हिरासतको भन्दा कारागारको अवस्था डरलाग्दो छ । कारागार र हिरासतमा मृत्यु हुनेको तथ्यांक विश्लेषण गर्ने हो भने हरेक वर्ष करिब ८० जनाको मृत्यु हुने गरेको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा घटनास्थलमा ६ जनाको समूह देखिन्छ । तीमध्ये एक जना (विपिन)को हत्या हुन्छ । घटनास्थलमा हुनेहरूमा केही दिनअघि मात्रै हिरासतबाट छुटेका व्यक्ति समेत देखिएको प्रहरीले बताएको छ ।
सिन्धुली प्रहरीको हिरासतमा श्रीकृष्ण विकको रहस्यमय मृत्यपछि उठेको आन्दोलनले सांसद खगेन्द्र सुनारको नेतृत्वमा ‘संसदीय छानबिन समिति’ र ‘काठमाडौंमा पोस्टमार्टम’ को माग गरिरहेको छ। दलित समुदाय अब सरकारी आश्वासनमा मात्रै चित्त बुझाउने पक्षमा छैनन् भन्ने यसले देखाउँछ ।
१२ वैशाख, काठमाडौं । सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतभित्र युवकको मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । सुनकोशी गाउँपालिका– ३, जुम्लीडाँडाका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा रहेका वेला गत ७ वैशाखमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले शनिबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शनसहित […]