काभ्रेपलाञ्चोक
+977-9863403002
५ असार २०८३ शुक्रबार

माधव नेपाल

Auto Added by WPeMatico

हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन : माधव नेपाल
माधव नेपाल, विशेष

हामी टाउको लुकाएर भाग्नुपर्ने अवस्था छैन : माधव नेपाल

News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउको लुकाएर हिँड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन्।
  • उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सिटलाई ‘सुनामी’ को संज्ञा दिँदै यसका पछाडिका कारणहरू खोजी भइरहेको बताए।
  • नेपालले वि.सं. २०४७ को संविधान निर्माणदेखि नै महिला र दलितको उपस्थिति अनिवार्य गराउन आफूहरूले पहल गरेको दाबी गरे।

१६ जेठ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले विरोधीहरूसामु टाउकु लुकाएर हिंड्नुपर्ने अवस्था आफ्नो पार्टीको नरहेको जिकिर गरेका छन् ।

शनिबार काठमाडौंमा अखिल नेपाल महिला संगठनको एकता राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको दुई तिहाई निजक सिटलाई सुनामीको संज्ञा समेत दिए । यसको पछाडिका कारणहरू अहिले खोजी भइरहेको उनको भनाइ छ ।

‘विरोधीहरू आक्रामक, हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन । केही आवश्यकता छैन भाग्नुपर्ने । यो एउटा सुनामी आयो, यो सुनामी मात्रै हो यो । यसका पछाडिका पनि कारणहरूको खोजी भइरहेको छ । बेला–वखतमा सुन्ने गर्छौं, पोल खोल्दिन्छु भन्दैछन् त्यहीँ भित्रका मान्छेले,’ उनले अघि भने, ‘के–के हो ? सेनाको भूमिका कस्तो रह्यो ? सरकारको भूमिका कस्तो रह्यो ? निर्वाचन आयोगको भूमिका कस्तो रह्यो ? मतपत्रको अवस्था कस्तो रह्यो ? यी सबै कुराहरू पनि एक न एक दिन खुल्दै जाने पनि छ ।’

नेपालले वि.सं. २०४७ सालको संविधान निर्माणदेखि नै महिला र दलितको विशेष उपस्थितिलाई अनिवार्य गराउन आफूहरूले पहल गरेको उल्लेख उनले सम्बोधनको क्रममा गरे ।

‘चाहे राष्ट्रपति होस् उपराष्ट्रपति होस्, चाहे त्यो जुनसुकै राष्ट्रिय सभा, प्रतिनिधि सभाको प्रमुख सभामुख उपसभामुख होस्, यी सबै ठाउँहरूमा पनि महिलाहरूको पनि उपस्थिति अनिवार्य हुनुपर्दछ भनेर हामीले व्यवस्था पनि गरेका छौँ । त्यसैले यी सबै कुरा यी अहिले जितेका पार्टीका मान्छेलाई सोध्नुस् त थाहा छ उनीहरूलाई ? उनीहरूले कुनै भूमिका खेलेका छन् ? त्यो बेलामा भूमिका खेल्ने को हुन् ?,’ उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय

मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोज्यो : माधव नेपाल
प्रमुख समाचार (Home), माधव नेपाल

मजदुर आन्दोलनको बलमा प्राप्त अधिकार सरकारले खोस्न खोज्यो : माधव नेपाल

मजदुर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुर विरोधी देखिएको टिप्पणी गरेका हुन् ।
पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव नेपाल
प्रमुख समाचार (Home), माधव नेपाल

पराजित हुनासाथ आत्तिनेले जित हासिल गर्न सक्दैन : माधव नेपाल

९ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव कुमार नेपालले एक पटक पराजय हुनासाथ आत्तिन नहुने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले उकालो–ओरालोको यात्रा सधैं भइरहने व्याख्या गरे । कम्युनिस्ट पार्टीमा देखिएका उकाला ओरालोको यात्राबारेर समीक्षा गर्नुपर्ने उनको भनाइ छ । […]

संगठनात्मक एकीकरणको बाँकी काम एक साताभित्रै टुंग्याउँछौं : माधव नेपाल
नेकपा, प्रमुख समाचार (Home), माधव नेपाल

संगठनात्मक एकीकरणको बाँकी काम एक साताभित्रै टुंग्याउँछौं : माधव नेपाल

२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी गराएका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले त्यसबारे जानकारी गराएका हुन् । नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित […]
माधव नेपाल पाँचौं स्थानमा 
प्रमुख समाचार (Home), माधव नेपाल

माधव नेपाल पाँचौं स्थानमा 

२२ फागुन, रौतहट । रौतहट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनाको प्रारम्भिक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन्। हालसम्मको मतगणनामा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधव नेपाल पाँचौं स्थानमा रहेका छ्न् । गौरको जुद्ध माध्यमिक विद्यालयमा रहेको मतगणना केन्द्रमा गरुडा १ जयनगरको मतगणना हुँदा चौधरीको पक्षमा ७०६ मत आउँदा जसपा […]
Scroll to Top