काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
डा. बाबुराम भट्टराई, राष्ट्रिय समाचार, लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न, शंकास्पद पार्किङ

शंकास्पद पार्किङबारे बाबुराम- सरकार पक्षबाट भएको हो भने लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न हो



२९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार सञ्चारमाध्यमका कार्यालय तथा दलका नेताका घर अगाडि गरिएका शंकास्पद पार्किङबारे प्रश्न उठाएका छन् । सोमबार साँझ फेसबुकमार्फत नेता भट्टराईले यदि यो काम सरकार पक्षबाट भएको भए सरासर लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न भएको टिप्पणी पनि गरेका छन् ।

‘प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थलअगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो ? त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ,’ भट्टराईले लेखेका छन्, ‘यदि यो सरकार पक्षबाट गरिएको हो, भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो । जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो, भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ ।’

जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुन: राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख–समृद्धिका लागि शुभ संकेत नभएको उनले टिप्पणी गरेका छन् ।

‘अत: यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं । राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्,’ नेता भट्टराईले आग्रह गरेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
बाढीकाे क्षति, माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना, राष्ट्रिय समाचार

निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍यायो



२९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।

‘आयोजनास्थल जोड्ने सडक पनि ठाउँठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ’, उनले भने, ‘आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।’

पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।

घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

४२ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत १० अर्ब ५७ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । –रासस





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
डा. बाबुराम भट्टराई, राष्ट्रिय समाचार, लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न, शंकास्पद पार्किङ

शंकास्पद पार्किङबारे बाबुराम- सरकार पक्षबाट भएको हो भने लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न हो



२९ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई सोमबार सञ्चारमाध्यमका कार्यालय तथा दलका नेताका घर अगाडि गरिएका शंकास्पद पार्किङबारे प्रश्न उठाएका छन् । सोमबार साँझ फेसबुकमार्फत नेता भट्टराईले यदि यो काम सरकार पक्षबाट भएको भए सरासर लोकतन्त्रको घाँटी रेट्ने प्रयत्न भएको टिप्पणी पनि गरेका छन् ।

‘प्रमुख सञ्चारमाध्यमका कार्यालय, प्रमुख प्रतिपक्षी दलका सभापतिको निवास, उद्यमी–व्यवसायीका कार्यस्थलअगाडि नियोजित रूपले शंकास्पद गाडीहरू तेर्स्याएर कसले के संकेत गर्न खोजेको हो ? त्यसको गहिराइमा गएर सत्यतथ्य बुझ्न र गम्भीर प्रतिरोधात्मक कदम चाल्न अत्यन्त जरूरी भएको छ,’ भट्टराईले लेखेका छन्, ‘यदि यो सरकार पक्षबाट गरिएको हो, भने त्यो सरासर लोकतन्त्रको घाँटी रेट्ने दुस्प्रयत्न हो । जसलाई सबै दल र जनसमुदायले एकताबद्ध भएर सशक्त प्रतिवाद गर्नुपर्छ ।’

उनले अगाडि लेखेका छन्, ‘यदि यो नवनिर्वाचित सरकारलाई बदनाम गर्ने, दलहरूबीच दूरी बढाएर धमिलो पानीमा माछा मार्ने कुनै अदृश्य शक्तिको षड्यन्त्रपूर्ण हर्कत हो, भने सरकार, प्रतपक्षी दलहरू र आम जनता एकजुट भएर त्यस्तो कुतत्वलाई बेनकाव र परास्त गर्नुपर्छ ।’

जेसुकै भए पनि देशले लोकतान्त्रिक स्थिरता, सुशासन र समृद्धि खोजिरहेको बेला देशमा पुन: राजनीतिक द्वन्द्व र अस्थिरताका बादलहरू मडारिन थाल्नु जनताले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्र, देशको स्वाधीनता र जनताको सुख–समृद्धिका लागि शुभ संकेत नभएको उनले टिप्पणी गरेका छन् ।

‘अत: यतिबेला सबै पक्ष गम्भीर र जिम्मेवार बनौं । राज्यपक्ष विशेष उत्तरदायी बनोस् र यस घटनाको सत्यतथ्य छिटो उजागर गरोस्,’ नेता भट्टराईले आग्रह गरेका छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


<# } #>

unnamed 1
बाढीकाे क्षति, माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजना, राष्ट्रिय समाचार

निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा बाढीले क्षति पुर्‍यायो



२९ असार, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले सोही स्थानमा निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ ।

आयोजनास्थलमा रहेका विभिन्न भौतिक संरचना र उपकरणमा आइतबार लेदोसहितको बाढी पसेको थियो । बाढीले कङ्क्रिट उत्पादन केन्द्र (ब्याचिङ प्लान्ट), गिट्टी प्रशोधन केन्द्र (क्रसर प्लान्ट) लगायत संरचनामा क्षति पुर्‍याएको आयोजनाका प्राविधिक कुमारमधु बेलवासेले जानकारी दिए ।

‘आयोजनास्थल जोड्ने सडक पनि ठाउँठाउँमा भत्केको छ, ड्रम, पाइपलगायत निर्माण सामग्री बाढीले बगाएको छ’, उनले भने, ‘आयोजनामा भएको क्षतिको विस्तृत विवरण सङ्कलन गर्दैछौँ ।’

पहुँच मार्गमा क्षति पुगेपछि आयोजनास्थल आवातजावत गर्न पनि कठिनाइ सिर्जना भएको आयोजनाका प्राविधिक बेलवासेले बताए ।

घान्द्रुक प्रहरी चौकीका प्रहरी सहायक हवल्दार सागर चौधरीले आयोजनास्थलमा निर्माण गरिएका सुरुङ र अस्थायी टहरामा पनि बाढी पसेको बताए । उनले एक करोड रुपैयाँ भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

४२ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना दुई वर्षअघि ठेक्का सम्झौता भई निर्माण सुरु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत १० अर्ब ५७ करोड रुपैयाँको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । –रासस





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


<# } #>

Haaland norway 202602
एर्लिङ हालान्ड, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, फिफा विश्वकप, फिफा विश्वकप २०२६, राष्ट्रिय समाचार, विशेष - 2column

जन्मभूमि इंग्ल्यान्ड विरुद्ध करियरकै महत्त्वपूर्ण खेल खेल्दै हालान्ड, रचिएला नयाँ इतिहास ?

इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्यान्डबाट खेल्न सक्थे । तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे ।

News Summary

Generated by OK AI. Editorially reviewed.

  • एर्लिङ हालान्डले आफ्नो जन्मभूमि इंग्ल्यान्डविरुद्धको विश्वकप क्वार्टरफाइनल खेललाई नर्वेका लागि इतिहास रच्ने अवसरका रूपमा लिएका छन् ।
  • सन् १९९८ पछि पहिलोपटक विश्वकपमा छनोट भएको नर्वेलाई हालान्डले आफ्नो उत्कृष्ट प्रदर्शनमार्फत प्रतियोगिताको क्वार्टरफाइनलसम्म पुर्‍याएका छन् ।
  • हालान्डले यस विश्वकपमा हालसम्म सात गोल गरिसकेका छन् र उनी प्रतियोगिताको ‘गोल्डेन बुट’ जित्ने दौडमा समेत रहेका छन् ।

२७ असार, काठमाडौं । एर्लिङ हालान्डका लागि शनिबार हुने विश्वकप क्वार्टरफाइनल केवल अर्को खेल होइन । यो उनको जन्मभूमि इंग्ल्यान्डविरुद्ध आफ्नै देश नर्वेका लागि इतिहास रच्ने अवसर पनि हो ।

इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डले चाहेको भए इंग्ल्यान्डबाट खेल्न सक्थे । तर उनले सधैं आफ्नो पहिचान नर्वेसँग जोडिएको बताए र अन्तर्राष्ट्रिय करिअरका लागि त्यही देश रोजे ।

त्यो निर्णयले उनलाई वर्षौंसम्म विश्वकपबाट टाढा राख्ने जोखिम थियो । किनभने नर्वे सन् १९९८ पछि विश्वकपमा छनोट हुन सकेको थिएन ।

जतिबेला नर्वेले पछिल्लोपटक विश्वकप खेलेको थियो, हालान्ड जन्मिएकै थिएनन् ।

तर २८ वर्षको लामो प्रतीक्षाको अन्त्य गराउँदै हालान्डले यसपटक नर्वेलाई विश्वकपको क्वार्टरफाइनलसम्म पुर्‍याएका छन् । अब सेमिफाइनल पुग्न उनको बाटोमा उभिएको टोली भने जन्मिएको देश इंग्ल्यान्ड हो ।

