काभ्रेपलाञ्चोक
+977-9863403002
१४ श्रावण २०८३ बिहीबार

बाढी पहिरो

Auto Added by WPeMatico

unnamed 1
काभ्रे, बाढी पहिरो, मनसुन विपद्, विशेष

काभ्रेका ४७९ बस्ती बाढीपहिरोको उच्च जोखिममा, छैन पर्याप्त उद्धार सामग्री

२०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण बाढी पहिरोको चपेटामा परेका काभ्रेका घर । फाइल फोटो



News Summary

Generated by OK AI. Editorially reviewed.

  • काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ४७९ बस्ती मनसुनजन्य विपद्को उच्च जोखिममा रहेको विवरण सार्वजनिक गरिएको छ ।
  • प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए ।
  • काभ्रेपलाञ्चोकमा सबैभन्दा बढी बेथानचोक गाउँपालिकाका करिब १०० र सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकाका ५ बस्ती उच्च जोखिममा छन् ।

१९ जेठ, काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्का कारण  काभ्रेपलाञ्चोकको १३ स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेका छन् । सोमबार जिल्लास्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा जोखिममा रहेको बस्तीको विवरण सार्वजनिक गरिएको हो ।

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले स्थानीय तहगत रुपमा बस्तीको जोखिमयुक्त प्रतिवेदन पेस गरेका थिए । गुरागाईंद्वारा प्रस्तुत तथ्यांकअनुसार ४७९ बस्ती उच्च जोखिममा रहेका, २०९ बस्ती खुला स्थानमा रहेका छन् । १९२ बस्ती सुरक्षित स्थानमा रहेका र ८१ बस्तीमा उद्धारका लागि हेलिप्याडको समेत व्यवस्था गरिएको छ ।

बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका बस्तीलाई तत्काल स्थानान्तरण गर्न नसकिने बताए । उनले भने, ‘हालको अवस्थामा स्थानान्तरण गर्न सकिँदैन, ती बस्तीलाई निगरानीमा राखेर विपद्ले क्षति पुर्‍याए, स्थानीय सुरक्षाकर्मीद्वारा ‘क्वीक रेस्पोन्स’ गर्नसम्म सकिन्छ ।’ उनका अनुसार जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त छैन ।

बैठकमा स्थानीय तहलाई युवालक्षित विपद् प्रतिकार्यको तालिम दिन तथा विपद्पछि राहत उद्धारका लागि सकेसम्म आवश्यक सामग्री खरिद गरी तयारी अवस्थामा रहन अनुरोध गरिएको छ ।

समितिले स्थानीय तहका विपद् व्यवस्थापन समिति तथा जनप्रतिनिधि र सुरक्षाकर्मीको तथ्यांकका आधारमा उक्त जनसंख्या यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको हो ।

‘विशेषगरी यस वर्षको बाढीपहिरोले जिल्लाका रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला, दाप्चाखोलालगायत तटीय क्षेत्र आसपास बसोबास गर्ने नागरिक प्रभावित हुने अनुमान गरिएको छ, यसबाट सतर्कता अपनाउन आग्रह पनि गर्दै आएका छौं,’ समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अधिकारीले भने ।

उनका अनुसार काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तह बाढीपहिरोको उच्च जोखिममा छन् । समितिलाई स्थानीय तहद्वारा प्राप्त तथ्यांकअनुसार जिल्लामा सबैभन्दा बढी बेथानचोक गाउँपालिकामा करिब १०० बस्ती र सबैभन्दा कम चौँरी देउराली गाउँपालिकामा पाँच बस्ती उच्च जोखिममा छन् ।

यस्तै, धुलिखेल नगरमा २५, बनेपा र नमोबुद्ध नगरमा ५०/५०, पाँचखाल नगरमा ८३, पनौती नगरमा १५, मण्डनदेउपुर नगरमा १५ तथा तेमाल गाउँपालिकामा ३५, रोशी गाउँपालिकामा १२, भुम्लु गाउँपालिकामा ४०, खानीखोला गाउँपालिकामा ३० र महाभारत गाउँपालिकामा १९ परिवार विपद्को जोखिममा रहेका छन् ।

विसं २०८१ असोज १०, ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको थियो भने ६ जना बेपत्तामा सूचीकृत भएका छन् । कार्यालयका अनुसार उक्त घटनामा ७५ जना घाइते भएका थिए ।

बाढी पहिरोमा मृत्यु हुनेमा सबैभन्दा बढी पनौती नगरका १७ जना थिए । त्यतिबेला काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये पाँचखाल, खानीखोला र महाभारतमा भने मानवीय क्षति हुन पाएन ।

काभ्रेपलाञ्चोकमा बाढीपहिरोमा परी ३३ महिला, २९ पुरुष, नौ बालक र सात बालिकाको मृत्यु भएको थियो । यीमध्ये २१ विद्यार्थी थिए ।

–राससबाट





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
बाढी पहिरो, राष्ट्रिय समाचार

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने ) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् ।
Scroll to Top