काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

खेलकुद – Home

Auto Added by WPeMatico

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप, फिफा विश्वकप २०२६, विशेष

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डको सुखद सुरुवात

अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • २८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको स्कटल्यान्डले हाइटीलाई १–० ले पराजित गर्दै फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ ।
  • स्कटल्यान्डका लागि २९औं मिनेटमा जोन म्याकगिनले गरेको एकमात्र गोल नै टोलीको जितका लागि पर्याप्त बन्यो ।
  • प्रतियोगिता अन्तर्गत आइतबार नै भएका अन्य खेलहरूमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले १–१ गोलको बराबरी खेलेका छन् ।

३१ जेठ, काठमाडौं । २८ वर्षपछि पुनरामगन गरेको स्कटल्यान्डले फिफा विश्वकप–२०२६ मा सुखद सुरुवात गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आइतबार बिहान भएको खेलमा स्कटल्यान्डले हाइटीमाथि १–० को जित निकाल्यो ।

स्कटल्यान्डको जितमा जोन म्याकगिनले निर्णायक गोल गरे । जोनले २९औं मिनेटमा गरेको गोलले नै स्कटल्यान्डलाई जितका लागि पर्याप्त भयो । स्कटल्यान्डसँग बराबरी बल पोसेसन बनाएको हाइटीले गोल भने गर्न सकेन ।

जितसँगै स्कटल्यान्डले ३ अंक जोडेर समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । उक्त समूहमा बराबरी खेलेका मोरक्को र ब्राजिलको समान एक–एक अंक छ । स्कटल्यान्डसँग पराजित हाइटी अंकविहीन छ ।

स्कटल्यान्डले पछिल्लोपटक सन् १९९८ मा विश्वकप खेलेको थियो । त्यसपछि लगातार छनोट हुन नसकेको स्कटल्यान्ड २८ वर्षपछि छनोट भएको थियो ।

यस्तै स्कटल्यान्डको विश्वकपमा ३६ वर्षपछि पहिलो जित पनि हो । पछिल्लोपटक सन् १९९० मा स्कटल्यान्डले स्वीडेनलाई २-१ ले हराएको थियो ।

अब आजको चौथो खेलमा अस्ट्रेलिया र टर्की खेल्नेछन् । उक्त खेल क्यानडाको भ्यानकुभर स्टेडियममा बिहान पौने १० बजेबाट सुरु हुनेछ ।

आजको पाँचौं खेल जर्मनी र कुराकाओबीच राति पौने ११ बजेबाट सुरु हुनेछ । यसअघि आजै भएको खेलमा कतार र स्विट्जरल्यान्ड तथा मोरक्को र ब्राजिलले एक–एकको बराबरी खेलेका थिए ।

Adblock test (Why?)

विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबीच रोचक प्रतिस्पर्धा हुँदै
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फिफा विश्वकप, फिफा विश्वकप २०२६, फुटबल

विश्वकप २०२६ : दक्षिण कोरिया र चेक रिपब्लिकबीच रोचक प्रतिस्पर्धा हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण कोरिया र चेक रिपब्लिकबीचको खेल २९ जेठमा मेक्सिकोको ग्वाडालजारा रंगशालामा हुने भएको छ ।
  • एसियाली राष्ट्र दक्षिण कोरिया लगातार ११औं पटक विश्वकप खेल्दैछ भने चेक रिपब्लिक २० वर्षपछि विश्वमञ्चमा फर्किएको छ ।
  • फिफा वरीयताको २५औं स्थानमा रहेको दक्षिण कोरिया र ४०औं स्थानमा रहेको चेक रिपब्लिकबीच विश्वकप इतिहासमा यो पहिलो भेट हो ।

२८ जेठ, काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो खेल दक्षिण कोरिया र चेक रिपब्लिकाबिच हुँदैछ । मोक्सिकोको ग्वाडालजारा रंगशालामा हुने उक्त खेल शुक्रबार बिहान पौने ८ बजेबाट सुरु हुनेछ ।

विश्वकपको इतिहासमा यी दुई टोलीबीच हुन लागेको यो नै पहिलो भेट हो । अन्य प्रतियोगितामा भने यी दुई टोलीबिच ३ खेल भएको थियो । दुवै टोलीले एकएक जित निकाल्दा एक खेल बराबरीमा सकिएको छ । उनीहरूको अन्तिम भेट २०१६ मा भएको थियो, जहाँ दक्षिण कोरिया २–१ ले विजयी भएको थियो ।

