महोत्तरी-१ मा उज्यालो नेपालका उम्मेदवार गुप्ता एमाले प्रवेश
१८ फागुन, महोत्तरी । महोत्तरी क्षेत्र नं १ का उज्यालो नेपाल पार्टीका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । कुलमान घिसिङ नेतृत्वकाे उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवार रहेका मनोजकुमार गुप्ता सोमबार एमाले प्रवेश गरेका हुन् । उनेपाका उम्मेदवार गुप्ता एमालेका उम्मेदवार लक्ष्मी महतो कोइरीलाई समर्थन गर्दै पार्टी प्रवेश गरेकाे एमालेका युवा नेता शंकर महतोले बताए । […]

