unnamed 1
फिचर (Home Main), राष्ट्रिय समाचार, शिशु, सुकुमवासी बस्ती, सुत्केरी

चिसो भुइँमा सुत्केरी शरीर कटकट खान्छ, भोकले चिच्याउँछन् बच्चा

सरकारको डोजरले थातथलो भत्काएपछि कीर्तिपुरस्थित आश्रमको चिसो भुइँमा आश्रय लिइरहेका सुत्केरी र शिशुहरूको बिचल्ली छ । भिडभाड र उकुसमुकुस हलमा ४ महिनाकी छोरीलाई सेरेल्याक खुवाउँदै गरेकी सविनाको आँसुले राज्यलाई सोधिरहेको छ- ‘यो चिसो भुइँमा अझै कति रात काट्नुपर्ने हो ?’