

‘त्यो मध्ये दुई लाख ११ हजार ९२९ जनाको समाधि कसको हो भनेर अझै सनाखत हुन सकेका छैन । ती सनाखत हुन नसकेका समाधिमध्ये अधिकांस गोर्खाको हुनसक्छ’
Scroll to Top