एसियाली राष्ट्र दक्षिण कोरियाले लगातार ११औँ पटक विश्वकपमा सहभागिता जनाउँदैछ भने चेक रिपब्लिक २० वर्षको लामो पर्खाइपछि विश्वमञ्चमा फर्किएको हो । दक्षिण कोरिया सन् २००२ मा चौथो स्थान हासिल गरेको थियो ।

त्यतिबेलाका कप्तानी गरेका होंग म्युङ–बो अहिले टोलीका प्रशिक्षक छन् । चेक रिपब्लिकका ३५ वर्षीय पूर्वकप्तान भ्लादिमिर दारिदाले टोलीलाई विश्वकपमा पु¥याउन अन्तर्राष्ट्रिय सन्यास फिर्ता लिँदै टोलीमा पुनरागमन गरेका हुन् ।

दक्षिण कोरियाले एएफसी छनोट चरणका १६ खेलहरूमा अपराजित रहँदै र मात्र ८ गोल खाएर आफ्नो प्रभुत्व जमाएको थियो । चेक रिपब्लिक आफ्नो समूहमा क्रोएसियाभन्दा पछि रहँदै दोस्रो स्थानमा खुम्चियो र प्लेअफमा रिपब्लिक अफ आयरल्यान्ड र डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै कठिन परिस्थितिमा नतिजा निकाल्ने आफ्नो क्षमता प्रदर्शन गर्‍यो ।

दुवै टोलीको खेल्ने शैली फरकफरक भएकाले यो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।

फिफा वरियताको २५औं स्थानमा रहेको दक्षिण कोरिया सन ह्युङ–मिन, ली काङ–इन र किम मिन–जे जस्ता चर्चित खेलाडीहरू छन् । दक्षिण कोरिया यो समूहमा बलियो टोली मानिएको छ । यस समूहमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका पनि छन् ।

चेक रिपब्लिक फिफा वरियताको ४०औं स्थानमा छ । चेक रिपब्लिकासँग प्याट्रिक सिक र एदम ह्लोजेक जस्ता खतरनाक खेलाडीहरू छन् । जसले दक्षिण कोरियालाई कडा टक्कर दिन सक्छन् ।

चेक रिपब्लिकाले पछिल्लो ५ खेलमा शतप्रतिशत जित निकालेको छ । दक्षिण कोरिया ५ मध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ ।

खेल : दक्षिण कोरिया भर्सेस् चेक रिपब्लिक
मिति र समय : २९ जेठ, विहान ७:४५ बजेदेखि
स्थान : ग्वाडालजारा रंगशाला
रेफ्री : अमिन मोहमद ओमर

पछिल्ला ५ नतिजा :
चेक रिपब्लिक ५ खेलमा ५ जित
दक्षिण कोरिया ५ खेलमा ३ जित

Adblock test (Why?)

बंगलादेशलाई हराउँदै भारत छैटौं पटक साफ महिला च्याम्पियन
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल, साफ महिला च्याम्पियनसिप

बंगलादेशलाई हराउँदै भारत छैटौं पटक साफ महिला च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • गोवामा शनिबार भएको फाइनल खेलमा बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।
  • भारतलाई उपाधि दिलाउन सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे ।
  • पछिल्ला दुई संस्करणको विजेता बंगलादेश यसपटक उपविजेतामा सीमित भयो भने सेमिफाइनलबाट बाहिरिएको नेपालले उपाधि जित्न सकेन ।

२३ जेठ, काठमाडौं । बंगलादेशलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतले साफ महिला च्याम्पियनसिप २०२६ को उपाधि जितेको छ ।

शनिबार गोवाको जवहरलाल नेहरु रंगशालामा भएको फाइनलमा भारतले सहज जित निकाल्दै प्रतियोगिताको इतिहासमा आफ्नो छैटौं उपाधि उचालेको हो । भारतले ७ वर्षपछि उपाधि जितेको हो ।

भारतको जितमा सनफिदा नोंगरुम, प्यारी छाछा र लिन्डा कोमले एक–एक गोल गरे । बंगलादेशका लागि रितु पोर्ना चक्माले बराबरी गोल गरेपनि खेलमा फर्काउन सकिनन् ।