लिड्समा जन्म, नर्वेप्रति अटल निष्ठा

सन् २००० मा इंग्ल्यान्डको लिड्समा जन्मिएका हालान्डका पिता आल्फ–इंगे हालान्ड त्यतिबेला इंग्लिस क्लबबाट खेलिरहेका थिए । तीन वर्षपछि परिवार नर्वेको ब्रिन सहर फर्कियो र त्यहीँबाट उनको फुटबल यात्रा सुरु भयो ।

ब्रिनको एकेडेमीदेखि मोल्डे, रेड बुल साल्जबर्ग, बोरुसिया डर्टमन्ड हुँदै उनी म्यानचेस्टर सिटी पुगे । क्लब फुटबलमा सबै प्रमुख उपाधि जितिसकेका हालान्ड अहिले आफ्नो देशलाई पनि विश्व फुटबलको उचाइमा पुर्‍याउने अभियानमा छन् ।

पूर्व इंग्ल्यान्ड प्रशिक्षक ग्यारेथ साउथगेटले केही वर्षअघि नै हालान्ड इंग्ल्यान्डबाट खेल्ने सम्भावना नरहेको बताएका थिए । ‘उनी आफू कुन देशबाट खेल्न चाहन्छन् भन्ने विषयमा सधैं स्पष्ट थिए । उनी नर्वेकै प्रतिनिधित्व गर्न चाहन्थे र त्यसको सम्मान गर्नुपर्छ’ साउथगेटले भनेका थिए ।

२८ वर्षको प्रतीक्षाको अन्त्य

नर्वेले सन् १९९८ पछि पहिलो पटक विश्वकप खेलेको हो । त्यसयता मोर्टेन गाम्स्ट पेडर्सेन, जोन क्यारु, जोन आर्ने रिइसेजस्ता धेरै प्रतिभाशाली खेलाडी विश्वकप खेल्ने सपना पूरा गर्न सकेनन् ।

तर यसपटकको पुस्ताले त्यो अभिशाप तोडेको छ ।

विश्वकप छनोटमा आठ खेलमा १६ गोल गरेका हालान्डले मुख्य प्रतियोगितामा पनि चार खेलमा सात गोल गरिसकेका छन् । अन्तिम १६ मा पाँच पटकको विश्वविजेता ब्राजिलविरुद्ध दुई गोल गर्दै उनले नर्वेलाई ऐतिहासिक जित दिलाएका थिए ।

हालान्ड मात्र होइन, सुनौलो पुस्ता पनि

नर्वेको सफलतालाई केवल हालान्डको प्रदर्शनले मात्र व्याख्या गर्न सकिँदैन । प्रिमियर लिग क्लब आर्सनलको कप्तानी पनि गर्ने मार्टिन ओडेगार्ड मिडफिल्डसँगै नर्वेको टोलीकै नेतृत्व गरिरहेका छन् भने अलेक्जेन्डर सोर्लोथ, योर्गेन स्ट्रान्ड लार्सेन, ओस्कार बोब, सान्देर बेर्गे, प्याट्रिक बेर्ग र एन्टोनियो नुसाले पनि उत्कृष्ट प्रदर्शन गरेका छन् ।

नर्वेली फुटबल पत्रकार आन्द्रेयास कोर्सुन्डका अनुसार यो टोली बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ जस्तै प्रतिभाले भरिएको पुस्ता हो ।

विश्वव्यापी सुपरस्टार, तर गाउँ नबिर्सने खेलाडी

६ फिट ५ इन्च अग्ला हालान्ड अहिले विश्व फुटबलकै सबैभन्दा चर्चित खेलाडीमध्ये एक हुन् । तर उनी अझै पनि आफ्नो सानो जन्मथलो ब्रिन नियमित पुग्ने गर्छन् ।

उनी नर्वेमा खेती गर्ने सपना देख्छन् । ओस्लोमा सामान्य मानिसझैं हिँडडुल गर्छन् । विश्वकपमा ब्राजिललाई हराएपछि टोलीसँग ‘भाइकिङ रो’ मनाएर उनले आफ्नो सांस्कृतिक पहिचानप्रतिको गर्व पनि देखाएका थिए ।

उनको राष्ट्रिय टोलीको जर्सीमा ‘ब्राउट हालान्ड’ लेखिएको हुन्छ । ‘ब्राउट’ उनकी आमाको थर हो, जुन नर्वेली परम्पराअनुसार प्रयोग गरिएको हो ।

