काभ्रेपलाञ्चोक
+977-9863403002
१९ जेष्ठ २०८३ मंगलवार

नेपाली कांग्रेस

Auto Added by WPeMatico

तीन नेताको घर खानतलासी हुने, पक्राउ पुर्जी हामीलाई मात्रै ?
आरजु राणा देउवा, देउवा दम्पती, नेपाली कांग्रेस, प्रमुख समाचार (Home), शेरबहादुर देउवा

तीन नेताको घर खानतलासी हुने, पक्राउ पुर्जी हामीलाई मात्रै ?




१४ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले उस्तै परिस्थितिबाट गुज्रिएका तीन दलका प्रमुख नेताहरूमध्ये आफूलाई मात्रै पक्राउ र धरपकडको प्रयासबाट भेदभाव गरिएको आरोप लगाएका छन् ।

जिल्ला अदालत काठमाडौंबाट आफू र पत्नी डा. आरजु देउवा राणाविरुद्ध पक्राउ अनुमति पुर्जी जारी भएको थाहा पाएपछि देउवा दम्पती सर्वोच्च अदालत पुगेका थिए ।

उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको निवेदनमा उस्तै प्रकृतिको घटनामा अरु दुई जनालाई केही नगरिएको तर आफू भेदभावमा परेको जिकिर गरेका हुन् ।

देउवाको दावी अनुसार, सुशीला कार्की नेतृत्वको सरकार बनेपछि ६ असोज, २०८२ मा भक्तपुरस्थित केपी ओली र ललितपुरको खुमलटारमा रहेको पुष्पकमल दाहालको घरमा खानतलासी लिई मुचुल्का समेत खडा गरिएको थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पेश गरेको प्रारम्भिक प्रतिवेदनमा आफूहरू तीन जना विरुद्ध कुनै कुरा उल्लेख नभएको तर आफूलाई मात्रै पक्राउ गरिएको भन्दै देउवाले अदालतमा निवेदन दिएका हुन् ।

‘हाम्रा विरुद्ध पक्राउ पुर्जी माग गरेजस्तो अनुसन्धान अधिकृतले प्रचण्ड वा केपी ओली विरुद्ध कुनै पक्राउ पुर्जी माग वा जारी गरेको देखिएको छैन’ देउवा परिवारले सर्वोच्चमा पेश गरेको निवेदनमा भनिएको छ, ‘यसरी अनुसन्धानको क्रममा असमान रूपमा भेदभावपूर्ण व्यवहार गर्ने विभागको कार्य संविधानको धारा १८ को प्रतिकूल छ ।’

हाम्रोमा के नै भेटियो र ?

जेनजी आन्दोलनका दौरान आन्दोलनकारीहरूको आगजनीले बूढानीलकण्ठस्थित शेरबहादुर देउवाको घर ध्वस्त भएको थियो । त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले घरका कुरुवा रामबहादुर देउवालाई सूचना दिई घरको खानतलासी गरेको थियो ।

देउवा दम्पतीको दाबी अनुसार, त्यसरी घर खानतलासी गर्दा जलेका फलाम र आल्मुनियमको टुक्रा बाहेक अरू भेटिएन । थुपारिएका सामानहरू खोलेर हेर्दा पनि बहुमूल्य धातु, नगद र त्यसको जलेको अंश भेटिएको थिएन । घरको कम्पाउण्डमा जलेका पाँचवटा गाडी र दुईवटा मोटरसाइकलका अवशेष भेटिएका थिए ।

आफ्नो मात्रै नभई पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल र केपी ओलीको घरमा समेत नगद जलेको भन्ने विषयमा अनुसन्धान गर्न समिति गठन भएको तर समितिले केही उल्लेख नगर्दा पनि आफूहरूमाथि मात्रै धरपकड गर्न खोजिएको भन्दै देउवा परिवारले त्यसलाई भेदभावपूर्ण व्यवहार भनेको हो ।

ठूलो मात्रामा नगद सहित पक्राउ परेका विदेश र स्रोत विनाको सम्पत्ति थुपारेका कैयौंमाथि हिरासतमा नराखी अनुसन्धान भएको भन्दै देउवा दम्पतीले अनुसन्धानको प्रक्रियामा प्रश्न उठाएका थिए ।

आफूलाई आरजु राणा देउवा नभनी ‘शेरबहादुर देउवाकी पत्नी’ भनेको भरमा पक्राउ गर्न खोजिएको भन्दै आरजु राणा देउवाले पक्राउ अनुमति जारी गर्ने जिल्ला अदालतको आदेशलाई ‘आँखा चिम्लिएर पक्राउ अनुमति प्रदान गर्ने प्रवृत्तिले संविधानप्रदत्त हकमा आघात पुगेको’ दाबी गरेकी हुन् ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग एवं विभागलाई प्राविधिक रूपमा सहयोग गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका केही प्रहरी अधिकृतहरूले देउवा दम्पतीले लुकाएको सम्पत्तिको सूचना संकलन गरिरहेको दाबी गरेका छन् । तीमध्ये एक अनुसन्धान अधिकारीको दाबीमा ‘देउवा परिवारको नाममा केही अचल सम्पत्ति भेटिएपछि थप प्रक्रिया अघि बढेको हो ।’