सेमिफाइनलमा बंगलादेशले नेपाललाई २–१ ले हराएको थियो भने भारतले भुटानमाथि १–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

यससँगै भारतले सन् २०१०, २०१२, २०१४, २०१६, २०१९ र २०२६ गरी कुल छैटौं पटक साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।

पछिल्ला दुई संस्करण (२०२२ र २०२४) मा च्याम्पियन बनेको बंगलादेश भने यसपटक उपविजेतामै सीमित रह्यो ।

नेपाल भने २०१०, २०१२, २०१४, २०१९, २०२२ र २०२४ मा उपविजेता बनेको थियो । यसपटक सेमिफाइनलबाट बाहिरिएको नेपालले अझैसम्म साफ महिला च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन।

Adblock test (Why?)

राष्ट्रपति रनिङ शिल्डमा बागमती टिम च्याम्पियन
१६औं राष्ट्रपति रनिङ शिल्ड, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार

राष्ट्रपति रनिङ शिल्डमा बागमती टिम च्याम्पियन

News Summary

Generated by OK AI. Editorially reviewed.

  • बागमती प्रदेशले २२ स्वर्ण जित्दै १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रक्षा गरेको छ ।
  • प्रतियोगितामा १९ स्वर्ण पदक जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो र १२ स्वर्णसहित लुम्बिनी प्रदेश तेस्रो बनेका छन् ।
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १७औं संस्करण आगामी फागुन १९ देखि २२ गतेसम्म कोशी प्रदेशमा आयोजना हुने भएको छ ।

२२ जेठ, काठमाडौं । साविक विजेता बागमती प्रदेशले १६औं केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै बागमती उपाधि रक्षा गर्न सफल भयो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र नेपालय इन्टरनेसनल प्रा.लि. को सह–आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम प्रदेश दोस्रो भयो ।  सुदूरपश्चिमले १९ स्वर्ण, ९ रजत र १४ कांस्य हात पा¥यो । १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी प्रदेश तेस्रो बन्यो ।

५ स्वर्ण, २ रजत र १८ कांस्यसाथ गण्डकी प्रदेश चौथो, ४ स्वर्ण, ७ रजत र १७ कांस्यसाथ कोशी प्रदेश पाँचौ, ३ स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेश प्रदेश छैटौं तथा २ स्वर्ण, ५ रजत र १२ कांस्यसाथ कर्णाली प्रदेश सातौं स्थानमा रहे ।

तीनदिने प्रतियोगितामा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसुमा प्रतिस्पर्धा गरेका थिए ।

विजेतालाई राखेपका सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पदक विजेतालाई करिब १२ लाख नगद पुरस्कार वितरण गरिएको प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन समितिका सचिव मीनकुमार शर्माले जनाएका छन् ।

प्रतियोगिताको १७ औं संस्कारण कोशी प्रदेशमा फागुन १९ देखि २२ गतेसम्म हुने भएको छ । बुधबार भएको उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिता आयोजनाका लागि झण्डा हस्तान्तरण गरेका थिए ।

भलिबल : गण्डकी र बागमतीलाई उपाधि

केन्द्रीय राष्ट्रपति रनिङ सिल्डअन्तर्गत भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन् । गण्डकी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन् । निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए । विजेताद्वयले सुरुका २ सेटमा पछि परेको स्थितिलाई उल्ट्याउदै उपाधि जितेका हुन् ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा पराजित गरे । सुदूरपश्चिम तेस्रो भयो ।

छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले हरायो । कर्णालीले तेस्रो स्थानमा चित्त बुझायो ।

कबड्डी : लुम्बिनीलाई दोहोरो उपाधि

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्र÷छात्रा दुवैमा लुम्बिनीले उपाधि चुम्यो । दुवैमा लुम्बिनीको फाइनल प्रतिद्वन्द्वी बागमती रह्यो ।

छात्रको फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ ले पराजित ग¥यो । कर्णाली र गण्डकी संयुक्त रुपमा तेस्रो भए ।

छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो । सुदूरपश्चिम र मधेश तेस्रो स्थानमा रहे ।

उसु : सुदूरपश्चिमको वर्चश्व

विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा भएको उसुमा सुदूरपश्चिमको वर्चस्व रह्यो । सुदूरपश्चिमले ६ स्वर्ण जित्यो । बागमतीले ३ तथा गण्डकी, लुम्बिनी र कर्णालीले १–१ स्वर्ण हात पारे ।

Adblock test (Why?)