कोर्सुन्ड भन्छन्, ‘हालान्ड नर्वेका लागि सबैथोक हुन्। ५५ लाख जनसंख्या भएको देशबाट विश्वकै उत्कृष्ट खेलाडीमध्ये एक जन्मनु आफैंमा ठूलो गर्वको विषय हो ।’

विश्वकपमा नयाँ इतिहास लेख्ने लक्ष्य

हालान्ड अहिले विश्वकप गोल्डेन बुटको दौडमा पनि छन् । लियोनेल मेसी आठ गोलसहित शीर्ष स्थानमा छन् भने हालान्ड र केलियन एमबाप्पे सात–सात गोलसहित पछ्याइरहेका छन्। ह्यारी केनको नाममा छ गोल छ।

अब उनको अर्को चुनौती इंग्ल्यान्ड हो। जन्मिएको देशविरुद्ध खेल्दै उनले नर्वेलाई पहिलो पटक विश्वकपको सेमिफाइनल पुर्‍याउने लक्ष्य लिएका छन्।

विश्व फुटबलका नयाँ महाताराका रूपमा स्थापित भइसकेका हालान्डका लागि यो खेल केवल सेमिफाइनल पुग्ने अवसर मात्र होइन, आफ्नो करिअरको सबैभन्दा भावनात्मक रात पनि बन्न सक्छ।

Adblock test (Why?)

unnamed 1
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय समाचार, विष्णुपुर गाउँपालिका

विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



२५ असार, काठमाडौं । सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर  गरेको छ ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूसहित साना किसान कृषि सहकारी संस्था लिमिटेड विरुद्ध मुद्दा दायर गरेको हो ।

महतसहित गाउँपालिकाका इन्जिनियर एवं योजना शाखा प्रमुख अनिक यादव, तत्कालीन लेखापाल रमेश गदाल, सहकारी संस्थाका तत्कालीन अध्यक्ष सरोजकुमार यादव, सहकारी संस्थाका सञ्चालक समितिका तत्कालीन सदस्य राजेश्वरप्रसाद सिंह, सहकारी संस्था अन्तर्गत धान प्रशोधन उद्योग स्थापनाका लागि गठित निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार यादव र कोषाध्यक्षद्वय कविता कुमारी र सचिव रामबाबु यादवविरुद्ध मुद्दा दायर गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

उनीहरूविरुद्ध जनही ४९ लाख २० हजार ९०३ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

धान प्रशोधन उद्योग स्थापनाका लागि नेपाल सरकारबाट प्राप्त रकम साना किसान कृषि सहकारी संस्था लिमिटेडका बन्धक सञ्चालक समिति लगायतको मिलेमतोमा उपभोक्ता समिति खडा गरी फर्जी मूल्यांकन बनाई रकम भुक्तानी लिएको भन्ने उजुरीको आधारमा आयोगले उनीहरूमाथि अनुसन्धान गरेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


dhanusa 1
धनुषा अस्पताल, महिलाको मृत्यु, राष्ट्रिय समाचार

जनकपुरको धनुषा अस्पतालमा महिलाको मृत्यु, अवस्था तनावग्रस्त



२४ असार, जनकपुरधाम । जनकपुरको धनुषा अस्पतालमा महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । गर्भमा मृत्यु भएका आठ महिने शिशु निकाल्न सोमबार भर्ना भएकी सिरहाको सिरहा नगरपालिका-२१ लग्डीगोठकी २३ वर्षीया कल्याणी पासवानको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकका पति सतेन्द्र पासवानका अनुसार भर्ना भएपछि अस्पतालले मृतक शिशु औषधि सेवनपश्चात समान्य तरिकाबाट बाहिर निस्किने अस्पतालकी स्त्री तथा प्रसुतिरोग विशेषज्ञ डा.स्वति जयसवालले आश्वासन दिएकी थिइन् ।

शल्यक्रिया गरी निकालीदिन आग्रह गरेपनि अस्पतालले पर्खिन भन्यो । बुधबार बिहान १० बजेतिर कल्याणीको पेटमा रहेको मृतक शिशु समान्य तरिकाबाटै निस्कियो । तर, त्यसपछि अत्यधिक रक्तश्राव भएपछि आमाको अवस्था जटिल भयो । रक्तश्राव रोक्न प्रयास गर्दा नरोकिएपछि अस्पतालले रगत पनि चढाएको थियो ।

