इनिसाको बलात्कारपछि हत्या भएको भन्दै आरोपित चारै जनाविरुद्ध जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा अभियोग पत्र दायर भएको थियो । आरोपित चारै जना नाबालक छन् ।
१ चैत, काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कार पछि हत्या भएको भन्दै उक्त घटनामा संलग्नलाई कारबाहीको माग राखेर आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । उक्त घटनामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै माइतीघरमा प्रत्येक दिन प्रदर्शन भइरहेको छ । नेपाल दलित मुक्ति मोर्चाले आइतबार प्रदर्शन गरेको हो । मोर्चाले उक्त […]
१ चैत, हेटौंडा । मकवानपुरको हेटाैंडामा इनिसा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीहरूले प्रदर्शन गरेका छन । आइतबार बिहान हेटौंडास्थित विभिन्न क्याम्पसमा अध्ययनरत विद्याथीहरू सडकमा उत्रिएर प्रर्दशन गरेका हुन । प्रर्दशनकाे क्रममा विद्यार्थीहरूले `हत्यारालाई कारबाही गर, पीडितलाई न्याय दे, बलात्कारीलाई फासी दे, नारी अस्मिताको रक्षा गर´ भन्दै नारा लगाएका थिए । हेटौंडा क्याम्पसका विद्यार्थीहरूकाे […]
२९ फागुन, सुर्खेत । १६ वर्षीया किशोरी इनिसा विकलाई न्याय दिनु पर्ने माग राख्दै विद्यार्थीहरूले आज प्रदर्शन गरेका छन् । शुक्रवार बिहान उनकै कक्षा साथीहरू इनिसालाई न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि प्रदर्शनमा उत्रिएका हुन् । इनिसा वीरेन्द्रनगर–६, घण्टाघर नजिक रहेको उषा बालबाटिका विद्यालयमा कक्षा ११ मा विज्ञान विषय लियर पढी रहेकी थिइन् […]
२७ फागुन, सुर्खेत । इमिसा विकको बलात्कार पछि हत्या गरिएको भन्दै प्रदेश राजधानी वीरेन्द्रनगरमा प्रदर्शन थालिएको छ । घटनाको निष्पक्ष छानबिनको माग गर्दै पीडित परिवार, आफन्त र अधिकारकर्मीहरूले बुधबार दिउँसो वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन् । ‘इनिशालाई न्याय देऊ’, ‘दोषीलाई कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित प्रर्दशन गरिरहेका उनीहरूले उक्त प्रदर्शनलाई ‘खबरदारी र्याली’ नाम दिएका […]