छोटी भन्सार फिर्ताको माग गर्दै हुलाकी मार्गमा र्याली, सांसद पनि सडकमा
२६ वैशाख, सिरहा । सिरहाको बरियारपट्टीमा रहेको छोटी भन्सार कार्यालय फिर्ताको माग गर्दै स्थानीयवासी, व्यापारी तथा राजनीतिक दलका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका छन्। आन्दोलनको तेस्रो दिन हुलाकी मार्गमा र्याली तथा कोणसभा गरिएको छ। नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशित गर्दै बरियारपट्टी छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध चर्किएको हो । […]