पछिल्लो एकाध वर्षको अवधिमा शेरबहादुर र आरजुका एक्ला छोरा जयवीरले जोडेको करिब ७३ रोपनी जग्गाको सम्पत्तिको स्रोत सबैभन्दा शंकास्पद प्रकृतिको छ । उनीहरूको दाबीमा त्यो बाहेक अरू शंकास्पद कारोबारहरू भेटिएको हो ।

‘….त्यसैले फर्किन सकेनौं’

२३ र २४ भदौको घटनापछि आफूहरूलाई ठूलो शारीरिक र मनोवैज्ञानिक आघात परेको भन्दै देउवा दम्पतीले त्यसको केही समयपछि अध्यागमन विभागलाई जानकारी गराएर आफूहरू सिंगापुर पुगेको बताएका छन् ।

कतिपय व्यक्तिहरूले आफ्नो घरबाट स्वदेशी र विदेशी रकम जलेको भनी भ्रम फैलाएको भन्दै देउवा दम्पतीले त्यसलाई झुट भनेका छन् । उनीहरूका अनुसार, बूढानीलकण्ठस्थित घरमा पानी जम्मा गर्ने प्रयोजनका लागि बनाइएको तर प्रयोग नभएको ट्यांकी थियो ।

त्यसलाई समेत जमिनमुनि सम्पत्ति लुकाउने सेफ राखिएको भनी गलत प्रचार गरिएको भन्दै उनीहरूले त्यसैको आधारमा आफूहरूमाथि अनुसन्धान गर्न खोजिएको दाबी गरेका छन् ।

अहिले हङकङमा रहेको र उपचारपछि स्वास्थ्य र मनोवैज्ञानिक अवस्था सुधार भएर नेपाल फर्किन तयार रहेको अवस्थामा फेरि पक्राउको त्रास फैलाउन खोजिएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

औषधि उपचारपछि आफूहरू नेपाल फर्किन तयार रहेको अवस्थामा केही हितैषीले ‘तपाईंहरूलाई एयरपोर्टबाटै गिरफ्तार गर्ने तयारी छ’ भनेर सूचित गरिएको देउवा परिवारको दाबी छ ।

राजनीतिक प्रतिशोधका लागि प्रधानमन्त्री बालेन शाहले धरपकड गर्न खोजेको भन्दै उनीहरूले सर्वोच्चमा भनेका छन्, ‘सरकारले…..अपमानजनक प्रदर्शन गरी तुष्टि लिने भएको हुनाले विचार गरेर मात्र आउनुहोस् भनी खबर गरेको हुनाले हामी आश्चर्यमा परेका थियौं ।’

२०५९ सालमा पनि आफूहरूको सम्पत्ति छानबिन भए पनि त्यतिबेला केही नभेटिएको भन्दै देउवा परिवारले अहिले पनि आफूहरू विरुद्ध कुनै प्रमाण नभेटिएको जिकिर गरेका छन् ।

आफूहरू भाग्ने सम्भावना नभएको, कुनै प्रमाण लोप गर्ने अवस्था नभएको र अनुसन्धानमा बाधा समेत नगर्ने भन्दै देउवा परिवारले त्यस्तो अवस्थामा पक्राउ गर्न आवश्यक नभएको जिकिर गरेका हुन् ।

शाही शासनकालका केही सीमित अवधिमा बाहेक प्रजातन्त्र पुनर्स्थापनापछि निरन्तर सार्वजनिक पदमा रहेका शेरबहादुर देउवा पटकपटक सत्तामा पुगेका छन् ।

२०७० सालको दशकपछि कांग्रेसको राजनीतिमा डा. आरजु देउवाको पनि बढोत्तरी भएको छ, उनी पटकपटक संसद्‍मा पुगेकी छन् ।

राजनीति बाहेक अरू पेशामा नभएका देउवा दम्पतीले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोप सहित अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा दर्जनौं उजुरी थिए । तर अहिलेसम्म उनीहरूमाथि अनुसन्धान हुनसकेको छैन ।

विभागले बूढानीलकण्ठको जग्गा र त्यहाँको घरको भग्नावशेषमाथि समेत अनुसन्धान गरिरहेको छ । त्यहाँको जग्गा भने डा. आरजुको माइतीले किनेर देउवा परिवारलाई दिएको भनी उनको सचिवालयले दाबी गर्दै आएको छ ।

उनीहरूले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदनमा आफूहरूलाई पक्राउ नहुने अवस्थाको सुनिश्चित गरी नेपाल फर्किने वातावरण बनाउन, बूढानीलकण्ठस्थित घरको भग्नावशेष सफा गर्न नरोक्न आदेश जारी हुनुपर्ने माग गरेका थिए ।

निवेदनमाथिको प्रारम्भिक सुनुवाइपछि सर्वोच्च अदालतले जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारलाई पक्राउ नगर्नु भनी अन्तरिम आदेश दिएको थियो ।