इरानको च्याम्पियन शैली (तस्वीरहरू)
काभा महिला भलिबल च्याम्पियनसिप, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार

इरानको च्याम्पियन शैली (तस्वीरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इरानले काजखस्तानलाई ३–१ सेटले हराउँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाइनल खेल जित्दै इरान प्रतियोगितामा अपराजित रहन सफल भयो ।
  • इरानले लगातार दोस्रो संस्करणमा अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।

१५ जेठ, काठमाडौं । इरानले अपराजित रहँदै काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा शुक्रबार भएको फाईनलमा काजखस्तानलाई ३-१ सेटमा पराजित गर्दै इरान लगातार च्याम्पियन बनेको हो ।

सन् २०२४ मा काठमाडौंबाट सुरु भएको यस प्रतियोगिताको पहिलो संस्करणमा इरान तेस्रो स्थानमा सीमित भएको थियो ।

इरानले त्यसपछिको दुई संस्करण अपराजित रहँदै उपाधि जितेर सेन्ट्रल एसियामा आफ्नो प्रभुत्व कायम राखेको छ ।

तस्वीरहरू

Adblock test (Why?)

‘अर्जेन्टिना सधैं च्याम्पियन बन्न चाहन्छ’
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, जुलियन अल्भारेज, फिफा विश्वकप, फिफा विश्वकप २०२६, फुटबल

‘अर्जेन्टिना सधैं च्याम्पियन बन्न चाहन्छ’

News Summary

Generated by OK AI. Editorially reviewed.

  • अर्जेन्टिनाका फरवार्ड जुलियन अल्भारेजले सन् २०२६ को विश्वकपमा आफ्नो टोलीको लक्ष्य उपाधि रक्षा गर्दै पुनः च्याम्पियन बन्ने रहेको बताएका छन् ।
  • उनले स्ट्राइकर लाउतारो मार्टिनेजसँगको स्वस्थ प्रतिस्पर्धाले आफूहरू दुवैको खेलमा सुधार ल्याउन र टोलीलाई बलियो बनाउन मद्दत पुगेको उल्लेख गरे ।
  • अल्भारेजले लियोनल मेसीका लागि आगामी विश्वकप अन्तिम हुन सक्ने भएकाले यो उनका सहकर्मी र विश्वभरकै प्रशंसकका लागि विशेष हुने बताए ।

१४ जेठ, काठमाडौं । जुलियन अल्भारेज अर्जेन्टिनाका फरवार्ड हुन् । सन् २०२२ को फिफा विश्वकप अर्जेन्टिनाले जित्दा अल्भारेज महत्वपूर्ण सदस्य थिए ।

हाल स्पानिस क्लब एट्लेटिको मड्रिडबाट खेल्ने यी उत्कृष्ट फरवार्ड फिफा विश्वकप २०२२ मा एक उच्चस्तरीय वैकल्पिक खेलाडीको रूपमा रुपमा टोलीमा सामेल भएका थिए ।

त्यतिबेला म्यानचेस्टर सिटीका फरवार्ड रहका उनी सुरुमा लाउतारो मार्टिनेजभन्दा पछि परेका थिए । मार्टिनेजले सन् २०२१ मा अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन महत्त्वपूर्ण योगदान दिएका थिए । अल्भारेजले भने बेन्चमा बसेर आफ्नो पालो पर्खनुपरेको थियो ।

साउदी अरेबियाविरुद्धको पहिलो खेलमा बेहोरेको पीडादायी हार र मेक्सिकोविरुद्धको जितमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेपछि, अल्भारेजले पोल्याण्डविरुद्धको समूह चरणको तेस्रो खेलमा सुरुवाती ११ मा मौका पाए । रिभर प्लेट एकेडेमीका यी उत्पादनले उक्त खेलको दोस्रो तथा अन्तिम गोल गरे र त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । उनले फाइनलसम्मै आफ्नो स्थान सुरक्षित राखे ।

