दुई दिने बिदामा विभेद : डाक्टर घरमा, नर्स वार्डमा
सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि अस्पताल व्यवस्थापनले कार्यतालिका मिलाउन नसक्दा नर्सहरू भने अझै पनि पुरानै कार्य दबाबमा काम गरिरहेका छन् । स्वास्थ्य सेवा २४ घण्टा चल्नुपर्ने भएकाले जनशक्ति व्यवस्थापन नगरी गरिएको नीति घोषणाले नर्सहरू खुसी छैनन् ।