त्यसपछि पनि स्वास्थ्य अवस्था सुधार हुनुको साँटो झन झन बिग्रिएपछि दिउँसो २ बजे अस्पतालले आफैले एम्बुलेन्समा राखेर थप उपचारको लागि भन्दै विराटनगर पठाउँदा बाटामै मृत्यु भएको मृतकका पति सतेन्द्रको भनाइ छ ।

अस्पतालमा परिवारजनसँग समन्वय नै नगरी घटना ढाकछोप गर्न र जवाफदेहीबाट पन्छिन एम्बुलेन्समा राखेर विराटनगर रिफर गरेको आफन्त विद्या पासवानको आरोप छ ।

‘एम्बुलेन्समा हतारहतार हाल्यो । हामीसँग सल्लाह पनि गरेनन् । त्यतिबेला कल्याणी बेहोस् थिइन् । उनका पति पनि बाहिर थिए । अस्पताले घटना टार्न नै यो विधि अपनाएको छ । लापरबाही गरेको छ’, विद्याले भनिन् ।

आफ्नो पटक–पटक आग्रहपश्चात पनि समान्य तरिकाबाट शिशु निस्किने डा. स्वतिको हठले आफ्नी पत्नीको ज्यान गएको सतेन्द्रको दाबी छ ।

‘मैले धेरैपटक आग्रह गरेँ । अप्रेसन गरेर मृतक बच्चा निकालिदिनुस् । तर डाक्टरले केही हुँदैन । सात दिनसम्म पनि मृतक बच्चा औषधि उपचारले आफै निस्किनसक्छ भनेर ग्यारेन्टी नै लिनुभयो,’ उनले भने, ‘तर आज त्यसैकारण अकालमै मेरी श्रीमतीको ज्यान गयो ।’

उनले उपचारमा लापरबाही गर्ने चिकित्सक र अस्पतालाई कारबाहीसँगै क्षतिपुर्तिको माग गरेका छन् । मृतकको आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेपछि अवस्था तनावग्रस्त बनेको छ । अहिले बाक्लो मात्रामा त्यहाँ प्रहरी परिचालन गरिएको छ । मृतकका आफन्त तथा परिवार अस्पतालबाहिर धर्नामा बसेका छन् ।

उपचारमा संलग्न चिकित्सक डा. स्वति जयसवालले भने कुनै लापरबाही नभएको दाबी गरिन् । ‘उपचारमा कुनै लापबराही भएको छैन । शिशु नर्मल निस्कियो । रक्तश्राव धेरै भएर मृत्यु भएको हो । यस्तो सर्जरीपछि पनि हुनसक्छ’, उनले भनिन् ।

अवस्था असहज भएपछि मात्र सुवधासम्पन्न अस्पतालमा लग्न परिवारसँगको समन्वयमै रेफर गरेको उनको दाबी छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, राहदानी छपाइ

राहदानी छपाइको विषय संसदीय समितिमा छलफल गर्न कांग्रेस सांसद गिरीको माग



२३ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद जनकराज गिरीले राहदानी छपाइसँग सम्बन्धित विषयमा समितिले गम्भीर छलफल गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘राहदानी छपाइको बारेमा अहिले समस्या देखिएको छ । भोलि एकैपटक राहदानी छपाइ रोकियो भने हामी गम्भिर समस्यामा पर्छौं । यसको बारेमा समितिमा छलफल गर्न आवश्यक छ,’ उनले भने ।

साथै, राहदानी छपाइमा समस्या देखिएको उल्लेख गर्दै कुनै कारणले छपाइ रोकिएमा मुलुक गम्भीर समस्यामा पर्ने उनले बताए ।

‘यद्यपि त्यसमा विशेष अदालतले टुंगो लगाइसकेको कुरा छ, मुलुकलाई ७१ करोड रुपैयाँ नोक्सान भएको भन्ने कुराहरू आएका छन् । लेखा समितिमा यो विषय छलफल हुन्छ कि हुँदैन ?,’ उनले भने ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
जगदुल्ला जलविद्युत् आयोजना, डोल्पा, बिजनेस, राष्ट्रिय समाचार, सुरुङ निर्माण

डोल्पामा १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सुरु



१८ असार, काठमाडौं । डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको शुभारम्भ गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले संघ, प्रदेश र स्थानीय तहको संयुक्त स्वामित्व तथा लगानीमा अघि बढिरहेको आयोजना डोल्पा र समग्र कर्णाली प्रदेशको ऊर्जा तथा आर्थिक विकासका लागि महत्वपूर्ण हुने बताए । उनलेे आयोजना निर्धारित समयमै सम्पन्न गर्न तीनै तहका सरकार, स्थानीय समुदाय र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।