देउवा परिवारमाथि अनुसन्धान हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको तर सरकारले जारी गरेको अध्यादेशको व्यवस्था अनुसार अब भने सम्पत्ति शुद्धीकरणको मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था थियो ।

सर्वोच्च अदालतले त्यही अवस्था औंल्याउँदै जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जीका आधारमा देउवा परिवारमाथि धरपकड नगर्नु भनी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया स्थगित
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले सुदूरपश्चिममा गर्न लागेको अन्तरक्रिया स्थगित

८, जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा गर्ने भनिएको अन्तरक्रिया स्थगित भएको छ । कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरिने भनिएको सदस्यता अद्यावधिक सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जरूरी कार्यक्रम परेका कारण अन्तरक्रियात्मक कार्यक्रम स्थगित गरिएको बताए । […]
कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको सदस्यता व्यवस्थापन समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने

८ जेठ, काठमाडौं । नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिले सुदूरपश्चिम प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । संस्थापन इतर समूहले सदस्यता अद्यावधिक नगर्ने अडान लिइरहेका बेला महामन्त्री प्रदीप पौडेल संयोजकत्वको समितिले सुदूरपश्चिममा अन्तरक्रिया गर्ने भएको हो । कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले ११ जेठमा कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा अन्तरक्रिया गरिने जानकारी दिए । […]
कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), सुकुमवासी

कांग्रेस सांसद श्रेष्ठको प्रश्न– सरकारले दिने रकमले सुकुमवासीको समस्या सुल्झिन्छ ?

७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले भूमिहीन सुकुमवासीले संविधान र मानवअधिकारअनुसार बाँच्न पाउने अधिकार नपाएको टिप्पणी गरेका छन् । बिहीबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनलेस्थायी समाधानबिना बस्ती हटाउनु अनुचित भएको बताए । ‘भूमिहीन सुकुमवासीहरूले मानव भएर मानव अधिकार, […]
कांग्रेस सांसद केसीको प्रश्न– प्रधानमन्त्री छुट्टै टापुको सम्राट हो ?
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस सांसद केसीको प्रश्न– प्रधानमन्त्री छुट्टै टापुको सम्राट हो ?

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्को अभिन्न अंग जस्तो आफूलाई अनुभूति नभएको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले प्रधानमन्त्री संसदको अंग हो कि होइन ? भनेर प्रश्न पनि गरे । प्रधानमन्त्री शाहलाई मुलुकको नभई कुनै छुट्टै टापुको सम्राटजस्तो […]
सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग
नेपाली कांग्रेस, राष्ट्रिय समाचार

सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

७ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सो माग गरेका हुन् । प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ […]
कांग्रेस निर्वाचन ब्यूरोमा १७ जना मनोनीत (सूचीसहित)
गगन थापा, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेस निर्वाचन ब्यूरोमा १७ जना मनोनीत (सूचीसहित)

६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन ब्यूरोमा १७ जना सदस्यहरू मनोनीत गरेका छन् । उपसभापति पुष्षा भुसालको संयोजकत्वमा प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रीत निर्वाचन ब्यूरो गठन गरिएको थियो । उक्त ब्यूरोमा सदस्यहरू मनोनीत गरी सभापति थापाले कार्यादेश समेत दिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । पार्टीको देशव्यापी निर्वाचन डाटाबेस […]
सदस्यता अद्यावधिकमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी
नेपाली कांग्रेस, मेन स्टोरी

सदस्यता अद्यावधिकमा असहयोग गरे वडा सभापतिलाई कारबाही गर्ने कांग्रेसको चेतावनी

क्रियाशील सदस्यता अद्यावधिकको लागि असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिने चेतावनी पनि दिइएको छ ।
सरकारले संवेदनशील निकाय रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गर्‍यो : आङ्देम्बे
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

सरकारले संवेदनशील निकाय रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गर्‍यो : आङ्देम्बे

६ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले विभिन्न संवेदनशील निकायहरू रिक्त राखेर ‘भ्याकुम’ सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार संसदमा बोल्दै नेता आङ्देम्बेले राजनीतिक भागबण्डा र स्वार्थका आधारमा पदाधिकारीहरूलाई बर्खास्त गर्दा संक्रमणकालीन न्यायका महत्त्वपूर्ण संयन्त्रहरू ठप्प भएकोमा चिन्ता व्यक्त गरे । सत्य निरुपण तथा मेलमिलाप […]
देउवा पक्षको छुट्टै कार्यालय : फुटको पूर्वाभ्यास कि एकताको दबाब ?
एकता, नेपाली कांग्रेस, फुट, राष्ट्रिय समाचार, विवाद

देउवा पक्षको छुट्टै कार्यालय : फुटको पूर्वाभ्यास कि एकताको दबाब ?

असन्तुष्ट समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वमाथि दबाब सिर्जना गर्न सम्पर्क कार्यालय खोलिएको बताइरहे पनि उनीहरूको कदमलाई पार्टी विभाजनको ‘पूर्वाभ्यासको रूपमा विश्लेषण हुन थालेको छ । 
Scroll to Top