अपराजित रहँदै आर्मीले जित्यो पीएम कपको उपाधि
४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो । सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन […]