फिफा विश्वकप २०२६ निकै नजिक आइपुग्दा अल्भारेज र मार्टिनेज दुवै लियोनल स्कालोनीको टोलीमा स्थान बनाउन तयार छन् । अल्भारेज अहिले एथ्लेटिको मड्रिडका मुख्य खेलाडी हुन् भने मार्टिनेज इन्टर मिलानको अग्रपंक्ति सम्हाल्छन् । यसले साविक विजेता अर्जेन्टिनासँग खेलाडीहरूको कति ठूलो भण्डार छ भन्ने देखाउँछ । यद्यपी, अल्भारेजको भूमिकामा केही परिवर्तन आएको छ ।

युरोपमा आफूलाई प्रमाणित गरिसकेका यी फरवार्डले कोन्मेबोल कोपा लिबर्टाडोरेस, युईएफए च्याम्पियन्स लिग र कोपा अमेरिका लगायत जित्न सम्भव लगभग सबै उपाधि जितिसकेका छन् । दक्षिण अमेरिकी छनोट खेलहरूमा उच्च प्रदर्शन गरेपछि २६ वर्षीय खेलाडी अहिले अर्जेन्टिनाका लागि एक स्थापित प्रारम्भिक खेलाडी र टोलीको रणनीतिमा एक महत्त्वपूर्ण हिस्सा बनेका छन् ।

उनको उत्कृष्ट लिंक-अप खेल, आक्रामक प्रेसिङ र सटिक फिनिसिङ यसको मुख्य कारण हो । २०२२ को संस्करणमा क्रोएसियाविरुद्ध सेमिफाइनलमा गरेको स्मरणीय दुई गोलसहित उनले कुल चार गोल गरेका थिए ।

अल्भारेज अहिले आउँदै गरेको विश्वकपमा थप अन्तर्राष्ट्रिय सफलताको सपना देखिरहेका छन् । अर्जेन्टिनाले यसपटक समूह जे मा अल्जेरिया, अस्ट्रिया र जोर्डनसँग प्रतिस्पर्धा गर्नेछ । जुन र जुलाईमा हुने यस खेलकुदको महाकुम्भ अघि फिफासँग कुरा गर्दै अर्जेन्टिनाका यी ९ नम्बरका खेलाडीले आफ्नो महत्वाकांक्षा व्यक्त गरेका छन् ।

साथै कतारमा आफ्नो देशको यात्राको स्मरण गर्दै त्यसयता आफ्नो खेल र भूमिका कसरी परिवर्तन भएको छ भन्नेबारे चर्चा गरेका छन् ।

लाउतारो जस्तो खेलाडीसँग टोलीमा स्थानका लागि प्रतिस्पर्धा गर्नु कस्तो हुन्छ ?

हामी प्रतिस्पर्धी हौं, तर हामी सँगै खेल्ने अवसर पनि पाउँछौं, जुन मेरा लागि खुसीको कुरा हो । जब हामी सँगै मैदानमा उत्रिएका छौं, हामीले राम्रो गरेका छौं र जब हामीमध्ये एकजनाले मात्र मौका पाउँछौं, तब हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा टोलीको हित नै हुन्छ । त्यो आन्तरिक प्रतिस्पर्धाले हामी दुवैलाई हरेक दिन अझ राम्रो हुन र सुधार गर्न मद्दत गर्छ । यो सधैं यस्तै हुन्छ । जब तपाईंसँग बलियो र स्वस्थ प्रतिस्पर्धा हुन्छ, तब सबैको खेल सुध्रिन्छ, जुन सबैभन्दा मुख्य कुरा हो ।

अर्जेन्टिनाको लक्ष्य के हो ?

एक अर्जेन्टिनी हुनुको नाताले, उत्साह सधैं रहिरहन्छ र हामी सधैं च्याम्पियन बन्न चाहन्छौं । यस पटक पनि यो फरक हुनुपर्ने कुनै कारण छैन । हामी फाइनलमा पुग्न चाहन्छौं । हामीलाई थाहा छ यो सजिलो हुने छैन । यसका लागि हाम्रो कडा मिहिनेत आवश्यक छ र खेल ससाना कुराहरूमा निर्धारण हुन सक्छ, तर हामी सकेसम्म राम्रो तयारी गर्नेछौं र प्रत्येक पाइला चाल्नेछौं ।

विश्व च्याम्पियनको रूपमा यस विश्वकपमा प्रवेश गर्नु साँच्चै अविश्वसनीय छ । म निकै गर्व महसुस गर्छु । पक्कै पनि, हामी यो ट्रफी आफूसँगै राख्न र हाम्रा मानिसहरूलाई फेरि एकपटक खुसीले नचाउन चाहन्छौं ।

कतार विश्वकपको तपाईंको सबैभन्दा यादगार क्षण कुन हो ?

