सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँट, ७० हजार ५५० जनाले पाए

११ असार, काठमाडौं । सर्वोत्तम पेन्ट्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो । कम्पनीले जेठ २८ देखि असार २ गतेसम्म आवेदन खुलाएको थियो ।
आईपीओमा कुल २८ लाख ५० हजार २५ जनाको आवेदन सदर भएको थियो भने ४४ हजार २०७ आवेदन बदर भएको थियो । सदर आवेदनमध्ये गोलाप्रथाबाट ७० हजार ५५० जनाले १० कित्ताका दरले पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कैलालीको अत्तरियामा कम्पनीको रजिस्टार कार्यालय रहेको छ । कम्पनीले सर्वोत्तम पेन्ट्स ब्रान्डमा विभिन्न रङ उत्पादन तथा बिक्री गर्दछ । संकलित पूँजीबाट क्षमता विस्तार गरिने कम्पनीले जनाएको छ ।
गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११६.४१ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी ७.५८ रुपैयाँ रहेको छ । सो अवधिसम्म सञ्चित नाफा ४ करोड १८ लाख रुपैयाँ रहेको छ ।
साधारण लगानी फिर्ता हुने अवधि ६.६० वर्ष रहेको छ । त्यस्तै डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ७.१० वर्ष रहेको छ । कम्पनीले केयर रेटिङ नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । जुन रेटिङले दायित्व वहनमा कम्पनी औसत मध्यम स्तरमा रहेको जनाउँछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
सानीगाड हाइड्रोको आईपीओ बाँडफाँट

News Summary
Generated by OK AI. Editorially reviewed.
- सानीगाड हाइड्रो कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ, जसमा ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।
- बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार यस आईपीओका लागि २७ लाख ५९ हजार ४९० वटा आवेदन स्वीकृत भएका थिए ।
- कम्पनीले बझाङमा ३८.४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ, जसको कुल लागत ८ अर्ब ६८ करोड रुपैयाँ छ ।
१ असार, काठमाडौं । सानीगाड हाइड्रो कम्पनीको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एक औपचारिक कार्यक्रम गरी आईपीओ बाँडफाँट गरेको हो ।
जेठ १८ देखि २१ गतेसम्म खुलेको यस कम्पनीको आईपीओमा २७ लाख ५९ हजार ४९० आवेदन स्वीकृत भएको थियो । अत्याधिक आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको हो ।
आईपीओ बाँडफाँटका क्रममा ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आईपीओको नतिजा सीडीएससीको वेबसाइटबाट हेर्न सकिनेछ । कम्पनीले सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता सेयरका लागि आवेदन खुलाएको थियो ।
कम्पनीले बझाङमा ३८. ४ मेगावाट क्षमताको सानीगाड हाइड्रोपावर (माथिल्लो कालंगाड) आयोजना सञ्चालन गर्नेछ । जसको कुल लागत ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ।
आयोजनाको प्रतिमेगावाट लागत २२.५८ करोडको अनुमान छ । कम्पनीले इक्रा नेपालबाट बीबी माइनस रेटिङ पाएको छ । गत पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा रहेको छ । प्रतिसेयर आम्दानी ८।६५ रुपैयाँ रहेको छ । त्यस्तै सञ्चित नाफा २६ करोड ३७ लाख रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
पुराना
लोकप्रिय






