रुकुम पूर्वमा उत्साहजनक मतदान : सवा ९ बजेसम्म २१ प्रतिशत मत खस्यो
२१ फागुन, रुकुमपूर्व । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार जारी निर्वाचनमा लुम्बिनीको एउटा मात्रै हिमाली जिल्ला रुकुमपूर्वमा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको यस जिल्लामा बिहानैदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहान ९:१५ बजेसम्म जिल्लाभर ३ हजार ६ सय ९५ मत खसेको […]