म मेक्सिकोविरुद्धको खेललाई रोज्नेछु । मलाई लाग्छ त्यो खेल निकै महत्त्वपूर्ण थियो, किनभने त्यसपछि जे-जति कुराहरू भए र त्यसअघि जे भएको थियो, ती सबैलाई हेर्दा त्यो हाम्रा लागि एउटा मोड थियो । यो साँच्चै टर्निङ प्वाइन्ट थियो । त्यस क्षणपछि सबै कुराहरू ठीक ठाउँमा आए र हामीलाई थाहा भयो कि हाम्रो भाग्य हाम्रै हातमा छ ।

के फेरि विश्वकप जित्नुले यो अर्जेन्टिनाको टोलीलाई अहिलेसम्मकै सबैभन्दा महान् राष्ट्रिय टोली बनाउनेछ ?

यदि हामीले विश्वकपको उपाधि रक्षा गर्न सक्यौं भने, यो इतिहासमा लेखिनेछ किनभने हामी लगातार दुई पटकको विश्व विजेता र सँगसँगै दुई पटकको कोपा अमेरिका विजेता बन्नेछौं । पछिल्ला केही वर्षहरू हाम्रो देशका लागि स्वर्ण युग रहेका छन् । त्यसैले हामी अझ धेरै यस्ता अविश्वसनीय क्षणहरूको आनन्द लिन चाहन्छौं जसले हामी सबैलाई धेरै खुसी दिन्छ ।

यो लियो मेसीको अन्तिम विश्वकप हुन सक्छ । एक टोलीको रूपमा, तपाईंहरू सबैमा उनले पार्नुभएको प्रभावलाई कसरी हेर्नुहुन्छ ?

हामी सबैलाई राम्ररी थाहा छ कि उहाँको उमेरलाई हेर्दा यो लियोको अन्तिम विश्वकप हुन सक्छ, तर अन्त्यमा यो उहाँकै निर्णय हो । यो पक्कै पनि एक विशेष विश्वकप हुनेछ र म यो हाम्रा लागि, उहाँका सहकर्मीहरू र अर्जेन्टिनी जनताका लागि मात्र भनिरहेको छैन, तर उहाँलाई हेर्ने र पछ्याउने संसारका सबैका लागि भन्दैछु, किनकि उहाँ इतिहासकै सर्वश्रेष्ठ खेलाडी हुनुहुन्छ । पक्कै पनि, उहाँले विश्वभर नै एउटा ठूलो प्रभाव छोड्नुभएको छ ।

अहिले टोलीमा स्थापित भइसकेपछि, मैदानमा उत्रँदा थप जिम्मेवारी महसुस गर्नुहुन्छ ?

जब तपाईं यो जर्सी लगाउनुहुन्छ, तपाईं फुटबललाई नै आफ्नो जीवन मान्ने र यसप्रति निकै भावुक भएका सम्पूर्ण देशका जनताको प्रतिनिधित्व गरिरहनुभएको हुन्छ । यो जर्सी लगाउनु र हामीले गरेको कामलाई माया गर्ने धेरै मानिसहरूको प्रतिनिधित्व गर्न पाउनुले मलाई गर्वले भर्छ । यो एउटा जिम्मेवारी पनि हो, तर हामी सबै यो काम माया र जोसका साथ गर्छौं ।

२०२२ यता तपाईं एक खेलाडीको रूपमा कसरी परिवर्तन हुनुभएको छ ?

म भन्दिनँ कि २०२२ यता मेरो खेल्ने शैलीमा धेरै परिवर्तन आएको छ, तर मैले केही नयाँ रणनितिहरू सिकेको छु र केही क्षेत्रमा सुधार गरेको छु । पछिल्ला केही वर्षहरूमा मैले खेलेका धेरै खेलहरूका कारण मसँग अहिले बढी अनुभव छ । सबैभन्दा ठूलो कुरा, यो जर्सी लगाउनाले तपाईंलाई छुट्टै ऊर्जा र हौसला दिन्छ र समयसँगै तपाईँ आफैँलाई थाहा नभई तपाईंमा सुधार आउँदै जान्छ ।

Adblock test (Why?)

हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्‍वालिफायरमा
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, राजस्थान रोयल्स, सनराइजर्स हैदरावाद

हैदराबादलाई हराउँदै राजस्थान दोस्रो क्‍वालिफायरमा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • राजस्थान रोयल्सले बुधबार भएको एलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
  • राजस्थानका वैभव सूर्यवंशीले २९ बलमा ९७ रन बनाउने क्रममा यस सिजन ६५ छक्का प्रहार गरी क्रिस गेलको सर्वाधिक छक्काको कीर्तिमान तोडेका छन् ।
  • अब फाइनल प्रवेशका लागि राजस्थानले गुजरात टाइटन्ससँग खेल्नेछ भने पराजित हैदराबाद प्रतियोगिताबाट बाहिरिएको छ ।

१३ जेठ, काठमाडौं । राजस्थान रोयल्स आईपीएल २०२६ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटर खेलमा सनराइजर्स हैदराबादलाई ४७ रनले हराउँदै राजस्थान फाइनलको एक कदम नजिक पुगेको हो ।

राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा १९६ रनमा अलआउट भयो । हैदराबादका लागि नितिश रेड्डीले ३८, सलिल अरोराले ३५ तथा इशान किशनले ३३ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले ३ विकेट लिँदा नान्द्रे बर्गर, सुशान्त मिश्रा र रविन्द्र जडेजाले २-२ तथा यश राज पुन्जाले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो । वैभव सूर्यवंशीले आक्रामक ब्याटिङ गर्दै २९ बलमा ९७ रन बनाए ।

वैभवले १२ छक्का र ५ चौका प्रहार गरे । उनले क्रिस गेलको एकै सिजनमा सर्वाधिक छक्काको कीर्तिमान समेत तोडे । गेलले सन् २०१२ को आईपीएलमा ५९ छक्का प्रहार गरेका थिए । सूर्यवंशीको यो सिजन ६५ छक्का भइसकेको छ ।

सूर्यवंशीपछि ध्रुव जुरेलले पनि आक्रामक ब्याटिङ गर्दै २१ बलमा ५० रन बनाएर आउट भए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २६ रन बनाए ।

हैदराबादका लागि प्रफुल हिंगेले ३ विकेट लिँदा इशान मालिङ्गा, शिवाङ्ग कुमार र नितिश रेड्डीले १-१ विकेट लिए ।

राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग खेल्नेछ । हैदराबाद भने बाहिरिएको छ ।

Adblock test (Why?)

१० खेलाडीमा सीमित चेल्सीमाथि सन्डरल्यान्डको जित
इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, चेल्सी, फुटबल, सन्डरल्यान्ड

१० खेलाडीमा सीमित चेल्सीमाथि सन्डरल्यान्डको जित

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
  • खेलमा सन्डरल्यान्डका ट्राइ हुमले गोल गरे भने चेल्सीका मालो गस्टोले आत्मघाती गोल गर्दा कोल पाल्मरले एक गोल फर्काए ।
  • जितपछि ५४ अंक जोडेको सन्डरल्यान्ड सातौं स्थानमा रहन सफल भयो भने ५२ अंकमा सीमित चेल्सी १०औं स्थानमा रह्यो ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्डले चेल्सीलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।

आइतबार राति भएको सिजनको अन्तिम खेलमा सन्डरल्यान्डको जितमा ट्राइ हुमले एक गोल गर्दा एक गोल उपहार पाएको थियो। चेल्सीका कोल पाल्मरले एक गोल गरे ।

खेलको २४औं मिनेटमा हुमले गोल गर्दै सन्डरल्यान्डलाई अग्रता दिलाएका थिए । ४९औं मिनेटमा चेल्सीका मालो गस्टोबाट आत्मघाती गोल भएपछि सन्डरल्यान्डको अग्रता दोब्बर भयो ।

५५औं मिनेटमा पाल्मरले गोल गर्दै खेलमा फर्काउने प्रयास गरेपनि पर्याप्त हुन सकेन । ६१औं मिनेटमा वेसले फोफाना रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सीमित भएको थियो ।

जितपछि सन्डरल्यान्ड ३८ खेलमा ५४ अंकका साथ सातौं स्थानमा रहेर सिजन सकायो । चेल्सी ५२ अंकसहित १०औं स्थानमा रह्‍यो ।

Adblock test (Why?)

