कविता : आमाको मुख हेर्ने दिन रहेछ !
आफ्नै उज्यालोभित्र गुमनाम, एउटा आशाको दीप– झ्याप्प निभेको कठ्याङ्ग्रिँदो रात ! आङीको धमिलो आँखाभित्र नुनिला सपनाहरू, बादलभित्र हराएको एक्लो जुनझैँ, हराएर गयो, अनकन्टार चिसा बस्तीहरूमा, छरिएर बतासका झोक्काहरूमा ! हरेक वर्ष नयाँ साल, पृथ्वीको एक चक्कर काटेर आङीको आँगनको चौकोसमा आइपुग्छ ऋतुहरू बदलिएर बारीका डिलहरूमा वसन्त आइझुल्छन्, आकाशका बादल लामो सुस्केरा हाल्दै धर्तीलाई भेट्न […]

