पूर्व गृह मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरूङले आफू फेरि गृहमन्त्री बनेमा दुई महिनासम्म तस्बिर खिच्नका लागि नआउन अनुरोध गरेका छन्।
‘प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ- हामीले सीमा विवाद कूटनीतिक माध्यममा एक अर्कासँगको वातार्बाट समाधान गर्नुपर्छ’, खनालले भने, ‘नेपालको सधैं यही धारणा रहँदै आएको छ।’
नेपाली कांग्रेसका सहमहामन्त्री तथा सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीले कसैलाई पनि स्वत: क्रियाशील सदस्यता अद्यावधिक नगर्ने बताएका छन्।
यसमा काठमाडौं उपत्यकाका विभिन्न रूटमा चल्ने बसहरू देख्न सकिन्छ। आफू जानुपर्ने ठाउँको ‘लोकेसन सेट’ गरेपछि कुन बस स्टेसनमा जानुपर्छ, बसले कहाँ कहाँ लैजान्छ, आफ्नो गन्तव्यमा जान थप अर्को कुन बस चढ्नुपर्छ भन्ने पनि देखाउँछ।
अन्तर व्यवस्थापिक मञ्चको एघारौँ सम्मेलनले संघीय संसद अन्तर्गत एक व्यवस्थापकीय प्रतिष्ठान (लेजिस्लेटिभ एकेडेमी) स्थापनाका लागि विशेष पहल गर्ने निर्णय गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटको जिल्ला सभापतिमा २५ वर्षीय रामेश्वर गजुरेल निर्वाचित भएका छन्। प्रतिस्पर्धीलाई झण्डै सात गुणा मतले पछि पार्दै उनी जिल्ला सभापति चुनिएका हुन्।
सन् २००७ यता दिइएका २९ वटा मुख्य अवार्डमध्ये २० वटा त यी दुईले नै बाँडेका छन्। यी दुईले मिलेर झन्डै २,००० गोल गरेका छन् र क्लब तथा देशका लागि ८५ वटा ट्रफी जितेका छन्।