प्रिमियर लिग च्याम्पियन आर्सनलले प्यालेसलाई हरायो
आर्सनल, इंग्लिस प्रिमियर लिग, खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, फुटबल

प्रिमियर लिग च्याम्पियन आर्सनलले प्यालेसलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गरेको छ ।
  • खेलमा आर्सनलका गाब्रियल जेसस र नोनी माडुएकेले गोल गरे भने प्यालेसका जिन फिलिपे माटेटाले एक गोल फर्काए ।
  • जितसँगै आर्सनलले ३८ खेलबाट ८५ अंक जोडेको छ भने क्रिस्टल प्यालेस ४५ अंकसहित लिगको १५औं स्थानमा रहेको छ ।

१० जेठ, काठमाडौं । इंग्लिस प्रिमियर लिग च्याम्पियन आर्सनलले सिजनको अन्तिम खेलमा क्रिस्टल प्यालेसमाथि २-१ गोलअन्तरको जित हासिल गरेको छ ।

प्यालेसको मैदानमा भएको खेलमा आर्सनलका लागि ४१औं मिनेटमा गाब्रियल जेससले गोल गर्दै अग्रता दिलाएका थिए ।

४७औं मिनेटमा नोनी माडुएकेले गोल गर्दै अग्रता दोब्बर पारे । प्यालेसका जिन फिलिपे माटेटाले सान्त्वना गोल फर्काए ।

जितपछि आर्सनलको ३८ खेलमा ८५ अंक भयो । प्यालेस भने ४५ अंक जोडेर १५औं स्थानमा फिनिस गर्‍यो ।

Adblock test (Why?)

श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै
आईपीएल क्रिकेट, क्रिकेट, खेलकुद, खेलकुद - Home, पञ्जाब किङ्स, पन्जाब किङ्स

श्रेयसको शतकमा पन्जाबको शानदार जित, प्लेअफ सम्भावना कायमै

News Summary

Generated by OK AI. Editorially reviewed.

  • कप्तान श्रेयस अय्यरले ५१ बलमा १०१ रन बनाएर पन्जाब किङ्सलाई आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सविरुद्ध जित दिलाए।
  • पन्जाबले १९७ रनको लक्ष्य १८ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो र प्लेअफ सम्भावना कायम राख्यो।
  • पन्जाबले १४ खेलमा १५ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ र आइतबार हुने दुई खेलले प्लेअफ टुंगो लगाउनेछ।

९ जेठ, काठमाडौं । कप्तान श्रेयस अय्यरले शानदार शतक प्रहार गरेपछि पन्जाब किङ्सले आईपीएल २०२६ मा लखनउ सुपर जायन्ट्सलाई पराजित गर्दै प्लेअफ सम्भावना कायमै राखेको छ ।

लखनउले दिएको १९७ रनको लक्ष्य पन्जाबले १८ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान श्रेयसले विजयी छक्का प्रहार गर्दै शतक पनि पूरा गरे । उनी ५१ बलमा १०१ रनमा अविजित रहे ।

प्रभसिमरन सिंहले ६९ रन बनाए । कूपर कोनोलीले १८ रन बनाउँदा सुर्यांश शेड्गे ९ रनमा अविजित रहे । लखनउका मोहम्मद शामीले २ विकेट लिँदा अर्जुन तेन्दुल्करले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । ओपनर जोश इङ्लिसले सर्वाधिक ७२ रन बनाए । आयुष बदोनीले ४३ रन बनाउँदा अब्दुल समद ३७ रनमा अविजित रहे ।

पन्जाबका लागि मार्को यानसेन र युजभेन्द्र चहलले २-२ विकेट लिए भने विजयकुमार वाइशाक र अजमतुल्लाह ओमरजाइले १-१ विकेट लिए ।

जितपछि पन्जाबको १४ खेलमा १५ अंक भएको छ र चौथो स्थानमा उक्लिएको छ । अब आइतबार हुने दुई खेलबाट प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्नेछ ।

Adblock test (Why?)

Scroll to Top