काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

सुनिल लम्साल

Auto Added by WPeMatico

unnamed 1
मेन स्टोरी, सुनिल लम्साल

मन्त्री लम्सालको दाबी– विगतका सरकारको भन्दा सडक सुरक्षामा धेरै ध्यान दिएका छौं



News Summary

Generated by OK AI. Editorially reviewed.

  • पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विगतका सरकारहरूभन्दा वर्तमान सरकारले सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन्।
  • सरकारले सडक सुरक्षाका लागि ३ वर्षे कार्ययोजनासहित ४ अर्ब ७४ करोड रुपैयाँ विनियोजन गरेर काम शुरू गरिसकेको उनले बताए।
  • जिल्ला सदरमुकाम जोड्ने एक लेनका सडकहरूलाई आगामी ३ वर्षभित्र दुई लेनमा विस्तार गर्न ११ अर्ब बजेट विनियोजन गरिएको उनले बताए।

४ असार, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विगतका सरकारहरूले भन्दा सडक सुरक्षामा धेरै गुणा बढी ध्यान दिएको दाबी गरेका छन् ।

सडक दुर्घटना रोक्न नसकेको भनि सरकारको आलोचना भईरहेका बेला मन्त्री लम्सालले यस्तो दाबी गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा आफनो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले ४ वर्षे योजनासहित सडक सुरक्षाको कार्ययोजना तय गरेर लागू गर्न शुरु गरिसकेको बताए ।

‘आज भन्दा अघि जति सरकारहरू थियो, तिनीहरू भन्दा धेरै बढी सडक सुरक्षामा ध्यान दिएका छौं । अहिले हामीले ३ वर्षको सडक सुरक्षा योजना बनाएका छौं । र यसमा भरपुर बजेट पनि राखिएको छ । हामीले रोड फर्निसिङमा ३ अब वर्षे कार्ययोजनासहित ४ अर्व ७४ करोड विनियोजन गरेका छौं,’ मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले आगामी ३ वर्ष भित्रमा जिल्ला सदरमुकाम जोडनै सबै एक लेनको सडकलाई २ लेनमा विस्तार गर्ने पनि बताए ।

‘हामीले जिल्ला जोडने एकलेनको सडक बनाउने भनेर ११ अर्व बजेट विनियोजन गरिएको छ । त्यो सडक चौडा गर्नका लागि मात्रै हो । यसले पुगेन भने हामीले बजेट पनि थप्छौं । तर आगामी ३ वर्ष भित्र हामीले एक लेनको सडकलाई २ लेन बनाएर सक्नेछौं,’ मन्त्री लम्सालले भने ।

मन्त्री लम्सालले एक लेनको सडकमा धेरै दुर्घटना भएपछि सरकारले त्यसलाई दुई लेनमा रुपान्तरण गर्नका लागि बजेटको आवश्यक व्यवस्था मिलाएको पनि बताए ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
निर्माण क्षेत्र, पूर्वाधार विकास समिति, मूल्यवृद्धि, मेन स्टोरी, सुनिल लम्साल

निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि इतिहासकै ठूलो : मन्त्री लम्साल

८ जेठ, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण क्षेत्रमा हाल देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो रहेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको आजको बैठकमा बोल्दै मन्त्री लम्सालले यो मूल्यवृद्धिको संकटले निर्माण क्षेत्र र राज्यको अर्थतन्त्रमा गम्भीर असर पारेको बताए । निर्माण सामग्री र इन्धनमा भएको अस्वाभाविक मूल्यवृद्धिका कारण पूर्वाधार मन्त्रालयको […]
unnamed 1
राष्ट्रिय समाचार, सुनिल लम्साल

भौतिक पूर्वाधारमन्त्रीको सम्पत्ति : ३० तोला सुन, ५० तोला चाँदी, बैंकमा ९० लाख बचत

भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।
Scroll to Top