काभ्रेपलाञ्चोक
+977-9863403002
१७ श्रावण २०८३ आईतवार

मृत्यु

Auto Added by WPeMatico

unnamed 1
प्रमुख समाचार (Home), मृत्यु

महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । महोत्तरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । लोहरपट्टी नगरपालिका–४ गेउरका खोलामा डुबेर सोही ठाउँ बस्ने धनबिर मण्डलको छोरा ११ वर्षीय सिदार्थ मण्डलको डुबेर मृत्यु भएको हो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, डुबेर अशक्त भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), मृत्यु

रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु

२ जेठ, काठमाडौं । रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । लुम्बिनी साँस्कृतिक नगरपालिका–७ भैसाहीस्थित सडकमा मंगलपुरबाट पर्सातर्फ आउँदै गरेको युपि ५५ एएच ८०९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बिहान दुर्घटना भएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उक्त दुर्घटना हुँदा मोटरसाइकलमा सवार कोटहीमाई गाउँपालिका–५ नोउडीहवा बस्ने ३५ वर्षीया श्रीभावत […]
unnamed 1
मृत्यु, राष्ट्रिय समाचार

सर्लाही, महोत्तरी र दाङमा डुबेर तीन जनाको मृत्यु

१ जेठ, काठमाडौं । देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, सर्लाही, महोत्तरी र दाङमा तीन जनाको डुबेर मृत्यु भएको हो । सर्लाहीको मलंगवा नगरपालिका–२ झण्डा बजार नजिकै रहेको पोखरीमा डुबेर सोही ठाउँ डेरा गरी बस्ने पर्सा घर भएका बाल्मिकी पण्डितकी छोरी ४ वर्षीया संयुक्ता प्रजापतीको […]
unnamed 1
मृत्यु, राष्ट्रिय समाचार

महोत्तरीमा गाई गोठ घर भत्किंदा एक महिलाको मृत्यु

२६ वैशाख, जनकपुरधाम । महोत्तरीमा गाईगोठ भत्किंदा च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिक ६ मुसहरी टोलका सुन्देश्वर सदाको श्रीमती ५० वर्षीया सुनिता सदा छन् । शुक्रबार साँझ साढे ५ बजेतिर आएको हावाहुरीमा स्थानीय झगरु मुखियाको गाई गोठमा ओत लाग्न जाँदा उनको घटनास्थलमै मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता शैलेन्द्र भट्टले जानकारी […]
unnamed 1
प्रमुख समाचार (Home), मृत्यु

काभ्रेको खानीखोलामा बागमती नदीले बगाउँदा एक जनाको मृत्यु

१८ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोलामा बागमती खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । बागमती खोलाको घुम्तीबाट बगाएका खानीखोला –७ निवासी  सेते रुम्बाको मृत्यु भएको खानीखोला गाउककपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए । उनका अनुसार घुम्तीबाट बगेका रुम्बाको शव काभ्रे र मकवानपुरको सिमाना सिक्रे दोभानमा भेटिएको हो ।
unnamed 1
प्रमुख समाचार (Home), मृत्यु

धनगढीमा गणको छतबाट खसेर प्रहरी कार्यालयका सहयोगीको मृत्यु

३ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढीको मेसको छतबाट खसेका भान्छेको मृत्यु भएको छ । सरसफाइ गर्ने क्रममा बिहीबार गणको मेसको माथिल्लो तला (छत) बाट खसेर कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ स्थायी ठेगाना भएका २७ वर्षीय प्रहरी कार्यालय सहयोगी अजय चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी […]
unnamed 1
प्रमुख समाचार (Home), मृत्यु, साइकलयात्री

बाँकेमा बोलेरोको ठक्करबाट साइकलयात्रीको मृत्यु

२८ चैत, काठमाडौं । बाँकेमा बोलेरोको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ । बैजनाथ गाउँपालिका–३ जेठिनालास्थित सडकमा क.प्र.०२–००१ च १५७२ नम्बरको बलेरोले साइकलयात्रीलाई ठक्कर दिएको थियो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–३ नौवस्ता बस्ने २६ वर्षीय अधिस थारूको शनिबार बिहान मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको […]
unnamed 1
दुर्घटना, प्रमुख समाचार (Home), मृत्यु

चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२८ चैत, काठमाडौं । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो । शनिबार दिउँसो भएको सो दुर्घटनामा परे मोटरसाइकल चालक सोही महानगरपालिका–५ शान्ति चोक बस्ने बारा घर भएका २७ वर्षीय […]
unnamed 1
प्रमुख समाचार (Home), मृत्यु

हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

१४ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ । चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो । घाइते भएका नेपालीलाई उपचारका क्रममा जिल्ला अस्पताल हुम्ला पुगाइएका उनको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा विमानस्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
Scroll to Top