काभ्रेपलाञ्चोक
+977-9863403002
७ बैशाख २०८३ सोमबार

इरानी आक्रमण

Auto Added by WPeMatico

इरानी आक्रमणमा एक भारतीयको मृत्यु,
अन्तर्राष्ट्रिय समाचार, इरानी, इरानी आक्रमण, प्रमुख समाचार (Home)

इरानी आक्रमणमा एक भारतीयको मृत्यु,

१६ चैत, काठमाडौं । इरानले कुवेतमा गरेको आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ । इरानले कुवेतको एक ‘पावर डिसेलिनेशन प्लान्ट’ मा गरेको आक्रमणमा भारतीय नागरिकको मृत्यु भएको हो । कुवेतको विद्युत तथा जल मन्त्रालयले ‘पावर डिसेलिनेशन प्लान्ट’ मा भएको आक्रमणमा एक भारतीय कामगारको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयले सोशल मिडिया प्लेटफर्म ‘एक्स’ […]
इरानी आक्रमणमा ज्यान गुमाएका गोरखाका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण
इरानी आक्रमण, प्रमुख समाचार (Home)

इरानी आक्रमणमा ज्यान गुमाएका गोरखाका श्रेष्ठको शव परिवारलाई हस्तान्तरण

२७ फागुन, काठमाडौं । इरानको मिसाइल आक्रमणमा यूएईमा ज्यान गुमाएका दिवस श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृतक श्रेष्ठको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी गराएको हो । कार्यक्रममा बोल्दै मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले श्रेष्ठको परिवारलाई आवश्यक क्षतिपूर्ति […]
इरानी आक्रमणबाट हालसम्म यूएईमा १ नेपालीसहित ६ जनाको मृत्यु, १२२ घाइते
इरानी आक्रमण, राष्ट्रिय समाचार

इरानी आक्रमणबाट हालसम्म यूएईमा १ नेपालीसहित ६ जनाको मृत्यु, १२२ घाइते

२६ फागुन, काठमाडौं । इरानले गरेको मिसाइल तथा ड्रोन आक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा हालसम्म ६ जनाको मृत्यु भएको छ भने १२२ जना घाइते भएका छन् । मृत्यु हुनेहरूमा एक जना नेपाली, २ जना पाकिस्तानी, १ जना बंगलादेशी र १ जना यूएईको नागरिक रहेका छन् । यूएईको रक्षा मन्त्रालयले हरेक दिन घटनाबारे जानकारी […]
दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा
अन्तर्राष्ट्रिय समाचार, इरानी आक्रमण, खाडी सहयोग परिषद्, जीसीसी

दुक्म बन्दरगाहमा भएको इरानी आक्रमणप्रति जीसीसीको कडा निन्दा

१७ फागुन, काठमाडौं । खाडी सहयोग परिषद् (जीसीसी) का प्रमुख जासेम अल-बुदैवीले ओमानको दुक्म बन्दरगाहमा भएको इरानी आक्रमण र ओमानको तट नजिकै एउटा तेल ट्यांकरलाई निशाना बनाइएको घटनाको कडा निन्दा गरेका छन् । उनले यस कार्यलाई ‘गम्भीर उल्लंघन र क्षेत्रीय सुरक्षालाई खतरामा पार्ने एक खतरनाक सैन्य उत्तेजना’ को संज्ञा दिएका छन् । यी कदमहरूलाई ‘अस्वीकार्य […]
इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना
अन्तर्राष्ट्रिय समाचार, इरानी आक्रमण, प्रमुख समाचार (Home)

इरानी आक्रमणबाट इजरायलमा २ जनाको मृत्यु, ४५६ अस्पताल भर्ना

१७ फागुन, काठमाडौ। इजरायली रक्षा बलका प्रवक्ता एफी डेफ्रिनले इरानको तर्फबाट भएको जवाफी आक्रमणमा दुई जना इजरायली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । प्रवक्ता डेफ्रिनले इजरायली नागरिकहरूलाई सरकारी निर्देशनहरूको पालना गर्न र आक्रमणको समयमा सुरक्षित आश्रयस्थलमा बस्न कडा आग्रह गरेका छन् । सैन्य प्रतिकारका बारेमा जानकारी दिँदै डेफ्रिनले इजरायलले इरानको रक्षा प्रणालीलाई ‘गम्भीर क्षति’ […]
Scroll to Top