ऊर्जा मन्त्रालयका सचिव सरिता कुमारी दवाडीले स्थानीय समुदायको सहयोगले आयोजना सहज रूपमा अघि बढिरहेको बताउँदै निर्माण कार्य समयमै सम्पन्न गर्न सबै निकायबाट आवश्यक सहजीकरण हुनुपर्नेमा जोड दिइन् ।

जगदुल्ला हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार आयोजना ‘जनताको जलविद्युत् कार्यक्रम’ अन्तर्गत सरकारी स्वामित्व, स्थानीय सहभागिता र स्वदेशी वित्तीय स्रोतको संयोजनमा निर्माण भइरहेको नमूना परियोजनामध्ये एक हो।

कम्पनीले डोल्पामा १०६ मेगावाटको जगदुल्ला र १२४.३५ मेगावाटको जगदुल्ला-ए गरी कुल २३०.३५ मेगावाट क्षमताका दुई अर्धजलाशययुक्त आयोजना विकास गरिरहेको जनाएको छ। मुख्य आयोजनाको विस्तृत अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन, विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए), वित्तीय व्यवस्थापन तथा आवश्यक अनुमतिपत्रको प्रक्रिया पूरा भइसकेको कम्पनीले जनाएको छ।

आयोजनाले विद्युत् उत्पादनसँगै डोल्पाको पूर्वाधार विकासमा पनि योगदान पुर्‍याएको दाबी गरिएको छ। कम्पनीले भेरी नदीमाथि १०० मिटर लामो पक्की पुल, पहुँच मार्ग तथा १० वटा बेली पुल निर्माण गरिसकेको जनाएको छ। सडक पहुँच विस्तारसँगै डोल्पाको यातायातमा सुधार आएको र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

आयोजना सञ्चालनमा आएपछि संघीय सरकारले वार्षिक करिब १९ करोड ५० लाख रुपैयाँ तथा कर्णाली प्रदेश सरकार र सम्बन्धित स्थानीय तहले करिब ९ करोड ५० लाख रुपैयाँका दरले रोयल्टी प्राप्त गर्ने अनुमान गरिएको छ।

सरकारी निकायको बहुमत स्वामित्व रहने यस परियोजनामा ५१ प्रतिशत शेयर सरकारी निकाय, कर्णाली प्रदेश सरकार र स्थानीय तहको तथा ४९ प्रतिशत सर्वसाधारणको रहनेछ। स्थानीय बासिन्दाका लागि १० प्रतिशत र प्रसारण लाइनको राइट अफ वेभित्र पर्ने जग्गाधनीका लागि थप ३ प्रतिशत शेयर छुट्याइएको कम्पनीले जनाएको छ।

परियोजनाको करिब १६ अर्ब ६६ करोड रुपैयाँ ऋण लगानी नबिल बैंक, कर्मचारी सञ्चय कोष, एचआईडीसीएल, लक्ष्मी सनराइज बैंक, एभरेस्ट बैंक र एनआईसी एशिया बैंकको सहलगानीमा जुटाइएको कम्पनीले जनाएको छ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, सडक दुर्घटना

उदयपुरमा ट्रक र मोटरसाइकल ठोक्किँदा श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते



१८ असार, उदयपुर । मदन भण्डारी लोकमार्गमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । उनका श्रीमान् गम्भीर घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ फुस्रेमा यो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर बमका अनुसार बिहीबार दिउँसो गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ स २८४२ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन् ।

दुर्घटनामा उदयपुरगढी गाउँपालिका–३ बर्रेकी २८ वर्षीया यमुना बिकको मृत्यु भएको हो । उनका २८ वर्षीय श्रीमान् यमबहादुर बिक गम्भीर घाइते छन् । उनको जिल्ला अस्पताल उदयपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि विराटनगर रिफर गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि सवार सवार यमुना दुर्घटनास्थलमा गम्भीर घाइते भएकी थिइन् । उनलाई तत्काल जिल्ला अस्पतालमा ल्याएर उपचार थालिएपनि सुधार हुन नसक्दा चिकित्सकले मृत घोषणा गरेको डीएसपी बमले जानकारी दिए ।

ट्रक चालक सप्तरीको सुरुङ्गा नगरपालिका–१ का ४४ वर्षीय एकबहादुर खड्का र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


Scroll to Top